सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित
नयाँदिल्ली (भारत), २ असोज । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन । सामान्य अवस्थादेखि राजनीतिक परिवर्तनका कारण उतारचढाव हुने नेपाल–भारत सम्बन्धमा संविधानसभाबाट संविधान घोषणापछि अविश्वासको दूरी बढेको थियो । यसरी सम्बन्धमा उतारचढाव आए पनि भारत नेपालको अनन्य मित्र नै हो । ऐतिहासिक, राजनीतिक, सांस्कृतिक एवम् धार्मिक रुपमा दुई देश धेरै नजिक छन् । त्यसैगरी जनस्तरमा पनि गहिरो सम्बन्ध गाँसिएको छ । यस्ता सम्बन्धलाई सुमधुर बनाइराख्न पनि आपसमा भएका तीता मीठा कुरा आदानप्रदान गर्न अत्यन्त जरुरी हुन्छ । तिनै धरातलमा रहेर प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण सक्काए । उनले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिए । उनले कुनै नयाँ सम्झौतामा हस्ताक्षर गरेनन । यसले पनि यस भ्रमणलाई आपसी सद्भावमा सीमित राखेको प्रतिनिधिमण्डलमा रहेका सदस्यको भनाइ छ । भ्रमणको समीक्षा गर्दैै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका भन्छन– “यसपटक प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुभएको छ । यसले आगामी दिनमा विश्वासको वातावरण सिर्जना गर्छ भन्ने मैले विश्वास लिएको छु ।” भ्रमणकैबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने–“भारतीय प्रधानमन्त्री मोदी र मेरो खुलेर दिलदेखि कुरा भएको छ, यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ, यसले विश्वासको वातावरण सिर्जना गरेको छ ।” भदौ ३० गते नेपाल आउनुभएका प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विहारका मुख्यमन्त्री नितेश कुमार, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, ऊर्जा राज्यमन्त्री पियुस गोयल, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलगायतसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले आफ्ना धारणा स्पष्ट राखेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनले भने–“विभिन्न तहमा भएका वार्ता र छलफलले दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसले आपसी सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ । मन्त्री महतका अनुसार सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो त्यो पूरा भयो । राजनीतिक सम्बन्ध मजबुत प्रधानमन्त्री दाहाल भारत भ्रमणमा आएलगत्तै लामो समयदेखि यहाँ बस्दै आएका प्रवासी नेपाली, यहाँका राजनीतिक दल एवम् नेतासँग भेटघाट गरे । अधिकांश राजनीतिक भेटघाट यहाँस्थित नेपाली दूतावासमा नै भएको थियो । मुख्यमन्त्री नितेस कुमार प्रधानमन्त्री दाहाललाई भेट्न नेपाली दूतावास पुगेका थिए । राजदूतावासमा प्रधानमन्त्री दाहालसँग नेसनललिस्ट कँग्रेसका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, जनता युनाइटेडका नेता शरद यादवलगायतका नेताले भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप माथि उठाउने प्रतिबद्धता जनाए । उनीहरुले राजनीतिक एवम् जनस्तरबाटै दुई देशबीचको सम्बन्धलाई माथि उठाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । उनले भने– “प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउन सफल भएको छ । सम्बन्ध मजबुत भएको छ ।” लगानीका लागि भारतीय उद्योगी उत्साहित त्यसैगरी प्रधानमन्त्री दाहालले भ्रमणका सिलसिलामा नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योगीको संस्था कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उद्योगी व्यवसायीलाई विश्वास दिलाएको अध्यक्ष मुरारकाको भनाइ छ । भ्रमणका क्रममा रहेका नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले छलफलका क्रममा सकारात्मक हुन सक्ने अवस्था देखिएको बताउँदै त्यसले आगामी दिनमा नेपालमा लगानीको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे । उनले भनाइ र गराईमा फरक नआए साँच्चै नेपाललाई परिवर्तन गर्न सकिने बताए । अन्तक्र्रियाका क्रममा भारतीय उद्योगीका संस्था एफआइसिसिआइका अध्यक्ष सञ्जीव पुरीले लगानीका लागि अवसर भए पनि वातावरणले असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले प्रधानमन्त्रीको भारत भ्रमणले भारतीय लगानीकर्तालाई उत्साहित बनाएको धारणा राखे । रासस
अप्रिलीआको दशै तिहार अनविलिभेवल अफर
काठमाडौं, १ असोज । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले दशैं तिहारलाई लक्षित गरि ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा १४ हजार तथा अप्रिलिआको ईटिएक्स बाइक खरिद गर्दा १८ हजार रुपैंयाँ छुट प्राप्त गर्नेछन् । योजना अन्तर्गत नै प्रत्येक अप्रिलिआ बाईकको खरिदमा ग्राहकलाई ३ हजार पर्ने एउटा हेल्मेट समेत उपहार प्रदान गरिने छ । हाल अप्रिलिआ एसटिएक्सको बजार मुल्य २ लाख ७९ हजार रुपैंयाँ छ भने अप्रिलिआ ईटिएक्सको ३ लाख ५० हजार रहेको छ । चाडबाडलाई मध्यनजर गर्दै कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अफरोडका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनकोे उपत्यकामा सानो गौचरण तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा एक–एक बिक्रि कक्ष रहेको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा सहजै उपलब्ध छ । सन् १९०५ देखि ईटालिको विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेतले बिभिन्न व्यवसायिक रेसिङ्ग प्रतियोगिताहरुमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा उपाधि जितिसकेको छ । जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिआ आरएस ४–१२५ नामक मोटरसाईकल तथा स्कुटर बजारमा ल्याउने भएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ । जे एण्ड जे इन्टरनेशनल छोटो समयमा नै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर विक्रि वितरण गरी टु ह्वीलर सेग्मेन्टमा एक अग्रणी कम्पनीको रुपमा देखा परेको छ । अप्रिलिआका अन्य मोडलहरु ग्राहकको माग अनुसार उपलब्ध गराउन सकिने कुरा आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले जनाएको छ ।
सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुँदै, प्रवद्र्धनका लागि साइकल र्याली सम्पन्न
काठमाडौं, १ असोज । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । एक्स्पोको प्रवद्र्धनका लागि आयोजक सिटिसी मोबाइल बजारले शनिबार बिशाल साइकल र्याली सम्पन्न गरेको छ । दशैँको पुर्व सन्ध्यामा असोज ५ गतेबाट आयोजना गर्न लागिएको मेलाको प्रवद्र्धनका लागि आयोजीत साईकल र्यालीमा २५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए । बिहान ७ बजे सुन्धारास्थित सिटिसी मलबाट सुरु भएको साइकल र्याली त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, किर्तिपुर, चोभार, भैँसेपाटी, नख्खु, जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, शंखमुल, तीनकुने, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, नयाँ बसपार्क, ठमेल, दरबारमार्ग हुँदै पूनः सिटिसी मलमा आईपुगेर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले मोबाइल एक्स्पोको प्रचार सामग्री सजिएका टिसर्ट लगाएका थिए । सामसुङले मुख्य प्रायोजन(टाइटल स्पोन्सर) गरेको मोबाइल एक्स्पो असोजको पहिलो साताबाट सुरु हुनेछ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ । मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सहप्रायोजकमा वन प्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् । धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्सपोको प्रायोजकमासेल्कन मोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ । एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अलवा केहि कम्पनीमार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथैफ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकन कर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ । मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । साइकल र्यालीमा सहभागिले डोनेट गरेको रकम हर्टबिट नामक संस्थालाई हस्तान्तरण गरिएको थियो ।
२८ देशमा आईफोन सेभेन बिक्री सुरु, आईफोन लिनका लागि रातभर लाइन
काठमाडौं, १ असोज। एप्पलले शुक्रवारदेखि विश्वका २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरू गरेको छ । अमेरिका, चीन, अस्ट्रेलिया, जापान र हङकङ समेत २८ देशमा आईफोन सेभेन आइपुगेको हो । यो पटक पनि मानिसहरु आईफोनको नयाँ सेट किन्नका लागि विभिन्न देशका एप्पल स्टोर अगाडि पाल टाँगेर दुई दिन अघिदेखि बसेका छन् । समाचार अनुसार भारत, नेपाल र नेदरल्यान्डबाट मानिसहरु आईफोन किन्न लण्डन पुगेका छन् । तर एप्पल स्टोर अगाडि लामो लाइन लागेर पुगेकाहरु आफ्नो मन पर्ने जेट ब्ल्याक कलर बिकिसकेको खबरले भने निराश भइरहेका छन् । शुक्रवारदेखि २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरु भएको हो । ७ सेप्टेम्बरबाट आईफोन सेभेन र आईफोन सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भएको सेट एप्पलले लन्च गरेको थियो । बिना हेडफोन ज्याकवाला आईफोनको अमेरिकामा मूल्य ६८ हजार सात सयबाट सुरु भएको छ । अमेरिकामा स्टोर बाहिर रातभर उभिएकाहरुलाई भेट्न एप्पलका सीईओ टिम कुक पनि पुगेर उनीहरुको हौसलाको प्रसंशा गरे । चीनको संघाईमा सयौं मानिस स्टोर बाहिर बसिरहेका छन् । उनीहरु कम्तिमा दुईवटा फोन किन्ने हेतुले एप्पल स्टोरबाहिर धर्ना हालेर बसेका हुन् । न्यूयोर्कस्थित फिफ्थ एभेन्यू इलाकामा एप्पल स्टोर बाहिर आईफोन प्रेमीहरु बिहीबार रातिदेखि लाइन लागेर बसेका छन् । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा पनि मानिसहरु चसो मौसमको प्रवाह नगरी आईफोनकै लागि एप्पल स्टोर अगाडिको सडकमा बसेर रात बिताए । वासिङ्गटनमा पनि आईफोनको गजबको क्रैज देखियो । यहाँ पनि मानिसहरु लाइनबाट हट्न तयार छैनन् । टर्की जस्ता देशबाट पनि आईफोन किन्न मानिसहरु अमेरिका पुगेका छ्न । लण्डनमा वर्षातका बाबजुत आईफोन प्रेमीको जोशमा कमी देखिएको छैन । मानिसहरु साप्ताहिक विदामा रमाउन छाडेर एप्पल स्टोर बाहिर उभिएका छन् । यहाँ ४९ वर्षीया पोल ड्यु बफलाई आईफोनको पहिलो सेट मिलेको छ । एजेन्सीको सहयोगमा
सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !
काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ। कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्। ३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ। साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्। साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
आजदेखि देशभर सुपथ मूल्यका पसल सञ्चालनमा, उपभोक्तालाई केहि छुट
काठमाडौं, १ असोज । सरकारले शनिबारदेखि दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। आजदेखि खुल्ने यी पसल कात्तिक २१ गतेसम्म चल्ने जनाइएको छ। साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ। सुपथ मूल्को पसलको उद्घाटन आपूर्तिमन्त्री दीपक बोहोराले सिंहदरबार परिसको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसलबाट गरे। समानमा छुटको व्यवस्था सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । चिनीमा ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा भएको छ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ । त्योबाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ । राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराएको छ । खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूलयमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ । राजधानीमा ११ वटा सुफत पसल, उपत्यका बाहिर पनि सञ्चालनमा राजधानीका थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । यो बाहेक उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्याउने व्यवस्था गरिएको छ । त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ग, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । मागअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पनि जिल्लाहरुका सुपथ मूल्यको पसल चलाउने आपूर्ति मन्त्रालयले जनाएको छ । माग भएमा साल्ट टे्रेडिङ कर्पोरेशनका अञ्चल कार्यालयमार्फत जिल्लामा सुपथ मूल्यका सामग्री आपूर्तिको व्यवस्था गरिएको छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने विषयमा नेपाल चेम्वर र एशोचामबीच समझदारी
काठमाडौं, १ असोज । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले भएको समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गर्नु भएको हो । समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्बन्ध अभिवृद्धि भई समग्र नेपाल र भारतबीचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत उपस्थिति रहेको थियो ।
१० लाख रुपैयाँमा कम्पनीको ब्राण्ड एम्बेसडर बन्छुः राजेश हमाल
हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ? ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ । अहिलेसम्म कति समय दिनुभयो होला कर्पाेरेट क्षेत्रलाई ? मुलभूत समय चलचित्र क्षेत्रकै लागि दिएको छु । त्यसपछि केहि समय कर्पाेरेट क्षेत्रले पाएको छ । मैले विज्ञापनमा मात्रै होइन सामाजिक अभियानलाई पनि समय दिएको छु । गृह मन्त्रालयको लागु औषध दुव्र्यसनी विरुद्धको अभियानदेखि डब्लुडब्लुएफको बन्य जन्तु जोगाउने अभियान होस् वा अन्य महत्वपूर्ण सामाजिक अभियानका लागि पनि मैले समय दिएको छु र मेहनत पनि गरेको छ । कर्पाेरेट सेक्टरका लागि पनि एकदेखि दुई बर्षको सम्झौता गर्छु । दुई बर्षपछि निरन्तरता दिनुहुन्न ? यो नितान्त व्यवसायिक पक्ष भएकाले