गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी
काठमाडौं । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी विजयी भएका छन् । पन्थी १६ हजार ९ सय ६७ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका गोकर्ण विष्ट १६ हजार ४ सय ६ मतसहित पराजित । त्यस्तै, कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याएका छन् भने नेकपाका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन् ।
बालेनले ओलीसँग ३८ हजार ६५ ले बढाए मतान्तर
काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । उनले ३८ हजार ६५ मतले मतान्तर बढाएका हुन् । शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले १४ हजार ३१ मत पाएका छन् भने श्रम संस्कृतिका समीर तामाङले ८ हजार ८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका मन्धरा चिमरियाले १ हजार ४१७ मत पाउँदा नेकपाका रन्जित तामाङले १ हजार १७६ मत पाएका छन् ।
हुम्ला–१ मा नेकपाका रोकया ५ हजार मतसहित अग्रस्थानमा, रास्वपा चौथो स्थानमा
हुम्ला । हुम्ला–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकापा) का डाक्टर दीपेन्द्र रोकाया निरन्तर अग्रस्थामै छन् । पछिल्लो मत परिणामअनुसार नेकापाका रोकायाले ५ हजार १७१ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका दल फडेराले ३ हजार ११ मत ल्याएका छन् भने रास्वपाका टासीले १३८ मत मात्रै पाएकी छिन् ।
वाग्लेको दोस्रो संसदीय यात्रा
काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन् । यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी भएका थिए । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् ।
मोरङ ३ मा रास्वपाका गणेश कार्कीले १७ हजार कटाउँदा शर्मालाई ११ हजार १५१ मत
काठमाडौं । मोरङ ३ रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले १७ हजार ३७९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार १५१ मत पाएका छन् । त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार अमिर मगरले ७ हजार ९८५ र एमालेका उम्मेदवार इरन राईले ३ हजार ३८२ मत पाएका छन् ।
बारा–३ र ४ मा रास्वपा विजयी
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् । बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन् ।
नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने विजयी
काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । त्यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।
झापा ५ मा बालेनको जित सुनिश्चित
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे। ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् । हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।