विकासन्युज

युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे

काठमाडौं, १८ असोज । युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमोटर शशिकान्त अग्रवालले प्रमोटर सेयरलाई साधारण भनी झुक्याएर विक्री गरेको तथ्य खुलेको छ । उनले आफ्नो नाममा रहेको १७ हजार प्रमोटर सेयरलाई साधारण भनेर झुक्याएर विक्री गरेका हुन् । अग्रवालले यस्तो बद्मासी गरेपछि दोस्रो बजारवाट साधारण सेयर खरिद गरेर खरिदकर्तालाई उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्जले निर्देशन दिएको छ । यसबारेमा बुझ्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन् । अग्रवालले साधारण सेयर भनेर झुक्याएर प्रमोटर सेयर दिएको उजुरी परेपछि नेप्सेले युनाइटेडका अध्यक्षलाई समस्याको समाधान गर्न गत १८ साउनमा निर्देशन दिएको थियो । कम्पनीका अध्यक्षले त्यसको ६० दिनभित्रमा संस्थापक सेयर साधारण गरिसक्ने र समस्याको समाधान गर्ने भनेपनि अझै कार्यान्वयन भएको नेप्सेले जानकारी दिएको छ ।

सर्लाही मालपोतका कर्मचारी १२ लाख घुस सहित पक्राउ

सर्लाही, १८ असोज । जिल्ला मालपोल कार्यालय सर्लाहीका नायव सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित पक्राउ परेका छन । ईश्वरपुर नगरपालिका वडा नं ६ का बासिन्दाको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस दिन लागेको भन्ने विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । महोत्तरीका अख्तियार दुरूपयोग नियन्त्रण आयोगका राजकुमार लम्सालका अनुसार राईले घर जग्गा दर्ता गराए वापत १४ जनाबाट उक्त रकम घुस लिएका थिए ।

प्रत्यक्ष वैदेशिक लगानीमा गर्नेमा चीन सबैभन्दा अगाडि, डेढ महिनामा एक अर्ब १३ करोड लगानीको प्रतिबद्धता

काठमाडौं, १८ असोज । चालू आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा अगाडि चीन अग्रस्थानमा रहेको छ । चालू आवको डेढ महिनामा उद्योग विभागमा दर्ता भएको कुल ६८ उद्योगमध्ये ४४ ओटा चीनबाट प्रतिवद्धता भएका उद्योगहरु छन् । उक्त उद्योगहरूमा २९ करोड ७३ लाख ६० हजार रुपैयाँ चालू पूँजी तथा ८३ करोड ४१ लाख रुपैयाँ स्थिर पूँजी गरी कुल १ अर्ब १३ करोड १४ लाख ६० हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विभागको तथ्याङ्क छ । चीनपछि दोस्रो धेरै वैदेशिक लगानी प्रतिबद्धता आउने मुलुकमा भारत देखिएको छ । भारतबाट हालसम्म सातओटा उद्योगका लागि लगानी प्रतिबद्धता भएको छ । उक्त उद्योगहरूमा ४ करोड ९ लाख ८० हजार रुपैयाँ चालू तथा १२ करोड ८५ लाख ८० हजार रुपैयाँ स्थिर गरी कुल १६ करोड ९५ लाख ६० हजार रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । उक्त रकममध्ये भारत र नेपालको साझेदारीमा पनि केही लगानी भएको छ । सो लगानीमध्ये ११ करोड ७० लाख ५० हजार रुपैयाँ लगानी भारतीय र बाँकी स्वदेशी लगानी हो । त्यस्तै यस अवधिमा प्रत्यक्ष लगानी प्रतिबद्धता आउने मुलुकहरूमा अमेरिका, जापान, बेलायत, जर्मनी, पाकिस्तान, रूस, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड रहेका छन् । उनीहरुको लगानीको हिस्सा यी दुई मुलुककोभन्दा थोरै देखिएपनि उनीहरको उपस्थितिलाई सकारात्मक पक्ष मान्नु पर्ने विभागको भनाइ छ । उद्योग विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानीतर्फ भदौ १५ गतेसम्ममा ६८ ओटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये एउटा ठूलो उद्योग रहेको छ भने बाँकी पाँचओटा मझौला र ६२ ओटा साना उद्योग दर्ता भएका छन् । गएको वर्ष २०७२÷७३ मा वैदेशिक लगानीका ३ हजार ६ सय ७५ उदोगहरुले उद्योग विभागबाट नेपालमा उद्योग सञ्चालन गर्छु भनी स्वीकृत लिएका थिए । ती उद्योगले १ खर्ब ९७ करोड ६४ लाख लगानी गर्ने प्रतिवद्धता जनाएका थिए भने २ लाख १७ हजार ५ सय ५४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरेको विभागले बताएको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रमा चालू आर्थिक वर्षको शुरूको राम्रो देखिएकोले अबका समयमा लगानी बढ्न सक्ने देखिएको अनुमान विभागको छ । ‘आर्थिक वर्षको पहिलो डेढ महीनाको अवधिमा नै भएको लगानी प्रतिबद्धता आधारमा यो अनुमान गर्न सकिन्छ ,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने ‘अघिल्लो आर्थिक वर्षमा भूकम्प, नाकाबन्दी र तराई आन्दोलनका कारण वैदेशिक लगानी प्रतिबद्धता घटेको थियो । ’ यस वर्ष त्यस्तो किसिमको कुनै प्रतिकूलता नदेखिएकाले शुरूको तथ्याङ्कलाई बढ्ने संकेत गरेको हो । वैदेशिक लगानी सहज बनाउन अर्थात बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन आवश्यक कानूनी व्यवस्थाको तयारी भइरहेको न्यौपानेले जानकारी दिए । ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदामा विभागका तर्पmबाट आवश्यक सुझावसमेत मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने, ‘पुस–माघसम्ममा सो ऐन विधेयकका रूपमा पेश हुन्छ होला ।’ वैदेशिक लगानीलाई सरल बनाउने दिशामा विभागले निरन्तर पहल गरिरहेको न्यौपानेको बताए ।

पर्यटन विकास गर्न साझा एजेन्डा आवश्यक छ- सूर्य थापा

प्यूठानमा जन्मिएका र अर्घाखाँचीमा आफ्नो वाल्यकाल विताएका र त्यहीबाट विद्यालय स्तरीय पढाई पूरा गरेका व्यक्ति हुन सूर्य थापा । उच्च शिक्षा अध्ययन गर्ने क्रममा काठमाडौं आएका थापाले लामो समय पत्रकारितामै आफ्नो समय व्यथित गरेका छन् । नेकपा एमालेबाट राजनीति गरिरहेका थापाले राजनीतिसँगै २५ वर्षे यात्रा पत्रकारितामा पनि विताएका छन् । थापाले पाटीको इलाका कमटिदेखि केन्द्रीय कमिटिसम्मको जिम्मेवारी सम्हालेका छन् । अहिले एमालेकै पर्यटन विभागका प्रमुखको जिम्मेवारीमा रहेका थापा नेकपा एमालेको प्रचार क्षेत्रको सहायक जिम्मेवारीमा पनि छन् । उनै थापासँग पर्यटन क्षेत्र र पर्यटकीय विषयसँग केन्द्रित रहेर विकास न्युजले गरिएको अन्तरवार्ता : पर्यटन विभागको प्रमुखको जिम्मेवारी कहिलेबाट सम्हाल्न थाल्नुभएको हो ? पाटीको नवौं महाधिवेशन पछि पर्यटन विभाग गठन भएको हो । विभाग गठन भएपछि पर्यटन विभागको औपचारिक रुपमा जिम्मेवारी पाउँने पहिलो व्यक्ति म नै भए । विसं २०७१ साल चैतदेखि हो । मैले यो जिम्मेवारी सम्हाल्न थालेको नै डेढ वर्ष भएको छ । पर्यटन आर्थिक विकास गर्ने देशको मेरुदण्ड नै भएपनि विभाग गठन गर्न चाहिँ किन ढिलो भयो त ? अरु विभागसँगको तुलनामा यो विभाग गठन गर्न ढिलो भएकै हो । ढिलो गरेर पनि यसले पूर्णता पाएको छ । सदस्यको मनोनयनको काम पनि भैसकेको छ । काठमाडौंसहितका झापा, सोलुखुम्बदेखि मध्यपश्चिमको राराहुँदै सुदुरपश्चिमसम्म नै प्रतिनिधित्व गर्ने गरी सदस्य नियुक्त पनि भएका छन् । हामीले यो विभागलाई जुन मुख्य पर्यटकीय गन्तव्यमा जाँदा पनि विभाग तथा व्यवसायीले प्रतिनिधित्व गरून भनेर नै व्यवस्थित ढंगले पर्यटनलाई अगाडि बढाउन नै २३ सदस्य मनोनयन गरेका छौ । पर्यटनको कमिटि २५ सदस्यीय बनाउने प्रावधान भएकोले अझै दुई जना मनोनयन गर्ने बाँकी छ । विभागको जिम्मेवारीसँगै पर्यटन क्षेत्रमा क्रियाशील भएर पर्यटनलाई बुझ्ने प्रयास गर्नुभएको छ, तपाईको बुझाई पाटीभित्र कत्तिको प्रयोग हुन्छ ? नीति दृष्ट्रिकोण निर्माणमा पर्यटन विभाग अन्तिम रूपमा क्रियाशील हुन्छ । पाटीले बनाउने नीतिमा प्रतिकृया दिने, सुझाव दिने तथा नयाँ प्रस्ताव राख्ने आधिकारीक व्यक्तिको हैसियतले पनि पर्यटन विभागको प्रमुखलाई अधिकार दिइएको छ । मैले जिम्मेवारी लिएपछि मैले गर्ने काम र मेरा सुझावलाई पाटीले पनि कार्यान्वयन गरेर जान्छ । अन्य पाटीले पनि पर्यटन विभाग बनाएका छन्, समन्वय कत्तिको हुन्छ ? विभागको जिम्मेवारी पाएपछि मैले करीब एक महिना अन्य पाटीको पर्यटन विभागलाई भेट्न समय लागेको थियो । नेपाली कांगे्रसको किशोरसिंह राठौर र नेकपा माओवादी केन्द्रले पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरलाई पर्यटन विभागको जिम्मेवारी दिएको रहेछ । पर्यटन विभागको जिम्मेवारी सम्हालेका कारण र यही क्षेत्रमा क्रियाशील हुने भएपछि अन्तर पाटी र निकायसँग समन्वय जरुरी पनि छ । यसैलाई दृष्टिगत गरेर हामीले भूकम्पछिको पर्यटन विकास, पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रित रहेर २६ सुत्रीय साझा एजेन्डा पनि