विकासन्युज

‍‍ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रमा अग्रणी मानिने कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न भने पनि कम्पनीले त्यसविपरीत भारतमा उत्पादन झन् बढाएको छ ।  ताइवानको चर्चित इलेक्ट्रोनिक कम्पनी फक्सकनले बेंगलुरुस्थित आफ्नो नयाँ कारखानामा आइफोन-१७ निर्माण सुरु गरेको स्रोतले जनाएको छ । यो फक्सकनको दोस्रो सबैभन्दा ठूलो निर्माण इकाई हो ।  हाल यस प्लान्टमा सानो मात्रामा आइफोन-१७ बनाइँदैछ । फक्सकन पहिले नै चेन्नईस्थित आफ्नो कारखानामा पनि आइफोन–१७ उत्पादन गर्दै आएको छ । तर कम्पनीले यसबारे कुनै आधिकारिक बयान दिएको छैन । फक्सकन आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । चीनबाहिर उसको दोस्रो ठूलो कारखाना बेंगलुरु नजिकै देवनहल्लीमा निर्माण भइरहेको छ, जसमा करिब २.८ अर्ब डलर लगानी भइरहेको छ ।  एक जानकार स्रोतका अनुसार, ‘फक्सकनको बेंगलुरुस्थित कारखानामा आइफोन-१७ बनिसकेको छ ।’ आइफोन-१७ को उत्पादन केही समयका लागि अवरुद्ध भएको थियो किनभने सयौं चिनियाँ इन्जिनियरहरू अचानक फर्किएका थिए । तर फक्सकनले यो अभाव पूरा गर्न ताइवानसहित अन्य देशहरूबाट विशेषज्ञहरू बोलाएको छ ।  धेरै स्रोतका अनुसार एप्पलको योजना यस वर्ष आइफोन उत्पादन बढाएर ६ करोड इकाई पुर्‍याउने रहेको छ, जुन २०२४–२५ मा करिब ३.५ देखि ४ करोड युनिट थियो । कम्पनीले ३१ मार्च २०२५ मा सकिएको वित्तीय वर्षमा भारतमै करिब २२ अर्ब डलर बराबरको ६० प्रतिशत बढी आइफोन असेम्बल गरेको थियो । कम्पनीका सीईओ टिम कुकले ३१ जुलाईमा वित्तीय परिणाम घोषणा गर्दै २०२५ को जुन महिनामा अमेरिकामा बेचिएका अधिकांश आइफोन भारतमै बनेका बताएका थिए। दोस्रो त्रैमासिक नतिजाबारे छलफल गर्ने क्रममा कुकले घोषणा गरेका थिए कि जुन त्रैमासमा अमेरिकामा बिक्री हुने सबै आइफोन भारतबाटै आपूर्ति गरिनेछ । दोस्रो त्रैमासमा एप्पलको भारतमा आपूर्ति वार्षिक आधारमा १९.७ प्रतिशतले बढेको थियो । यसरी देशको स्मार्टफोन बजारमा उसको हिस्सेदारी ७.५ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी)का अनुसार २०२५ को जुन त्रैमासमा भारतको स्मार्टफोन बजारमा चिनियाँ कम्पनी भिभो १९ प्रतिशत बजार हिस्सेदारीसहित सबैभन्दा अगाडि रहेको थियो । सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी  

दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्ने मन्त्री न्यौपानेको चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् । उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरुको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताइन् ।  उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।  उनले दुर्गममा जान नमान्ने कर्मचारीहरूको आर्थिक अधिकार कटौती गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको पनि बताइन् ।

गज्जबको पिरो अब ५० रुपैयाँमा पनि उपलब्ध

काठमाडौं ।  सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको सर्वाधिक लोकप्रिय उत्पादन मध्य गज्जबको पिरो चाउचाउ एक हो । उपभोक्ताहरूबीच अत्याधिक रुचाइएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ । हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट १२० ग्रामको गज्जबको पिरो चाउचाउ  ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ । यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने दाबी कम्पनीको छ ।

एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, नक्सा, फोटो र गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिनेछ । यसका लागि लिलाम बिक्रीसम्बन्धी सूचनामा राखिएको क्युआर कोड स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ । ग्राहकले सम्पत्ति विवरण हेरेपछि थप जानकारी आवश्यक भएमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, सम्पर्क नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्नेछन् । बैंकले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी नियमित रूपमा सोही पोर्टलमार्फत प्रकाशन गर्ने बताएको छ । यसमार्फत इच्छुक ग्राहकले लिलाममा उपलब्ध सम्पत्तिबारे सजिलै जानकारी लिन र खरिदमा सहभागी हुन सक्ने बैंकको विश्वास छ ।

