बृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा, उत्पादन क्षमता ८० मेट्रिक टन
काठमाडौं । केडिया व्यावसायिक समूहअन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्सले आफ्नो नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । वृज एडिटिभ्सले बुधबार काठमाडौंमा रहेको आफ्नो कार्यालय हात्तीसारमा पत्रकार सम्मलेनको आयोजना गरी टायल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाटरप्रूफिङ सिस्टम, टायल ग्राउट र रेडी मिक्स प्लास्टर बजारमा ल्याएको घोषणा गरेको हो । यो घोषणा बृज एडिटिभ्सको नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकता पूरा गर्न नवीन समाधान प्रदान गर्ने प्रतिबद्धताको हिस्सा हो । सय वर्षभन्दा बढी भइसकेको नेपाली व्यवसायमा उक्त कम्पनी विश्वासिलो र भरपर्दो हिस्सा ओगटेको वृज उडिटिभ्स्ले विगत ३ वर्षदेखि अत्याधुनिक प्रविधिबाट स्वदेशी उत्पादनलाई जोड दिँदै आएको छ । कम्पनीका उत्पादनहरू निर्माणलाई मजबुत, दीगोपन र उच्चस्तरको स्थायित्व प्रदान गरिरहेको कम्पनीले दाबी गरेको छ । यस्तै देशभरि सुरक्षित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । वृज एडिटिस प्रालिका प्रबन्ध निर्देशक रञ्जन कुमारले भने, ‘हामी आज केडिया अर्गनाइजेसन उद्योगले सामना गरिहेका चुनौती पूरा गर्न विशेष रूपमा तयार गरिएका नयाँ निर्माण सामग्री बजारमा ल्याउन पाउँदा उत्साहित छाैं । नवीनता र गुणस्तर हाम्रो प्रत्येक कार्यको केन्द्रमा छन् । यो नयाँ उत्पादन शृङ्खला नेपालको निर्माण अभ्यास सुधार गर्न हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’ यस नयाँ सुरुवातसँगै वृज एडिटिभ्स प्रालि नेपाली निर्माण सामग्री उद्योगमा आफ्नो स्थान कायम जारी राखेको छ । नयाँ उत्पादन शृङ्खलाले उच्च गुणस्तरका समाधान मात्र प्रदान गर्दैन, आफ्नो विश्वासमा सुनिश्चितसमेत गर्दछ ।’ बजारमा आएका नयाँ उत्पादन टायल एडिसिभ : उच्च प्रदर्शन गर्ने टायल एडिसिभ, जुन सबै प्रकारका टायलिङ कार्यका लागि मजबुत र लचिलो टायल फिक्सेसन सुनिश्चित गर्दछ । टायल फिक्स: यो एक पोलिमर मोडिफाइड, भित्ताको टायलका लागि सिरामिक टायलहरूको एडहेसिभ हो, जुन आन्तरिक क्षेत्रमा प्रयोग गरिन्छ । यो सिमेन्टमा आधारित सतहमा ठाडो (भित्तामा) आवेदनको लागि उपयुक्त छ । यसलाई सुक्खा मिक्स मोर्टारको रूपमा आपूर्ति गरिन्छ, जसमा आवेदनअघि पानी थप्न आवश्यक हुन्छ र यो भिट्रिफाइड टायलहरू, भारी मार्बल / ग्रानाइट आदि जस्ता घना र चिल्लो कंक्रीट सतहहरूमा टायल टाँस्न अत्यन्तै उपयुक्त हुन्छ । फ्लोर हार्डनर : फ्लोर हार्डनर विशेष प्रकारको सामग्री हो, जुन कंक्रिटको सतहलाई अधिक टिकाउ र प्रतिरोधी बनाउन प्रयोग गरिन्छ । यो सामान्यतया उच्च यातायात क्षेत्रमा औद्योगिक फ्लोर, गोदाम र पार्किङ स्थलमा प्रयोग गरिन्छ । जहाँ कंक्रिटको सतहलाई घर्षण, प्रभाव र रासायनिक पदार्थबाट बचाउन आवश्यक हुन्छ । रिपेयर कंक्रिट: उन्नत कंक्रिट मर्मत समाधानले मौजुदा संरचनामा रहेका फाँट र क्षतिलाई सम्बोधन गर्दछ, जसले तिनको आयु बढाउँछ । ब्लक मोर्टार : ब्लक मोर्टार एक विशेष प्रकारको मोर्टार हो, जुन ब्लकले संरचना निर्माण गर्दा तिनलाई आपसमा जोड्न प्रयोग गरिन्छ । यो सामान्यतया सिमेन्ट, बालुवा र पानीको मिश्रणबाट तयार गरिन्छ । जसले बलियो बन्धन र स्थायित्व सुनिश्चित गर्छ । वाटरप्रफिङ सिस्टम : यो उन्नत वाटरप्रूफिङ समाधान भित्र र बाहिर दुवै प्रकारका एप्लिकेसनका लागि पानीको छिर्कनविरुद्ध उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । टाइल ग्राउट : विशेष गरी टाइलमा रहेको खाली स्थानमा भर्न र टायल तथा कंक्रिट संरचनाको दीर्घकालीन स्थिरता सुनिश्चित गर्न बलियो बनाउन डिजाइन गरिएको हुन्छ, जसमा तीन प्रकारको