बनाएका छौं । औपचारिक रुपमा यसको हामीले अगुवाई पनि लिएका छौं । यसपछि पर्यटकीय संस्थाको चुनावम एकपछि अर्को सुरु भयो । पर्यटकीय संस्थाको चुनावमा आआफ्नो शक्ति सामथ्र्य र कित्तामा उभ्याउने अभ्यास सुरु भएकोले पनि त्यसैमा लाग्न थालियो । अहिले सबै राजनीतिक दलले पर्यटन क्षेत्रलाई बुझ्न थालिसकेका छन् । पर्यटनमा नीति बनाउँने र कार्यान्वय गरेरै जाने विषयमा पनि साझा एजेन्डामै बहस हुन्छ त ? साझा अवधारण हामीले तीनवटै प्रमुख पाटीको पर्यटन विभाग प्रमुखको हस्ताक्षर गरेर तयार गरेका छौं । यसलाई कार्यान्वयन गर्न तीनवटै पाटी उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ । पर्यटन पाटी विशेषको होइन्, देशकै विकासको विषय हो । पर्यटन सानाबाट मझौला र ठूलो हुँदै घराना बन्नुपर्छ । त्यसो हुनाले कांग्रेस, एमाले, माओवादी किन्न भन्नुपपर्यो? पर्यटन क्षेत्रको विकास गर्ने एजेन्डा त आखिर सबैको एउटै हो । यसैले पर्यटन विकास गर्न साझा एजेन्डामै जानुपर्छ र यसमा बहस पनि गर्नेपर्छ   । पर्यटकीय क्षेत्र बनाउँने प्रवद्र्धन बनाउने विषयमा सक्रियताका साथ प्रमुख राजनीतिक दलको पहल कहिले हुन्छ त ? यसका लागि ठोस पहल गर्नुपर्छ । नेपालको पर्यटनका लागि एयर कटेक्टिभिटी आधारभूत कुरा हुन । चाहे नेपालबाट बाहिर जाँदा होस चाहे नेपाल आउँदा । विश्वकै कुनै पनि कुनामा पुग्न हवाई पहुँच नै सबैभन्दा पहिलो अधारभूत कुरा हो । त्यसपछि पर्यटकीय पदमार्ग र आन्तरिक पर्यटकीय गन्तव्य स्थलको विस्तार पनि पर्यटनको अधारभूत कुरा नै हुन । सबै विषयमा हामीले कमी कमजोरी हटाएर सामूहिक पहल नै गर्नुपर्छ । पर्यटनका बहुआयामिक संभावना खोतलेर जानुपर्छ । अहिलेको पर्यटन मन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको भएपनि उहाँले अगाडि बढाउने एजेन्डामा हाम्रो पाटीसँगको पनि सहमति छ । उसोभए, एउटै निकायबाट अगाडि बढाउने योजना र तथ्यांकनै पाटी अनुसार फरक पर्नुको कारण चाँहि के हो त ? अहिलेसम्मको धानिएको पर्यटन (काठमाडौं, पोखरा र चितवन) गोल्डेन ट्याङ्गल नै हो । हामीले क्लियर कुरा गरेका छौं । यो क्षेत्र बाहेकको वैंकल्पिक क्षेत्रको प्रवद्र्धन हुनुपर्छ । कर्णाली क्षेत्र, पूर्व, पश्चिम तथा सुदुरपश्चिमका गन्तव्यतर्फ पर्यटन लैजानुपर्छ । हामीले चलेका र भएकै गन्तव्यमा भन्दा नयाँ गन्तव्य प्रवद्र्धन गर्नतर्फ लाग्नुपर्छ । पर्यटन बोर्डलाई पनि मैले पश्चिमतर्फको पर्यटनमा केन्द्रित हुनु सुझाव दिने गरेको छु । पर्यटनको बहुआयामिक संभावना खोल्ने कुरा त गर्नुभयो तर व्यवहारिक रुपमा काम चाहिँ कहिले ? हामीले पर्यटनको प्रवद्र्धन र विकास गर्ने मामलामा यस्तो भनेको हौं । हामीले प्रयास पनि गरिरहेका छौं । भर्खरै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि संयुक्त वक्तव्यमा पर्यटन उल्लेख भएर आएको छ । नेपालभित्रै र नेपाल बाहिरको पर्यटनलाई पनि हामीले औल्याएर जानुपर्छ । नेपाल भित्रको आन्तरिक बुद्धिष्ट सर्किट पनि हाम्रो प्राथमिकता हो । कपिलबस्तु, लुम्बनी, रामग्राम, देवदहलगायतका गन्तव्यलाई समेटेर आन्तरिक बुद्धिष्ट सर्किट बनाउँन सक्छौं । बाह्य बुद्धिष्ट सर्किटलाईसमेत