विकासन्युज

नबिल बैंकले एकै दिन थप १० शाखाहरु विस्तार गर्यो

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हालै खोलिएका १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखाहरु तथा २ एक्स्टेन्शन काउन्टर सहितको बृहत सञ्जाल, १०० वटा एटिएमहरु र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र वैदेशि अवस्थित अन्य धेरै बैंकिङ एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गरि आएकाे नविलले जनाएको छ ।

पाँंच दिने नेपाल चेम्वर एक्स्पो सकियो, पाँंच करोड भन्दा बढीको कारोबार

काठमाडौ । पाँंचदिने नेपाल चेम्वर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । ५० हजार भन्दा बढीले अवलोकन गरेकाे उक्त एक्स्पोमा पाँंच करोड भन्दा बढीको कारोबार भएको छ । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको संयोजक चाकुवजीले जनाए । मेलामा सर्वसाधारणहरु विशेष रुपमा झुमिएका थिए । उनीहरु विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेट लगायतका लुगाफाटा खरिद गर्नेमा बढी भीड देखिएको थियो । एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फलोरिंग एण्ड फर्निसिंग, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो । चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको थियो ।

श्री इन्भेष्टमेन्टलाई ८३ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीलाई ८३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई सोमबार(आज) १० बराबर ८.३ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २८ करोड ६७ लाख रुपैयाँ बराबरको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६३ करोड रुपैयाँ नाघ्ने छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि बुक क्लोज, ८०% हकप्रद जारी गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि पुस ४ गते सम्म बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको पुँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ ।

कांग्रेसलाई बहुमत नदिए पाँच वर्ष खेर जानेछ: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरुलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् । मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच बर्ष यो एजेण्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए । भोट हालिसकेपछि पछुताउनुको अर्थ रहदैन । अब पनि हामी आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेनौं भने त्योभन्दा ठूलो पश्चाताप केही हुने छैन । नेता चौधरीले प्रष्ट पार्दै भने, उदार अर्थव्यवस्थामा मात्रै आर्थिक विकासलाई अगाडि बढाउन सम्भव हुनेछ । त्यसका लागि नेपाली कांग्रेसको बहुमतको सरकार आवस्यक छ । नेता चौधरीले निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरुलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच बर्षको विकासको खाका समेत कोरिसकेको बताए । कांग्रेस पार्टीभित्र आर्थिक विकासको एजेण्डाको तयारी एवं कार्यान्वयनको समेत जिम्मेवारी पाएका चौधरीले तत्काल दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न विकासका महत्वाकांक्षी परियोजनाहरु संचालनमा ल्याउने र हजारौंको संख्यामा रोजगारी श्रृजना गर्ने गरि सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरिसकेका छन् । नेपाललाई हेडक्वार्टर बनाएर विश्वभर लगानी विस्तार गर्न सम्भव छ भन्ने मान्यतालाई सफल कार्यान्वयन गरिरहेका नेता चौधरीले आगामी पाँच बर्षभित्र आम नेपालीको जीवनमा सार्थक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास लिएका छन् । नेपालको लगानीको वातावरणमा आमूल सुधार गर्दै आन्तरिक र बह्य लगानीकर्ताका लागि नेपाललाई आकर्षक गन्तब्यमा रुपान्तरण गर्ने र लगानी अभिबृद्धि गर्दै विकसित मुलुकको हैसियतमा पु¥याउने सोंच चौधरीले लिएका छन् । आफ्नो व्यवसायिक सफलतापछि नेता चौधरीले आम नेपाली जनतालाई समृद्ध देशका नागरिक बनाउन सहज सम्भव छ भन्ने लक्ष्यका साथ राजनीतिमा होमिएका छन् । पछिल्लो एक महिनामा देशब्यापी चुनावी अभियानमा संलग्न भएका नेता चौधरीले देशका प्रत्येक क्षेत्रहरुमा आकर्षक अवसरहरु रहेको र ति अवसरको कार्यान्वयनबाट सहज रुपमा समृद्ध नेपाल निर्माण गर्न सम्भव रहेको भन्दै क्षेत्रगत रुपमा समेत विकासका खाकाहरु कोरिरहेका छन् । प्रत्येक दिन कम्तिमा तीनवटा ठूला चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका चौधरीले पूर्वका पहाडी गाउँहरुदेखि सूदुर पश्चिम कैलालीका गाउँहरुसम्म पुगेर विकास सम्भव छ भन्ने कुरा मतदाताहरुलाई बुझाउने प्रयास गरे । विनोद चौधरीको व्यवसायिक सफलताबाट प्रभावित आम नागरिकले देशलाई समृद्ध बनाउन पनि उनको महत्वपूर्ण योगदान रहने विश्वास देखाएका छन् । चुनावी सभाहरुमा उनले कांग्रेसले बहुमत हासिल गरेपछि २०४८ सालपछि देशमा आर्थिक विकासमा आएको नीतिगत परिवर्तन र सोही परिवर्तनका लागि देश राजनीतिक संकटमा पर्दा समेत अर्थतन्त्र संकटग्रस्त बन्नबाट जोगिएको कुरा पनि बुझाउने कोशिस गरिरहेका छन् ।  