कम्पनीसँगको सम्बन्ध र आवश्यकतालाई हेरेर सम्झौता नविकरण गर्छु । सबै भन्दा लामो समय दिएको ब्राण्ड कुन हो ? नेपाः टप कम्पनीलाई सबै भन्दा धेरै समय दिएको छु । यो कम्पनीसँग म लामो समयदेखि जोडिँदै आएको छु । नेपाः टप सब ठिकठाक कम्पनीसँगको एग्रिमेन्ट पुरानो हो र त्यो अझै कायमै छ । कहिले काँही भने केहि प्रडक्टहरुले मेरा लागि दर्शकसँग नजिकिने अवसर पनि दिएका छन् । सन २००४ मा टुपिएम चाउचाउको अभियान थियो । स्क्र्याच गरेर पैसा पाउने व्यवस्था थियो । जो जसलाई पुरस्कार पर्ने हो तिनै गाउँघरमा पुगेर पुरस्कृत गर्नुपर्ने व्यवस्था थियो । त्यसक्रममा म देशभर घुमेको थिए । जुम्ला, हुम्ला पुगेर दर्शकलाई पुरस्कृत गरेको थिएँ । रमपमले पनि यस्तै योजना ल्याएको थियो । मुलुक द्धन्द्धमा फसेका बेला पनि म कलाकारका रुपमा देशभर घुम्न पाएँ । कसैले पनि रोकतोक गरेनन् । राजनीतिले फुटाएको समाजलाई कलाकारिताले जोड्ने रहेछ भन्ने अनुभव पनि त्यसैबेला गर्न पाएको थिए । कुन ब्राण्डको एम्बेसडर बन्ने र कुन ब्राण्डको नबन्ने भन्ने छनौट कसरी गर्नुहुन्छ ? ब्राण्डको छवि र गुणस्तरमा ध्यान दिन्छु । मैले आफ्नो छवि खराब गरेँ भने पनि ब्राण्डलाई असर गर्छ । ब्राण्डले खराब काम गर्यो भने पनि मेरो छवि बिगार्छ । त्यसकारण ब्राण्ड छान्दा बिशेष ध्यान दिन्छु । सम्झौता गर्ने बेलामै सर्तहरु स्पष्ट पार्ने गरेको छु । सम्झौता अनुसार नभएर समस्या परेका उदाहरण छन् ? ब्राण्डको गुणस्तरमै समस्या त आएको भेटिएको छैन् तर एक पटक पब्लिकमा मैले काम गरेको ब्राण्ड माथि प्रश्न उठेको थियो । गुणस्तरमा म निश्चिन्त थिएँ तर पब्लिकममा गलत सन्देश गएको थियो । कम्पनीको नाम लिनु त्यति उपयुक्त नहोला । तर ब्राण्डका कारण केही समस्या भने आएको थियो । जुन बस्तुको ब्राण्ड एम्बेसडर बन्नुहुन्छ, त्यसको प्रयोग गर्नुहुन्छ ? अधिकांश ब्राण्डका उत्पादनको आफैँ पनि प्रयोग गर्छु । सामान्यतया म चुरोट र रक्सीको विज्ञापनमा खेल्दिन । आफूले प्रमोशन गरेका उत्पादन प्रयोग गर्छु नै । धेरै पहिले चौधरी समुहको साहसी चुरोट र बियरको ब्राण्ड एम्बेसडर बनेको थियो । त्यसपछि रक्सी र चुरोटको विज्ञापनमा खेलिँन । म जुन जुन उत्पादनको विज्ञापनमा खेल्छु ती सामान मैले आफैं पनि प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले राग पानको विज्ञापनमा काम गरेँ । त्यसमा टोबाको छैन भन्ने पुष्टि भएपछि मात्रै काम गरेको थिएँ । चलचित्रमा नायकहरुले काम गर्ने टिम रोज्छन, कर्पाेरेट सेक्टरको काममा चाँँही के हुन्छ ? विज्ञापनमा चाँही उत्पादक वा वितरक कम्पनीले भन्दा पनि विज्ञापन बनाउने कम्पनीले काम गर्नेहरुको छनौट गर्छ । कम्पनीको छबि अनुसार विज्ञापनका लागि पात्र छनौट गर्ने हो । त्यसका लागि सहयोगी टिम पनि त्यसकै आधारमा चयन हुन्छ । मैले खासै यस्तो व्यक्ति ल्याउनुस भनेर भन्ने गरेको छैन् । एनएमबी बैंकको टिभिसीमा हामी त औठा छाप भनिएको छ, आजको दुनियाँमा त्यसले समाजको चित्रण गर्छ ? नेपालमा अझै पनि औठा छाप मात्रै प्रयोग गर्न सक्ने ठुलो समुदाय छ । हामी शिक्षा र विकासमा धेरै अघि बढिसकेका छैनौं । अघि बढ्ने प्रयास जारी छ । अर्काे कुरा भनेको औठा छाप भन्ने शब्द राखेर आम नेपाली मनोविज्ञानलाई समेट्न खोजिएको पनि हो । तपाईँले एनएमबी बैंकमा खाता खोल्नु भयो ? अहिलेसम्म छैन । अब खोल्छु । आफुले ब्राण्ड एम्बेसडर भएर काम गरेको बैंकमा खाता त खोल्नै पर्यो