प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठूलो रकम खर्च गरिरहेका छन् : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आईएनजीओ वा एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको बताएका हुन् । विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तर रुपमा खर्च हुने गरेको तर सरकारले नियमन र नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको स्पष्ट पारे । उनले आफू प्रधानमन्त्री हुँदा यसलाई राज्यको अनुगमन र लेखाप्रणालीभित्र राख्न प्रयास गरेको दाबी गरे । अध्यक्ष दाहालले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा गरे । अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि स्पष्ट पारे । शक्ति राष्ट्रहरूले विश्वभरि नै आफ्नो प्रभुत्व कायम गर्न विभिन्न संघ संस्था निर्माण गर्ने र परिचालन गर्ने गरेको उनले बताए । उनले सबै सामाजिक संघ संस्था त्यस्तै हुन् र सबै एनजीओप्रति उही नीति लिनुपर्छ भन्ने बुझाइ गलत हुने बताए । कतिपय संघ संस्थाहरू विशुद्ध सामाजिक सेवा भावले समेत कार्यरत रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले पार्टी कार्यकर्ताहरूलाई विभिन्न सामाजिक संघसंस्थामा सहभागी हुन र हस्तक्षेप गर्नसमेत निर्देशन दिए
२ अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक : प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थालाई आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि कुल अर्ब ९२ करोड बराबरको लगानी प्रस्ताव खुला गरेको हो । उक्त प्रस्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिष्पर्धात्मक प्रश्ताव पेश गर्न सक्नेछन् । राष्ट्र बैंकले लगानीका लागि 'क' वर्गका वाणिज्य बैंकलाई २ अर्ब ३४ करोड तोकेको छ भने 'ख' वर्गका राष्ट्रियस्तरका विकास बैंक ४३ करोड ६७ लाख र “ग” वर्गका राष्ट्रियस्तरका वित्त कम्पनी १४ करोड ६२ लाख मुद्दति निक्षेपका रुपमा लिन सक्नेछन् । लगानी प्रस्तावका शर्तहरू समेत राष्ट्र बैंकले तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकिएका त्यस्ता सर्तहरुमा प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा यसमा उल्लेख गरिएका सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्ने उल्लेख छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कायम पूँजी न्यूनतम पूँजीको अनुपात बर्फरसहित कायम गरिएको हुनुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एन.पी.एल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । खुद तरल सम्पति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसावअनुसार खुद मुनाफामा रहेको, बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाहीमा परेको भए यस्तो कारवाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए यस्तो कारवाही फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ । राष्ट्र बैंककाअनुसार साउन ११ गतेसम्म विभिन्न कोषहरूमा उपलब्ध रकमलाई राष्ट्र बैंकले लगानी गर्न चाहेको हो । प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा आवश्यक विवरणहरू भरेर इमेलमार्फत पठाउनु पर्नेछ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार प्रस्ताव पेश गर्ने अन्तिम म्याद साउन १५ गते राति १२ बजेसम्मलाई तोकिएको छ । यो लगानी सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनका लागि हुनेछ ।
वर्षाका कारण देशभरका ८ राजमार्ग अवरुद्ध
काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित बेंसीशहर–मनाङ सडकखण्ड छन् । त्यसैगरी, गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
६४ देशमा अध्ययनका लागि १ लाख २३ हजार बढी विद्यार्थीले लिए एनओसी
काठमाडौं । नेपालबाट उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८१ ̷ ८२ मा १ लाख २३ हजार ५ सय ८९ विद्यार्थीले विदेश अध्ययनका लागि अध्ययन अनुमती पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शाखाका अनुसार ६४ देशमा नेपालीहरू अध्ययनका लागि जाने गरेका छन् भने सबैभन्दा धेरै विद्यार्थीले जापान अध्ययनको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्षमा जापानको लागि ३९ हजार ८ सय ४७ जना विद्यार्थीले एनओसी लिएका छन् । यस्तै बेलायतको लागि २७ हजार ४ सय ७५,अष्ट्रेलिया १६ हजार २ सय ७९, यस्तै कोरिया ९ हजार ७ सय ५७, अमेरिका ८ हजार ८ सय ७०,भारत ३ हजार ३ सय ९६ जनाले एनओसी लिएका छन् । यस्तै संयुक्त अरब इम्रेट्स२ हजार ९२, फान्स १ हजार ९ सय ७०,क्यानडा १ हजार ८ सय ९४, फिनल्याण्ड १ हजार ८ सय ५३,न्युजील्याण्ड १ हजार ६ सय ४४, जर्मनी १ हजार १ सय ९८, डेनमार्क १ हजार १ सय ९७ माल्टा १ हजार ५६, चीन ७ सय ७३, थाइल्याण्ड ६ सय १०, साइप्रस ५ सय १,इटाली ४ सय तीन,स्वीडेन २ सय ९७,बंगलादेश २ सय ४४, मलेसिया २ सय ३०,ग्रिस २ सय १६,बहराइन १ सय ७५,अष्ट्रया १ सय ६८, आएरल्याण्ड १ सय ५०, कतार १ सय ४८, स्पेन १ सय ४८, नेदरल्णड १ सय ३१,हंगेरी १ सय १२, फिलिपिन्स ९३, बेल्जियम ८३, लिथुएनियाँ ७२,मेन्टोनोग्रो ६३, किरिगिस्तान ३९, लाट्भिया ३८, रुस ३५, पोल्याण्ड ३२, नर्वे ३१, जर्जिया २९, कुवेत २७, उज्वेकिस्तान २१, दक्षिण अफ्रिका १८, स्कटल्याण्ड १७,स्वीजरल्णड १७, चेक गणराज्य १५, ओमान १५, पाकिस्तान १३, पोर्चुगल १२, सिंगापुर ११, भियतनाम ११, टर्की ९, अल्बानियाँ ८, इजिप्ट ७, रोमानियाँ ७,लक्जेम्बर्ग ६, स्लोभाकिया ५, बुल्गोरिया ४, स्टोनिया ४, साउदिअरेबीया ४,स्लोवेनिया ४, आइसल्याण्ड २ र मेक्सिको १, क्रोएसिया १, गायना गरी १ लाख २३ हजार ५ सय ८९ जना विद्यार्थी विदेशीएका छन् ।
इराकमा अत्याधिक गर्मी : १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम
काठमाडौं । इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ । बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको छ भने किर्कुक, सलाहुद्दीन, दियाला, करबला, बाबिल, नजफ, दिवानियाह र मुथन्ना प्रान्तमा ५० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । संगठनले मानिसहरूलाई अत्यधिक गर्मीको समयमा प्रत्यक्ष घामको सम्पर्क र बाहिरी कामबाट बच्न आग्रह गरेको छ । इराकमा नियमित रूपमा गर्मी बढेको छ । जहाँ तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी हुन्छ ।
टेस्लालाई टक्कर दिने तयारीमा वेइमो
काठमाडौं । अल्फाबेटको स्वामित्वमा रहेको वेइमोले सन् २०२६ मा अमेरिकाको ड्यालास सहरमा आफ्नो स्वचालित राइड–हेलिङ सेवा सुरु गर्ने घोषणा गरेको छ । यो सेवा सुरुवातसँगै वेइमोले अमेरिकाभर आफ्नो विस्तारलाई तीव्र बनाउँदैछ । यसैबीच विद्युतीय सवारी निर्माता टेस्लाले पनि हालै सुरु गरेको रोबोट्याक्सी व्यवसायलाई बढावा दिइरहेको छ । वर्षौंको मेहनतपछि वेइमोले पछिल्ला दिनमा आफ्नो सेवा विस्तार तीव्र बनाएको छ । उसले विभिन्न सवारी सेवा प्लेटफर्महरू र फ्लीट अपरेटरहरूसँग साझेदारी गरी नयाँ सहरहरूमा सेवा सुरु गरिरहेको छ । ड्यालासमा वेइमोले कार भाडामा दिने कम्पनी एभिस बजेट ग्रुपसँग बहुवर्षीय साझेदारीमा सेवा सञ्चालन गर्नेछ । यो साझेदार कम्पनीले फ्लीट सञ्चालन, मर्मत र डिपो पूर्वाधार व्यवस्थापन गर्नेछ । वेइमोले एक ब्लग पोस्टमार्फत यो जानकारी दिएको हो । हाल वेइमोले फिनिक्स, सान फ्रान्सिस्को, लस एन्जलस र अस्टिनजस्ता सहरहरूमा करिब १ हजार ५०० सवारीसाधनमार्फत हप्तामा २.