दार्चुला–गोकुेलेश्वर सडक : तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
खलङ्गा । पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
आम्दानीभन्दा खर्च बढी हुँदा होटलको नाफामा गिरावट, कुन होटलको अवस्था कस्तो छ ?
काठमाडौं । होटल तथा पर्यटन क्षेत्रको नाफा सामान्य घटेको छ । पुँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ०.९१ प्रतिशत अर्थात् १ करोड १५ लाख २४ हजार रुपैयाँ घटेर १ अर्ब २४ करोड ६४ लाख २६ हजार रुपैयाँ गरेका हुन् । अघिल्लो वर्ष यी ६ वटा होटलहरूले १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल र तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ । हवाईमार्गबाट यात्रा गर्ने पर्यटकहरूको आगमन संख्यामा वृद्धि भएतापनि स्थल मार्ग प्रयोग गरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा खासै सुधार नभएकाले व्यवसायमा वृद्धि हुन नसकेको को होटल कम्पनीका सञ्चालकहरू बताउँछन् । साथै, केही अन्तराष्ट्रिय घटनाक्रम तथा विवादहरुको प्रत्यक्ष असर पर्यटकहरूको आवागमनमा परेको उनीहरुको भनाइ छ । अप्रत्याशित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूको कारणले पर्यटन उद्योगमा ठूलो असर पर्ने गरेको छ । सोबाट होटलको आयआर्जनमा प्रभाव पार्ने गरेको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका होटललाई कर्जाको किस्ता तथा ब्याज भुक्तानीले असर परिरहेको जनाएका छन् । चन्द्रागगिरि हिल्सको गत वर्ष २०८१/८२ मा खुद नाफा ५.४६ प्रतिशत बढेर २१ करोड ८ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ९.७६ प्रतिशत घटेर ९० करोड २४ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १ लाख १५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको अन्य आम्दानी १८.२७ प्रतिशत घटेर ३ करोड ४ लाख ३२ हजार र कुल आम्दानी १०.७६ प्रतिशत घटेर ७८ करोड २४ लाख ८३ हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा कम्पनीको वित्तीय खर्च बिक्री लागत २.६९ प्रतिशत घटेर ११ करोड ९९ लाख रुपैयाँ, कर्मचारी खर्च १.५७ प्रतिशत बढेर १७ करोड ३१ लाख रुपैयाँ, प्रशासन खर्च ९.५२ प्रतिशत घटेर १० करोड ७ लाख ७३ हजार रुपैयाँ, वित्तीय खर्च ३४.६८ प्रतिशत घटेर १५ करोड ६५ लाख १२ हजार रुपैयाँ र कुल खर्च २.८१ प्रतिशत घटेर २७ करोड ३८ लाख ७४ हजार रुपैयाँ गरेको छ । १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ । कालिञ्चोक दर्शनको गत वर्ष खुद नाफा ४७.०८ प्रतिशत बढेर २ करोड ७८ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ८९ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी ३४.६९ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ, अन्य आम्दानी ११८ प्रतिशत बढेर १२ लाख ९०५ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको कर्मचारी खर्च ३६.०७ प्रतिशत बढेर १ करोड ३३ लाख ९७ हजार रुपैयाँ, अन्य खर्च २६.३४ प्रतिशत बढेर १ करोड ११ लाख ४५ हजार रुपैयाँ र वित्तीय खर्च २६.२४ प्रतिशत बढेर ९२ लाख ४४ हजार रुपैयाँ गरेको छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४४.५१ गुणा छ । सोल्टी होटलको गत वर्ष खुद नाफा ११.७७ प्रतिशत बढेर ६७ करोड ७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ र कुल खर्च ११.११ प्रतिशत बढेर १ अर्ब ९४ करोड १६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख १८ हजार रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ७४ करोड ७४ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्ष कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ, प्रशासन खर्च १४.१९ प्रतिशत बढेर ३८ करोड ५८ लाख १४ हजार रुपैयाँ र वित्तीय खर्च ७.०७ प्रतिशत बढेर ३८ लाख ५७ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २१.९१ प्रतिशत बढेर १ अर्ब ७५ करोड २९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २७.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८ गुणा रहेको छ । ओरियण्टल होटल्सको गत वर्ष खुद नाफा ८३.४२ प्रतिशत घटेर २ करोड ५ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १२ करोड ३९ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चान आम्दानी ९.१९ प्रतिशत घटेर १ अर्ब ४ करोड ९३ लाख ४३ हजार रुपैयाँ, अन्य आम्दानी ५६.९१ प्रतिशत घटेर २ करोड ६३ लाख ४५ हजार रुपैयाँ र कुल नाफा ११.५९ प्रतिशत घटेर १ अर्ब ७ करोड ५६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको प्रशासन खर्च ७.२८ प्रतिशत घटेर १४ करोड ७८ लाख ३८ हजार रुपैयाँ, वित्तीय खर्च १.८२ प्रतिशत घटेर ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ र कुल खर्च २.७९ प्रतिशत घटेर ९३ करोड ९९ लाख ५० हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ४.९९ प्रतिशत १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १.०८ प्रतिशत घटेर २ अर्ब ७१ करोड ७८ लाख ४ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०२ गुणा छ । तारागाउँ रिजेन्सी होटल्सको गत वर्ष खुद नाफा ०.५४ प्रतिशत घटेर ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ । यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ । सिटि होटल गत वर्ष १९ करोड ८९ लाख ६५ हजार रुपैयाँ नोक्सानीमा छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ३२ लाख २४ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । कम्पनीको सञ्चालन आम्दानी ३.४४ प्रतिशत घटेर ४८ करोड ६८ लाख ४८ हजार रुपैयाँ, अन्य आम्दानी ५४.६४ प्रतिशत घटेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ र कुल आम्दानी १०.३२ प्रतिशत घटेर ५२ करोड २३ लाख १५ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.५१ प्रतिशत बढेर १० करोड ६९ लाख १० हजार रुपैयाँ, प्रशासन खर्च १.९० प्रतिशत बढेर १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ र कुल खर्च १.४६ प्रतिशत घटेर ३७ करोड २० लाख रुपैयाँ गरेको छ । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३२ करोड ९ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.५० गुणा छ ।
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बियो
काठमाडौं । एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बिएको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ५० करोड रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्री गरेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । कम्पनीको उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
सडक कालोपत्र नहुँदा वर्षौदेखि सास्ती, १० प्रतिशत मात्रै प्रगति
काठमाडौं । ९ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोक मार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ-घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वार पार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । ८ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ । नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताए । ‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ,’ मिश्रले भने, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’ बिहुँ-घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन ठेक्का सम्झौता गरिएको थियो ।
