हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाले दुई नयाँ स्काभेटर नेपाली बजारमा भित्र्यायो
काठमाडौं, १५ मंसिर । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाले नेपाली बजारमा दुईवटा नयाँ स्काभेटर ल्याएको छ । कम्पनीले आर ३४० एल सी –७ र आर ३९० एल सी –९ स्काभेटर बजारमा ल्याएको हो । मंगलबार पत्रकार सम्मेलन गरी ति दुई नयाँ उपकरणको बारेमा कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कम्पनीका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सी एच क्वाकले नेपाल हुन्डाइको लागि महत्वपूर्ण बजार रहेको बताएका छन् । कम्पनीले नेपाली निर्माण क्षेत्रमा हुन्डाईका उपकरणको बजार हिस्सा ३० प्रतिशत रहेको जानकारी दिएको छ । नेपालका जलविद्युत आयोजना, सडक, पूर्वाधार लगायतका विकास परियोजनामा आफ्नो कम्पनीका उपकरण प्रयोग भैरहेको कम्पनीले दावी गरेको छ । आगामी ३÷४ बर्षमा २० प्रतिशतले नेपालमा कन्सट्रक्सन उपकरणको बजार बढ्ने अपेक्षा कम्पनीले गरेको जनाएको छ । कम्पनीले नेपालका लागि आधिकारिक विक्रेता कन्स्ट्रक्सन सलुशन मार्फत यसअघि आर २२०, २१५, (एल सी –७) , आर ८०–७, आर १४० एल सी–९ लगायतका उपकरण नेपाली बजारमा बिक्री गर्दै आएको थियो।
४५ करोड खर्चिएर सिम्रिक एयरले दुई हेलिकोप्टर थप्यो, एक महिना भित्रमै नियमित उडानमा
काठमाडौं १५, मंसिर । निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक सिम्रिक एयरले नयाँ दुईवटा हेलिकोप्टर थप गरेको छ । दसैं आगाडि ल्याएको एउटा हेलिकोप्टर संचालनको तयारीमा रहेको छ भने मंगलबार बेलुकी अर्को एक हेलिकोप्टर काठमाडौं भित्र्याएको छ । यो वायुसेवाले मंगलबार बेल ४०७ जीएक्सपी नामक नयाँ हेलिकोप्टर ल्याएको हो । यो हेलिकोप्टर आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिने पनि सिम्रिक एयरले जानकारी दिएको छ । सिम्रिक एयरका प्रमुख बजार निर्देशक दिलबहादुर ओलीका अनुसार हेलिकोप्टर काठमाडौं विमानस्थलमा आइसकेकोले आज सार्वजनिक गर्ने र आगामी एक महिनाभित्रमा उडान गरिने छ । सिम्रिकले दसैं अगाडि नै एएस ३५० बीथ्रई नामक ६ सिटरको हेलिकोप्टर भित्र्याएको थियो भने अहिले बेलको पाँच सिटर हेलिकोप्टर ल्याएको छ । यो हेलिकोप्टर सिगापुरहुँदै ढाका ल्याएको र हिजै विराटगरबाट काठमाडौं ल्याएको पनि सिम्रिकले जानकारी दिएको छ । सिम्रिकका अनुसार दसैं अगाडि ल्याएको हेलिकोप्टर एसेम्बलको अन्तिम चरणमा रहेको छ भने नयाँ हेलिकोप्टर भने उडाएरै ल्याएकोले तयारी आवस्थामा रहेको छ । सिम्रिकले तीन महिनाको बीचमा दुइवटा हेलिकोप्टर थप गरेको छ । सिम्रिक एयरको अनुसार यो वायुसेवाले करीक ४५ करोड रुपैयाँमा दुईवटा हेलिकोप्टर थप भएको बताएको छ । बजार मूल्य अनुसार पनि एयरवस हेलिकोप्टरको २५ करोड र बेलको करीब २० करोड रुपैयाँ बजार मूल्य रहेको छ । सिम्रिकले २ वटा हेलिकोप्टर थप गरेपनि यो वायुसेवासँग चारवटा हेलिकोप्टर भएको छ । यस अघि सिम्रिकसँग २ वटा एयरवस हेलिकोप्टरका एसएस ३५० बीथ्री ई नामका आधुनिक सुविधाका हेलिकोप्टर छन् । २ वटा थप भएसँगै अब सिम्रिकसँग चारवटा