विकासन्युज

बालेनले ओलीसँग ३८ हजार ६५ ले बढाए मतान्तर

काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । उनले ३८ हजार ६५ मतले मतान्तर बढाएका हुन् । शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले १४ हजार ३१ मत पाएका छन् भने श्रम संस्कृतिका समीर तामाङले ८ हजार ८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका मन्धरा चिमरियाले १ हजार ४१७ मत पाउँदा नेकपाका रन्जित तामाङले १ हजार १७६ मत पाएका छन् ।

हुम्ला–१ मा नेकपाका रोकया ५ हजार मतसहित अग्रस्थानमा, रास्वपा चौथो स्थानमा

हुम्ला । हुम्ला–१  मा नेपाली कम्युनिस्ट पार्टी (नेकापा) का डाक्टर दीपेन्द्र रोकाया निरन्तर अग्रस्थामै छन् । पछिल्लो मत परिणामअनुसार नेकापाका रोकायाले ५ हजार १७१ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका दल फडेराले ३ हजार ११ मत ल्याएका छन् भने  रास्वपाका टासीले १३८ मत मात्रै पाएकी छिन् ।  

वाग्लेको दोस्रो संसदीय यात्रा

काठमाडौं ।  तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८  हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६  हजार २ सय ३१ मत ल्याएका छन् ।   यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी भएका थिए । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् ।

मोरङ ३ मा रास्वपाका गणेश कार्कीले १७ हजार कटाउँदा शर्मालाई ११ हजार १५१ मत

काठमाडौं । मोरङ ३ रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले १७ हजार ३७९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार १५१ मत पाएका छन् ।  त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार अमिर मगरले ७ हजार ९८५ र एमालेका उम्मेदवार इरन राईले ३ हजार ३८२ मत पाएका छन् ।

बारा–३ र ४ मा रास्वपा विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् ।        बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।      बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन् ।  

नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने विजयी

काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । त्यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।

झापा ५ मा बालेनको जित सुनिश्चित

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे। ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् ।  हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।

मेयरमा पराजित भएका गनेस पौडेलकाे संसदीय यात्रा सुरु

काठमाडौं । कास्की– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तीलक रानाभाटले ११ हजार २१४ मत पाएर दोस्रो भएका छन् ।  नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका छन् । यस क्षेत्रबाट नेकपा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले २ हजार ४७९ मत र राप्रपाका बाबुराम थापाले ९७८ मत पाएका छन्। पौडेल २०७९ मा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयर पदमा पराजित भएका थिए । उनी साहित्यकार पनि हुन् । उनले ‘पैतला’ नामक उपन्यास लेखेका छन् भने एक उपन्यासको अनुवादसमेत गरेका छन् ।