पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु
पोखरा । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ । महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए । सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उनले क्रमशः अन्य वडाको मतगणना गरिने बताए । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए । मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । रासस
प्रभु इन्स्योरेन्सको हकप्रद सेयर भर्नुभयो? म्याद अब २ दिन मात्रै बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन(मंगलबार) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २ बराबर १(५० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर भोली बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । इन्स्योरेन्सले २०७३/१२/०४ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ ।
काँठका चार नगरपालिकाः काँग्रेस/एमालेको २/२ मा अग्रता
काठमाडौँ । काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन । त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिइन । उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले पाँच मत प्राप्त गरेका छन । कागेश्वरी मनोहरा नगरपालिकामा ९०० मतको गणना सकिँदा काँग्रेसका उपेन्द्र कार्कीले ३७२, एमालेका कृष्णहरि थापाले २१५, नेकपा (माओवादी केन्द्र)का महेश्वर फुयाँलले १४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले १५ मत प्राप्त गरेका छन । यसैगरी, उपप्रमुखमा काँग्रेसका अनिता अधिकारीले ३६९, एमालेका बिन्दु सिम्खडाले २१५, माओवादीका रुकु रणपालले ११८ र राप्रपाका कुस्मा नगरकोटीले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ६६६, माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४६०, काँग्रेसका शङ्कर तिवारीले ३४२, स्वतन्त्र उम्मेदवार ठाकुरप्रसाद खनालले १३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए । उपप्रमुखमा एमालेका शुक्रलक्ष्मी श्रेष्ठ ७१४, माओवादी केन्द्रका इन्द्रकुमारी तामाङ ५१५, नेपाली काँग्रेसका मञ्जु खड्काले २९९ र राप्रपाका बेली तामाङले ७९ मत प्राप्त गरेका छन । बूढानीलकण्ठ नगरपालिकामा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५, माओवादी केन्द्रका रवीन अधिकारीले २४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन । यसैगरी, उपप्रमुखमा एमालेका रमादेवी राईले ८७५, काँग्रेसका सुभद्रा खड्काले ५७१, माओवादी केन्द्रका होमकुमारी दुलालले २७३ र राप्रपाका सावित्रा थापाले ४६ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । चारैवटा नगरपालिकामा एउटै वडाको पनि मतगणना नसकिएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
माउन्ट मकालु विकास बैंक काबेली विकास बैंकमा विलय हुने, ५० करोड पुँजी पुर्याउने
काठमाडौं । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । प्राप्ति तथा विलय सम्बन्धमा शुक्रबार सम्झौता भएको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । माउन्ट मकालुलाई काबेलीले एक्वाएर गर्ने सहमति भएपछि नेपाल स्टक एक्स्चेञ्जमा माउन्ट मकालुको सेयर कारोबार बन्द भएको छ । ६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको माउन्ट मकालु थेह्रथुम जिल्ला कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । यस बैंकको सेयर प्रतिकित्ता ६७० रुपैयाँमा कारोबार भईरहेको छ । यस बैंकले चैत मसान्तसम्ममा १५ करोड ५८ लाख निक्षेप परिचालन गरी १५ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । यस्तै, ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको काबेली विकास बैंक धनकुटा कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता ५६० रुपैयाँका किनबेच भईराखेको छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिएको यस बैंकले गत बैशाख २७ गते साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । दुई विकास बैंक मर्जभई तीन जिल्ला स्तरको विकास बैंक बन्न लागेको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । दुबै बैंकले ३ करोड ५० लाखका दरले हकप्रद सेयर जारी गर्न लागेको र हकप्रद जारी गरिसकेपछि सेयर पुँजी २६ करोड रुपैयाँ हुने उनले बताए । त्यसपछि फेरी १ बराबर १ मत जारी गरी ५० करोड रुपैयाँ पुर्याउने तयारी रहेको उनले बताए ।