हेलिकोप्टर भएको छ । हेलिकोप्टरमा अर्को नयाँ कम्पनी थप हुँदै पछिल्लो समय आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट थपिएको थियो भने अर्को नयाँ कम्पनी एभरेष्ट हेलिले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने भएको छ । यो हेलिले नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमति (एओसी) पाउने चरणमा रहेको छ । यो वायुसेवाले एओसीको लागि प्रारम्भि तयारी पूरा गरेकोले एक दुई साताभित्रै उडान गर्ने गरी तयारी थालेको पनि जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरिसकेको छ । नेपाली आकासमा नेपाली सेनाकोसहित फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । एभरेष्ट हेलि थप भएपनि यो क्षेत्रमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी नौ वटा निजी कम्पनी हुने छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८÷२० वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ ।
गभर्नर नेपालको छोरी शुभेच्छाको विवाह मंसिर २३ गते, विवाहको तयारीमा गभर्नर कार्यालय व्यस्त
काठमाडौं, १५ मंसिर । गभर्नर डा. चिरन्जीवि नेपालको छोरी शुभेच्छा नेपालको मंसिर २३ गते विवाह तय भएको छ । विवाह गभर्नर निवास दुर्गादेवी मार्ग, महाराजगञ्जमा गर्ने तयारी छ । गभर्नर छोरी शुभेच्छाको विवाह प्रतिक अधिकारीसँग हुन लागेको हो । उनी प्रदिप कुमार अधिकारी र सविता अधिकारीकी छोरा हुन् । पारिवारिक स्रोतका अनुसार विवाह २३ गते भएपनि स्वयम्भवर मंसिर २० गते हुनेछ । विवाह भोज भोज २०, २१ र २१ गते तीन दिन गर्न लागिएको छ । विवाहको निम्ताको लागि करिव ५ हजार प्रति निमन्त्रणा कार्ड छापिएको छ । ४ हजार प्रति निमान्त्रणा कार्ड नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयले वितरण गर्दैछ । गभर्नर कार्यालय स्रोतका अनुसार सरकारका उच्च अधिकारीहरू, राजनीतिक दलका उच्च नेतृत्व, बैक तथा वित्तीय संस्थाहरूका अध्यक्ष, सञ्चालक, उच्च व्यवस्थापक, विभिन्न क्षेत्रमा स्थापित व्यवसायीहरू, विश्वविद्यालयका प्रध्यापकहरू, सञ्चारकर्मी, गभर्नर नेपालसँग व्यक्तिगत निकट सम्बन्ध भएका विभिन्न पेशाका पेशाकर्मीहरूलाई विवाह भोजमा निमन्त्रणा गरिएको छ । गर्भनर नेपालको छोरीको विवाहलाई सघाउन नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालय गत सातादेखि नै व्यस्त रहेको छ । यसैबीच गभर्नर नेपाललाई खुशी बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहाने बैकर्स तथा व्यवसायीहरु विवाहको अवसरमा आकर्षक उपहार प्रदान गर्न आतुर देखिएका छन् ।
कर कटौतीको नीतिले अन्य मुद्राको तुलनामा डलर बलियो, नेपाली मुद्रासँगको सहटीमा महंगो