नि । दुई बर्षको सम्झौता गरेको हुँ एनएमबीसँग । एउटै प्रकृतिका दुई ब्राण्डसँग एकै पटक काम गर्नु भएको छ ? म त्यस्तो गर्दिनँ । एउटा चाउ चाउको काम गरेपछि सोही अवधीमा अर्काे चाउचाउ कम्पनीमा काम गर्दिनँ । पहिलो पटक बैंकको काम एनएमबीसँग गर्दैछु । यहि अवधीमा अर्काे बैंकको काम गर्दिनँ । एकै पटक एकै प्रकारका बस्तु तथा सेवाको प्रमोशनमा काम गर्दिन् । अहिले कति वटा कर्पाेरेट हाउमा काम गरिरहनु भएको छ ? म अहिले नेपाः टप, डाबर च्यावनप्रास, लाइफब्याय साबन र अहिले एनएमबी बैंकको काम गरिरहेको छु । राजेश हमाललाई कम्पनीका लागि अफर गर्दा रेट कति छ ? मैले पैसाको रेट भन्दा पनि कम्पनीको भ्याल्यु र रेपुटेशन हेर्ने गरेको छु । कम्पनीको कमर्सियल भ्याल्यु हेर्छु । कमर्सियल इन्ट्रेस्ट भएका कम्पनीमा अलि बढि माग गरिन्छ । सामाजिक उत्तरदायित्वको काममा अलि कम । कतिपयमा निशुल्क काम पनि गरिन्छ । सबै भन्दा धेरै फि लिएको कम्पनी कुन हो ? साधारणतया ८ देखि ११ लाख रुपैंयाँमा काम गर्ने गरेको छु । एनएमबीमा कतिमा काम गर्नुभयो ? मैले भने नि । साधारणतया ८ देखि ११ लाख रुपैयाँ लिन्छु । एनएमबीसँग पनि यसैको हाराहारीमा रहेछ भनेर मान्नुस् । डाबर च्यावनप्रासमा तपाई धेरै देखिनुहुन्छ, सबै भन्दा बढि रकम त त्यसबाटै लिनुहुन्छ होला ? डाबर नेपाल भनेको मल्टिनेशनल कम्पनी हो । त्यसको कमर्सियल भ्याल्यु धेरै छ । नेपाली कम्पनी हो भने त्यसै अनुसार हुने हो । मल्टिनेशनल कम्पनीले त्यसै अनुसार अफर गर्छ । कमर्शियल फिल्म बनाएर देश बिदेशमा देखाउने भनियो भने अलि बढि पैसा लिइन्छ । कला संस्कृतिको जगेर्ना गर्ने हो भन्यो भने त्यसै अनुसार काम गर्ने हो । डब्लुडब्लुएफको काम निःशुल्क गरेको थिएँ । राजेश हमालको नाममा प्यान दर्ता छ ? हामीलाई प्यान लिनु पर्ने व्यवस्था गरिएको छ । तर मैले प्यान लिएको छैन । मैले श्रोतबाटै कर कट्टा गर्ने गरेको छु । हाम्रो आम्दानी मासिक रुपमा हुने होइन । त्यसकारण प्यान नलिएको हुँ । कारोबार गर्दा श्रोतबाट नै कति कर तिर्नु पर्ने हो त्यो कटाउने गरेको छु । सबै भन्दा धेरै कर तिर्ने हिरोमा राजेश हमाल पर्छ ? म सबै भन्दा धेरै कर तिर्ने हिरोमा पर्दिन । हाम्रो कमाई भनेको स्यंवसेवी जस्तै हो । महिनामा यति कमाई हुन्छ भन्ने एकिनै हुँदैन । आफ्नो कुल आम्दानीमा ब्राण्ड एम्बेसडरको हिस्सा कति छ ? मुल आम्दानी चलचित्रबाटै हो । ब्राण्ड एम्बेसडरबाट खासै आम्दानी छैन । जसरी सुरुमा चलचित्रमा कमाई थिएन, त्यसैगरी अहिलेसम्म ब्राण्ड एम्बेसडरमा पनि खासै पैसा छैन् । सुरुमा मलाई पत्रकारले तपाई चलचित्र खेल्नु हुन्छ, खास काम चाँही के गर्नुहुन्छ ? भन्थे । सेयरमा लगानी गर्नु भएको छ ? छैन तपाईको लगानी के केमा छ ? मैले आफ्नो आम्दानी बैंकमा डिपोजिट गर्ने गरेको छु । अन्त कतै लगानी गरेको छैन । नवलपरासीमा केहि पुर्खाैली जमिन छ । त्यसमा खेतिपाती भैरहेको छ । रेगुलर खर्च चाँही कति हुन्छ ? मेरो खर्च त्यति धेरै छैन । साधारण खर्च मात्रै हो । तपाई कुन गाडी चढ्नु हुन्छ ? म किया स्पोर्टी चढ्छु । पछिल्लो दश बर्षदेखि यही गाडी चढिरहेको छु । महानायकले १० बर्षदेखि एउटै गाडी चढ्ने ? म अर्काे गाडी किन चढौं ? म आफ्नो जीवनको मापदण्ड आफैं बनाउँछु । नयाँ गाडी किन्दा अहिलेको गाडीले भन्दा के बढि फाइदा दिन्छ भनेर हेर्छु । मेरो गाडी दैनिक जम्मा ५ देखि १० किलोमिटर मात्रै गुडछ् । अनि किन अर्काे गाडी किन्नु ?