विकासन्युज

रोजगार मागेका युवाहरूलाई सरकारको गोली उपहार

काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन उत्रिएका मध्ये २ जना युुवाले आज ज्यान गुमाएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपिएस शाखा कार्यालयमा ईपिएस भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा बिरेन्द्र शाह र सुजन राउत शुक्रबार काठमाडौंमा नै अस्ताए । बल प्रयोग र गोली प्रहारको क्रममा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको हो । सुजन राउतको छातीमा ठूलो निलडाम देखिएको छ भने शाह गोली लागेर घाइते भएका थिए ।  काम दिन नसकेको सरकारसँग कोरिया जानका लागि फर्म भर्न माग गर्दा उनीहरू गोली उपहार लिएर देशमा भएको कहालिलाग्दो बेरोजगारको शिकार भएका हुन् । किन भयो विवाद ? देशभित्र रोजगारीको वातावरण नभएपछि दशकौं देखि नेपालीहरूको रोजगारको गन्तव्य विश्वका विभिन्न मुलुक बनेका छन् । जसमध्ये अधिकांश देशमा नेपाली युवाहरू कामदार, विद्यार्थी र भिजिट भिसाको नाममा व्यक्तिगत पहलबाट नै जाने गरेका छन् । त्यसमध्ये दक्षिण कोरियामा भने सरकारको द्वीपक्षीय सम्झौताअनुसार इपिएस भाषा परिक्षा उत्तिर्ण भएर विभिन्न शीर्षकका काममा नेपाली युवाहरू रोजगारका निम्ति जान्छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस शाखाले भाषा परीक्षाको लागि गत मंसिर १९ गते निकालेको सूचनामा अन्य क्षेत्रको लागि कोरियन भाषा परीक्षामा सहभागी भएकाहरुले परीक्षा फर्म भर्न नपाउने सूचना प्रकाशित गरेको थियो । सन् २०२३ मा पानी जहाज निर्माण कम्पनीका लागि पनि आवेदन खुलेको थियो। इपिएस शाखाका अनुसार त्यसमा ३५ हजार ७०८ जनाको आवेदन गरेका थिए । जसको लागि भएको भाषा तथा सीप परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका थिए । तर, पानी जहाज कम्पनीका लागि आवेदन दिएर परीक्षामा फेल भएकामध्ये १८ जना युवाहरुले पाटन उच्च अदालतमा निवेदन दिएर आफूहरु पनि परीक्षामा सहभागी हुन पाउनुपर्ने आदेशको लागि निवेदन गरे । पाटन उच्च अदालतले ती युवाहरुलाई फारम भर्न सहभागी गराउन पुस ५ गते आदेश जारी गर्यो । सोही अनुसार शुक्रबार इपिएस कोरिया शाखाले १८ जनाको लागि फर्म भर्न सूचना प्रकाशित गरेर बोलाएको थियो । उच्च अदालतले सीमित निवेदकहरुलाई मात्रै फर्म भर्ने अवसर दिएपछि हजारौंको संख्यामा युवाहरु बिहीबार बिहानैदेखि ग्वार्को कार्यालय पुगेर आफूहरुले पनि भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग गरे । युवाहरुको धर्नालाई हटाउन प्रहरीले शुरु गरेको बल प्रयोगले नै २ जना युवाको ज्यान जाने अवस्थाको सिर्जना हुने वातावरणको शुरुवात भएको हो । इपिएस कार्यालयमा धर्नामा पुगेका युवाहरुलाई प्रहरीले तितरवितर पार्दा उनीहरु ग्वार्कोको सडकसम्म पुगेका थिए । त्यहीबेलामा ग्वार्कोको सडकमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीलाई नियन्त्रणमा लिएर आक्रोशित युवाहरुले आगजनी गरे । मन्त्रीको गाडीमा आगजनी गरिसकेपछि प्रहरी र युवाहरुबीचको भएको झडपमा प्रहरीले शुरुमा अश्रुग्यास र त्यसपछि गोली प्रहार गर्यो । ५० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गर्यो । युवाहरू मारिएपछि अदालतको नयाँ आदेश फर्म भर्न पाउनुपर्ने भन्दै युवाहरू मारिएपछि पाटन उच्च अदालतले शुक्रबार फेरि अर्को आदेश जारी गरेर सबैलाई परीक्षा फर्ममा सहभागी गराउन भनेको छ । ग्वार्कोमा भएको झडपलाई लिएर सरकारको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार मन्त्रीले झडपमा आफ्नो संलग्नता नभएको बताएका छन् । गृह मन्त्रालयले घट्नाको छानबिनको लागि ३ सदस्यीय समिति बनाएको छ ।