अदालतको पेशी अगावै माल्याले भने, ‘सबै आरोप मनगढन्ते हुन्’

नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् । उनका अनुसार उनीमाथीका सबै आरोप आधारहीन छन् । माल्याले भने, ‘मैले बारम्बार भनेको छु – सबै आरोप झूठा, मनगढन्ते र आधारहीन छन्। मलाई यसबारेमा भन्नु केही छैन। कोर्टमा पेश गरिएका प्रमाण नै पर्याप्त हुनेछ ।’ माल्याले यसबारे अरु कुरा भन्नलाई मानेनन् । उनले भने , ‘म निर्णय लिन्न र अदालतको कारवाहीको सामना गर्नेछु ।’ अचम्म के छ भने माल्यामाथी भारतका १७  बैंकका ९ हजार करोड रुपैयाँ कर्जा नतिरेको आरोप छ, जुन माल्याले आफ्नो बन्द  भइसकेको  किंगफिशर एयरलाइन्सका लागि लिएका थिए । यती मात्र होइन माल्यामाथी फर्जी तरीकाबाट ऋण लिएको पनि आरोप छ । ‍ यो पनि पढ्नुहोस् : भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई  

‘होण्डा ह्विल अफ फरट्युन २’को विजेताले पाए एकदेखि १० लाखसम्मको नगद पुरस्कार

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम “होण्डा ह्विल अफ फरट्युन २” को विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेताहरुले ह्विललाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । बम्परमा सोहि कुपनबाट लक्की ड्र अन्तर्गत ह्विल अफ फरट्युन २मा सहभागी भई ह्विललाई घुमाएर चन्द्र कोइरालाले १० लाख रुपैयाँ, रमिला खत्रीले ४ लाख रुपैयाँ जितेका छन् । त्यसैगरी, प्रत्युस श्रेष्ठ, बिनोद महर्जन, देवकुमार श्रेष्ठ, बाबुराजा महर्जन, राम कृष्ण श्रेष्ठ र रोजिना शाक्यले १ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । यसका साथै, स्याकार ट्रेडिङ्ग कम्पनीले शिवराज सुबेदीलाई क्यान्सरद्धारा पीडित आफ्नो आमाको उपचारका लागि थप १ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । साथै, कम्पनीले अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरु माझ ल्याउने लक्ष्य कम्पनीले लिएको छ ।

२ अर्ब ५७ करोडको एफपीओ आउँदै, प्रिमियर इन्स्योरेन्स र बुटवल पावरले पाए बोर्डको अनुमति

काठमाडौं । सेयर बजारमा दुई कम्पनीको कुल २ अर्ब ५७ करोड १५ लाख ७३ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र बुटवल पावर कम्पनी दुबैले सो मात्राको एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । बोर्डले सोमबार(आज) मात्रै यी दुबै कम्पनीलाई कुल ४७ लाख ४० हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार प्रिमियर इन्स्योरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । बोर्डले एनएमबी क्यापिटल मार्फत प्रिमियरकाे एफपीओ निष्काशन गर्न अनुमति दिएको छ । यस कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीले पनि प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ ।