बैक खातामा पैसा रोकेर सेयर आवेदन दिने (आस्वा प्रणाली)को सेवा अब निःशुल्क
काठमाडौं । ३ वटा बैंकले निशुःल्क आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने निर्णय गरेका छन् । त्यसमा कुमारी, सानिमा र सिद्धार्थ बैंक रहेका छन् । निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकहरुले जनाएका छन् । यी बैंकहरुले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले यो निःशुल्क सेवा कुमारीको ३६, सानिमाको ४५ र सिद्धार्थको ७२ शाखाबाट उपलव्ध हुने जानकारी पनि दिएका छन् । कान्तिपुर दैनिकबाट ।
मतदाता शिक्षामा दुई अर्ब बजेट, निर्वाचन आयोगको कमजोरीले बदरमत सयमा ९ वटा
काठमाडौं । निर्वाचन आयोगले मतादाता शिक्षामा २ अर्ब १० करोड रुयैयाँ बजेट खर्चेको तयारी गरेको थियो । तर, समाय अभाव देखाउँदै आयोगले मतादाता शिक्षा सञ्चालनको काम गर्न सकेन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने सकेसम्म मतदाता शिष दिएको दाबी गरे । आयोगले बैशाखभर लागि २१ हजार मतादाता शिक्ष स्वयंसेवी कार्यकर्ता खटाएको थियो । तर, निर्वाचन दुई चरणमा हुने भएपछि पहिलो चरणको स्थानीय निर्वाचनका लागि ६ हजार ६ सय ४२ मतदाता शिक्ष स्वयंसेवी कार्यकर्ता खटाएको थियो । ती स्वयंसेवी मदताता शिषँमा भन्दा पनि आफ्नो दलको प्रचारमा लागेको आरोप छ । यसर्थ मतदाता शिक्षा कमजोर भएकाले पनि १ सय मत गणना गर्दा ९ मत बदर भएको हो । नयाँ पत्रिका दैनिकबाट ।
मतगणना कार्य अन्यन्त सुस्त, अहिलेकै रफ्तारमा मत गनिए काठमाडौंको नतिजा भदौ ३० मा
मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना टोली बढाउँदै छन् । बुधबारबाट काठमाडौं महानगरपालिकाले पाँच टोली बनाएर मतगणना गर्दै छ । काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मंगलबार तीन टोलीले मतगणना गरिरहेको थियो भने बुधबार दुई टोली थपिनेछ । ‘प्रक्रियागत अप्ठ्यारोले टोली थप गर्न समस्या भएको थियो, अब प्रक्रिया पूरा गरेर बुधबार दुई टोली थपिँदै छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । ललितपुर महानगरमा ५ समूहमा र भरतपुरमा तीन समूहमा मतगणना भइरहेको छ । थपिएका कर्मचारीलाई भत्ता सहमतिका आधारमा मतगणक टोलीको संख्या बढाउने अधिकार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको क्षेत्राधिकारभित्र पर्छ । ‘उनीहरूले आवश्यकताअनुसार कर्मचारी थपेर गणना गर्न र गणकलाई भत्ता दिनेबारे कुरा भइसकेको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने । विवाद नझिक्न दललाई आग्रह आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दलका प्रतिनिधिले अनावश्यक विवाद निकालेर मतगणना लम्ब्याउने गरेकाले सहयोग गर्न आग्रह गरिएको बताए । महानगरकाे मतगणनाकाे अवस्था – मतगणना सुरु समय: सोमबार मध्याह्न १२ बजे – मंगलबार मध्यराति १२ बजेसम्म अर्थात् ३६ घन्टामा गनिएको मत स् जम्मा २३९८ – प्रतिघन्टा गनिएको मत स् ६७ – खसेको मत स् १,९३,००० – सम्पूर्ण मत गन्न आवश्यक समय स् २८८० घन्टा अर्थात् १२० दिन अर्थात् ४ महिना – यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट आउनेछ । नयाँ पत्रिका दैनिकबाट ।
जेबिल्स फाइनान्सले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, पूँजी ८० करोड नाघ्ने
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन पश्चात कायम हुने पूँजीमा सो मात्राको सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन सो निर्णय गरेको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाले पारित गरे बमोजिम चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । सभाले पारित गरेको कम्पनीको उक्त निर्णय हाल नेपाल धितोपत्र बोर्डमा प्रकृयामा रहेको छ । उक्त १०० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सोही पूँजीमा पुनः ४० प्रतिशतका दरले हुन आउने २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । त्यस पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै, उक्त ४० प्रतिशत हकप्रद सेयर आगामी विशेष साधारणसभाबाट पारित गरी स्वीकृत लिनु पर्ने निकायहरुबाट स्वीकृत पश्चात मात्र निष्काशन गरिने कम्पनीको संचालक समितिको बैठकले निर्णय गरेको छ ।
के एल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु नेपाली बजारमा
