कमजोर प्रदर्शनका कारण दबाबमा उचिडा, यी हुन् निसानका सम्भावित सीईओ

काठमाडौं । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा जापानी अटोमेकरको कमजोर प्रदर्शनका कारण बढ्दो दबाबमा छन् । मार्च ११ मा बोर्ड सदस्यहरू सम्भावित उत्तराधिकारीबारे छलफल गर्न भेला हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यदि उचिडाले पद छाडेमा उनको उत्तराधिकारी छ वर्षभित्र निसानको नेतृत्व गर्ने चौथो सीईओ बन्नेछन् । यो तथ्यले कार्लोस घोस्न हटाइएपछि निसानमा देखिएको व्यवस्थापन संकटलाई प्रतिबिम्बित गर्छ ।   माकाटो उचिडा निसानका सम्भावित सीईओ उम्मेदवार जापानी सञ्चारमाध्यमहरू र यस विषयमा जानकार स्रोतहरूका अनुसार उचिडाको स्थान लिने सम्भावित उम्मेदवारहरू निम्न छन् । जेरेमी पापिन हाल निसानका प्रमुख वित्तीय अधिकारी (सीएफओ) जेरेमी पापिनलाई सम्भावित सीईओको रूपमा हेरिएको छ । उनी जनवरी २०२४ मा सीएफओ पदमा नियुक्त भएका थिए । यसअघि पापिनले अमेरिकामा निसान र लक्जरी ब्रान्ड इन्फिनिटी को नेतृत्व गरेका छन् । यसैगरी, २०१८ मा निसानमा प्रवेश गर्नु अघि रेनो-निसान-मित्सुबिशी एलायन्स तथा रेनोमा उनले विभिन्न भूमिका निभाएका छन् । उनले युरोपेली अटोमोबाइल क्षेत्रका वित्तीय विश्लेषकका रूपमा पनि काम गरेका छन् । इवान एस्पिनोसा अर्का सम्भावित सीईओ हुन्- इवान एस्पिनोसा । उनी अप्रिल २०२४ मा मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए । इलेक्ट्रिक गाडीको प्रवद्र्धन गर्न व्यवस्थापन सुधारको भागस्वरूप उनी पदमा आएका हुन् । उनी २००३ देखि निसानमा कार्यरत छन् र करिअरको धेरैजसो समय मेक्सिकोमा बिताएका छन् । उनीसँग दक्षिणपूर्वी एसिया र युरोपमा पनि काम गरेको अनुभव छ । उनले गाडीको उत्पादन योजना, रणनीति, तथा विकासको नेतृत्व गरिसकेका छन् । गिलियूम कार्टियर गिलियूम कार्टियरलाई पनि सम्भावित सीईओको रूपमा हेरिएको छ । उनी निसानमा ३० वर्षदेखि कार्यरत छन् । उनी २०२३ डिसेम्बरमा मुख्य प्रदर्शन अधिकारी (सीपओ) बनेका थिए । हाल उनले अमेरिका, जापान, अफ्रिका, मध्यपूर्व, भारत र युरोपको निरीक्षण गरिरहेका छन् । उनीमाथि वैश्विक बिक्री तथा बिक्रीपछिको सेवाको जिम्मेवारी पनि छ । १९९५ मा निसानमा प्रवेश गरी उनले बिक्रीपछिको व्यवस्थापकको रूपमा काम थालेका थिए । उनले मित्सुबिशी मोटर्समा पनि काम गरिसकेका छन् । जुन सेकी जुन सेकी हाल ताइवानको फक्सकनको इलेक्ट्रिक गाडी व्यवसायका मुख्य रणनीति अधिकारी हुन् । उनी १९८६ मा निसानमा प्रवेश गरी चिनियाँ बजारको नेतृत्व गरेका थिए । २०१९ मा सेकी सीईओको दौडमा थिए, तर उचिडाले पद जिते । निसानको पुनरुत्थान योजनाको नेतृत्व गर्न चयन भए पनि उनी २०२० मा जापानी मोटर निर्माता निडेकमा सामेल हुन निसान छाडेका थिए । कमजोर वित्तीय प्रदर्शनको जिम्मेवारी लिँदै उनले २०२२ मा निडेक छाडे । जापानी सञ्चारमाध्यमका अनुसार निसान, होन्डा, फक्सकन र मित्सुबिशी मोटर्सबीच सम्भावित चार-पक्षीय सम्झौतामा सेकी बन्न सक्ने सम्भावना छ । निसान र होन्डाको ६० अर्ब डलरको मर्जर योजना फेब्रुअरीमा असफल भएको थियो । दुवै कम्पनीले डिसेम्बरदेखि मर्जरबारे वार्ता गरिरहेका थिए, तर होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन खोजेपछि वार्ता टुंगिएको हो । यो योजना पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । (एजेन्सीहरूको सहयोगमा) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी

