शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना समाप्त
काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत, शिवमले आफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी(गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो । भदौ १५ देखि कार्तिक २६ सम्म लागू गरिएको योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवर्द्धक सहभागिता जनाएका थिए । आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले गरेको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्टमध्ये एक हो । सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
शुक्रबार मात्रै १३ लाख कित्ता बोनस र २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २६ कात्तिक । शुक्रबार मात्रै १३ लाख ६९ हजार ५६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन २० लाख २९ हजार ४६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । भक्तपुर फाइनान्स कम्पनीको १ लाख १० हजार कित्ता र बाग्मती डेभलपमेन्ट बैंकको ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख ५९ हजार ५६५ कित्ता, कर्नाली डेभलपमेन्ट बैंकको २ लाख कित्ता र नेपाल कम्यूनिट डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल कम्यूनिट डेभलपमेन्ट बैंककै १० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । हकप्रद सेयरमा बुटवल पावर कम्पनीको एक लाख ८८ हजार ९३० कित्ता, सानिमा बैंकको एक लाख ६८ हजार ५३२ कित्ता र सिर्जना फाइनान्सको ६ लाख ७२ कित्ता सेयर नप्सेमा सूचिकृत भएको छ ।
निर्माण सामाग्रीको उत्पादनकर्ता गोरखा इको प्यानललाई आइएसओ चिन्ह प्राप्त
काठमाडौं, २५ कात्तिक । नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रा.लिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने वाहिरी गाह्रो र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको छ । भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् । गोरखा इको प्यानल दुई साइडमा ननएस्वेष्टस् क्याल्सियम सिल्केट वोर्ड र भित्र सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिवको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । उनका अनुसार यसको जोडाईमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालू राम्रो हुन्छ । टंग एण्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमदारा गरिन्छ । यसको जडान मजबुद हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयि उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । सीईओ दुवालका अनुसार यो उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याब भन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ । सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल वनाउन सफल भएको छ । प्रिफ्याव भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको बुझाई छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । वढ्दो मागलाई ध्यान दिंदै कम्पनीले निकट भविप्यमै देशका विभिन्न भागमा फयाक्टी विस्तार गर्ने योजना राखेको छ ।
आन्दोलनको लागि तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन
काठमाडौं, २६ कात्तिक । औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनलगायतका विषयमा मजदुरहरुको अधिकार कटौती हुनेगरी ल्याइएको ऐनको प्रस्तावका विरुद्ध नेकपा एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले कडा आन्दोलनको तयारी गर्ने भएको छ । सरकारले मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुरमारा गतिबिधि अगाडि बढाउने खोजेको भन्दै निर्णय नसच्याए आगामी मे १ देखि आन्दोलनको आंधिबेहरी र हुण्डरी मच्चाउने गरि जिफन्टले आन्दोलनको तयारी गर्ने भएको हो । जिफन्ट प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले मजदुरलाइ कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन निर्देशन दिएका हुन् । उनले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्ने क्रममा सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन आग्रह गरे । सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयारी भईरहेको जानकारी दिंदै रिमालले भने– ‘छिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं ।’ कार्यक्रममा जिफन्ट महासचिव विष्णु लम्सालले मजदुरमाथि हुने शोषणबारे नेता कार्यकर्तालाई चुप भएर बस्न नदिने र तल्लोभन्दा तल्लो स्तरसम्म दबाबमूलक कार्यक्रमको शुभारम्भ गरिएको बताए । जिफन्ट उपमहासचिव एवं प्रदेश नं ३ का संयोजक जनक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रममा ३ सय २० प्रतिष्ठानका १ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । जसले १५ लाख श्रमशक्तिको प्रतिनिधित्व गर्ने कार्यक्रममा जानकारी दिइयो । यस्तो छ मजदुर आन्दोलनको एजेण्डाः जिफण्टले तयारी गरेको आन्दोलनको एजेण्डामा सबै स्थानमा ट्रेड युनियन गठन भए नभएको हिसाब गर्ने, न्यूनत्तम पारिश्रमिकको व्यवस्था भए नभएको हिसाब गर्ने, कतिपय उद्योगमा सामुहिक सौदाबाजी हुन नदिईएकोमा त्यसको लेखाजोखा राख्ने, कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था छ, त्यो भएको छ कि छैन हेर्ने, व्यवसायीहरुले राज्यले तोकेको र कानुनले तोकेको व्यवसायजन्य सुरक्षाहरु व्यवस्थित गरिएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने लगायत ६ बुँदा समेटीएको छ ।