काठमाडौं । लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा ), मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध छन् । ज्ञान मेज आटा ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बन्दछ जसलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुन्छ । चामल र गहुँको पिठोपछि सबैभन्दा धेरै उपभोग गरिने मेज आटा तेस्रो नम्बरको खाद्यान्न हो । ज्ञान मेज ग्रिट (मकैको च्याख्ला) ज्ञान मेज ग्रिट एउटा स्वस्थ्य उत्पादन हो, जून उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिन्छ । यो उत्पादनमा मकैको निकै नै उत्कृष्ट स्वाद हुन्छ । यो फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ । ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ वा यसलाई तरकारीहरुका साथमा मुख्य खानाको रुपमा प्रयोग गर्न सकिनुका साथै यसलाई अन्य डिसहरु बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । ज्ञान प्रिमियम लिटो ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको हुन्छ, जसमा धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिन्छ ।
‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट १८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए। “उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्,” उनले भने । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरेका छन् । हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ । हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । रासस
डिजिटल मार्गमा नेपाल राष्ट्र बैंकः रेमिटेन्स कम्पनी, मनि चेञ्जर र ट्राभल एजेन्सीको रिपोर्टिङ अनलाइनबाटै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना सेवाहरुलाई डिजिटल बनाउने अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय बैंकले प्रबिधी मैत्री, सुरक्षित र छिटो छरिटो सेवा प्रवाहलाई बढावा दिँदै अनलाईन रिपोर्टिङ आरम्भ गरेको हो । केन्द्रिय बैंकले रेमिटेन्स कम्पनी, मनि चेञ्जर र ट्राभल एजेन्सीको रिपोर्टिङ अनलाइनबाटै लिन सुरु गरेको छ । अब यी कम्पनीहरुले मासिक रुपमा बुझाउने रिपोर्ट अनलाईनबाटै पठाउन सक्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले बताए । अनलाईन रिपोर्टिङ आरम्भ गरेसँगै ५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना फाइल बोकेर राष्ट्र बैंक जानुपर्ने झण्झटबाट मुक्त हुनेछन् । हाल बाणिज्य बैंकका ७०० वटा शाखा र विदेशी मुद्राको कारोबार गर्ने ४५०० वटा कम्पनीले मासिक रुपमा केन्द्रिय बैंकमा विवरण बुझाउने गरेका छन् । ‘५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना हाम्रो विभागमा फाइल बुझाउन आउनु परेको थियो, अब सबैले घर वा अफिसबाटै रिपोर्टिङ गर्न सक्छन’, विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख ढुंगानाले भने । यस्ता कम्पनीका सञ्चालकहरुले पहिलो पटक राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागमा उपस्थित भएर फारम भर्नुपर्नेछ । सोही अवधीमा राष्ट्र बैंकका कर्मचारीले अनलाईन रिपोर्टिङको नियम र तरिकाबारे आवश्यक प्रशिक्षण दिनेछन् । त्यस्ता कम्पनीहरुले बैशाखको विवरण अब अनलाइनबाटै बुझाउनु पर्नेछ । ‘बैशाखको विवरण जेठभित्रै अनलाईनमा बुझाउनुपर्छ । हामीले सिस्टम बनाईदिएका छौं, युजर नेम र पासवर्ड दिन्छौं, घर वा अफिसबाटै विवरण पठाउन सकिन्छ’, ढुंगानाले भने । हालसम्म राष्ट्र बैंकको नियमन विभागले बाणिज्य बैंकहरुको व्यालेन्स सिट अनलाईनबाट लिने काम गरिरहेको थियो ।
मतगणना छिटो गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र।मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिए । सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उनले भने, “ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन/चार स्थानबाट गणना हुन थालेको छ ।” आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको निर्देशनपछि आजदेखि महानगरपालिकाहरुमा दुई÷तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ । मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ । प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो । मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ । रासस