बाइक राइडिङ्ग मन्त्रः जसले तपाईलाई सम्भावित दुर्घटनाबाट जोगाउँछ

काठमाडाैं । बाइक चलाउँदा हामी सानो सानो कुरालाई प्रायः नजरअन्दाज गर्ने गर्दछौं जुन दुर्घटनाको ठूलो कारण पनि बन्न सक्दछ । दुर्घटना जहाँ पनि र जहिले पनि हुन सक्ने कुरा हो । त्यसै कारणले हामीले आफ्नो सुरक्षामा कुनैपनि किसिमको सम्झौता पटक्कै गर्नु हुँदैन । आज हामी केहि त्यस्ता उपायहरुको बारेमा चर्चा गर्न गइरहेका छौं जसलाई बाइक चलाएको समयमा ध्यानमा राख्नाले सम्भावित दुर्घटना बाट आफूलाई जोगाउन सकिन्छ । राम्रो हेल्मेटको प्रयोग हेल्मेट लगाउने भन्दा पनि क्वालिटीको हेल्मेट लगाउने भन्ने कुराले बढि महत्व राख्दछ । दुर्घटनाको बेला हाम्रो जीवन बचाउन हेल्मेटको ठूलो भूमिका रहेको हुन्छ । तसर्थ हेल्मेट किन्ने बेलामा त्यसमा राम्रो मेटेरियलको प्रयोग भएको छ कि छैन, मान्यताप्राप्त ब्राण्डको हो कि होइन र त्यसैगरी सो हेल्मेट लगाउँदा आफूलाई कम्फर्टेवल हुन्छ कि हुँदैन भन्ने कुराहरुलाई ध्यानमा राख्नु पर्दछ । द्रुत गतिमा नचलाउने ओभरस्पिडिङ्गले दुर्घटना निम्त्याउने हुनाले बाइकलाई कहिले पनि द्रुत गतिमा चलाउनु हुँदैन । सडकमा तोकिए अनुसारको स्पिडमा मात्र बाइक चलाउनु पर्दछ । त्यसैगरी चालकले आफूले कन्ट्रोल गर्न सक्ने गतिमा मात्र बाइक चलाउने बानी बसाउनु पर्दछ । दुवै ब्रेकको राम्रो प्रयोग एउटा राम्रो बाइकरले दुवै ब्रेकको सहि प्रयोगबाट मात्र बाइकलाई चाहेको समयमै रोक्ने गर्दछ । अगाडि वा पछाडि मध्येको कुनै एउटा मात्र ब्रेकको प्रयोग गर्दा बाइक चिप्लिने सम्भावना प्रवल हुन्छ । विज्ञहरुका अनुसार अगाडिको ब्रेकमा ७० प्रतिशत दबाव र पछाडि चाहिँ ३० प्रतिशत दबाब रहन गयो भने मात्र त्यसलाई राम्रो ब्रेकिङ्ग मानिन्छ । इण्डिकेटरको प्रयोग शिकारु चालकहरुले बाइकलाई कतै मोड्नु पर्दा प्रायःजसो अचानक नै दिशा बदल्छन् जसले कुनैपनि बेला दुर्घटना निम्त्याउन सक्छ । लेनमा आफ्नो दिशा बदल्नु परेको खण्डमा इण्डिकेटर बालेर अरुलाई आफू कुन दिशातर्फ मोडिँदैछु भन्ने कुराको अग्रिम जानकारी दिनु पर्दछ । अन्य सवारी सित उचित दुरी कायम गर्ने बाइक चलाएको बेला आफ्नो नजिकको स्थितिमा नजर राख्नुपर्दछ । आफ्नो अगाडि, पछाडि अथवा दायाँ बायाँ रहेका सवारीहरु सित उचित दुरी बनाइराख्नु पर्दछ । यसो गर्नाले सम्भावित दुर्घटना बाट बच्न प्रशस्त समय रहन्छ । ब्लाइण्ड टर्नमा सावधानी ब्लाइण्ड टर्न अर्थात् विपरित दिशाबाट कुन सवारी आइरहेको छ भनी देख्न मुश्किल हुने मोडमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । यस्ता मोडहरुमा कहिल्यै पनि द्रुत गतीमा बाइक चलाउने अथवा अर्को सवारीलाई ओभरटेक गर्ने गल्ती गर्नुहुँदैन । एबीएस जडित बाइकको प्रयोग एबीएस यानिकि एन्टी–लक ब्रेकिङ्ग सिस्टमले दुर्घटनालाई धेरै हदसम्म कम गर्दछ । एबीएस जडित बाइकमा अकस्मात ब्रेक लगाएको वेला चक्का लक हुन पाउँदैन र बाइक चिप्लिएर दुर्घटना हुने सम्भावना पनि कम हुन्छ । त्यसैले सम्भावित दुर्घटनाबाट जोगिनका लागि एबीएस जडान भएको बाइक किन्नु नै बुद्धिमानी ठहर्छ ।

