बेनेली मोटरसाईकलको नयाँ शोरुम बनेपामा, यी पाँच नयाँ मोडेल राखिने (मूल्यसहित)

काठमाडौं । बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा. लि.ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेकाे कम्पनीले जनाएकाे छ । टप गियर इन्टरनेसनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउँनेछ । कम्पनीको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धकको अनुसार यी पाँच मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ । TNT15(150CC) at Rs. 2,30,000 TNT150i(150cc) at Rs. 3,15,000 BN251(250cc) at Rs. 5,20,000 4.LEONCINO 250 at Rs. 6,30,000 TRK251 at Rs. 6,30,000 बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखिनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो । जसलाई सबैभन्दा बढी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै आएको छ ।

टीभीएसले दराजबाट सार्वजनिक गर्यो नयाँ मोडल, छुटसहित २ लाख ५८ हजारमा पाइने

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० ४भीको सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको अपाचे आरटीआर १६० ४भी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो । जगदम्बा मोटर्स सधै आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ । यस्तोमा कम्पनीले नयाँ भेरियन्टमा आरटीआर १६० ४भी लाई बजारमा उतारेको हो । नयाँ उत्पादनमा आरटीआर १६० ४भी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ । दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आरटीआर १६० ४भी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो । ‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० ४भी को सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने । उनले दराजबाट आरटीआर १६० ४भी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी दिँदै भने, ‘यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरेका हौ । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।’ कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ । आरटीआर १६० ४भीलाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ । आरटीआर १६० ४भीमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको आरटीआर १६० ४भीले आफ्नो विरासतलाई कायम राख्न सकेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ । आरटीआर १६० ४भी मा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ । यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन् ।

भारतमा ११ महिनामै १ लाख थान बिक्यो कियाकाे एसयुभी

काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभन्दा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभीबाट यो उपलब्धी हासिल गरेको हो । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ । सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो । कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।