एमएडब्लुले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने
काठमाडौं । एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लुले छिट्टै इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको हो । वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक भएको कारण बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले विस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका देखिएकाले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने लागिएको कम्पनीले बताएको छ ।
पुराना कारसँग नयाँ चेरी साट्दा ६ लाख ३१ हजारसम्म फाइदा हुने
काठमाडौं । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ । एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ । ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।
चितवनको नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न (फोटो फिचरसहित)
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।