काठमाडौं १५, मंसिर । काठमाडौंः पछिल्लो एक महिनामा अमेरिकी डलरको मूल्य तीन रुपैयाँले महँगो भएको छ । एक महिना अगाडि डलरको बिक्रीदर १ सय ७ रुपैयाँ २४ पैसा थियो । एक महिनापछि मंगलबारका लागि राष्ट्र बैंकले तोकेको डलरको बिक्रीदर १ सय १० रुपैयाँ २६ पैसा छ । बुधबारका लागि भने तोकेको विनिमयदर मंगलबारको तुलनामा घटेर १ सय १० रुपैयाँ १६ पैसा छ । अमेरिकी राष्ट्रपति निर्वाचनपूर्व कर कटौती गर्ने घोषणा गरेका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अरू मुद्राको तुलनामा डलर बलियो भएको छ । अन्तरराष्ट्रिय लगानीकर्तामा कर कम लाग्ने भएपछि आम्दानी बढ्ने भएको हुँदा डलरप्रतिको विश्वास बढेको देखिन्छ । पछिल्लो एक महिनाको तुलनामा अन्य मुद्रा युरो, अस्ट्रेलियन डलर तथा मलेसियन रिङ्गेट कमजोर बनेको छ । यद्यपि बेलायती मुद्रा पाउण्ड भने पछिल्लो एक महिनामा नेपाली मुद्राको तुलनामा सात रुपैयाँले महँगो भएको छ । अन्य मुद्रामा भने खासै उतारचढाव भएको छैन । राष्ट्र बैंकका पूर्व–कामुगभर्नर कृष्णबहादुर मानन्धर अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको र उनले गरेको चुनावी बाचाको कारण विश्वभरनै डलर बलियो भएको बताउँछन् । “ट्रम्पले चुनावी अभियानको क्रममा कर्पोरेट ट्याक्स ३५ प्रतिशतबाट १५ प्रतिशतमा झार्ने भनेका थिए,” मानन्धरले भने, “अमेरिकी केन्द्रीय बैंक फेर्डर रिजर्बले ब्याजदर बढाउने अनुमान अन्तरराष्ट्रिय लगानीकर्तामा छ । जसको कारण भारतमा आएका लगानीकर्ता अमेरिका फर्केका छन् । कारोबार दैनिकबाट ।
सरकार संवेदनहीन हुँदा १७ दिनदेखि अनसन बसेका डा. केसीको ज्यान जोखिममा
काठमाडौं १५, मंसिर । चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राखेर आमरण अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि वार्ताबाट समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुले ज्यानै जोखिममा परेको बताउदा पनि सरकारी वार्ता टोली प्रमुख मागमा झन् कठोर बनेको हो । मन्त्रिपरिषदले वार्ताका लागि समिति गठन गरेको समेत चार दिन बितिसक्दासमेत सरकारी टोली केसीको प्रमुख मागप्रति कठोर रुपमा प्रस्तुत हुँदै अनशन टुंग्याएर उनको जीवनरक्षाप्रति उदासीन देखिएको हो । सरकारले चार दिनअघि शिक्षासचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्यसचिव डा।सेनेन्द्रराज उप्रेती रहेको सरकारी वार्ता टोली बनाएको थियो । डा। केसीले बटमलाइन बनाएको आइओएममा वरिष्ठता आधारमा डिन नियुक्त गर्ने र त्रिवि उपकुलपति डा.तीर्थ खनियाँलाई बर्खास्त गर्ने मागमा सरकारी टोलीले टालटुले सहमतिका लागि केसी पक्षलाई मनाउने प्रयास गरिरहेको छ । नागरिक दैनिकबाट ।
सिमांकनमा फेरि विवाद हुनसक्ने, प्रदेश नम्बर २ र ५ मा सुरक्षा चुनौती
काठमाडौं १५, मंसिर । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् । फाइल तस्बिर तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअध्यास गरेका थिए । आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण अयसअभका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ । यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन । प्रहरीको विशेष ब्युरो अन्तर्गत रहेको राजनीतिक अन्वेषण र राष्ट्रिय अनुसन्धान विभागले दल,विद्रोही समुह,भुमिगत सशस्त्र समुह र सुरक्षा मामिालामा चलखेल गर्न सक्ने तत्वको पहिचान र गतिबिधिको मुल्यांकनपछि प्रदेश नम्बर २ र ५ लाई सुरक्षा चुनौतीका हिसाबले संवेदनशील ठहर्याएका छन् । सरकारले संविधान ससोधन गरेर ४ र ५ नम्बर प्रदेश मिलाउन गरेको अभ्यासले फेरि सिमांकनमा ववाद हुनसक्ने पनि देखिएको छ ।नागरिक दैनिकबाट ।