सडक निर्माणमा भ्रष्टाचार, काम थोरै रकम बढी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका-१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान ३ लाख ७३ हजार ४३९ हजार रुपैयाँ गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो । त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सव-इञ्जिनियर जगत बहादुर मल्ल विरुद्ध ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर छन्त्याल, सह-संयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ । अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
बालेन मेयर बनेपछि र्यापरप्रतिको धारणा फेरियो, रमाउँदै नयाँ पुस्ता
काठमाडौं । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’ लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ उत्तिकै आकर्षित छन् । र्यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्यापले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने र्यापरहरु बताउँछन् । पछिल्लो समय नेपाली र्याप र र्‍यापरको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी र्यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यस प्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको र्यापको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय र्यापको सुनौलो युग आएको र्यापर गिरिश खतिवडा बताउँछन् । ‘हामी कलाकारका लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र शहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत चिन्ने गरेको छु,’ र्यापर खतिवडाले भने । उनले र्‍यापलाई मनको कुरा भन्ने माध्यमको रुपमा बुझेका छन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्याप रहेको उनको बुझाइ छ । अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए । ‘हामीले र्‍यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तरराष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले र्याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ,’ उनले भने । र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौं महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रुपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, र्यापर । यद्यपि र्‍यापलाई बदनाम गर्नेको कमी नरहेको र्यापर हाकिमले बताए । ‘र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउँछौँ । तर, यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गरेका भने होइनौ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि र्‍यापमा बेदना, भोगाइ र बुझाइ हुन्छ,’ हाकिमले भने । अहिले र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहेपनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने र्यापर खतिवडा बताउँछन् । ‘हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । र्यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु,’ उनले भने । उनले र्यापमा आएको परिवर्तन र नयाँ पुस्ताको भोगाईलाई आफूले गीतमार्फत थाहा पाउने बताए । यसका लागि उनी नयाँ र्याप सुन्छन् । अर्का र्यापर घलेले अहिले विभिन्न रियालिटी शोहरु निर्माण भइरहेकाले र्‍यापमा भविष्य खोज्नेलाई सहज भएको बताए । र्यापर हाकिमले ‘जी-बब’ जस्ता र्यापर ‘रियालिटी शो’ मार्फत आएको बताए । उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ । ‘अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके र्यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिलेर्‍यापलाई लिएर सामाजिक धारणा फेरिएको छ,’ र्यापर हाकिमले भने, ‘अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी लोकप्रियताका लागि मात्र आउनुलाई यहाँ टिक्न दिँदैन ।’ उनको ‘राक्षस’, ‘चोरी देउ लौन मलाई’लगायतका र्याप लोकप्रिय छन् । र्‍यापमा भविष्य खोजिरहेका युवाहरूको जमात दिन दिनै बढ्दो छ । रासस
भीभीआईपीसँग भारतीय सचिवको भेट, कोसँग के भयो कुराकानी ?
काठमाडौं । भारतीय विदेश सचिव बिक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणमा आएपछि आइतबार नेपालको राजनीतिक माहोल उनकै वरिपरी घुम्यो । आइतबार बिहान मात्रै काठमाडौं आइपुगेका उनको दिनभर नेपालका राष्ट्रपति प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाटमा बित्यो । सुरुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरे । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आएका मिस्रीले ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर भेटवार्ता गरे । उनीहरुबीच के कस्तो छलफल तथा कुराकानी भयो भन्ने विषय नबाहिरिए पनि सामाजिक सञ्जालमा ओलीसँग बसेको उनको मिस्रीको तस्बिर भने भाइरल नै बनेको छ । प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी भएका थिए । ओलीसँगको भेटवार्तापछि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न पुगेका थिए । मिस्रीले राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक-आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट हामी प्रसन्न छौं, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने । राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । उनले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए । ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ,’ राष्ट्रपति पौडेलले भने । विदेशसचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका छन् । राष्ट्रपति पौडेलपछिको भेटपछि मिस्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ । भारतीय विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरूबीच नेपाल-भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । सभापति देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री । सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको बुझिएको छ । त्यस अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी छन् । उनले दुई देशबीचमा पछिल्लो समय ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सङ्लग्नता बढेकामा खुसी व्यक्त गरेकी छन् । मन्त्री डा. राणाले ‘कनेक्टिभिटी’ नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् । उनले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरिन् । परराष्ट्र मन्त्री देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री । नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो । उनले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् । मन्त्री डा. राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन् । साथै पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बिआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी थिइन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री डा राणाले जोड दिएकी थिइन् ।