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मावि र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् । विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा।वि।का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए । दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए । कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए । यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।  

जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व योजना, जापान भ्रमणदेखि हजारौँ ग्राहकलाई उपहार

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्वको अवसर पारेर यस वर्ष पनि 'चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' ग्राहक उपहार योजना सञ्चालनमा ल्याएको छ । भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकहरूले नजिकैको डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिद गर्दा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमार्फत १,०८२ जना ग्राहकहरू विभिन्न उपहारका विजेता बन्नेछन् । जसमा १ जनाले जापान भ्रमण, ७५ जनाले डिनर सेट, १०५ जनाले इलेक्ट्रिक हिटर, १५१ जनाले आयरन र ७५० जनाले भित्ते घडी जित्ने अवसर पाउनेछन् । विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । ३१ वर्षदेखि 'नेपाली मनको रङ' भन्ने स्लोगनसहित गुणस्तरीय रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत हुँदै आएको छ । कम्पनीले चाडपर्व लक्षित यो अभियान ग्राहकहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गरेको छ ।

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट आइएलटिएस साझेदारलाई सम्मान, नयाँ अभियानको शुभारम्भ

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइएलटिएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा उत्कृष्ट साझेदारलाई सम्मान गर्दै विभिन्न नयाँ अभियान सार्वजनिक गरेको छ । उक्त सम्मेलन साउन ३० गते काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान पुर्‍याउने उत्कृष्ट साझेदारहरूलाई २० वटा विभिन्न श्रेणीमा पुरस्कार प्रदान गरिएको थियो । प्लेटिनम पार्टनरको रुपमा अर्बिट मेडिकल इन्ट्रान्स  र उत्कृष्ट संघको रुपमा इक्यानलाई सम्मान गरियो । यस अवसरमा 'ग्लोबल च्यानल पार्टनर अभियान' शुभारम्भ गरिएको छ । यस अभियानअन्तर्गत सबै साझेदारले-सानो वा ठूलो समूहगत वा व्यक्तिगत उपलब्धिका आधारमा निष्पक्ष प्रतिस्पर्धा गर्दै सम्मान र पुरस्कार जित्ने अवसर पाउनेछन् । उत्कृष्ट साझेदारलाई आर्थिक सहयोगसहित लन्डनस्थित ब्रिटिस काउन्सिल मुख्यालयमा हुने समारोहमा सहभागी गराइने र शैक्षिक भ्रमणमा समेत संलग्न गराइनेछ । त्यस्तै, ब्रिटिस काउन्सिलले टर्किस एयरलाइन्स, पठाओ र सफारीसँग सहकार्यमा आइएलटिएस उपहार अभियान–सिजन ३ शुभारम्भ गरेको छ । यस अन्तर्गत परीक्षा दिने विद्यार्थीहरूले हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कारअन्तर्गत बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोप गन्तव्यका लागि चारवटा एकतर्फी हवाई टिकट, एप्पल म्याकबुक एयर, सफारी सुटकेश, पठाओमा छुट तथा विभिन्न रेस्टुरेन्ट भौचरसमेत समावेश गरिएका छन् । अभियानमा सहभागी हुनका लागि विद्यार्थीहरूले साउन ३० गतेदेखि कात्तिक १४ गतेसम्म आइएलटिएस लिखित वा कम्प्युटर परीक्षा बुकिङ गरी रकम बुझाउनु पर्नेछ ।

संरक्षकको निधनपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता अन्तर्गत संरक्षकको मृत्यु भएपछि खाता धारक परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ । पोखरास्थित तालचोक शाखामा सुरक्षित बाल बचत खाता खोलेकी सृष्टि त्रिपाठीका संरक्षक (दाजु) सागर त्रिपाठीको दुर्घटनामा निधन भएपछि बैंकले उक्त योजनाअनुसार रकम उपलब्ध गराएको हो । शाखा प्रवन्धक राजीव पौडेलले सृष्टि त्रिपाठी र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो रकम सृष्टि १८ वर्ष पुगेपछि झिक्न पाउने गरी मुद्दती खातामा जम्मा गरिएको बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको सुरक्षित बाल बचत योजनाअन्तर्गत खाता धारकका संरक्षकको मृत्यु भएमा तीन लाख रुपैयाँसम्मको विमाङ्क उपलब्ध गराइने प्रावधान रहेको छ ।