टिभिएस नेपालले सार्वजनिक गर्याे ‘नयाँ युगको आरम्भ’ अफर, १० लाखसम्म जित्न सकिने
काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत https://www.tvsnepal.com/dashain/form मा गइ सवारीसाधन नकिन्दै पाँच लाखसम्म र खरिद गरेपछि दस लाखसम्म जित्न सकिने कम्पनीले जनाएकाे छ । र हरेक सप्ताह १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएकाे छ । पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेकाे छ । टिभिएसले ‘मेरो साथी’ एपमार्फत सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।
केयूमा बिवाईडीको सहकार्यमा चार्जिङ स्टेशन सञ्चालन
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएकाे छ । काठमाडौं विश्वविद्यालय र साइमेक्स इंक प्रालि (बीवाईडी)को सहकार्यमा चार्जिङ स्टेशन सञ्चालनमा आएकाे हाे । चार्जिङ स्टेशनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्त रूपमा गरे । बीवाईडीले इलेक्ट्रिक सवारीसाधनहरूको कम्पोनेन्टहरू पनि प्रदान गर्ने जनाएकाे छ । कम्पोनेन्टहरू केयूको प्रयोगशालामा राखिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिसँग जाेडिन सहयाेग पुर्याउने बताइएकाे छ । बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक ज्युलियाङले पृथ्वीकाे तापक्रम घटाउने लक्ष्यमा वातावरणमैत्री सवारीसाधन बढाउने लक्ष्य लिएकाे बताए । ‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो । हामी वातावरणमैत्री सवारीसाधनहरूकाे संख्या बढाउने लक्ष्य राखेका छाैं,’ उनले भने । उनले बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको पनि बताए । यस सहकार्यमार्फत धेरै लाभान्वित हुने अपेक्षा केयूले गरेकाे छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यले नेपालमा हरित प्रविधिकाे भविष्यमा याेगदान दिने बताए । केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि साझेदारीको भविष्यको बारेमा आफ्नो धारणा राखेका थिए ।
साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा, प्रत्येक बिवाईडी बिक्रीको १० हजार रुपैयाँ जम्मा गरिने
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको छ । साइमेक्सले न्यु इनर्जी भेहिकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा फाउन्डेसनको स्थापना गरेको हाे । साइमेक्स इंकले उक्त फाउन्डेसनमा १ करोड रुपैयाँ जम्मा गर्नेछ । साथै प्रत्येक बीवाईडी गाडी बिक्रीवापत १० हजार रुपैयाँ पनि फाउन्डेसनमा जम्मा गरिने जनाइएकाे छ । साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले जम्मा गरिएको सहयोग रकम सामाजिक कार्यमा प्रयाेग गरिने जानकारी दिए । उनले सामाजिक हितलाई मध्यनजगर गरी याे फाउन्डेसनकाे स्थापना गरिएकाे बताए । बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले गरेकाे अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरेका थिए । फाउन्डेसन घाेषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङ पनि उपस्थित थिए ।