नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने, खल्तीबाट अनलाइन टिकट काट्न सकिने

<p>काठमाडाैं । असोज ६ गतेदेखि हुन लागेकाे नाडा इभी एक्स्पाेमा ५१ वटा स्टलहरु हुने भएकाे छ । असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक हुन लागेकाे यस एक्स्पाेमा साना तथा ठूलाे गरेर ५१ वटा स्टल रहन् एक्स्पो समितिका सभापति अनुप कुमार बारलले जानकारी दिए । बरालकाे अनुसार एक्स्पाेमा ७ वटा ग्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ [&hellip;]</p>

काठमाडाैं । असोज ६ गतेदेखि हुन लागेकाे नाडा इभी एक्स्पाेमा ५१ वटा स्टलहरु हुने भएकाे छ । असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक हुन लागेकाे यस एक्स्पाेमा साना तथा ठूलाे गरेर ५१ वटा स्टल रहन् एक्स्पो समितिका सभापति अनुप कुमार बारलले जानकारी दिए ।

बरालकाे अनुसार एक्स्पाेमा ७ वटा ग्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा याण्डका दुई पाङ्ग्रे, ३ वटा याण्डका टायर, २ वटा याण्डका ब्याटरी, ९ वटा पार्ट-पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने युृएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा एक्स्पाेमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सन्चालन गर्नेछ ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह-प्रायोजकमा शिखर इन्स्याेरेन्स कम्पनी तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएकाे छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

४ दिनसम्म चल्ने नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकले जनाएकाे छ ।

 

Share News