विकासन्युज

कपिलवस्तुबाट १७ लाख बढी मूल्यको सामानसहित गाडी नियन्त्रणमा

काठमाडौं । कपिलवस्तु प्रहरीले भन्सार छलेर ल्याए फलफूलसहित सवारीसाधन बरामद गरेको छ । प्रहरीले १७ लाख १४ हजार १ सय रुपैयाँ बराबरको सामानसहित सवारीसाधन बरामद गरेको हो ।  आइतबार करिब ५ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा भारतबाट नेपाल आउँदै गरेको सवारीसाधनमा भन्सार छलेर ल्याएको फलफूल बरामद गरेको थियो ।  लु ३ च १११७ नम्बरको सवारीसाधन, २५ वर्षीय चालक मोहम्मद अकरम र सहचालक २५ वर्षीय प्रदीप कुमार चौधरीलाई नियन्त्रणमा लिएर कृष्णनगर भन्सार कार्यालय पठाइएको सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । त्यसैगरी, सोमबार भन्सार छली चोरी निकासी पैठारी गरी अवैध रुपमा नेपालतर्फ ल्याएका सामान प्रहरी टोलीलाई देखी छोडेर भागेका थिए । वेवारिसे अवस्थामा छाडेका अन्दाजी मूल्य र १ लाख ०९ हजार ३०० रुपैयाँ बराबरको फलफुलहरु (केरा, जुनार, अंगुर) फेला पारी रितपूर्वक बरामद गरिएको थियो । आवश्यक कारवाहीको लागी कृष्णनगर भन्सार कार्यालय पठाईएको सूचना अधिकारीले जानकारी दिए ।  

काठमाडौंमा गोली चलाएर १० जना लुटेरा पक्राउ, २ जना प्रहरी घाइते

काठमाडौं । काठमाडौंको कागेश्वरीमा गए राति प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ । शंकास्पद गतिविधिमा संलग्न भएकाले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । सडकमा प्रहरीको चेकजाँच क्रममा लुटेराको समूहले २ जना प्रहरीलाई मोटरसाइकले हानेर घाइते समेत बनाएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी कौशल बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरीलाई घाइते बनाएर फरार भएका र प्रहरीसँग भीडन्त गर्न खोजेका थिए ।  कागेश्वरी मनोहरा नगरपालिका ६ मा उक्त घटना भएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

अर्थतन्त्र आगामी चुनावको साझा एजेन्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेन्डा बन्नुपर्ने धारणा राखेका छन् । बिहीबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्र विकासको एजेन्डालाई प्राथमिकता दिन र सबैको साझा एजेन्डा बनाउन आग्रह गरेका हुन् । उनले भने, 'राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसद् निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।' साथै, अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेन्डाहरू समावेश गर्न पनि आग्रह गरे । उनले औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेन्डाहरू राज्यसमक्ष राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेन्डाले प्राथमिकता पाउनुपर्ने तर्क गरे । उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको उल्लेख गर्दै यसका लागि सबै दललाई एउटै मञ्चमा राखेर महासंघले बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरिएको प्रसंग स्मरण गरे । उनले उक्त आयोगका कतिपय सुझावहरू हाल कार्यान्वयनमा आइसकेको पनि बताए । अध्यक्ष ढकालले देशमा लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधनदेखि महासंघको विधानलाई समयसापेक्ष बनाउनेसम्मका काम आफू महासंघको नेतृत्वमा आएपछि सम्पन्न भएका पनि स्मरण गरे ।

कमला नदीमा डाइभर्सन बनेपछि हुलाकी राजमार्गको आवत–जावत सहज

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ । हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवत–जावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।’ मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए । उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए । घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो । यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए । विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएका निर्माण कम्पनीले जनाएको छ । पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, ‘हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्याएपछि समस्या भएको हो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो । उनले भने, ‘लामो समयसम्म काम हुनसकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । त्यसमा सबै गम्भीर बन्नुपर्छ ।’ हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ । रासस

सुकेको लसुन किलोको २२० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ ।  यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ७०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८५, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

बैंकहरूको नाफा साढे ३० अर्ब रुपैयाँ, कुमारीले ८८६.५० प्रतिशत बढायो, नबिलको सबैभन्दा धेरै

काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामा साढे ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा गरेका हुन् ।  यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.५० प्रतिशत अर्थात् ३ अर्ब १५ करोड ६९ लाख रुपैयाँ बढी हो । गत वर्षको पुसमा बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको पुसमा सबैभन्दा धेरै नाफा कुमारी बैंकको वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा कुमारी बैंकको ८८६.५० प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।  चालु आवको ६ महिनामा नेपाल बैंकको १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ, सिद्धार्थ बैंकको  १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ५ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, पुस मसान्तमा नबिल बैंकको ४६.७० प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल नम्बर वान बनेको छ । गत वर्षको पुसमा नबिलको नाफा ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा माछापुच्छ«े बैंकको ११ करोड ११ लाख ७३ हजार रुपैयाँ, सानिमा बैंकको १६.६७ प्रतिशत बढेर १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १४.५५ प्रतिशत बढेर १ अर्ब ३ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, प्राइम बैंकको ९.२७ प्रतिशत बढेर २ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको २.०४ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा गरेका छन् ।  समीक्षा अवधिमा विभिन्न ८ बैंकको नाफा घटेको छ । सिटिजन्स बैंकको ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ४३.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ, कृषि विकास बैंकको २६.१२ प्रतिशत घटेर ७० करोड ७४ लाख २६ हजार रुपैयाँ, प्रभु बैंकको २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  एनएमबि बैंकको १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२८९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ, हिमालयन बैंकको १४.८८ प्रतिशत घटेर १ अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १३.५३ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  तर, समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । पुस मसान्तमा लक्ष्मी सनराइजको नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४  पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५०  पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ १७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ४० रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९  पैसा कायम गरिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४  पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३८२ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा हेर्न सकिनेछ ।

रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारी, ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।