विकासन्युज

जेटीइका दुई स्मार्टफोन बजारमा

काठमाडौं । चिनियाँ मोवाइल उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इ—लाइट नेपालमा भित्रिएका हुन् । यसअघि सो कम्पनीले नेपालमा भित्र्याएको ब्लेड सिक्स, ब्लेड थ्री, ब्लेड डी टु, ब्लेड एल फाइभ प्लस, ब्लेड एल फाइभ र ब्लेड एस सेभेन मोवाइल उत्कृष्ट सावित भएको कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार एक्जन इलाइट स्मार्ट फोन ५.५ इन्चको फुल एचडी डिस्प्ले छ भने १३ मेगा पिक्चल प्राइमरी क्यामेरा र २ मेगा पिक्सल सेकेन्डरी क्यामरा रहेको छ । एन्ड्रोइड ५.०.२ ललिपप भर्सनको यो फोनमा ३ जीबी र्याम र ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । फोनले फोरजी तथा थ्री जी दुबै सर्पोट गर्छ । यसको मुल्य ३३ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ । त्यस्तै अर्को स्मार्ट फोन एक्जन मिनी पनि ५.२ इन्चको फूल एचडी डिस्प्ले छ । फोनमा सेन्सर लक जडान गरिएको छ । यस स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर क्यामेरा र सेल्फीको लागि ८ मेगा पिक्सलको क्यामेरा छ । फोनमा ३ जीबीको र्याम र ३२ जीबीको इन्टरनल स्टोरज क्षमता छ । एन्ड्रोइड ५ं१ं.१ ललिपप भर्सनको फोनमा २८ एमएएच पावरको ब्याट्री छ । यो फोनमा ३२ जीबी इन्टरनल मेमोरीको क्षमता रहेपनि १३२ जीबीसम्म एक्सपान्ड गर्न मिल्नेछ । यो स्मार्टफोनको मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपाल बैकर्स संघकाे अध्यक्षमा अनिल शाह निर्विराेध, अाैपचारिक घाेषणा भाेली

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ। हाल एनएमबी  बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।

एनएमबि माइक्रोफाइनान्सले गर्यो क्षमता अभिबृद्धि तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था क्षमत नयाँ फिल्ड कर्मचारीहरुलाई   क्षमता अभिबृद्धि तालिम दिएको छ । कार्यक्रममो औचित्यमाथि प्रकास पार्दै प्रमूख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले यस वत्तिय क्षेत्रको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रीत रहेको बताए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भएतापनि उनीहरु इमान्दारी, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको कुरा ब्यक्त गरे । लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो । २ दिन सम्म संचालन हुने सो कार्यक्रममा वित्तीय संस्थाको विभिन्नि शाखा कार्यालयहरुमा २१ जना प्रशिक्षार्थीहरुलाई ७ दिनको प्राशिक्षण दिइने छ ।

६ महिना भित्र ११४५० युवालाई रोजगारी उद्योग मन्त्रालयको तयारी

काठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको हो । उद्योग मन्त्री नविन्द्रराज जोशीले ६ महिनाभित्रै सो मात्रामा युवाहरुलाई रोजगारी दिने गरि कार्यक्रम तयार भैरहेको बताए । उनका अनुसार सुरुमा ४५ दिने तालिम सञ्चालन गरिनेछ भने त्यसपछि अर्काे ४५ दिने दोश्रो चरणको तालिम सञ्चालन गरिनेछ । सो तालिममा सहभागीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्नेछन् भने स्वरोजगार बन्न पनि सक्नेछन् । ‘हाम्रो तालिममा सहभागीहरुले सहजै रोजगारी पनि प्राप्त गर्नेछन र स्वरोजगार बन्न पनि सक्नेछन’, मन्त्री जोशीले भने । मन्त्रालयले रोजगार बन्ने भन्दा पनि तालिमपछि स्वरोजगार बनेर अन्यलाई समेत रोजगारी दिन सक्ने गरि उद्यमी तयार पार्ने योजना अघि सारेको पनि उनले बताए । अघिकतम ९० दिनको तालिमका सहभागीहरुलाई भएर तयार पारिएको जनशक्तिका लागि रोजगारीको कुनै पनि अभाव नहुने दावी उनले गरे ।‘तालिम लिएपछि कोहि पनि बेरोजगार बस्नु पर्दैन, जागिर पनि पाइन्छ र आफैं रोजगारदाता पनि बन्न सकिन्छ’,मन्त्री जोशीले भने । तालिममा सहभागीहरुलाई रोजगार दिन सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायी तयार रहेको पनि उनले दावी गरे । तालिम लिएका अधिकांश युवा विदेशीने गरेको विगत सुनाउँदै मन्त्री जोशीले नेपालमै रहने वातावरण समेत सरकारले बनाउने बताए । यी हुन रोजगारी पाइने क्षेत्र मेटल फेब्रिकेशन, नुडल्स, फर्निचर, उनी तथा फेल्ट, नेपाली गलैँचा, प्राकृतिक रेसा तथा हाते कागज, बेमौसमी तरकारी, पुष्प व्यवसाय, कपाल काट्ने, बेकरी तथा दुध प्रसोशन, अल्लो, मिथिला आर्ट, मोबाइल मर्मत, मौरी पालन, ढाकाको कपडा र थाङका लगायतका क्षेत्रको तालिम दिइनेछ ।

नेपाल बैंकको नाफा ह्वात्तै बढ्यो, गतवर्ष भन्दा ७२ करोड बढी

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर वेचेर एक अर्व १८ करोड रुपैयाँ गैर सञ्चालन आमनी गरेको थियो सोही कारण पनि बैंकको खुद आम्दानी बढ्न गएको हो । बैंकको छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ दशमलव २९ मात्र रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ अर्व २२ करोड रुपैयाँ निषैप संकलन गरेको छ भने ६६ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव १० प्रतिशत रहेको छ ।

हिमालयन बैंकको खुद नाफा ४३ करोड ८१ लाख

काठमाडौं, ३० कात्तिक । हिमालयन बैंकले पहिलो त्रैमासमा ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा आर्जक गरेको थियो । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो ।  बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धिका कारण सो नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ९३ अर्व निक्षेप संकलन गरेको छ भने ७२ अर्व कर्जा प्रबाह गरेको छ । बैंकले एक अर्व ३३ करोड व्याज आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकले ४ दशमलव ४० स्प्रेडदर कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्तापुँजी ४ अर्व ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा चुक्ता पुँजी ३ अर्व ३३ करोड रहेको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।

कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि

काठमाडौं, ३० कात्तिक । कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ४ करोड ८६ लाख नाफा कमाएको बैंकले ८ करोड ८८ लाखबढाएर १३ कराेड ७४ लाख रुपैंयाँ नाफा कमाएको हो । बैंकले तीन महिनामा ४० अर्ब निक्षेप संकलन गरेर ३२ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ६७ करोड ब्याज आम्दानी गरेर ४१ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैंयाँ ६४ पैसा रहेको छ । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले कमायो ३५ करोड नाफा

काठमाडौं, ३० कात्तिक । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा जम्मा ४२ लाखले मात्रै बढि हो । गत आवको पहिलो त्रैमासिकमा बैंकले ३४ करोड ५२ लाख नाफा कमाउन सफल भएको थियो । स्ट्याण्र्ड चाटर्ड बैंकले  पहिलो तीन महिनामा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैैंकले ६३ करोड ब्याज आम्दानी गरेर १३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४९ रुपैंयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ २८१ रुपैंयाँ ७१ पैसा रहेको छ ।