जोडेर प्रवद्र्धनको कुरा गर्ने हो भने बोधगया, सारनाथ, कुशीनगरहुँदै लुम्बनी आउने पनि हुन सक्छ । नेपाल भित्रको र बाहिरको पर्यटकीय गन्तव्य तथा बुद्धिष्ट सर्किट प्रवद्र्धन हाम्रो लागि पनि लाभदाय हुनुपर्छ । छोटो समयमा धेरै बुझ्ने प्रयासमा त गर्दै हुनुहुन्छ, यसका लागि पर्यटन प्रवद्र्धनको अभियानमा कहाँ सम्म पुग्नु भयो त ? पाटी र विभिन्न संघसंस्थाले गरेको कार्यक्रममा सहभागि भएका छौं । भूकम्पछिको नेपाल सुरक्षित त भन्ने सन्देश प्रवाह गर्न हामीले बसन्तपुर गएरै नेपाल सुरक्षित भएको सन्देश प्रवाहको प्रयास गरेको थियौ । यो कामलाई हाम्रो पाटीले ठमेलबाट पनि गरेको थियो । पर्यटन प्रवद्र्धनको कार्यक्रमका लागि मेचीकोशी पर्यटन प्रवद्र्धन कार्यक्रम पनि भएको थियो । यसले पर्यटनमा मेची कोशीलाई व्यूझाउँने काम गरेको छ । त्यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । लुम्बीनी, पाल्पा, स्वर्गद्वारी अभियानमा पनि सहभागि भएका छौं । आन्तरिक पर्यटन प्रवद्र्धनको यो कार्यक्रममा म आफैं सहभागि भएर गएको थिए । पोखराबाट पनि हामीले अभियानको थालिनी गरेका थियौ । गाउँ पर्यटनसँग समन्वय गरेर पनि पर्यटन प्रवद्र्धन अभियान संचालन भएको थियो । अहिले बाँके, सुर्खेत, कालिकोट, जुम्लाहुँदै रारासम्मको कार्यक्रममा पनि सहभागि जनाएका छौं । एकपछि अर्को गन्तव्य प्रवद्र्धन गर्ने र त्यसका वस्तुगत असहजता पहिचान गरेर अगाडि बढ्ने चरणमा छौ । पर्यटन व्यवसायीलाई उत्पे्ररणा दिने विषयमा तपाईको भूमिका कस्तो रहन्छ ? पर्यटकीय संस्थामा नेतृत्व प्रदान गर्ने, गाउँ पर्यटन प्रवद्र्धन गर्ने तथा निर्देशिका बनाउँने, पर्यटकीय गन्तव्य प्रवद्र्धनमा प्रतिनिधित्व गर्ने विषयमा पर्यटन व्यवसायीले २४ सै घण्टा मेरो सहयोग पाउँने छन् । पछिल्लो समयमा पाटीमा कुनै पर्यटनको योजना अगाडि बढाउनु भएको छ ? हामीले १० सुत्रीय प्रस्ताव भर्खरै अगाडि सारेका छौं । पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँन पहिलो विषय त पर्यटन विश्वविद्यालय नै हुनुपर्छ भनेर लागि परेका छौं । नेपालको पर्यटनको सम्पूर्ण रुपमा ध्यान केन्द्रित गर्न पनि पर्यटन विश्वविद्यालय आवश्यक छ । पदयात्रा क्षेत्रको विकास गर्न पनि हामीले सहयोग गर्छौ । व्यवसायीले नो ट्रेकिङ विथ आउट गाइड भनेका छन् । मेरो भनाई चाँहि नो टे«किङ विथ आउट एजेन्सी भन्ने हुनुपर्छ । एजेन्सी विना टे«किङ हुनु भनेको जोखिम बढ्नु हो भन्ने मेरो बुझाई हो । सरकारले दर्ता गरेर एजेन्सी संचालन गर्न दिएकोले पनि संस्थागत संग्लग्नता विना पदयात्रा संचलन हुनु भएन र यसलाई सरकारी निकायको नियम तथा मातहतभित्रै राख्नुपर्छ । पर्यटन विश्वविद्यायलको अवधारणा कस्तो हो त ? आर्थिक विकासको महत्वपूर्ण खम्बा पर्यटन हो । कृषि विश्वविद्यालय स्थापना भएको छ । अन्य क्षेत्रका पनि विश्वविद्यायल बनेका छन् । पर्यटनमा पनि यसको आवश्यकता परेको छ । खासगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन विश्वविद्यालयको अध्ययन गरिहेको छ । विभिन्न १४/१५ वटा निजी क्षेत्रका स्वदेशी विदेशी स्तरीय पर्यटन विषय पढाउने कलेज पनि छन् । यसर्थ नेपालमा स्तरीय