महिन्द्रा एक्सयूभी ३००ले पायो फाइभ स्टार सुरक्षा रेटिङ, भारतीय गाडीमध्ये उत्कृष्ट

मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको छ । एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ। फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्का (साइड इम्प्याक्ट) को असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम छ । यो उपलब्धीका बारेमा प्रतिक्रिया व्यक्त गर्दै महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले भने- “यो महिन्द्राका लागि गर्वका क्षण हो, फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहोर्याउँछ । आजका जागरुक ग्राहकहरूले आफ्नो किनमेलको निर्णय लिने समयमा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्ने गर्छन् र हामीले एक्सयूभी ३०० लाई भारतमा सबैभन्दा सुरक्षित सवारी साधनमध्ये एक बनाएका छौं । मलाई विश्वास छ, यो मान्यताले हामीलाई साथसाथै भारतीय अटोमोटिभ उद्योगलाई पनि भारतीय सडकमा गुड्ने सबै किसिमका सवारी साधनहरूमा समान किसिमका सुरक्षाका मापदण्डमा अगाडि बढ्नका लागि प्रेरित गर्नेछ ।” महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फर्ष्ट-इन-सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ । आज एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो । ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।

इलेक्ट्रिक सेग्मेन्टमा टिभिएसको प्रवेश, फुल चार्जमा १०० किलोमिटर माइलेज दिने स्कुटर ल्याउँदै

काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन भारतमा आधिकारीक रुपमा सार्वजनिक हुँदैछ । टिजरमा देखिएअनुसार यो स्कुटर फेमिली-ओरियन्टेड डिजाइनमा आधारित छ । अर्थात् यसमा ठूला बढी प्यानल्स र ठुलो फ्रन्ट एप्रोन समावेश हुनेछन् । आधुनिक समय अनुसारका फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ्ग लगायतका विशेषताहरु पनि यसमा समावेश हुनेछन् । यस इलेक्ट्रिक स्कुटरको पर्फमेन्स अन्य ११० सीसी स्कुटरहरु जस्तै हुने अनुमान गरिएको छ । यो स्कुटर टिभिएस क्रेओन कन्सेप्टमा आधारित हुने अनुमान गरिएको छ । क्रेओन कन्सेप्टलाई टिभिएसले सन् २०१८ को अटो एक्स्पोमा प्रदर्शनको लागि राखेको थियो । यस स्कुटरमा ८० देखि १०० किलोमिटरको रेञ्ज प्रदान गर्नसक्ने ४ किलोवाटआवरको लिथियम-आयन ब्याट्री समावेश गरिने आँकलन गरिएको छ । त्यसैगरी, यसमा अगाडितर्फ टेलिस्कपिक फर्क र फ्रन्ट डिस्क ब्रेक पनि समावेश हुनेछ । बजारमा आए पश्चात् सो स्कुटरले बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ सँग कडा प्रतिष्पर्धा गर्नेछ ।

आकर्षक डिजाइनकाे रेनो ट्राइबर सार्वजनिक, मूल्य २८ लाख २० हजार

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख २० हजार रूपैयाँ ताेकिएकाे छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन्। रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधा सम्पन्न सवारी साधन हाे । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् । रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ । यसले रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ३० भन्दा बढि उत्कृष्ट विशेषताहरू जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्कीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ । यसमा नयाँ इन्धन इन्जिन : रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्ने कम्पनीले जनाएकाे छ । “हामी हाम्रो नयाँ गेम चेन्जर-रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने । कम्पनीका अनुसार रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ। एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”