विकासन्युज

सुन्तला किलोको १८० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ६५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ८५, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५  पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७  पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०६ पैसा र बिक्रीदर २१ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१  पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५  पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

होटेल फरेष्ट इनले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोड रुपैयाँ, ब्याज आम्दानी साढे ६ अर्ब

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९ करोड २८ लाख ६७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४० करोड २१ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५७ लाख ९८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब १ करोड २२ लाख ४६ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड १० लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख १८ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ खर्ब १९ अर्ब १० करोड १३ लाख ४ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब २८ अर्ब १६ करोड २३ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६९.६३ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.२० प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.८६ प्रतिशत खराब कर्जा थियो । 

प्रभु बैंकको नाफा १ अर्ब १ करोड रुपैयाँ, आधार दर ५.३६ प्रतिशत

काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८६ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ३७ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६९ करोड ६४ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १२ करोड २२ लाख ४९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६६ करोड ७५ करोड २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख ३६ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा ३ खर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख २ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ र कर्जा लगानी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ४५ करोड ५९ लाख २३ रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.३६ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.३० रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.०६ प्रतिशत खराब कर्जा थियो । 

सिटिजन्स बैंकको नाफा ३५.८८ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशत बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ४५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५७.६८ प्रतिशत घटेर २७ करोड २८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेर ४ अर्ब ११ करोड ८७ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा ४४.६८ प्रतिशत घटेर ५० करोड ४१ लाख ७१ हजार रुपैयाँ गरेको छ ।  बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४ लाख ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख २४ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब २२ करोड ३५ लाख ६४ हजार रुपैयाँ र कर्जा लगानी १ खर्ब ६८ अर्ब २१ करोड २ लाख २ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.६२ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ६.८८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.८५ प्रतिशत खराब कर्जा थियो । 

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, एसएमएस​​​​​​​ भोटिङबाट २५ प्रतिशत मूल्याङ्कन

काठमाडौं । म्याग्दीको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धि मुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिका भित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उनीहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिए । उनका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही नगद १ लाख रुपैयाँ नगद सहयोगसमेत गरिएको छ । उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट भएका हुन् ।  गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गरे । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावना युक्त रहेको बताए । ‘अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशिलतालाई बढावा दिनुपर्छ, स्वदेशमै स्वरोजगार र आत्मनिर्भरतासँगै रोजगारका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकारले जोड दिएको छ,’ मन्त्री बस्यालले भने ।  यस कार्यक्रममार्फत  गत आव २०८१/२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्यूनतम् ५० हजार रुपैयाँ बराबरको प्रविधि खरिदका लागि जनही नगद २५ हजार रुपैयाँ पुरक अनुदान प्रदान गरी सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्ययमीलाई यो आर्थिक वर्षमा ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद २० हजार रुपैयाँ बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ । उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप १ लाख ५० हजार रुपैयाँको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीलाई वृद्धिमुखी योजनासम्बन्धी तालिम दिने, नव प्रवर्द्धनसम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको ४० लाख रुपैयाँ, पालिकाको २० लाख रुपैयाँ र  दायित्व संस्थाको १५ लाख रुपैयाँ बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा सञ्चालित छ । 

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

काठमाडौं । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।  हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।