पर्यटन विद्यविद्यालयको जरुरी छ । सबै पर्यटन विषय पढाइहुने देखि पर्यटनलाई सम्वन्धित अन्य निकायलाई पनि दृष्टिगत गरेर पर्यटन विद्यविद्यालय खोल्नुपर्छ । आवश्यकता भएको भएपनि पर्यटन विश्वविद्यायलको अवधारण अगाडि बढाउनु चाहिँ किन सक्नुभएन ? हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं । हाम्रो पाटी र पर्यटनसँग सम्वन्धित संस्थामार्फत पनि हाम्रो प्रयास जारी रहेको छ । यो विषयलाई अगाडि बढाउने काम पर्यटन विभागकै हो । यसका लागि अन्तरपाटी समन्वय हुन्छ ? पाटीभित्र छलफल गरेर अगाडि बढ्छौ । अन्तर पाटीसँग पनि आवश्यक सल्लाह र छलफल अवश्य पनि गर्छौ । एमाले पाटीभित्र पछिल्लो समय सिमित व्यवसायीको हालीमुहाली भएकोे आरोप छ त ? पहिले पर्यटन क्षेत्रभित्र सर्वसाधारणको पहुँच थिएन । खासगरी दरबार र पञ्चायत व्यवस्थासँग नजिकको हालीमुहाली थियो । २००७ पछि शासनसँग नजिकको हालीमुहाली रह्यो । २०४७ पनि अर्का खालको इलाइटहरुको हालीमुहाली रह्यो । नेकपा एमालेले त सातौं महाधिवेश पछि नै पर्यटनसँग विभिन्न संगठन बनाएको छ । पर्यटन इलाका कमिटि बनाएको छ । आठौं महाशिवेशन पछि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन बनायो र यसमार्फत व्यवसायीलाई संगठित बनायो । नवौं महाधिवेशनपछि पर्यटन विभाग नै बनाएर हस्ताक्षेपकारी भूमिका खेल्ने गरी समग्र प्रक्रियामा संलग्न छ । हाम्रो भनाई राजनीतिकरण भयो भन्ने होइन्, पर्यटनमा पहुँच बढ्यो भन्ने हो । यसर्थ, तपाईले भनेजस्तो व्यवसायीक हालिमुहाली होइन, पर्यटनव्यवसायसम्म हाम्रो पहुँच पुगेको हो भनेर बुझ्नुपर्छ । पर्यटन मन्त्रीको तय एमालेको पाटीले होइन पाटी चलाउँन निर्देश गर्ने व्यवसायीले तय गर्छ भन्ने आरोप पनि छ त ? कतिपयलाई त्यस्तो लाग्छ । कतिपयले हामीले पर्यटन मन्त्री बनाएका छौं भनेर बजारमा चर्चा परिचर्चा गर्ने पनि मैले सुनेको छु । तर, पर्यटन मन्त्री पाटीको प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीले तय गर्ने हो । पाटीको नेतृत्वले तय गर्ने हो । पाटीको प्रधानमन्त्री नहुँदा गठबन्धनको नेतृत्वले पाटीको स्थायी कमिटिले तय गर्ने हो । यसमा व्यवसायी निर्णयक हुने नै होइन । हामी व्यवसायीको २५ वटा कुरा सुन्छौ र दुईवटा मात्रै कार्यान्वयन गर्छौ । त्यसो त एमाले पाटीको कार्यालय नै एउटा व्यवसायीको अफिसमा सारिएको छ । सोही व्यवसायीले पाटी नेतृत्वलाई दबाब दिँदैन भन्न सकिन्छ र ? पासाङ ल्हामुसँग हाम्रो पाटीको अत्यन्तै भावनात्मक संम्बन्ध छ । जननेता मदन भण्डारीले पासाङ ल्हामुलाई सगरमाथा आरोहणमा जाँदा पनि तत्कालिन पाटी कार्यालय वागबजारबाटै शुभकामना दिनुभएको थियो । विडम्बना नै भनौ पासाङ ल्हामु र मदन भण्डारीको शव एकैपटक दशरथ रंगशालामा श्रद्धान्जलीका लागि प्रस्तुत हुने अवस्था रहेको आयो । २०७२ सालको पाटीले भूकम्प पछि निश्चित अवधि तोकेर, बकैदा भाडा तोकेर कार्यालय भाडामा लिएको हो । आवश्यक पर्दा समय बढाउने सर्त पनि राखेर पाटीले पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भाडामा लिएर पाटी अफिस राखेको हो । संयोग नै भन्नुपर्छ प्रतिष्ठानकै अध्यक्ष कृपाशुर शेर्पा पर्यटन