विकासन्युज

बामपंथी घोषणा- भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ थप तीन लाख अनुदान दिने

काठमाडौं । बामपंथी सरकार बनेपछि भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ तीनलाख अनुदान दिने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बामपंथीले सरकार बनेपछि भुकम्प पीडितलाई ब्याज बिना थप तीन लाख ऋण दिने घोषणा गरेको छ । सो घोषणा गर्दै बामपंथीले, काङ्ग्रेसको आलोचना नगरेको बताएका छन् । साथै, कार्यक्रममा प्रचण्डले बामपंथीको पनि तुच्छ आलोचना नहोस् र बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा पनि सन्का नगरिओस् भन्ने जानकारी गराएका छन् ।

नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ । १, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ । २, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् । ३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन । ४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ । ५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन । बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।

समता माइक्रोफाइनान्सको मंसिर १ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौंँ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभा प्रयोजनको लागि जम्मा १६ दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।

तीन करोड ३७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३ कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स, सेञ्चुरी कमर्शियल बैंक, हाम्रो विकास बैंक र एभरेष्ट बैंकको हकप्रद र मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । रिलायवल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५०० कित्ता र सेञ्चुरी बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता हकप्रद बजारमा सेयर कारोबारका लागि थपिएका छन् । त्यस्तै, हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७७० कित्ता र एभरेष्ट बैंकको एक करोड ५० लाख ८८ हजार ०८७ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएका छन् । त्यसैगरी, मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८३५ कित्ता बोनस सेयर मंगलबार थपिएको हो ।

ब्रोकरमार्फत मार्जिन कर्जा सुविधाः अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर व्यवसायीमार्फत सेयर धितोमा राखेर (मार्जिन ल्याण्डिङ) सुबिधा दिने निर्णय गरेपनि यसबाट अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने भएको छ । बोर्डले सोमबार ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको हो । बोर्डले न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो । बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा राखी लगानीकर्ताले मार्जिन कर्जा लिई रहेका छन् । ब्रोकरमार्फत मार्जिन कर्जा लिन अधिकाँश बैंक तथा वित्तीय संस्था तथा कम्पनीका सेयर संख्या १० हजार नपुगेको खुदसम्पत्ति धनात्मक भई २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिएका संस्था कम भएकाले अधिकाँशको सेयर राखेर कर्जा नपाउने अवस्था आएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशनबाट सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र जनता बैंकलगायत एक दर्जन बढी बैंकको सेयर धितो राखेर ब्रोकरमार्फत मार्जिन कर्जा नपाइने भएको छ ।केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् । अधिकाँश विकास बैक र बीमा कम्पनी नपर्ने भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुने देखिएको छ । यस्तै युनिलिभर नेपाल लिमिटेड र चिलिमे हाइड्रोपावर लिमिटेडको सेयर मात्र पाउने देखिएको छ । लघुवित्तीय संस्थाअन्र्तगत निर्धन उत्थान विकास बैंक र छिमेक विकास बैंकलगायत केहीको सेयर धितो राखेर ब्रोकरमार्फत कर्जा पाउन सकिने देखिएको छ । बोर्डको नयाँ व्यवस्थाले अधिकांशक बैंक तथा वित्तीय संस्था, बीमा र जलविद्युत कम्पनीको सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा नपाउने अवस्था आएको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले भने “यो सुरुवात मात्र हो, बोर्डले ल्याएको व्यवस्था अनुसार केही बैंक, बीमा र राम्रो प्रतिफल दिने कम्पनीको सेयर धितो राखेर मात्र कर्जा पाउने अवस्था छ ।” बोर्डको निर्देशन राम्रो रहेको उनको प्रतिक्रिया छ । “पछि बजार परिवक्व हुन थालेपछि बोर्डले सोच्न सक्छ अहिले यो व्यवस्थाबाट अधिकांश कम्पनीको ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुन सक्दैन्” उनले भने । आर्थिक रुपमा मजवुत कम्पनीलाई मात्र प्राथमिता दिने गरी निर्देशन आउनु सकरात्मक भएको उनको निष्कर्ष छ । बैंकले सिधै दिइरहेको मार्जिन लेन्डिङमा फरक नपर्ने तर ब्रोकरबाट लगानीकर्तालाई प्रदान गरिने माजिर्न कर्जामा भएको व्यवस्थालाई मान्दा धेरै कम्पनीको सेयरमा लगानी गर्न नसक्ने देखिएको हो । ब्रोकर कम्पनी आफुले लगानी गर्ने नभई जमानी बसेर बैंकमार्फत सेयर कर्जा दिने व्यवस्था हुने उनको भनाई । यसमा नाफा र घाटा दुबै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ । मागेको केही घण्टामा कर्जा पाइने उनी बताउछन् ।    

जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड नगद लाभांश दिने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपैयाँ नगद लभांश दिने भएको छ । कम्पनीले गत वर्षको चुक्ता पुँजीको पाँच प्रतिशत(कर सहित)का दरले सो मात्राको नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