५ लाखभन्दा बढी सशुल्क यात्रा सेवा दिइरहेको छ । टेस्लाले करिब दर्जनजति मोडेल वाई एसयूभीहरूमा अगाडि सिटमा मानव सुरक्षाकर्मी राखेर सीमित परीक्षण सुरु गर्नु केही महिनाअघि नै वेइमोले अस्टिन सहरमा केवल उबर प्लेटफर्ममार्फत सेवा सुरु गरेको थियो । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीले छिट्टै अन्य अमेरिकी सहरहरूमा पनि रोबोट्याक्सी सेवा विस्तार गर्ने योजना बनाएको बताएका छन् । यसका लागि टेस्लाले क्यालिफोर्निया, नेभाडा, फ्लोरिडा र एरिजोनाबाट नियामक स्वीकृति लिने प्रयास गरिरहेको छ । स्वचालित सवारी साधनलाई व्यवसायिक रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको छ । जेनरल मोटर्सको क्रूज जस्ता केही कम्पनीहरूले दुर्घटना, रिकोल र संघीय अनुसन्धानपछि सेवा बन्द गरिसकेका छन् । अमेजनको समर्थन प्राप्त जुक्स ती थोरै कम्पनीहरूमध्ये एक हो जुन अझै सञ्चालनमा छ र यसै वर्षको अन्त्यसम्म व्यावसायिक सेवा सुरु गर्ने तयारीमा छ । टेस्लाले अस्टिनमा सुरु गरेको परीक्षणभन्दा अगाडि वेइमो मात्र यस्तो कम्पनी थियो जसले अमेरिका भित्र सशुल्क चालकविहीन ट्याक्सी सेवा सञ्चालन गरिरहेको थियो । वेइमोको सेवा वेइमो मोबाइल एपमार्फत उपलब्ध हुनेछ । कम्पनीले सन् २०२६ भित्र मियामी र वाशिङ्टन डीसीमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । यो साझेदारी एभिसको दीर्घकालीन रणनीतिअन्तर्गत पारम्परिक कार भाडा सेवा कम्पनीबाट मोबिलिटी सेवा प्रदायकमा रूपान्तरण गर्ने योजनाको हिस्सा हो ।
न्युयोर्कमा गोलीकाण्ड : चार जनाको मृत्यु, संदिग्ध आक्रमणकारीको तस्बिर सार्वजनिक
न्युयोर्क, अमेरिका । न्युयोर्क सहरमा भएको एक भीषण गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार यो घटनामा पाँच जनालाई गोली लागेको थियो, जसमा चार जनाको ज्यान गएको पुष्टि भएको छ। मेयर एडम्सले जानकारी दिएका अनुसार मृतकमध्ये एक जना न्युयोर्क प्रहरी विभागका अधिकारी समेत छन् । यसअघि उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भनेका थिए, ’घटनास्थलमा धेरै मानिसहरू घाइते भएका छन् । जो भवनभित्र हुनुहुन्छ, कृपया बाहिर ननिस्कनुहोस् । प्रहरी टोलीले भवनका सबै तला छानबिन गरिरहेको छ ।’ सीबीएस न्यूजले दुई जना सुरक्षास्रोतको हवाला दिँदै जनाएको छ कि घटनामा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ । रिपोर्टअनुसार, गोली लागेका प्रहरी अधिकारीहरू ड्युटीमा नरहे पनि सो भवनमा सुरक्षाकर्मीको रूपमा कार्यरत थिए । यस घटनामा दुई जना सर्वसाधारणलाई पनि गोली लागेको बताइएको छ । तीमध्ये एक अधिकारीको मृत्यु भइसकेको छ भने बाँकी एक जना गम्भीर अवस्थामा रहेका छन् । संदिग्धको पहिचान न्युयोर्क प्रहरी स्रोतका अनुसार आक्रमणकारीको पहिचान शेन डी. टमुराको रूपमा गरिएको छ । यद्यपि प्रहरीले औपचारिक रूपमा यसको पुष्टि गरिसकेको छैन । तर सीबीएस न्यूजलगायत विभिन्न अमेरिकी मिडियाहरूले आक्रमणकारीको नाम शेन डी. टमुरा नै उल्लेख गरेका छन् । सीबीएस न्यूजका अनुसार भवनको सीसीटीभी फुटेजमा संदिग्ध आक्रमणकारीको तस्बिर स्पष्ट रूपमा देखिएको छ । पुलिसले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ ।
‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए । 'गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ', उनले भने, 'वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।'