हिरो मोटर साइकलको नयाँ योजना, बाइक तथा स्कुटर खरिदमा आकर्षक छुट पाइने

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “दशैंंको पर्व हिरोत्सवको हर्ष” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७७ को उपलक्ष्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

सुजुकी दशै तिहार अफरः जुनसुकै मोटरसाईकल तथा स्कुटर किन्दा १२ हजार छुट पाइने, अरू के के ?

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले ‘सुजुकी दशै तिहार अफर’ प्रारम्भ गरेको छ । ‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नाराका साथ कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।

अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको टाटाको पहिलो गाडी सार्वजनिक, आजैदेखि बुकिङ्ग खुल्ला

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै, सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज-फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन् । उक्त कार्यक्रममा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल-इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने, “अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पुर्याउनेमा हामी ढुक्क छौं । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र अबका दिनमा हामी मागको प्रकृतिअनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौं ।” साथै सिप्रदी ट्रेडिङ्गका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । यो हाम्रो लागि महत्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हुनेछ ।” यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपुर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीले जनाएकाे छ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु रहेका छन् ।