वैदेशिक सहायता प्रतिबद्धता दोब्बर, विकासे आयोजना संचालन र सुधारमा गर्ने गरिने
काठमाडौं १५, मंसिर । नेपालले विकास आयोजना सञ्चालन र सुधारका कार्यक्रम सञ्चालनका लागि विभिन्न दातृ राष्ट्र तथा निकायबाट पाउने सहयोग प्रतिबद्धता दोब्बर बढेको छ । चालू आवको ४ महिनासम्ममा नेपालले द्विपक्षीय र बहुपक्षीय गरी विभिन्न दातृ निकायबाट १ खर्ब १३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ३४ अर्ब २८ करोड ९७ लाख रुपैयाँ अनुदान तथा ७९ अर्ब ५० करोड रुपैयाँ ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले एसियाली विकास बैंक (एडीबी), विश्व बैंकलगायत निकायबाट विकास आयोजना सञ्चालन गर्न ऋण तथा अनुदान प्राप्त गर्दै आएको छ । चालू आवमा ३ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहायता परिचालन गर्ने सरकारी लक्ष्य छ । राजस्व संकलनले चालू खर्च पनि धान्न नसकेपछि नेपालले विकास–निर्माणका लागि विभिन्न दातृ निकायबाट अनुदान तथा ऋण सहयोग लिँदै आएको अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी बताउँछन् । मन्त्रालयका अनुसार गत आवको सोही अवधिमा नेपालले विभिन्न दातृ निकायबाट ६२ अर्ब ५५ करोड ७१ लाख रुपैयाँको मात्र सहयोग प्रतिबद्धता पाएको थियो । यसमध्ये १८ अर्ब ९७ करोड रुपैयाँ अनुदान र ५७ अर्ब ६६ करोड रुपैयाँ ऋण थियो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालको आन्तरिक र वैदेशिक गरी कुल ऋण १४ प्रतिशत बढेर ६ खर्ब २१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । एक वर्षमा कुल ऋण ७६ अर्ब ६३ करोड ८१ लाख रुपैयाँ बढेको कार्यालयले जनाएको छ । गत आवमा सरकारले अनुदान र ऋण गरी १ खर्ब ९६ अर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त गरेको थियो । यसैबीच, मन्त्रिपरिषद्को हालैको बैठकले पूर्वाधार विकासका लागि ३५ अर्बको वैदेशिक सहायता स्वीकृत गरेको छ । बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त ५ अर्ब ८८ करोड रुपैयाँ सहायता स्वीकृत गरेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त १३ अर्ब रुपैयाँ पनि स्वीकार गर्ने निर्णय गरेको छ । कारोबार दैनिकबाट ।
साउदीमा चार सय नेपाली कामदार भोकभोकै, तीन ठाँउका नेपाली कामदार विचल्लीमा
काठमाडौ १५, मंसिर । वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम बढेको छ,’ रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’ दूतावासका अनुसार २० देखि सय जनासम्म कामदार लिएका कम्पनीहरूले खानासमेत उपलब्ध गराउन सकेको छैनन् । खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ । ‘दलालका कारण नेपाली कामदारले निकै ठूलो मानसिक यातना भोगेका छन् । खाना नपाएर ज्यानै जाला भन्ने डर भयो,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आएका सबैलाई खानाको बन्दोबस्त गर्न सकेका छैनौं ।’ धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् । कान्तिपुर दैनिकबाट ।