ज्योति विकास बैंकको नाफा ४ करोड रुपैयाँ, गत वर्षभन्दा १५७ प्रतिशतले वृद्धि
काठमाडौं, २६ कात्तिक । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफामा ४ करोड ३५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ सय ५७ दशमलव ०२ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले जगेडा कोषमा ३० करोड ७२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशलमव ५३ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ३० दशमलव ०३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा १ सय २२ दशमलव ४९ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ४९ दशमलव ३५ प्रतिशत वृद्धि गरी ३ करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रोभिजनमा ३ करोड २ लाख रुपैयाँ राखिएको छ भने २७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा २ दशमलव १३ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ४३ प्रतिशत रहेको छ ।
भारत र चीनका लागि नेपाली राजदूत र चेम्वर पदाधिकारीबीच भेटवार्ता, आर्थिक कुटनीतिलाई प्रभावकारी बनाईनु पर्नेमा जोड
काठमाडौं, २६ कात्तिक । भारत र चीनकाखलागि नवनियुक्त नेपाली राजदूतद्वय क्रमशः दीपकुमार उपाध्याय, लिलामणी पौडेल र चेम्वर पदाधिकारीबीच आर्थिक कुटनीतिका विषयमा छलफल भएको छ । नवनियुक्त राजदूतद्वयलाई नेपाल चेम्वर अफकमर्समा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष डा. राजेश काजी श्रेष्ठले छिमेकी देशहरुमा निर्यात बढाउन र लगानी भित्र्याउन आर्थिक कुटनीतिको प्रभावकारी भूमिका रहने हुदाँनिजी क्षेत्रले नवनियुक्त राजदूतहरुबाट ठूलो अपेक्षा गरेको बताए । अध्यक्ष श्रेष्ठले भारत र चीनसंग नेपालको ठूलो व्यापार घाटा रहेको बतााउंदै भारतसंग सम्पन्न सन्धी सम्झौता कार्यान्वयन गर्न राजदूत दीपकुमार उपाध्यायको ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठले कोलकातामा कन्टेनर रोकिदां बस्तुको लागत वृद्धि हुन गएको तर्फ ध्यानाकृष्ठ गराउंदै विशाखापटनम बन्दरगाहलाई प्रभावकारी बनाउन राजदूतदीपकुमार उपाध्यायलाई अनुरोध गरे । अध्यक्ष श्रेष्ठले चीनले प्रदान गर्दै आएको भन्सार सुविधाको अधिकतम सदुपयोग गर्न तथा चिनीया पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न, तातोपानी नाका संचालनमा ल्याउन र सुवागढी र स्याफ्रुवेशीसडक निर्माणमा राजदूत लिलामणी पौडेलको ध्यानाकर्षण गराएका छन् । राजदूतहरुले मुलुकको आर्थिक सम्वृद्धिका लागि आफूले दुई देश बीच पुलको निर्वाह गर्ने बताउंदै आफूले क्षमताले भ्याएसम्म लागी पर्ने बताएका छन् । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले अपेक्षित सफलता हासिल गरिरहेको दृष्टान्त दिदैं नेपाल लगानीको लागि उपयुक्त स्थान रहेको बताए । त्यसैगरी चीनकालागि नेपाली राजदत लिलामणी पौडेलले चीनमा नेपाली उत्पादनहरुको माग राम्रो रहेको जानकारी गराउंदै नेपाली उत्पादनहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्नु पर्ने बताए । कार्यक्रममा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्र अर्याल, सचिव निलकण्ठ चौंलागाई, देवेन्द्र भक्तश्रेष्ठ, सन्तोष कुमार पाण्डे, सह कोषाध्यक्ष राजारत्न तुलाधर लगायत कार्यसमिति सदस्यहरुले भारत र चीनसंगको व्यापार अभिवृद्धि गर्न विभिन्न सुझावहरु दिएको चेम्बर अफ कमर्शले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको छैटौ शाखा कैलैयामा
काठमाडौं, २६ कात्तिक । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कलैया,बारा जिल्लाको कलैयामा छैठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । फाइनान्सले चाडै नै दमक तथा जितपुरमा थप शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । गत असार मसान्तसम्ममा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ७९ करोड प्रवाह गरेको यस वित्तीय संस्थाको चुक्ता पूँजी ५०प्रतिशत हकप्रद सेयर तथा १२ प्रतिशत बोनस सेयर जारी पश्चात ४९ करोड ३९ लाख रुपैयाँ हुने बताइएको छ ।
जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड
काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ । बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।