मन्त्री हुनुभयो । उहाँ प्रतिष्ठानको अध्यक्ष भएर होइन उहाँ निर्वाचित सभाषद् भएकोले र पाटीले गरेको निर्णयमा पर्नुभएकोले पर्यटन मन्त्री हुनुभएको हो । उहाँ विभिन्न संघ संस्था बुझेको नै व्यक्ति हुनुहुन्थ्यो पनि । त्यसो त नेपाल पर्वतारोण संघ (एनएमए)को पर्वतारोहण रोयल्टी खोसेर पासाङ ल्हामु प्रतिष्ठानलाई दिने असफल खेल किन भो त ? एनएमएले रोयल्टी उठाउने विषयमा वैधानिक व्यवस्था, नीति नियमको व्यवस्था छन् । कृपाशुरले प्रतिष्ठानबाट दिने व्यवस्था गर्न लागेको पनि होइन र हामीले त्यसो नगर्नपनि सुझाएका थियौ । अकस्मात एनएमएको रोयल्टी खोस्ने र सरकारी निकायले नै उठाउने भन्ने निर्णय भयो । त्यो निर्णय असान्दर्भिक र दुःखत पनि थियो । हामीले एनएमएले उठाएको भन्दा बढी रकम मन्त्रालयले उठाएउँन सक्दैन भनेर पनि भनेका थियौ र पछि अदालतले एनएमएकै नाममा कार्यान्वयन गरायो । त्यो घटनालाई सिंगो पाटी र व्यवसायीक घराना नै लाग्यो भनेर भन्नु गलत हो । सिंगो पाटी र उसको मन्त्री नै व्यवसायीक घरानाले संचालन गर्छन भन्ने पनि गलत हो । पाटीको विषय पाटीभित्रैबाट हुन्छ । त्यो व्यवसायीक घराना पनि पाटीभित्रै अटाएको हुन्छ । एमाले पाटीभित्र संस्थागत रुपमै पर्यटन बोर्ड र पर्यटन व्यवसायीसँग मिलेमतो गर्ने र आर्थिक लाभ खोज्ने काम हुन्छ भन्ने आरोप पनि छ नि ? त्यो गलत कुरा हो । विभिन्न क्षेत्रमा पर्यटन क्षेत्रमा सम्वन्धित साथीहरू नै रहेका छन् । कसैले पनि लाभको मनसाय राखेर त्यसरी काम गरेका छैनन् । हामी नीतिगत रुपमा पर्यटन क्षेत्रलाई राम्रो बनाउने अभियानमै हुन्छौ । कतिपय सन्दर्भमा गल्ती कमजोरी भएको अवस्थामा कारवाही पनि गर्छौ । तपाईले भनेजस्तो पाटीलाई कुनै ६० वा ४० को अनुपातमा कमिशन चाहिएको छैन । त्यसो हुन पनि दिँदैन । पर्यटनको विभिन्न नीति नियम संशोधन गर्ने विषयमा एमालेले सहयोग किन गरेको छैन ? पर्यटनको तथा पर्यटकीय संस्थाको ऐन नियम र निर्देशिका समय सान्र्दभिक नै हुनुपर्छ । धेरै चिज पुर्नव्यवस्थित हुनुपर्छ । कतिपय विषयमा हामी मस्यौदा बनाउन पनि आफैं तयार छौ । धेरै चिज पुर्नव्यवस्थित गर्नु जरुरी छ । समय सान्दिर्भिक रुपमा नीति नियम बनाउने र संशोधन गर्नुपर्छ । त्यसमा हाम्रो पाटीको पूरै साथ र सहयोग छ । एमालेले पर्यटन परिषद्को बैंठक त गराउँछ तर यसका निर्णय कार्यान्वयन नै गराउँन सक्दैन भन्ने आरोप पनि छ नि ? यसमा उच्चस्तरिय पर्यटन परिषद् प्रधानमन्त्रीको, पर्यटन विकास समन्वय समिति पर्यटन मन्त्रीको र पर्यटन प्रवद्र्धन तथा घुमफिर वर्ष समिति पर्यटन सचिवको अध्यक्षतामा रहेको छ । पर्यटन नीति २०६५ अनुसार भएको यो समिति बनेको छ । नीतिगत मार्गनिर्देशक गर्ने र कार्यान्वयन गराउँने काम हाम्रो पाटीले गराएको छ । उच्चस्तरीय पर्यटन परिषद्को बैंठक पनि दुबैपटक एमालेकै नेतृत्व हुँदा मात्रै भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको समितिलाई अरु पाटीलाई पनि काम गर्न कसैले रोकेको छैन । सातै वटा प्रदेशमा कम्तिमा तीन र केन्द्रमा थप चार गरेर २५ वटा पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अभियानलाई हामीले नै अगाडि बढाएका छौं ।

