नाडा अटो शो २०२३ मा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ्ग

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषतः सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ्ग भएको कम्पनिले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउँछन्, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौ । नाडा अटो शो २०२३ मा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाई दिनु भएको सम्पूर्ण ग्राहकवर्ग, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौ । टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

७६ हजार बढीले अवलोकन गरे नाडा अटो शो

काठमाडौं । गत भदौ २६ गतेदेखि ३१ गतेसम्म भएको नाडा अटो शोमा ७६ हजार बढीले अवलोकन गरेका छन् । नाडा अटो शोका सभापति अनुपकुमार बरालले अन्तिम दिनसम्ममा ७६ हजार बढीले अवलोकन गरेका जानकारी दिएका हुन् । उनका अनुसार समग्रमा नाडा शो उत्साहपूर्ण रह्यो । उक्त शोमा ईभी गाडी सबैभन्दा बढी बुकिङ भएको अनुमान गर्दै बरारले अहिलेसम्म कति गाडी बुकिङ भए भनेर आधिकारिक जानकारी आई नसकेको समेत जानकारी दिए । उक्त शो मा जानको लागि प्रवेश शुल्क विद्यार्थीको लागि १५० रुपैयाँ र अन्यको लागि २०० रूपैयाँ तोकिएको थियो ।

नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहको भिड

काठमाडौं | नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई बाइ वान गेट वान फेसिलीटी उपलब्ध गराउदै आइरहेको छ | बाइ वान गेट वान फिर्र फेसिलीटी अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले वुलिंगको स्टलबाट त्यही बसेर फाइनान्स को सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन् | नाडा अटोशो मा रहेको वुलिग को स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ | २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५९ ओटा बुकिंग भैसकेको छ । १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो | नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारीक घरना हो । काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ | नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसन बाट सजिलै ३ घन्टा मा फुल चार्ज गर्न सकिने । यो इन्डोनेसिया बाट आयात गरेको सन्सार को बलियो सिटि कार हो ।