विकासन्युज

प्रतिनिधिसभा : बैठक सुरु हुनासाथ कांग्रेसको विरोध

काठमाडौं । संघीय संसद् बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए । सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे।

एटिएस ब्राण्डको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

काठमाडौं । पशुपती सेरामिक्स् प्रालीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रीको सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माण लगायत अन्य सम्पूर्ण पूर्व तैयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो । नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००-४०० मिमिको पार्किङ्ग टाइल र ६००-६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३००-४५० को वाल टाइल र ६००-१२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ । कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ । ‘अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ’, कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले जानकारी दिए, ‘यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।’ साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे । ‘उसोत अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा वार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु विदेशमा निर्यात हुँदा राष्ट्रको विदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ’, कार्यकारी निर्देशक रौनीयारले अगाडी जानकारी दिए । करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ । टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ । भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्वत गर्ने कम्पनीले विश्वास लिएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा

नयाँदिल्ली भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ । राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मेदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो । आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उनी एक हुन् । उनका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उनको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्ने बताएका छन् । सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागु गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजनमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्यायो । बारम्बार गलत कामलाई अस्वीकार गर्दै आएका केजरीवालको समर्थनमा उनको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो । करिब एक दशकसम्म मुख्यमन्त्री रहेका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचारविरोधी योद्धाका रूपमा कार्यालय आएका थिए । उनले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध एजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गरेका थिए । मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशकौंसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उनको दुई वर्षको कारागार सजायले उनलाई केही समयका लागि संसदबाट अयोग्य घोषित गरेको थियो । केजरीवाल र गान्धी दुवै दुई दर्जनभन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनका सदस्य हुन् र उक्त गठबन्धनले संयुक्तरूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ । एजेन्सी

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’को ‘सीएसआर’ कार्यक्रमहरु अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत १५ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको छ । ई–नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ । कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको छ । बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन–पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरिएको बैंकले जनाएको छ । ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १५ जना बालबालिकाका लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौता अनुरुप बालबालिकाको निम्ति कृत्रिम हात प्रदान गरिएको बताइएको छ ।

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो : इआइए

अमेरिका । संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले बिहीबार बताएको छ । यो अघिल्लो साताको तुलनामा ७९ अर्ब घनफिटले शुद्ध वृद्धि भएको उक्त संस्थाले बताएको छ । इआइए ऊर्जाको तथ्याङ्क सङ्कलन, विश्लेषण, सञ्चालन र पूर्वानुमान गर्ने जिम्मेवार सरकारी निकाय हो । इआइएको साप्ताहिक प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनअनुसार कूल कार्यशील ग्यास भण्डारण गत वर्षको यही समयको तुलनामा २१ प्रतिशतले र पाँच वर्षको औसतभन्दा ३३ दशमलव तीन प्रतिशतले बढेको छ । कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको छ । यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । यसको भण्डारण क्षमतालाई डिजाइन क्षमता र अधिकतम कार्यशील ग्यास क्षमता गरी दुई तरिकाले मापन गरिन्छ । रासस