डिशहोममा सुपरहिट चलचित्र नाई नभन्नु ल ६ प्रदर्शनमा

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एकस्कुसिप प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले आँचल शर्मा, आशिर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र नाई नभन्नु ल ६ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा पौष १३ गते देखि प्रदर्शन हुन गई रहेको छ । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने कम्पनीको भनाइ छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं । अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । गत वर्ष पनि यसप्रकारको योजना कम्पनीले ल्याएको र चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरणिकले बताए । अशोक लेल्यान्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ । यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदरमा उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ । शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ । अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्यान्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारदेखि दोलखाको चरिकोटमा सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहमा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरुको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्चस्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा नेपाल विद्युत प्राधिकरण र व्यवसायीबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुनसक्ने बताउँदै उनले यसको तत्काल समाधान गर्न जरुरी रहेको बताए । उनले उच्चस्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैका लागि यस्ता समस्याको समाधान हुने बताए । अध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसका लागि सरकारले सबैको आत्मविश्वास बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गरे । निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र सर्वसाधारणको आत्मविश्वास बढाउन सहयोग पुगको बताए ।

सिटिजन्स बैंकले गर्यो काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । कम्पनीका अनुसार सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । एक समारोहका बीच बैंकले रू एक लाख एकाउन्न हजार बराबरकोे चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ब्राजिलमा बीवाईडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार

काठमाडौं । बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामानै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ।बीवाईडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ। कम्पनीका अनुसार बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा विद्युतीय सवारीसाधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ। सम्पूर्ण विद्युतीय कारहरुको दाँजोमा, बीवाईडी डल्फिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बीवाईडी डल्फिनले पुष्टि गरेको छ। बीवाईडीका अध्यक्ष टाइलर लि भन्छन्, ‘बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम९चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो ।’ नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। बीवाईडी डल्फिनले अटो ईस्पोर्ट म्यागजिनबाट २०२४ कार अफ द इयर, यूओएल कारोस अवार्ड अन्तर्गत हाइलाइट अफ द इयर इलेक्ट्रिक कार, ट्रेन्ड कार २०२३, पर्चेस अफ द इयर २०२४ लगायतका विभिन्न पुरस्कार प्राप्त गरेको छ । सेप्टेम्बर देखि नै बीवाईडी डल्फिन सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्युतीकरणप्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।

इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने

काठमाडौं । इसेवा मार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयदेखि यस पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै अहिरहेको छ । कम्पनीका अनुसार यस पार्कलाई शैक्षिक भ्रमण, विद्यालय पिकनिक, कर्पोरेट पिकनिक, र पारिवारिक जमघटका लागि धेरै लोकप्रिय साइट मानिन्छ। यस पार्कमा धेरै प्रजातिका रूख, बोटबिरुवा र फूलहरूको साथै फोटोग्राफी मन पराउनेहरूले पार्क भित्रै रमाइलो गर्न सक्छन् । पार्कमा पिकनिक स्थल र खेल मैदान जस्ता अन्य विशेष सुविधाहरू छन् । पार्कको मध्यभागमा राजा त्रिभुवनको महिमाको मुर्ति छ । यो काठमाडौंका विभिन्न ठाउँहरूबाट सजिलै पहुँचयोग्य स्थान हो । मानिसहरू प्रायः यस पार्कमा स्फूर्तिको लागि भ्रमण गर्छन् र आफूलाई आनन्द र आनन्दले उदाउने गर्छन् । पार्क सधैं खुला छ र नेपाली नयाँ वर्ष र अन्य सार्वजनिक बिदाहरूमा यो सामान्यतया भीड हुन्छ । पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अब इसेवाबाट सजिलै तिर्न सकिने छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएसमा ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्स्कोे प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पाँच महिनामा सलिकोले गर्याे २ अर्बको व्यवसाय, आधा दर्जन कम्पनी अझै पुगेनन् अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को ५ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार मंसिरसम्म १४ वटा बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ वटा बीमा पोलिसी बिक्री गरेर १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले २ अर्ब बराबरको व्यवसाय गरेको छ । कम्पनीले १ लाख २२ हजार ६९३ बीमा पोलिसी बिक्री गरेर १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख २८ हजार ३८९ बीमा लेख जारी गरेर १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स १ लाख २२ हजार ६७८ बीमा लेखबापत १ अर्ब ५७ करोड ७६ हजार रुपैयाँ संकलन गरेको हो । हिमालयन एभरेष्टले १ लाख १ हजार २३३ बीमालेख जारी गरेर १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ९९ हजार ७५९ बीमालेख जारी गरेर १ अर्ब ३८ करोड १२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ लाख २८ हजार ६४२ बीमालेख बिक्री गरेर १ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, यूनाइटेड अजोडले ८७ लाख ५६५ बीमालेखवापत् १ अर्ब ७ करोड १२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले८२ हजार ८९८ बीमालेख बिक्री गरेर १ अर्ब १ करोड ६४ लाख रुपैयाँ, सानिमा जिआइसीले ६३ हजार २४९ बीमालेख बिक्री गरेर ९६ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, प्रभु इन्स्योरेन्सले ४७ हजार २४९ बीमालेख जारी गरेर ८४ करोड १४ लाख रुपैयाँ, दि.ओरिएण्टलले १७ हजार ९८ बीमालेख वापत् ७२ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६६ हजार ६६४ बीमालेख बिक्री गरेर ६२ करोड ६१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ हजार २१९ बीमालेख बिक्री गरेर ६१ करोड ९१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १४ हजार ९२३ बीमालेख बिक्री गरेर ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।