विकासन्युज

मर्जरमा रहेको सिभिल बैंक झनै चम्किँदै, नाफा र ईपीएस दुवै बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६.३९ प्रतिशत बढेर ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेर २ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २८.५० प्रतिशत बढेर ९४ करोड ९ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ । चलु आर्थिक वर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष २४.१५ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, निक्षेप ०.२३ प्रतिशत बढेर ९४ अर्ब ७१ करोड रुपैयाँ र कर्जा १.२७ प्रतिशत बढेर ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ । पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.४७ प्रतिशत बढेर २.४१ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ९.४९ प्रतिशत, आधार दर ११.७३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत र सीडी रेसियो ८७.०५ प्रतिशत रहेको छ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको छ । दुवै बैंकको पुस २८ गतेको वार्षिक साधारणसभा मर्जर प्रस्ताव पारित गरिसकेको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०।२८ कित्ता सेयर हुनेछ ।

ग्लोबल आइएमई बैंकले मार्याे अधिकांश सूचकमा फड्को, नाफा पौने ३ अर्ब पुग्यो

काठमाडौं । हालै बैंक अफ काठमाण्डूसँग मर्ज गरेको ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४७ प्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३६.४५ प्रतिशत बढेर ६ अर्ब ५४ करोड रुपैयाँ, सञ्चालन मुनाफा ३.१९प्रतिशत बढेर ३ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ र जगेडा कोष ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड रुपैयाँ, निक्षेप ४ खर्ब ३ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १८.०७ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी २२.३९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ११.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा बढेर २.९२ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराब कर्जा १.१३ प्रतिशत थियो । सीडी रेसियो ८९.४३ प्रतिशत र आधार दर १०.८० प्रतिशत रहेको छ ।

सानिमा बैंकको नाफा र ईपीएस बढ्यो, सीडी रेसियो ८३ प्रतिशत

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा आहर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेर ३ अर्ब २१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.८१ प्रतिशत बढेर ३ अर्ब ८३ करोड रुपैयाँ, सञ्चालन मुनाफा २१.४२ प्रतिशत बढेर १ अर्ब ८२ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १२ अर्ब ४६ करोड रुपैयाँ, जगेडा कोष ५ अर्ब ५८ करोड रुपैयाँ, निक्षेप १.०७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ र कर्जा ५.२९ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.९७ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.५७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.४६ प्रतिशत बढेर ०.७७ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ८.९२ प्रतिशत, सीडी रेसियो ८३.०३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४.३९ प्रतिशत रहेको छ ।

सेञ्चुरी प्राप्तिपश्चात् प्रभु बैंक : ब्याज आम्दानी २० प्रतिशत बढ्यो, नाफा १.१९ अर्ब

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपश्चात् प्रभु बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ४.९२ प्रतिशत घटेर १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशत बढेर ४ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ, सञ्चालन नाफा १२.५२ प्रतिशत घटेर १ अर्ब ६३ करोड ४१ लख रुपैयाँ र वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, जगेडा कोष ४६.६९ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ, निक्षेप ५१.६५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ र कर्जा ६८.७९ प्रतिशत बढेर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकिकृत कारोबार सुरु भएको हो ।

एनआईसी एशिया बैंकको नाफा वृद्धिसँगै ईपीएस ५६.७७ रुपैयाँ पुग्यो, खराब कर्जा ०.६१ प्रतिशत

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल कर्जा २६६.६८ अर्ब पुगेको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३६. प्रतिशत बढेर ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ । समिक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समिक्षा अवधिमा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा समग्र वाणिज्य बैंकहरूभन्दा एनआईस एशिया बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ ।

६ महिनामा नबिल बैंकको नाफा साढे ३ अर्ब रुपैयाँ, ईपीएस कति ?

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.६७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अहार्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेर ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६८.६२ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेर ४ अर्ब ८६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ११.०४ प्रतिशत घटेर २६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ, निक्षेप ६.५१ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ र कर्जा १७.१३ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो । ‘निज प्रतिवादीलाई कानुन मबोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी, निक्षेप र कर्जामा पनि वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही त्रैमासमा पनि बैंकले १ अर्ब १ कराेड रुपैयाँ बढी नाफा गरेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब कायम भएको छ भने बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ । यस्तै, बैंकको खराब कर्जा १.४ प्रतिशत छ भने आधारदर ११ प्रतिशत छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने आधारदर ७.५६ प्रतिशत थियो ।