नेपालको अटो उद्योगमा कोसेढुङ्गो : हुन्डाई एसेम्बल प्लान्ट

काठमाडौं । नेपालमै पहिलो पटक गाडी एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा सञ्चालनमा आएको हो । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । उक्त एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरे । लक्ष्मी मोटर कर्पोरेसन व्यावसायिक घराना लक्ष्मी ग्रुपको हो । कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । तर, सरकारी नीतिका कारण प्लान्ट सञ्चालनमा आउन सकेकाे  थिएन । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढाएको थियो । नेपालमै पहिलो पटक गाडी एसेम्बल प्लान्ट खुलेपछि अटो क्षेत्रमा ‘काेसेढुङ्गाे’ सावित हुन सक्ने देखिन्छ । हुन्डाईको एसेम्बल प्लान्ट हेरेर अरू गाडी कम्पनीले पनि नेपालमा एसेम्बल प्लान्ट खोल्ने सम्भावना रहेको छ । प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने याेजनामा कोरियाली कम्पनी मोट्रेक्स छ । त्यस्तै, प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने बताइएकाे छ । सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने छ । तर, विस्तारै नेपालमै कम्पनीले पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी नेपालको डिलरका रूपमा बिक्री गर्न थालेको हो । यो ग्रुपले हुन्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुन्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले नेपालमै हुन्डाईका गाडी एसेम्बल गर्ने अवस्थामा यो व्यावसायिक घराना आइपुगेको छ । वर्तमानमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई१० एनआईओएस, आई२०, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् । यी गाडीका मूल्य ३ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रहेका छन् । सुरुवातमा पुस्टकारी (स्थानीय मिठाइ) उत्पादन गर्ने लक्ष्मी ग्रुपले अहिलेसम्म आइपुग्दा विभिन्न क्षेत्रमा आफूलाई विस्तार गर्दै व्यवसायिक साम्राज्य स्थापना गरिसकेको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । देशभरि ग्रुपको २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् । सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टर लगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् । लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्युको परीक्षण उत्पादन सकिसकेको छ । उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ । यस प्लान्टमा २ सय जनाले रोजगारी पाइसकेको पनि कर्पोरेसनले जानकारी दिएको छ । लक्ष्मी माेटर कर्पाेरेसनले २०८० असाेजमा दुईथान भेन्यु गाडीका `सीकेडी´ उत्पादनका लागि परीक्षण गर्न ल्याएको थियो । त्यसपछि गत माघमा कर्पाेरेसनले एकैचाेटि भेन्यु गाडी एसेम्बल गर्न १ सयभन्दा बढी सीकेडी किट आयात गर्याे । लक्ष्मी मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता दक्षिण कोरिया र छिमेकी भारतबाट सीकेडी आयात गरेको थियो । त्यसपछि ठूलाे परिमाणमा सीकेडी आयात भइसकेको छ । लक्ष्मी मोटर कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यु एस (ओ), ११ सय ९७ सीसीको भेन्यु एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यु एसएक्स १.२ एमटी मोडेलका सीकेडी ल्याएर एसेम्बल थालेको हो । एसेम्बलपछि तयार हुने भेन्यु पेट्रोल इन्जिन गाडी हाे । हुन्डाई मोटर्स स्थापना करिब ५६ वर्ष पहिले दक्षिण कोरियामा १९६७ डिसेम्बर १९ का दिन चाङ जु युङले ‘हुन्डाई मोटर्स’स्थापना गरेका थिए । हुन्डाईको सुरुवात हुन्डाई इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी र पछि हुन्डाई मोटर कम्पनीका रूपमा भएको हो । तीन दशकभित्र यो कोरियाली घरेलु बजारमा अग्रणी अटो बिक्री कम्पनी भयो । यो १९८६ मा हुन्डाई एक्सेलसँगै संयुक्त राज्य अमेरिकामा लन्च गरिएको थियो र सात महिनामा १० हजार युनिट बिक्री गरेर पहिलो वर्ष आयात कार वितरकका रूपमा रेकर्ड कायम गरेको थियो । बिक्री बढ्दै जाँदा हुन्डाई संयुक्त राज्यको अमेरिकाको मध्य भागमा विस्तार भए । यसले यसको राष्ट्रिय मुख्यालय गार्डेन ग्रोभ, सीएबाट फाउन्टेन भ्याली सीएमा सार्यो । यस समूहमा प्रख्यात हुन्डाई ब्रान्ड समावेश छ र लक्जरी ब्रान्ड जेनेसिस मोटर्स र इको–फ्रेन्डली इलेक्ट्रिक कार आयनिकको स्वामित्व दाबी गर्दछ । २०२२ सम्म किया मोटर्सले हुन्डाईमा उल्लेखनीय ३३.८८ प्रतिशत हिस्सेदारी राखेको छ, जसका कारण कया हुन्डाई मोटर समूहको छातामा रहेको प्रतिष्ठित सहायक कम्पनी बनेको छ । हुन्डाई, किया र जेनेसिस हाल हुन्डाई मोटर्सको स्वामित्वमा छन् । हुन्डाईको मालिक हुन्डाई मोटर समूह दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हुन्डाई मोटर कम्पनीको स्वामित्वमा छ । चुङ जु युङद्वारा स्थापना गरिएको यो समूह विश्वको सबैभन्दा ठूलो अटोमोटिभ उत्पादकमध्ये एक हो र जेनेसिस मोटर्स जस्ता अन्य ब्रान्डहरूको मालिक हो । जाहुन चाङ हाल हुन्डाई मोटर कम्पनी लिमिटेडका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्। हुन्डाई मोटर कम्पनीको हुन्डाई अटोमोटिभ डिभिजन विश्वको तेस्रो ठूलो कार निर्माता हो । हुन्डाईका कारहरू २सयभन्दा बढी देशमा बेचिन्छन् । यसको मुख्यालय सियोल, दक्षिण कोरियामा छ । हुन्डाईले आफ्ना धेरैजसो गाडी दक्षिण कोरियाको उल्सानमा उत्पादन गर्छ, जहाँ विश्वको सबैभन्दा ठूलो अटोमोटिभ उत्पादन सुविधा रहेको छ । यसैबीच कम्पनीले मेक्सिको र अलाबामामा पनि प्लान्टहरू सञ्चालन गरेको छ, जसले विशेष रूपमा उत्तर अमेरिकी बजारलाई समग्रमा ओगटेको छ । सन् २०२३ मा हुन्डाई मोटर कम्पनीले उत्तर अमेरिकी क्षेत्रमा सबैभन्दा धेरै गाडीहरू बेचेको थियो, जसको बिक्री १० लाख युनिटभन्दा बढी थियो । यस क्षेत्रलाई युरोप र भारतले पछ्याएको थियो, जहाँ क्रमशः लगभग ६ लाख ३६ हजार र ६ लाख ५ हजार युनिट बिक्री भएको थियो ।

सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर अबको बजेट आउँछ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले अबको बजेटमा सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने बताएकी छिन् । ‘इन्टरनेशनल गल्स इन आईसीटी डे’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । हरेक वर्ष अप्रिल २५ मा ‘आईटीयू’ ले ‘इन्टरनेशनल गल्स इन आईसीटी डे’ मनाउँदै आइरहेको छ । यस वर्ष ‘गल्स इन आईसीटी लिडरसिप’ नाराका साथ यस आईसीटी डे मनाइरहेको छ । आज सोहि कार्यक्रममा बोल्दै शर्माले अबको बजेटमा सूचना प्रविधिलाई जोड दिने बताएकी हुन् । भर्खरै लगानी सम्मेलन सकिएको स्मरण गर्दै नेपालको आईसीटी क्षेत्रमा विदेशीहरू पनि लगानी गर्न धेरै इच्छुक रहेको उनले बताइन् । सूचना प्रविधिको क्षेत्रले धेरै फड्को मारिसकेको अवस्थामा अहिलेमा सूचना प्रविधिसँग सम्बन्धित कानूनहरू पुरानो भएकोले  कानूनहरू परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ छ । सूचना प्रविधिको प्रयोग गरी हाल नेपालका यूवाहरूले करिब ६६ अर्ब रुपैयाँ भन्दा धेरै रकम नेपाल भित्र्याइरहेको उनले बताइन् । साथै सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागीता बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

रुखको हाँगा काटेर खसीलाई खुवाएको भन्दै मासु पसलेलाई ५ हजार जरिवाना

ललितपुर । ललितपुर महानगरपालिकाले भैसिपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हागाँ काटे बापत पाँच हजार जरिवाना तिराएको छ । महानगर प्रहरी गस्ति हिडिरहेको अवस्थामा रुखको हागाँ काटेर बाख्राहरुलाइ खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । ‘रुखको हागाँ काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला’, उनले भने ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउमा पनि काट्न नदिन सचेत मात्र गराएका हौ ।’ महानगरले केही समयअघि मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।