यस्ता विशेषताले जितायो ‘हिरो एक्सपल्स २००’लाई मोटरसाइकल अफ दि इयरको अवार्ड

काठमाडाैं । हिरो एक्सपल्स २०० लाई सन् २०२० को ‘आईएमओटिवाई’ अर्थात् इण्डियन मोटरसाइकल अफ दि इयर अवार्डबाट सम्मानित गरिएको छ । भारतीय मोटरसाइकल अवार्डहरुको अस्कर मानिने यो अवार्ड वर्षकै सर्वाधिक चर्चित मोटरसाइकललाई दिइने गरिन्छ । भारतीय बजारलाई सुहाउँदो, राम्रो पर्फमेन्स भएको, आरामदायक, राम्रो माइलेज प्रदान गर्ने लगायतका विशेषताहरु समावेश भएको बाइकले मात्र यो अवार्ड पाउने गर्दछ । यस अवार्डका लागि जुरी मेम्वरका रुपमा चर्चित अटो म्यागेजिनहरु तथा अनलाइन पोर्टलहरुका वरिष्ठ मोटरसाइकल पत्रकारहरु चयन गरिएको थियो । उनीहरुले यस वर्षको अवार्डका लागि सुचिकृत बेनेली इम्पेरियल ४००, हिरो एक्स्ट्रीम २००एस, एक्सपल्स २००, होण्डा सिबि ३००आर, जावा, केटिएम १२५ ड्युक, सुजुकी जिक्सर २५० र यामाहा एमटि-१५ मध्येबाट भोटिङ गरी एक्सपल्स २०० लाई विजेता घोषित गरेका हुन् । यस्तो छ एक्सपल्स २०० हिरो एक्सपल्स २०० एउटा अफरोड मोटरसाइकल हो जसलाईलामो दुरीको यात्रा गर्न रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाई माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्वी टायर्स, इञ्जिन गार्ड, विण्ड शिल्ड, माथि रहेको एक्जस्ट पाइप, नकल गार्ड, ठूलो ग्राउण्ड क्लियरेन्स, अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स लगायतको विशेषताले यस बाइकलाई एउटा उत्कृष्ट अफरोडिङ्ग मेशिन बनाएको छ । यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १८.४ पीएसको पावर र १७.९ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५-स्पिड गियरबक्स रहेको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल-च्यानल एबीएस समावेश गरिएको छ ।

महिन्द्राको कार किन्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची

काठमाडौं । महिन्द्राले कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाएको छ भन्दा फरक नपर्ला । कार उत्पादकको रुपमा महिन्द्राले ६५ वर्षको अनुभव सँगाल्दै नेपाल र भारत लगायतका देशहरुको अटोमोवाइल क्षेत्रमा बलियो स्थान बनाउन सकेको छ । सन् २०१८ को ‘फोर्चुन इण्डिया ५००’ को सुचीमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतको १७औं उत्कृष्ट कम्पनीको रुपमा पर्न सफल समेत भएको थियो । भरपर्दो उत्पादनहरु एकदमै उचित मूल्यमा उपलब्ध गराइरहेको कारणले पनि महिन्द्राले ग्राहकहरुको मन जित्न सफल भएको हो । महिन्द्रा कार्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. रहेको छ । यस कम्पनीले नेपालमा सिङ्गल क्याब, डवल क्याब, जिप टाइप भेहिकल र कार टाइप भेहिकल गरेर ४७ अलग मोडेलहरुको विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार यी मोडेलहरु ११९८ सीसी देखि लिएर २५२३ सीसी सम्मका छन् भने यिनको मूल्य चाहिँ १६ लाख ८० हजार रुपैयाँ देखि लिएर ९१ लाख २५ हजार रुपैयाँसम्म तोकिएका छन् । हाल महिन्द्राले नेपालमा उपलब्ध गराइरहेको उत्पादनहरुको मूल्य सुची भने यस प्रकार रहेको छ: