मौद्रिक नीति समीक्षाबारे नाडा : ईभी प्रयोगमा कमी आउने, व्यवसायी मर्कामा पर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण विद्युतीय सवारी साधन (ईभी) को प्रयोगमा कमी आउने बताएको छ । नाडाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ईभीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झारेको बताएको छ । । समीक्षा अघि ईभीको ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत थियो । ‘नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विगतको समय देखि नै विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिने नाडाले बताएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघिकै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न नाडाले माग गरेको छ । सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउनका लागि राष्ट्र बैंकलाई अनुरोध गर्दै आएको थियो । राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भए तापनि नाडाले थप अपेक्षा राखेको थियो । विद्युतीय सवारी साधनहरुको सम्बन्धमा पनि सोही व्यवस्था गरिदा विद्युतीय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको नाडाले बताएको छ ।

नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ बीवाईडी हाई-टेक विकको सुरु

काठमाडौं । न्यु इनर्जी भेहिकल कम्पनी बिवाईडीको हाइटेक वीक -२०२५ सुरु भएको छ । बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित हाइटेक वीक बुधबारबाट सुरु गरेको हो । बिवाईडीको हाइटेक वीकमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा सुरु भएको यो हाइटेक वीकमा  चाडै नेपालमा बिक्री सुरु हुने दुई मोडल समेत प्रदर्शनीमा राखिएको छ । कम्पनीका अनुसार बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो । जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ । बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ ।  यी दुवै कार राइट ह्याण्ड ड्राइभ भर्सनमा आएका छन् । नेपालमा ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले नेपालमा प्लग इन हाइब्रिड समेत बिक्री गर्ने भएको छ । बाँकी ती मोडल भने प्रदर्शनीमा लागि मात्रै राखिएको हो । हाइटेक वीकमा सबै कार चलाएर देखाइएको थियो । यो  कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम ३.०, डुअल मोड अफ-रोड , उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । नेक्स्ट-जेन सवारी प्रदर्शन,बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको कम्पनीले जनाएको छ । नयाँ बिवाईडी  मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । परिवारमैत्री गतिविधिहरू  हुनेछ । सबै उमेर समूह का लागि रोचक गतिविधिहरू, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ । कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई-टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।

बुटवलमा दिपलको स्टेट-अफ-आर्ट सोरुम सञ्चालनमा

बुटवल । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बुधबारबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को विक्री पनि सुरु गरिएको छ । कम्पनीका अनुसार बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा लुम्बिनी प्रदेशका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउने कम्पनीले जनाएको छ । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको छ ।