टायल ग्राउट रहेको छ। रेडी मिक्स प्लास्टर : रेडी मिक्स प्लास्टर पूर्वमिश्रित प्लास्टर हो, जुन निर्माणस्थलमा तुरुन्त प्रयोग गर्न तवार हुन्छ । यसलाई सिमेन्ट, बालुवा र रासायनिक एडिटिभको मिश्रणबाट तयार गरिन्छ । जसले प्लास्टरको गुणस्तर र प्रदर्शन सुधार गर्छ । कम्पनीको उत्पादन क्षमता ८० मेट्रिक टन यस कम्पनीको स्थापना सन् २०२२ मा भएको थियो । यो नेपालमा मजबुत र दिगोपन प्रदान गर्ने निर्माण समाग्रीहरूको अग्रणी निर्माता हो । यसले औद्योगिक र आर्थिक विकासमा विगत १०० वर्षदेखि योगदान पुर्याउँदै आएको छ । यस कम्पनीको दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ । यसले निर्माण उद्योगलाई नवीन र टिकाउ प्रदान गरी सबैको माझ लोकप्रिय हुने लक्ष्य राखेको छ ।
डिशहोम इन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर अफर
काठमाडौं । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ । यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सकिने छ।
बीवाईडीको ‘सीलायन सेभेन ई एसयूभी’ भारतमा सार्वजनिक
काठमाडौं । बीवाईडी भारतले सीलायन सेभेन ई एसयूभी सार्वजनिक गरेको छ । बीवाईडी भारतले भारत मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा सीलायन सेभेन ई एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको हो । बीवाईडी भातरले पूर्ण विद्युतीय एसयूभीको को बुकिङ सुरु भइसकेको जनाएको छ। शक्ति र नवप्रवर्तनको मेल सीलायन सेभेनमा ८२.५६ किलोवाट हावर्स ब्लेड ब्याट्री रहेको छ । यो ईभी प्रिमियम र परफर्मेन्स भेरियन्टमा उपलब्ध छ । परफर्मेन्स भेरियन्ट: ३९० किलोवाट (६९० एनएम), ०-१०० किमि/घण्टा ४.५ सेकेन्डमा, ५४२ किमि दायरा प्रिमियम भेरियन्ट: २३० किलोवाट (३८० एनएम), ०-१०० किमि/घण्टा ६.७ सेकेन्डमा, ५६७ किमि दायरा यो एसयूभी वोल्फग्याङ एगरले डिजाइन गरेका हुन्, जसमा एयरोडायनामिक ‘ओसियन एक्स’ शैली, १५.६ इन्चको घुम्ने टचस्क्रिन समावेश छन् । प्रविधिको मुख्य विशेषता भीटीओएल (भेइकल-टु-लोड) क्षमता जसले विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । स्मार्ट टोर्क कन्ट्रोलले ह्यान्डलिङ सुधार्छ । यसको आधिकारिक मूल्य फेब्रुअरी १७ मा सार्वजनिक गरिने जनाइएको छ ।
टाटा समूहको ‘टीसीएस’को ब्रान्ड मूल्यांकन २१ अर्ब डलर, विश्वकै दोस्रो आईटी सेवा कम्पनी
काठमाडौं । टाटा समूहको आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस)को ब्रान्ड मूल्याङ्कन २१.३ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै यो दोस्रो ठूलो विश्वव्यापी आईटी सेवा ब्रान्ड बनेको छ । ८२६ प्रतिशतको वृद्धि कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत १५ वर्षमा आफ्नो ब्रान्ड मूल्याङ्कन ८२६ प्रतिशतले बढेको बताएको छ । सन् २०१० मा टीसीएसको मूल्याङ्कन २.३ बिलियन डलर थियो । कम्पनीले नवप्रवर्तन, ग्राहक सन्तुष्टि र रणनीतिक मार्केटिङको पहलले यो स्तरको विकास सम्भव भएको जनाएको छ । २० अर्ब डलर नाघ्ने दोस्रो कम्पनी ब्रान्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष डेभिड हेगले ब्रान्ड फाइनान्सले दुई दशकदेखि टीसीएसलाई पच्छाउँदै आएकाे बताए । उनले भने, ‘ब्रान्ड फाइनान्समा हामीले लगभग दुई दशकदेखि टीसीएसलाई पछ्याउँदै आएका छौं । कम्पनीले आफ्नो व्यवसायलाई कसरी नवीनता दिइरहेको छ र आफ्नो ब्रान्डलाई कसरी बढाइरहेको छ भन्ने कुराबाट म निरन्तर प्रभावित छु ।’ उनले टीसीएसको निरन्तर प्रयासले उनीहरूलाई एक कोसेढुङ्गामा पुर्याएको बताए । उनले भने, ‘ ब्रान्ड मूल्यमा २० अर्ब डलरको ऐतिहासिक अंक पार गर्ने उद्योगको दोस्रो कम्पनी टीसीएस बनेकाे छ । ब्रान्डलाई गर्वका साथ अगाडि बढाउने सबै ६ लाख कर्मचारीलाई बधाई छ ।’ ब्रान्ड मूल्य नौ गुणा बढ्यो टाटा कन्सल्टेन्सी सर्भिसेजका प्रमुख मार्केटिङ अधिकृत अभिनव कुमारले टीसीएसको ब्रान्ड मूल्य नाै गुणाले बढेको जानकारी दिए ।उनले सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् । दौडहरूको प्रायोजन टीसीएसले विश्वभर १४ प्रमुख दौडहरूलाई प्रायोजन गर्दै आएको छ । जसमा न्यूयोर्क, लन्डन, बोस्टन, शिकागो जस्ता सहरहरू समावेश छन् । अब यसमा सिड्नीको नाम पनि थपिएको छ । यसमा प्रत्येक वर्ष ६ लाखभन्दा बढी धावकहरू संलग्न हुन्छन् र यसले फ्युचर एथलीट प्रोजेक्ट जस्ता पहलहरूलाई पनि समर्थन गर्दछ । कम्पनीले जगुआर टीसीएस रेसिङसँग पनि साझेदारी गरेको छ, जसले विश्वको पहिलो पूर्ण-विद्युतीय रेसिङ शृङ्खला, एबीबी एफआईए फर्मुला ई वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्छ ।
के एलियनले अस्ट्रेलियाको पहाडमा घर बनाएका थिए ? वैज्ञानिकहरूले सुल्झाए १४ सय वर्ष पुरानो रहस्य
काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरको पहाडमा बनेका १ हजार ४०० वर्ष पुरानो रहस्यमय ‘एलियन रिंग’ को रहस्य वैज्ञानिकहरूले सुल्झाएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि यी वास्तवमा वुरुन्डजेरी वोइ-वुरुङ नामक आदिवासी समुदायका मानिसहरूको समयमा बनाइएका प्राचीन स्मारकहरू हुन् । यो आदिवासी समुदाय यस ठाउँको परम्परागत मालिक हुन् । अहिलेसम्म स्थानीय मानिसहरू यी अनौठा औंठीहरू देखेर छक्क पर्थे । उनीहरूले ती घरहरूलाई एलियनहरूले बनाएका वा प्राकृतिक रूपमा सिर्जना गरिएका संरचनाहरू ठान्थे । अस्ट्रेलियाली पुरातत्वमा प्रकाशित एक अध्ययनले यी एलियन घेराहरूको बारेमा नयाँ जानकारी प्रदान गरेको छ । द सनको रिपोर्ट अनुसार अष्ट्रेलियाको पूर्वी भाग न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा एक पटक ४०० भन्दा बढी यस्ता संरचनाहरू थिए । आज यीमध्ये लगभग १०० वटा मात्र बाँकी छन् । यो विश्वास गरिन्छ कि जब युरोपेलीहरूले यो भूमि कब्जा गरे उनीहरूले त्यस्ता धेरै घेरा नष्ट गरे । प्राचीन समयमा बनाइन्थ्यो औंठी प्राचीन समयमा आदिवासीहरूले माटो खनेर सयौं मिटर चौडा ठूला घेराहरू बनाउँथे । यी कुराहरू आज पनि आदिवासी मानिसहरूका लागि ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छन् । वुरुन्डजेरी वोइ-वुरुङ संस्कृतिका विज्ञहरू भन्छन् कि यी औंठीहरू युरोपेली कब्जा, उपनिवेशवाद र त्यस समयका मानिसहरूको जीवन जस्ता विषयवस्तुहरूलाई प्रतिबिम्बित गर्न प्रयोग गरिन्छ । वुरुन्डजेरी वोइ-वुरुङ मानिसहरूले २०२२ मा नयाँ पुरातात्विक उत्खननको नेतृत्व गरे, जसले गर्दा यी नयाँ खुलासाहरू भएका छन् । यी औंठीहरू आदिवासी पुर्खाहरूको लागि एक औपचारिक भेटघाट स्थल मानिन्छन् । यसलाई पहिलो पटक सन् १९७९ मा पुरातत्वविद् डेभिड फ्रान्केलले उत्खनन गरेका थिए । यस प्रारम्भिक उत्खननमा लगभग १६६ वटा कलाकृतिहरू फेला परेका हुन् । अनुसन्धानले देखाएको छ कि घेराहरू ५९० देखि १ हजार ४०० वर्ष पहिलेको बीचमा सिर्जना गरिएको थियो । अनुसन्धानले देखाउँछ कि त्यस समयका मानिसहरू आगो बाल्ने र ढुङ्गाका औजार बनाउने गर्थे । यो अध्ययनले अष्ट्रेलियाको पुरातत्वको बारेमा वैज्ञानिकहरूको बुझाइ बढाउँछ । दक्षिण अष्ट्रेलियाको भिक्टोरियाको सडबरी वरिपरि पाँचवटा घेराहरूको संग्रह छ । यी घेराहरू सयौं मिटर चौडा छन् र माटो खनेर र ढिस्को बनाएर सिर्जना गरिएका हुन् । आदिवासीहरूले औंठी बनाउन ढुङ्गाको विशेष प्रयोग गर्थे।
सीजी मोटर्सले नेपालमा सार्वजनिक गर्यो आयन भी, मूल्य ६५ लाख रुपैयाँ