एक महिनापछि आउँदैछ एक अर्ब ६४ करोडको आइपीओ

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले पहिलो चरणमा पहिलो चरणमा संचय कोषका संचयकर्ता, संचय कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । पहिलो चरणको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आब्हानपत्र बुझाइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । संभवत एक साताभित्र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुुने उनले जानकारी दिए । बोर्डबाट स्वीकृति पाएपछि ढिलोमा १ महिनाभित्र आईपीओ निष्कासनका लागि आब्हान गरिने उनले बताए । आईपीओ निष्कासनका लागि कम्पनीले गत बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । बोर्डबाट स्वीकृति पाउने अन्तिम चरणमा रहेको उनले जानकारी दिए । पहिलो चरणको सेयर निश्कासनपछि स्थानीय बासिन्दालाई १० प्रतिशत र त्यसपछि सर्वसाधारणलाई आईपीओ निश्कासन गरिने कोइरालाको भनाई छ । सेयर निश्कासनको काम यो आर्थिक वर्षभित्र सकिने उनको भनाई छ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीको काम आधा सकियो निर्माणाधिन १११ मेगावाट क्षमताको रसुवागढीको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । कुल ४ हजार १८५ मिटर लामो सुरुङ मध्ये २ हजार ३ सय मिटर सकिएको उनले बताए । अब मुल सुरुङ खन्न १ हजार ८ सय मिटर मात्र बाँकी छ । यस्तै बाँधलगायत अन्य संरचनाको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । भूकम्प र नाकावन्दीले आयोजनाको काम १ वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को डिसेम्बरमा सकने गरी कार्ययोजना तयार पारिएको कोइरालाले बताए । आयोजनाको समयसीमा २५ महिना बाँकी छ । निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।  

गोलभेडा बिग्रिएर हैरान हुनुहुन्छ ? यसरी जोगाउन सकिन्छ बारीदेखि बजारसम्म

काठमाडौं । खेतबारीदेखि थोक बजारसम्म गोलभेडा आइपुग्दा दरफर्‍याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्या हुन्छ । खुद्रा बजारमा पनि गोलभेडा कुहेर गुणस्तर ह्रास आउँछ । गोलभेडाको गूणस्तर (स्वरुप-रङ्ग, स्वाद, बासना र पौष्टिकता) कायम राख्न, भण्डारण अवधि बढाउन र उपभोक्ताहरुको हितका लागि यसको उचित ढंगले आपूर्ति गर्नु आवश्यक छ । पानीको उच्च मात्रा हुने र कमलो प्रकृतिका कारण अन्य ताजा तरकारीझैं हिउँदे गोलभेडा पनि छिटो नाश हुने गर्दछ । उपयुक्त परिपक्व अवस्थामा गोलभेडा टिपिएन र टिपेदेखि बिक्रीसम्मको आपूर्ति श्रङ्खलामा उचित ढंगले व्यवस्थापन नगर्दा गुणात्मक तथा परिणात्मक दुवै क्षति हुन्छ । नेपाली भान्छाघरमा अति लोकप्रिय तरकारीहरुमध्ये गोलभेडा एक हो । चराचुरुङ्गीको आक्रमणबाट फलहरुलाई जोगाउन जाली प्रयोग गरी संरक्षित खेती अन्तर्गत हिउँद महिनामा यसको खेती गरिन्छ । भिटामिन सी, पोटासियम, फोलिक एसिड र लाइकोपिन तथा क्यारोटिन जस्ता भिटामिन ए को असल स्रोत भएको गोलभेडाले स्थानीय आहार तथा मानव स्वास्थ्यमा योगदान दिने विज्ञहरु बताउँछन् । संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्क राष्ट्रहरुमा खेतबारीदेखि बजारसम्म (पोष्ट-हार्भेष्ट) गोलभेडाको क्षति न्यूनिकरणका लागि नौलो अभ्यास गरेको थियो । पोष्ट-हार्भेष्ट क्षति न्यूनिकरण अन्तर्गत परम्परागत गोलभेडा आपूर्ति शृङखलामा सरोकारवालाहरुसँग मिलेर बङ्गलादेशमा विभिन्न सुभारिएका परिक्षण गरिएका थिए । यसरी परिक्षण गर्दा खेतबारीदेखि खुद्रा बजारसम्म गोलभेडाको क्षतिलाई ३६.९ प्रतिशतबाट झारेर २.१ प्रतिशत पुर्‍याइएको थियो । त्यस्तै थोक बजारमा १६.७ प्रतिशत क्षति हुने गरेको गोलभेडामा उक्त परिक्षणपछि कुनै क्षति देखिएको थिएन । त्यसपछि ती दिनको खुद्रा बिक्री अवधिमा नयाँ अभ्यासको प्रयोग गरी भण्डारण गरिएङ्को गोलभेडाको दानाको गुणस्तर तथा भण्डारण अवधि परम्परागत अभ्यास भन्दा राम्रो र गूणस्तरीय छ । गोलभेडा आपूर्तिमा ह्न्डलिङ गर्ने उचित तरिका टिप्ने : परम्परागत अभ्यासमा टिपिएका गोलभेडा राख्न कागजको पत्र सहितको बाँसको टोकरी प्रयोग गरिन्छ । तर यसलाई प्लाष्टिकका बाल्टिन र संकलनका लागि प्लाष्टिक क्रेटको प्रयोग गर्नुपर्छ । छाँटकाँट गर्ने : सामान्यतया गोलभेडाको डाँठको छाँटकाँट नगरी टिप्ने गरिन्छ । तर कैंचीले फलको फेद नजिकैसम्मको गोलभेडाको डाँठ काट्नुपर्छ । सफा गर्ने : खुद्रा बजारसम्म गोलभेडालाई सफा नगरी ल्याउँदा फल कुहिने सम्भावना हुन्छ । यसलाई १५० पीपीएम क्लोरिनेटेड पानीले धुनुपर्छ । प्याकेजिङ : गोलभेडाको आपूर्ति गर्दा यसको प्याकेजिङमा पनि सावधानी अपनाउनुपर्छ । यसलाई बोरामा खाद्ने गलती नगर्नुहोला । कम्तीमा ५० किलो अटाउने चारैतिर अखबारको पत्र सहितको प्लाष्टिक क्रेट प्रयोग गर्नुपर्छ । यसले दरफर्‍याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्यालाई न्यूनिकरण गर्छ ।