७७ प्रतिशत भूकम्प पीडितले पाए घर बनाउन ५० हजार, यस्तो छ ११ जील्लाको विवरण

काठमाडठौं, १८ असोज । ७७ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राधिकरण परामर्श समितिमा पेश गरेको प्रगति विवरण अनुसार ७७ प्रतिशत भूकम्प पीडित अर्थात ४ लाख ९ हजार ५ सय ९२ परिवारको बैंक खातामा निजी आवास निर्माणका लागि ५० हजार रुपैंया उपलब्ध गराइएको हो । १२ जील्लाका ५ लाख ३३ हजार १ सय ८२ घरधुरीलाई लाभग्राहीको सूचिमा राखिएको छ । तीमध्ये ४ लाख ५८ हजार ३ सय ७६ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । अनुदान सम्झौता गरेको एक हप्ताभित्र लाभग्राहीको बैंक खातामा रकम जम्मा गराउने व्यवस्था रहेको छ । १२ जिल्लाका ८९ प्रतिशत भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता भैसकेको पनि प्राधिकरणले जनाएको छ । सबै भन्दा धेरै सिन्धुपाल्चोकका ७२ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माणका लागि ५० हजार पाइसकेका छन भने ललितपुरका एक जनाको बैंक खातामा पनि रकम जम्मा भएको छैन् । प्राधिकरणका सिइओले प्रस्तुत गरेको विवरण अनुसार ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ । कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।

एकै दिन ८४ हजार चेक क्लियरिङमा, खातामा पैसा आउन ५ दिनसम्म लाग्न थाल्यो

काठमाडौं, १८ असोज । दशैको मुखका बैंकिङ कारोवार अत्याधिक बढ्दा चेक क्लियरेन्समा समस्या उत्पन्न भएको छ । सामान्य अवस्थामा सोही दिन वा भोलिपटसम्ममा चेक क्लियरेन्स हुने गरेकोमा अहिले ५ दिनसम्म पनि चेक क्लियरेन्स नभएको हो । यसअघि शुक्रवार बाहेक कार्यालय खुलेको दिन १ बजे अघि क्लियरेन्समा पठाएको चेक सोही दिन क्लियरेन्स हुने गरेको थियो । यस्तै १ बजेपछि क्लियरेन्समा पठाएको चेक भोलिपल्ट सम्बन्धित खातावालाको खातामा जम्मा हुने गरेको थियो । तर अहिले ५ दिनसम्म पनि चेक क्लियरेन्स नभएर ढिला हुन थालेको छ । दशैको समयमा एकै दिन अत्याधिक चेक क्लियरेन्समा आउने गरेको नेपाल क्लियरिङ हाउस (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेससिंह मान प्रधानले जानकारी दिए । अहिले एकै दिनमा ८४ हजारसम्म चेक क्लियरेन्सको लागि आएको र सवै चेक क्लियरिङ भएको उनको भनाइ छ । दैनिक औसतमा ३७ हजार चेक क्लियरेन्सको लागि आउने गरेका एनसिएचएलले जानकारी दिएको छ । गत १६ असोजमा एकै दिन ८४ हजार तथा १७ असोजमा ६० हजार चेक क्लियरेन्सको लागि आएको प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । चेकको संख्या अत्याधिक बढी आएपनि एनसिएचएलमा क्लियरिङमा समस्या नभएको प्रधानको भनाइ छ । उनले दैनिक १ लाख ५० हजारसम्म चेक क्लियरेन्स गर्ने क्षमता एनसिएचएलको रहेको पनि जानकारी दिए । तर बैंकमा नगद राख्ने र झिक्ने तथा नयाँ नोट साट्ने भिड अत्याधिक बढेका कारण बैंकहरु आफैले चेक क्लियरेन्समा पठाउन ढिलाइ भएको कारण सर्वसाधारणलाई समस्या भएको बताइएको छ । चेकको संख्या अत्याधिक भएपछि बैंकहरुवाट क्लियरिङमा पठाउनै ढिलाइ भएको हो ।

सोट्टो नेपालद्वारा एक सातासम्मको रारा प्याकेज सार्वजनिक, स्थलमार्गबाट २२ हजार र हवाई मार्गबाट ३८ हजार लाग्ने

काठमाडौं । सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले रारा पर्यटनको प्याकेज सार्वजनिक गरेको छ । सो सोट्टोले स्थालमार्गबाट तथा हवाई मार्गबाट मुगु जिल्लाको पर्यटकीय गन्तव्य रारा पुग्ने प्योकज सार्वजनिक गरेको हो । सोट्टो नेपालले गत असोज पहिलो साता गरेको काठमाडौंबाट बाँकेको गाभर भ्याली, सुर्खेत, कालिकोट, जुम्लाहुँदै रारासम्मको स्थलगत अध्ययन भ्रमण गरेको थियो ।  सोही भ्रमणपछि पर्यटकीय प्योकज नै सार्वजनिक गरेको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । सोट्टाले सार्वजनिक गरेको टुर प्योज अनुसार हवाइजहाजमार्फत हुने यात्राका लागि चार दिने प्याकेज सार्वजनिक गरेको छ । यस्तो यात्राका लागि काठमाडौंबाट नेपालगन्ज पुग्ने र गाभरभ्यालीमा एक रात बसेर हवाई मार्गबाटै मुगुको चाल्चा विमानस्थलसम्म पुग्ने उल्लेख छ । यो यात्रामा दोस्रो दिन नै रारा पुगिने छ । रारामा एक रात बस्ने तेस्रो दिन फर्केर नेपालगन्ज हुँदै काठामाडौं आउने प्याकेजको जम्मा ३८ देखि ४० हजार रुपैयाँ तय गरेको छ । स्थलमार्गबाट जाने पर्यटकको हकमा भने काठमाडौंबाट बाँकेको गाभर भ्याली पहिलो दिनेको यात्रा तय गरेको छ । दोस्रो दिन सुर्खेत दैलेख हुँदै कालिकोट, तेस्रो दिन, कालिकोटबाट जुम्ला, चौथो दिन जुम्लाबाट मुगुको रारातालको यात्रा गर्न सकिने प्याकेज सार्वजनिक भएको छ । पाँचौ दिन राराबाट सोही रुट फर्कने गरी आठ दिनको प्याकेज बनाएको सोट्टो नेपालले बताएको छ । स्थलमार्गको प्याकेजका लागि भने ६ जनाको समूहका लागि प्रतिव्यक्ति २२ देखि २५ हजार रुपैयाँको प्याकेज तय गरेको उल्लेख छ । स्थलमार्गबाट ग्रामिण जीवनको अध्ययन गर्दै रारा जाने उपयुक्त अवसर हुने पनि सोट्टोको भनाइ छ ।

नयाँ नोट पाउनै सास्ती, सर्वधारणले विहानैदेखि लाइनमा

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ । सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् । अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि राष्ट्र बैंकमा भिड बढ्न थालेको छ । राष्ट्र बैंकले आइतबार र सोमबार मात्रै करिब ७० अर्ब रुपैयाँ नयाा नोट साटेको छ । मंगलबार पनि विहानैदेखि सर्वसाधारणको लाइन लागेको छ ।