फक्सवागन समूह २५ प्रतिशत ट्रम्प ट्यारिफबाट बच्न सक्ने

काठमाडौं । फक्सवागनले बिहीबार जनाएअनुसार उत्तर अमेरिकी क्षेत्रमै निर्मित उसका सवारीसाधनहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने गाडीहरूमा लगाएको २५ प्रतिशत ट्यारिफबाट जोगिने सम्भावना छ । तर, बीएमडब्ल्यूलगायत अन्य कार निर्माता कम्पनीहरूले भने छुट पाउने छैनन् । यस हप्ताको सुरुवातमा ट्रम्पले अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (यूएसएमसीए) पालन गर्ने कार निर्माताहरूलाई एक महिनाको ट्यारिफ छुट दिने घोषणा गरेका थिए । ट्रम्पले मार्च ४ देखि यी शुल्कहरू लागू हुने बताएका थिए तर, कुन कार निर्माता तथा कम्पनी ट्यारिफको दायरामा पर्छन् भन्ने स्पष्ट भइसकेको छैन । बीएमडब्ल्यूले ट्यारिफ तिर्नुपर्ने सम्भावना फक्सवागन समूह (भीडब्ल्यू ग्रुप) का प्रवक्ताले भने, ‘हाम्रो उत्तर अमेरिकी सवारीसाधनहरू यूएसएमसीएका सर्तहरू पूरा गर्छन् ।’ तर बीएमडब्ल्यूका प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिका र मेक्सिकोमा निर्मित बीएमडब्ल्यू गाडीहरूले व्यापार सम्झौताका नियमहरू पूरा गर्दैनन्, जसले गर्दा ती गाडीहरू उच्च ट्यारिफको दायरामा पर्ने सम्भावना छ ।’ बीएमडब्ल्यूका अनुसार अमेरिकामा बिक्री हुने करिब १० प्रतिशत बीएमडब्ल्यू गाडीहरू मेक्सिकोबाट आयात गरिन्छ, जसले गर्दा कम्पनीले यी ट्यारिफहरूलाई अस्वीकार गरेको छ । बीएमडब्ल्यूले एक विज्ञप्तिमा भनेको छ, ‘यी शुल्कहरूले अन्ततः ग्राहकहरूलाई नै नोक्सान पु¥याउँछ, किनभने यसले उत्पादनहरू महँगो बनाउनुका साथै नवीनतामा असर पार्छ ।’ अन्य निर्माताहरूको प्रतिक्रिया माज्दाले जनाएको छ कि अर्काे ३० दिनका लागि यूएसएमसीएअनुसार मेक्सिकोमा निर्मित माज्दा थ्री र सीएक्स– थर्टी मोडेलहरू ट्यारिफको दायरामा नपर्ने सम्भावना छ, तर यस विषयमा प्रशासनको अन्तिम निर्णय पर्खिरहेको छ । डिट्रोइटका कार निर्माता कम्पनीहरू महिनौँदेखि ट्यारिफ छुटका लागि लबिङ गर्दै आएका थिए र ट्रम्पको अस्थायी ट्यारिफ राहतको घोषणालाई स्वागत गरेका छन् । भीडब्ल्यू सबैभन्दा बढी जोखिममा जर्मन कार निर्माताहरूमा फक्सवागन समूह (भीडब्ल्यू ग्रुप) सबैभन्दा बढी ट्रम्पको ट्यारिफ खतरामा परेको कम्पनी हो । अडी र पोर्शेजस्ता ब्रान्डहरूले अमेरिकाभित्र कुनै उत्पादन केन्द्र राखेका छैनन् । भीडब्ल्यूका अमेरिकाभित्र बिक्री हुने अधिकांश गाडीहरू मेक्सिकोस्थित कारखानाबाट आयात गरिन्छ । भीडब्ल्यूको क्यानडामा निर्माणाधीन ब्याट्री सेल प्लान्टले अमेरिकी बजारका लागि ब्याट्री आपूर्ति गर्ने लक्ष्य राखेको थियो । अडीले मेक्सिकोमा रहेको आफ्नो क्यू फाइभ एसयूभी उत्पादन गर्ने प्लान्ट यूएसएमसीए अनुरूप छ वा छैन भन्ने बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अन्य कम्पनीहरूको प्रतिक्रिया मर्सिडिजले क्यानडा र मेक्सिकोबाट आयात हुने गाडीहरूमा हुने ट्यारिफ परिवर्तनबारे विस्तृत जानकारी प्राप्त नभएको भन्दै यूएसएमसीए अनुरूप रहेको छैन भन्ने कुरा खुलाउन अस्वीकार गर्‍यो । निसानले पनि यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । (एजेन्सीहरूको सहयोगमा) ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

एमजी एस फाइभ सार्वजनिक, मूल्य ४४ लाखबाट सुरु

काठमाडौं । नेपालमा आधिकारिक रूपमा एमजी एस फाइभ सार्वजनिक भएको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस फाइभ एसयूभी सार्वजनिक गरेको हो । गाडी दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा उपलब्ध छ । ब्याट्री अप्सनमा ४९ र ६२ किलोवाट आवर क्षमता पाउन सकिने पारामाउन्ट मोटर्सले जनाएको छ । ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ४९ किलोवाट आवरको ब्याट्री भएको मोडललाई दुई भेरियन्टमा ल्याएको छ । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य भने ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । फुल अप्सनमा सनरुफ र लेदर सिट लगायतका फिचर छन् । कम्पनीले केही दिनमै बुकिङ भएका गाडी हस्तान्तरण गर्ने जनाएको छ । साथै बुकिङ पनि खुलाएको छ । एमजी एस फाइभमा प्रयोग भएको ४९ किलोवाटको ब्याट्री भएको गाडीले ३४० र ६२ किलोवाटको ब्याट्री भएको गाडीले ४३० किलोमिटर रेन्ज दिने जनाइएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । ४९ किलोवाटको ब्याट्री डिसी चार्जरको सहायताले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २६ मिनेट लाग्नेछ भने ६२ किलोवाटको ब्याट्री २१ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । यस गाडीको ग्राउण्ड क्लियरेन्स नेपाली बाटोमा सुहाउँदो १८० एमएम रहेको छ । यसमा सीएटीएलको एलएफपी ब्याट्री राखिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री टेक्नोलोजी हो ।