रुसमा कार बिक्री ७८.५ प्रतिशतले घट्यो
काठमाडौं । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ। अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको जनाइएको हो ।
होण्डाको अफर : एक लाखसम्मको क्यासब्याक, ७ लाख रुपैयाँ जित्ने मौका
काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ । यसका साथै योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन पाउनेछन् । यति मात्र नभएर बम्पर लक्की ड्र मार्फत एक जना ग्राहकले नगद ७ लाख रुपैयाँ नगद उपहार पाउनेछ । स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार याे योजना बैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ । यस योजनामा नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएकाे छ ।
यामाहाको आयोजनामा ‘महा एक्सचेन्ज मेला’ सुरु, सहभागीले २१ लाखसम्म जित्न सक्ने
काठमाडौं । यामाहाको ‘महा एक्सेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित उक्त मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ । साथै, यस ‘महा एक्सचेन्ज मेला’मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९x१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । यसअनुसार ग्राहकले दैनिक रूपमा दुई लाख सात हजार ९०० र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सक्नेछन् । एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एकजनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ । यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिन पाउने कम्पनीले जनाएको छ । यस मेलाबाट धेरैभन्दा धेरैले लाभ उठाउने कम्पनीले विश्वास लिएको छ ।