सनराइज बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४३० रुपैयाँ मात्र
काठमाडौं । सोमबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ रहने छ ।
काठमाडौं महानगरपालिकाको मत गणना सुरु, वडा नम्बर १ र ३२ को बाकस खोलियो
काठमाडौं । काठमाडौं महानगरपालिकको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले वडा नम्बर १ र ३२ को बाकसबाट मतगणना आरम्भ गरेको हो । एक एक घण्टामा मत गणनाको विवरण सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।
राष्ट्रिय गौरवका आयोजना सञ्चालनका लागि छुट्टै ऐन आउँदै, योजना निर्माणदेखि भुक्तानी प्रक्रियासम्म सरल बनाइने
काठमाडौं । वर्षैपिच्छे राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून हुन थालेपछि सरकारले आयोजना सञ्चालनका लागि छुुट्टै ऐन बनाउने भएको छ । आयोजनाहरूलाई निर्धारित समयमा सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजनालाई कार्यान्वयनका लागि छुट्टै ऐन बनाउन लागेको राष्ट्रिय योजना आयोगले बताएको छ । आयोगले ऐनको प्रारम्भिक मस्यौदा तयार पार्दैछ । हाल आयोजनाहरूले प्रत्येक पटक विदेशी मुद्रा भुक्तानीका लागि अर्थ मन्त्रालयमा स्वीकृत लिनु पर्ने र समयमा काउन्टरपार्टको समेत व्यवस्था नहुने समस्या देखिएको छ । निर्माणधिन सिक्टा सिंचाइ आयोजना अब बन्ने ऐनमा हरेक पल्ट रकम भुक्तानीको लागि मन्त्रालय धाउनु नपर्ने तथा स्वीकृत नै लिनु नपर्ने व्यवस्था गर्न लागिएको छ । यस्ता आयोजनाका लागि ऐनले बजेटको सुनिश्चितता गरिनेछ । विदेशी ऋणमा कार्यान्वयन भइरहेका आयोजनामा खर्च गर्नका लागि सरकारले हाल्नुपर्ने रकम (काउन्टरपार्टको व्यवस्था) को व्यवस्था समयमै गरिनेछ । राष्ट्रिय गौरवका आयोजनाका लागि प्रयोगमा आएका वन क्षेत्र अयन्त्र त्यतिनै जग्गामा विरुवा रोप्नु पर्ने व्यवस्थालाई हटाएर यस्ता आयोजनाको हकमा सो प्रावधान नलाग्ने बनाइने भएको छ । हाल जति वन काटिएको छ, त्यति नै क्षेत्रफलमा अन्य ठाउँमा बिरुवा रोप्नुपर्ने व्यवस्था छ । आयोजना कार्यान्वयको प्रमुख समस्याको रुपमा रहेको मुआब्जा निर्धारणलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट गरिने छ । अब बन्ने ऐनले बजार मूल्यका आधारमा आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्ने व्यवस्था गर्ने छ । अहिले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले सरकारी मूल्याङ्कनको आधारमा मुआब्जा निर्धारण गर्दै आएको छ । वातावरणीय प्रभाव मूल्यांकन स् यसलाई ३९ दिनमा प्रक्रिया सम्पन्न गर्ने व्यवस्था गरिने तयारी छ । अहिले ६ महिनाको अवधि लाग्ने गरेको छ । साथै अब आयोजनाको ठेक्का लगाउँदा पुरै आयोजनको एकैचोटि खरिद सम्झौता कार्य सम्पन्न गर्नुपर्ने छ । निर्माण सामग्री अभावका कारण आयोजना निर्माणमा पर्न गएको ढिला सुस्तीलाई मध्येनजर गर्दै निर्माण सामग्रीका लागि निर्माणसम्बन्धी सम्झौतापत्रमै स्थान तोक्ने व्यवस्था गर्न लागिएको छ । राजनीतिक परिवर्तन पछि आयोजना प्रमुख समेत परिवर्तन हुने नियमलाई तोड्नका लागि राष्ट्रिय गौरवका आयोजनाका काम गर्ने कर्मचारीका लागि तालिमको व्यवस्था गर्ने आयोगले जानकारी दिएको छ । साथै तोकिएको समयमा आयोजना सम्पन्न गर्ने कर्मचारीलाई प्रशंसापत्र र सम्मान गरिने छ । अनुगमनका लागि केन्द्रमा मात्र होइन, जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । जसले गर्दा आयोजनमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सकिने छ ।
आफ्नो मताधिकार प्रयोग गर्दै व्यवसायी चन्द्रप्रसाद ढकाल
मतदान गर्दै : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् व्यवसायी चन्द्रप्रसाद ढकाल काठमाडौंस्थित विशालनगर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै ।