विकासन्युज

ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्कीपछि युरोपेली नेताहरूले भने- युक्रेन ‘एक्लो छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबचिको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् । ‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्,’ भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, ‘हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।’ यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।’ वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सङ्केत गर्दै भने, ‘तपाईं एक्लो हुनुहुन्न ।’ बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको बताए । ‘आक्रमणकारी रुस हो । युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्ण सही थियो,’ उनले भने । जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उनले भने, ‘यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन् ।’ जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन् । ‘हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,’ मर्जले भने । निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गरेका छन् भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किएभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो हो’भनेका छन् । यसैबीच, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएकोमा धन्यवाद दिए । ओर्बानले एक्समा लेखेका छन्, ‘शक्तिशाली मानिसले शान्तिको पक्षमा माहोल बनाउँछ, कमजोर मानिसले युद्ध गर्छ ।’ इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ । युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कसरी कुरा गर्न चाहन्छौँ।’ ‘युक्रेनका लागि नेदरल्याण्डको समर्थन अझै कम भएको छैन,’ ,प्रधानमन्त्री डिक स्कूफले एक्समा भने, ‘विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौं र रूसले सुरु गरेको आक्रमणको युद्धको अन्त्य चाहन्छौँ।’ किएभ कट्टर सहयोगी पोल्याण्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भने, ‘प्रिय युक्रेनी मित्रहरु, तपाईं एक्लो हुनुहुन्न ।’ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताए । युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ,” सन् २०२२ मा रुसले गरेको आक्रमणपछि युक्रेनका कट्टर समर्थक सान्चेजले एक्समा लेखेका छन् ।

परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

काठमाडौं । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो । मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो । मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन् । महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै ९महोत्तरी गाउँपालिका०, ध्रुवकुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भङ्गाहा नगरपालिका) मा रात्रिबासको परम्परा छ । श्रीराम र सीताका प्रतिमा राखिएका ‘डोला’साथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्रामस्थल) पुगेपछि सो दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन् । गत बिहीबार धनुषाको मिथिला विहारी-८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम-८ स्थित सुन्दरसदन मठबाट श्री सीताजीका प्रतिमा ‘डोला’ मा राखेर सुरू भएको यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ । यस यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल)को चलन छ । यात्रामा साधुसन्त र गृहस्थ जीवनका सर्वसाधारणसहित १०औँ हजारको सहभागिता छ । यो यात्राको अभिष्ठ मोक्ष कामना र कल्याण रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

राजस्वमा यातायात क्षेत्रको ३० प्रतिशत योगदान, विदेशमा भएको प्रणाली कार्यान्वयनमा ल्याउने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई हेटौँडामा सम्बोधन गर्दै उनले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी आफैँले गरिरहेको बताउँदै सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए । विदेशमा भएको प्रणाली प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बीमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ । बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताए । २२ लाख सवारी चालक अनुमतिपत्र नागरिक एपमा राखिएको उनको दाबी छ । अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उनले बताए । सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताए । अहिले पनि ठूलो रकम सरकारलाई कर तिनुपर्ने र आर्थिक अभावका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात ब्यवसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ । विसं २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरुप नारायणी यातायात व्यवसायी सङ्घको रुपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यवसायीका दुर्घटना, बीमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो । साधारणसभामा संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले शुभकामना दिए । सङ्घले हेटौँडामा मुख्यालय रहेको मानव सेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकामा यो वर्ष नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै ५ जना चालकलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौंका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार राय रहेका छन् । साधारण सभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विशेषज्ञ डाक्टरको टोलीले व्यवसायीको स्वास्थ्य परीक्षण गरेका थिए ।

बिपी प्रतिष्ठान: प्रतिविद्यार्थी २ करोड रुपैयाँ शुल्क, आर्थिक चुहावट नियन्त्रण गर्न पूर्ण डिजिटलाइज्ड

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ । दैनिक सेवा लिन आउने करिब ३ हजार ५सय बिरामीमध्ये झण्डै ३० प्रतिशत बिरामी भारतीय रहेको प्रतिष्ठानको तथ्याङ्क छ । काठमाडौं बाहिर मुलुककै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा स्थापित यो प्रतिष्ठानले पछिल्लो समय आवश्यक पूर्वाधार निर्माणका साथ स्वास्थ्य सेवालाई थप विस्तार र आधुनिकीकरण गर्दै आएको जनाएको छ । हालैमात्र निर्माण सम्पन्न भएको चार सय शय्याको ‘एमसीएच’ भवनलाई आगामी महिना उद्घाटन गरी मातृशिशु सेवा विस्तार र सञ्चालन गर्ने प्रतिष्ठानको योजना छ । यसैगरी प्रतिष्ठानले आइसीयुको सङ्ख्या ३२ शय्याबाट वृद्धि गरेर ७४ शय्या पुर्याएको छ भने डायलायसिस सेवा पनि विस्तार गरी १० शय्याबाट विस्तार गरी २३ शय्याको पुर्याएको छ । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले लामो समयदेखि थन्केर बसेको एमसीएच भवन आफू उपकुलपति नियुक्ति भएर आएपछि विभिन्न आरोह-अवरोध पार गरी निर्माण सम्पन्न गर्न सफलता प्राप्त भएको बताए । चिकित्सकसमेत रहेका उनले भने, ‘४ सय शय्याको यो भवन यस क्षेत्रकै लागि गौरवको विषय हो । यो भवनमा आगामी महिना उद्घाटन गरी तत्काल २ सय शय्याको मातृशिशु सेवा विस्तार गरी सुरू गर्दैछौँ भने बाँकी २ सय शय्यामा विशिष्ट सेवा विस्तार गर्ने योजना बनाएका छौँ ।’ उनले आफू नियुक्त भएर आउने बेला कैयौँ पूर्वाधार विभिन्न कारणले निर्माण स्थगित भई भग्नावशेष थिए । एमसीएच, फार्मेसीलगायत महत्त्वपूर्ण भवन लेनदेनले कुरा नमिलेर अन्योलमा रहेको थियो । तर, आफू आएको तीन महिनामा निर्माण सुरू गर्न लगाएको उनले दाबी गरे । निर्माणलगायत विवादको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । सबै कानुनी प्रक्रिया पूरा गरी ‘पिजी’ होस्टल निर्माणदेखि इमर्जेन्सी सेवालाई समेत विस्तार गररेर अत्याधुनिक बनाएको उनको भनाइ छ । अहिले प्रतिष्ठानको इमर्जेन्सी सेवा मुलुककै आधुनिक, ठूलो र सुविधासम्पन्न बनेको उनले जनाए । सन् १९९३, जनवरी १८ मा स्थापना भएको प्रतिष्ठानपछि सामाजिक रूपमा उत्तरदायी, सक्षम स्वास्थ्य कार्यबल विकास गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने तथा नवीन स्वास्थ्य अनुसन्धानमा संलग्न हुने जनादेशका साथ एक स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा अक्टोबर २८, १९९८ मा स्तरोन्नति गरिएको थियो । यसको नाम नेपालका सामाजिक उत्थान र राष्ट्रिय एकताका दूरदर्शी नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको नामबाट राखिएको हो । भारत सरकारको सहयोगमा स्थापित यो प्रतिष्ठान नेपाल-भारत सहयोगको सफल उदाहरणका रूपमा रहेको छ । कोरोना महामारीकै बेला २०७६ साल चैत २६ गते आफू उपकुलपतिमा नियुक्त भएपछि अन्योलको परिस्थितिमा डेढ महिनामै १ सय शय्याको अस्पताल निर्माण गरी सबै प्रकारका बिरामीको उपचार हुनेगरी सञ्चालन गरेको उनले स्मरण गरे । ‘पूर्वाधारसँगै हामीले सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा यस अवधिमा करोडौँका उपकरण थप गरी बिरामीका सेवालाई प्रभावकारी बनाएका छौँ,’ उपकुलपति गिरीले भने, ‘दशकौँदेखिका पुराना उपकरणलाई आधुनिक उपकरणले विस्थापित गरेका छौँ । शिक्षक र विद्यार्थीको डेढ दशकदेखि रोकिएको वृत्तिविकास तथा पारिश्रमिक वृद्धि नभएर निराशा बढेको र कतिपयले संस्था छाड्ने क्रम रहेको थियो । यस्तो अवस्थामा म आएपछि आवश्यक प्रक्रिया पूरा गरी एक हजार तीन सय शिक्षक र विद्यार्थीको बढुवा गर्न सफल भयौँ ।’ प्रतिष्ठानले हाल अनुसन्धानका क्षेत्रमा पनि विभिन्न स्वदेश र विदेशमा विश्वविद्यालयसँग सम्झौतामा हस्ताक्षर गरी शोधपत्र तथा अनुसन्धानका काम गरिरहेको छ । विसं २०७४ चिकित्क्षा शिक्षा आयोग बनेपछि कानुनी प्रावधानका कारण प्रतिष्ठानले विदेशी विद्यार्थी भर्ना लिन नपाउँदा आर्थिक समस्या परेको जानकारी दिँदै उनले अहिले आफूहरू उक्त समस्यालाई समाधान गर्न लागिपरेको उल्लेख गरे । ‘मेरै नेतृत्वमा सबै प्रतिष्ठानका उपकुलपतिको सहभागितासहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ भेट्न गयौँ, उहाँले हाम्रो समस्या राम्रोसँग बुझ्नुभयो । प्रधानमन्त्रीकै पहल र अग्रसरतामा हालै मात्र हामीले ‘पोष्ट ग्राजुएट’ तहमा १० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्न पाउने भएका छौँ,’ उपकुलपति डा गिरीले भजे, ¦विदेशी विद्यार्थीबाट प्रतिष्ठानलाई प्रतिविद्यार्थी २ करोड रुपैयाँ शुल्क प्राप्त हुन्छ । चिकित्सा अध्ययन गर्ने विद्यार्थीको समग्र कोटामा पनि वृद्धि भएको छ ।’ १० वर्षदेखि रोकिएको कम्भोकेसन सुरू भएको, सिनेटका बैठक नियमित भएको, नीतिगत सुधार गरिएको विषयलाई उनले आफ्नो कार्यकालको उपलब्धिका रूपमा लिएका छन् । प्रतिष्ठानको फार्मेसी भवन निर्माणपछि सञ्चालन हुँदा बिरामीले पनि सहज रूपमा औषधि पाएका र प्रतिष्ठानलाई पनि लाखौँ आम्दानी वृद्धि भएको उनको भनाइ छ । अबको आफ्नो बाँकी समयावधिमा सिनेटको बैठक बोलाउने, एमसीएस भवन उद्घाटन गरी सञ्चालनमा ल्याउने, हालै संशोधन गरिएको कर्मचारीको नयाँ नियमावलीलाई सिनेटबाट अनुमोदन गराउने, मुटु र क्यान्सरसम्बन्धी सेवा विस्तार गर्ने, जलनसम्बन्धी सेवालाई आधुनिक र विस्तार गर्ने योजना रहेको उनले सुनाए । प्रतिष्ठानले भारत सरकारको सहयोगमा कार्यालयका सेवा डिजिटलाइज्ड बनाउने योजना अघि सारेको छ । ट्रमा सेन्टर र ट्रान्सप्लान्ट सेवा सुरू गर्न सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रियासमेत अघि बढेको उपकुलपति डा गिरीले बताए । उनले नियुक्त भएर आएपछि विभिन्न चुनौतीको सामना गर्नुपरेको प्रसङ्ग निकाल्दै आधा कार्यकाल आफूले विभिन्न मुद्दा मामिला लड्दालड्दै बितेको जानकारी गराए । काम गर्ने क्रममा प्रतिष्ठानकै केही पदाधिकारी तथा कर्मचारीबाट अवरोधको सामना गर्नुपरेको बताउँदै उनले त्यसलाई चिर्दै आजको अवस्थासम्म पुगेको जानकारी गराए । ‘अनुशासनहीन शिक्षक र कर्मचारीलाई कारबाही गरी दण्डहीनता अन्त्य गर्न सफल भएका छौँ । प्रतिष्ठानमा हुने गरेको आर्थिक चुहावट नियन्त्रण गर्न सेवालाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्दैछौँ,’ उनले भने । मुलुकभरका अन्य प्रतिष्ठानलाई नेपाल सरकारले तलबभत्ताको व्यवस्था गरेको भए पनि आफूहरूले आफैँ कमाएर व्यवस्था गर्नुपरेको जानकारी गराउँदै उपकुलपति डा गिरीले स्वास्थ्य बिमाको ५० प्रतिशत रकम अहिले पनि रोकिएको गुनासो गरे । प्रतिष्ठानमा डाक्टर अफ फिलोसोफी (पिएचडी), स्नातकोत्तर, स्नातक र विश्वविद्यालय प्रमाणपत्र कार्यक्रम सञ्चालित छन् । साथै मेडिकल, डेन्टल, नर्सिङ र पब्लिक हेल्थ कलेजसमेत छन् । प्रतिष्ठानमा एउटा ७ सय बढी शय्याको केन्द्रीय शिक्षण अस्पताल रहेको छ ।

अबको १०/१५ वर्षमा लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भयावह बन्ने, यसलाई रोक्न निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताए । ‘लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’ लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताए । ‘लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरू अपराधको पनि वृद्धि गरेको छ । समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागुऔषध छ,’ उनले भने । लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरूरी रहेको भन्दै उनले विद्यालयस्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताए । ‘महाअभियानलाई प्रत्येक जिल्ला, पालिका र टोल, विद्यालय तथा क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौँ भने १०/१५ वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्या छु,’ उनले भने, ‘जुन ढङ्गले लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी १०/१५ वर्षमा भयावहस्थिति ल्याउने अवस्था देखिरहको छु ।’ उनका अनुसार लागुऔषधमुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ । प्रहरीलाई यो महाअभियान देशव्यापी रूपमा लैजान उनले निर्देशन दिए । गृहमन्त्री लेखकले यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक रहेको र यसलाई सबैले अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए । सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उनको भनाइ छ । ‘एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडि पनि लागुऔषध कारक देखिन्छ,’ लेखकले भने, ‘समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागुऔषध र मादक पदार्थ कारकका रूपमा देखापरेकाले समाजका धेरै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण गर्न आवश्यक छ ।’ लागुऔषध नियन्त्रण गर्न सके धेरै अपराधका घटनामा कमी ल्याउन सकिने मन्त्री लेखकको भनाइ छ ।

सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा, ३२ वडामा ६ वटा क्षेत्र निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ । यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा ६ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ । वातावरण विभागको प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक/एक वटा ट्रान्फरस्टेशन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो । यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने छ । हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

१.१६ करोड सहयोगमा बनेको पक्की पुल सञ्चालन, उपहारका नाममा धमाधम सहयोग गर्दै भारतको महावाणिज्य दूतावास

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही-भरवलिया-८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल-भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीना र सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे । भारत सरकारले सो पुल निर्माणका लागि १ करोड ९६ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गराएको हो । महावाणिज्यदूत मीनाले नवनिर्मित आरसिसी पुलले अब भलुही-भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरपालिकासँग सिधा सम्पर्क गर्न सहज हुने बताए । ‘पुल निर्माण भएसँगै स्थानीयवासीको जीविकोपार्जन र यातायातको सहज पहुँच सृजना भएको छ । यहाँका स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माण गरेका हौँ,’ उनले भने । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले पुल बनेसँगै यहाँको जनताको जनजीवनमा थप सहजता प्रदान गर्ने बताए । ‘पहिला पुल नहुँदा र अहिले पुल बनेपछि यहाँका जनताको आर्थिक र सामाजिकलगायत गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सडक र पुलजस्ता पूर्वाधारले अन्य गतिविधिलाई समेत चलायमान बनाउने गर्छ,’ उनले भने । महावाणिज्य दूतावासले नवनिर्मित आरसिसी पुलले अब भलुही-भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरसँग सोझो सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ । सन् २००३ देखि भारतले नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउँदै आइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा ४९३ परियोजना पूरा गरिसकेको छ । यीमध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकारअन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । तीमध्ये ५६ वटा हालसम्म पूरा भइसकेका छन् । यीमध्ये तीनवटा बारामा छन् । भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत विभिन्न संस्थालाई १९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । यीमध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र ४ स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ । महावाणिज्यदूत मीनाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकाले पनि भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताए । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकासजस्ता प्राथमिकता क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रयासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्छ : डा भीम रावल

काठमाडौं । भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका-७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ । राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ,’ उनले भने । देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गरे ।