विकासन्युज

नाडा अटो शोमा सुजुकी इ-भिटारा प्रदर्शन, सुनसहित विभिन्न योजना घोषणा

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै प्रतिक्षित इलेक्ट्रिक एसयूभी सुजुकी इ–भिटारालाई नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ । यससँगै कम्पनीले दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर २०८२’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षसम्म निःशुल्क एःक् पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा विभिन्न एक्सेसरिज प्राप्त गर्ने व्यवस्था गरिएको छ । अटो शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । साथै, १० भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अल्टो र सेलेरियो मोडलमा १ वर्षसम्म शून्य ब्याजदरमा खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको छ । यद्यपि, यसमा केही सर्तहरू लागु हुने जनाइएको छ । सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी इ–भिटारा सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात भएको दाबी गरेको छ ।

तस्बिरमा हेर्नूहोस् नाडा अटो शोका झलकहरू

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा नाडा अटो शो सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गरे । नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए ।  यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको उनको दाबी छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिएका छन् । नाडा अटो शो भाद्र ८ गतेसम्म आयोजना हुनेछ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट रहेको छ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् । नाडा अटो शो करिब डेढ दर्जन ९चारपाङ्ग्रेरदुईपाङ्ग्रे० नयाँ सवारी मोडल सार्वजनिक भएका छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । तस्बिरहरू :

सेयर बजारमा १४२ कम्पनीको मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २७७६ बिन्दुमा पुगेको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनाइटेड मोदीको भएको छ । युनाइटेडको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २८ करोड, राधी विद्युत कम्पनीको २० करोड, बुटवल पावर कम्पनीको १७ करोड र माउन्टेन इनर्जीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६ र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ ।  त्यसैगरी जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बिमा ०.११, व्यापार ०.१८ र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ । 

नाडा अटो शोमा नामी भिगो ई–टू एसयुभी सार्वजनिक, सुरुवाती मूल्य ३७ लाख ९९ हजार

काठमाडौं । एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी नामी भिगो ई-टू  र नामी भिगो ई-टू प्लस सार्वजनिक गरेको छ । कम्पनीले नाडा अफरअन्तर्गत भिगो ई-टूको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । गत वर्ष ह्याचब्याक सेग्मेन्टमा प्रवेश गरेको नामीले यस वर्ष कम्प्याक्ट एसयुभी बजारमा प्रतिस्पर्धा गर्न नयाँ मोडलहरू ल्याएको हो ।  एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ प्रशन्न पन्त लगायतको उपस्थितिमा गाडी सार्वजनिक गरिएको थियो । कम्पनीले नाडा अटो शोको अवसरमा दुवै मोडलमा विशेष छुटसहित मूल्य सार्वजनिक गरेको छ ।  जसमा नामी भिगो ई-टूको नियमित मूल्य ३८ लाख ९९ हजार नाडा अफर मूल्य ३७ लाख ९९ हजार तोकिएको छ । यस्तै, नामी भिगो ई-टू प्लसको नियमित मूल्य ४१ लाख ९९ हजार नाडा अफर मूल्य ४० लाख ९९ हजार तोकिएको छ । एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तले नामी भिगो ई-टू नेपाली सडकका लागि उपयुक्त एसयुभी भएको बताए ।   उनका अनुसार  यसमा ३(सी फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल १८ मिनेट लाग्छ । गाडीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ ।   यस्तै यसमा एक्सटेरियर स्पिकर, म्युजिकसँग सिंक हुने ३६० डिग्री लाइट, वेलकम मेमोरी सिट र मल्टी(स्टेरिङ मोड जस्ता आफ्नो सेग्मेन्टमै पहिलो पटक उपलब्ध फिचरहरू छन्। यो गाडी ुम्याजिक क्युबु प्लाटफर्ममा निर्माण गरिएको हो। सीईओ पन्तले गत वर्ष मात्रै सार्वजनिक भएको नामीले छोटो समयमै ९०० भन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको र नेपालमा सबैभन्दा छिटो गरिरहेको ब्रान्ड बनेको जानकारी दिए ।  उनले ग्राहकहरूलाई नाडा अटो शोमा रहेको स्टलमा आएर नयाँ एसयुभी अवलोकन गर्न र विशेष अफरको लाभ लिन आग्रह गरे ।

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, ग्राहक र कर्मचारीलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित ओम अध्याय रिट्रिटमा उपलब्ध हुने सेवाहरूमा छुट पाउने भएका छन् । सम्झौता बमोजिम ओम अध्याय रिट्रिटले रिसोर्टमा उपलब्ध हुने विभिन्न सेवामा लाग्ने शुल्कमा बिल रकमको १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसले नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकहरूलाई सेवा उपयोगमा थप सुविधा हुने अपेक्षा गरिएको छ । उक्त सम्झौता पत्रमा भदौ २ गते नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिटका निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक, मूल्य ४३ लाख ९९ हजार

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बीवाइडीकी प्रबन्ध निर्देश्क यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ ।  'यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,'  उनले भनिन् । मुख्य विशेषता र रेन्ज एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ । शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२० किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए । सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने 'ब्लेड ब्याट्री' प्रविधिको प्रयोग गरिएको छ । नाडा अटो शोमा किने १० वर्षको वारेन्टी नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । फाइनान्स सुविधा गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ । अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान (डल्फिन) पनि प्रदर्शनमा राखेको छ ।  कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

रुपन्देही ३ उपनिर्वाचनमा २६ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि साउन १६ गते सूचना जारी गर्दै साउन २७ सम्म राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दलहरुलाई आव्हान गरेको थियो ।  जस अनुसार निवेदन दिएका २७ दल मध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । पोखरेलका अनुसार नेपालको संविधान २०७२ को धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगको दल दर्तामा सबैभन्दा पहिलो नम्बरमा मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जानकारी दियो ।  दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदा नेपाली कांग्रेस साताैँ र नेकपा एमाले ११ औँ नम्बरमा दर्ता भएको आयोगले जानकारी दिएको छ । आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।

शिक्षा विधेयक प्रतिवेदनमाथि अध्ययन गर्दै सांसदहरू

काठमाडौं । शिक्षा विधेयकको प्रतिवेदन सांसदलाई वितरण गरिएको छ । सिंह दरबारमा सोमबार बसेको बैठकले विधेयकमाथि छलफल गरी प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरेपछि समितिले सांसदहरूलाई अध्ययनको लागि वितरण गरेको हो ।  विधेयकलाई प्राविधिक रुपमा  मिलाउने जिम्मेवारी पाएको समिति सचिवालयले आफ्नो काम सकेर समितिलाई बुझाएको थियो । प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दुई दिनको समय दिइएको छ । विधेयक माथि समितिमा भएका विभिन्न छलफल र सहमतिको भाषा लगायतका विषयलाई कानूनी एवं प्राविधिक रुपमा मिलाउन गत २२ साउनको बैठकको निर्णय अनुसार सचिवालयलाई जिम्मेवारी दिइएको थियो ।  अब भाद्र पाँच गते समितिको बैठक बोलाइएको छ । सो बैठकमा आआफ्ना राय सहित सांसदहरुलाई उपस्थित हुन समिति सभापति अम्मर बहादुर थापाले निर्देश दिएका छन् ।