काठमाडौं । सीजी मोटर्सले आयन भीको औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजी मोटर्सले मंगलबार आयन भी सार्वजनिक गरेको हो । चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो । कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको कम्पनीले जनाएको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ । आयन भी एलिट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । एलिट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्ने सिजी मोटर्सले जनाएकाे छ । यसमा सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश छ । दुवै भेरियन्टमा १५ विभिन्न स्मार्ट ड्राइभिङ फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्याग र फराकिलो तथा आरामदायी इन्टेरियर रहेको छ । यो एसयूभीले फाइभ स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । आयन भीको मूल्य एलिट भर्जनको ६४ लाख ९९ हजार रहेको छ भने भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार रुपैयाँ छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले आयन भीका साथ सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । नेपालको २४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।
आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदमले उद्योगलाई अझै सशक्त बनाउने नासआईटीको विश्वास
काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानुन संशोधन तथा सहजीकरणप्रति आभार व्यक्त गरेको छ । नासआईटीले आफ्नो पहल र नीतिगत वकालतको परिणामस्वरूप हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको सुरुवात गरेको जनाएको छ । यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने विश्वास नासआईटीले लिएको छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने नासआईटीले जनाएकाे छ । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने विश्वास नासआईटीको छ । नासआईटीले सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जनाएकाे छ । नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानुन संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षासमेत गरेको छ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरूसँग सम्बन्धित कानुनी, नीतिगत र अन्य सामूहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्याउन निरन्तर प्रयासरत रहँदै आएको छ ।
प्रधानमन्त्रीसमक्ष बद्रीको गुनासो- आफ्नै देशमा पैसा तिरेर आउनुपर्ने प्रावधानले गैरआवासीय नेपाली दु:खी
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरूको माग आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार साँझ गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताएका हुन्। भेटमा अध्यक्ष केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका थिए । संघका अध्यक्ष केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् । उनले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको बताएका थिए । बारम्बार ध्यानाकर्षण गराउनुका साथै नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिकतावाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति उनले असन्तुष्टि जनाए । अध्यक्ष केसीले भने, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्रीज्यू ? के हामी नेपाली होइनौं ? संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।ʼ जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानून निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाइ भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अब संसद बैठक आह्वान हुँदा तपाईंहरूको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभएपनि क्रमशः तपाईंहरूले भोग्नुपरेको कठिनाइ सम्बोधन हुन्छ ।ʼ यसअघि यनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकलगायतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।