निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने
काठमाडौं । नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप उक्त योजना बनाएको हो । विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचित्रमा नेपाल हुँदै भारत र चीन जोड्ने पाँचवटा दु्रतगतिका उत्तर दक्षिण सडक निर्माण गरी उत्पादित वस्तुलाई निर्यात गरी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । कर्णाली लोकमार्ग, मध्यपहाडी लोकमार्ग र उक्त लोकमार्गसँगै रहेका स्मार्ट सिटी निर्माण गर्ने योजना काँग्रेसले अगाडि सारेको छ । यस्तै काठमाडौँको बाहिरी चक्रपथ निर्माण गर्दा भित्री शहरको जनघनत्व वृद्धि भई अव्यवस्थित शहरी करण नहोस् भन्न शहरी बस्तीको फैलावट बढाउनका लागि स्याटेलाइट एवं स्मार्ट सिटीको अवधारणा ल्याउनुपर्ने जनाएको छ । काँग्रेसले बाह्य मुलुकका पर्यटक नेपालमा भित्र्याउनका लागि तथा नेपाली नागरिक सहज ढंगले विदेश जानका लागि निजगढ, पोखरा र भैरहवालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने मार्गचित्रमा उल्लेख छ । पूर्व पश्चिम लोकमार्गलाई कम्तीमा छ लेनको बनाउने, हुलाकी सडकको कामलाई तीव्र बनाई तीन वर्षभित्र सञ्चालन गर्ने तथा पूर्व पश्चिम रेलमार्गको डिपीआर सम्पन्न गरी रेल्बे लिक बिछ्याउने कामलाई तीव्रता दिने मार्गचित्रमा जनाइएको छ । नेपालको कुल जनसंख्याको ६१ प्रतिशत कृषि पेशामा आश्रित रहेको वर्तमान अवस्थामा काँग्रेसले आगामी पाँच वर्षभित्र नेपालबाट तरकारी, माछा, मासु, दुग्ध पदार्थ, फलफूल, मह, स्याउ, च्याउ, चिया, कफी अदुवालगायतका नगदेबालीलाई निर्यात गर्ने गरी काम गर्ने जनाएको छ । मार्गचित्रमा मुलुकमा लगानी अभिवृद्धि गरेर आगामी पाँच वर्षमा दुई अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा उल्लेख छ । यस्तै पिछडिएको प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन कानूनमा सुधार ल्याउने, पर्यटकीय पूर्वाधारमा सुधार ल्याउने, बाह्य पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि अन्तरराष्ट्रिय विमानस्थललाई बढाउनेलगायत कुरा समेटिएका छन् । काँग्रेसले मार्गचित्रमा जलविद्युत्का ठूला आयोजनालाई कार्यान्वयनमा ल्याउनका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्नुका साथै स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । नीतिमा छिमेकी देशले विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था सोच्न थालेको भन्दै चाँडो विद्युत् उत्पादन गरी जलविद्युत्मार्फत राष्ट्रको समृद्धि हासिल गर्नुपर्ने बेला आएको उल्लेख छ । यसैगरी सम्पदाको संरक्षण, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाइने, दु्रत मार्गको काम चाँडो सम्पन्न गरिने, व्यवस्थित शहरीकरण गर्नेलगायत छन् । मार्गचित्रमा विसं २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समेत समावेश गरिएको छ । विदेशमा कमाएको रकम नेपालमा सुरक्षित एवं राम्रो प्रतिफल पाउने गरी लगानी गर्ने विश्वास दिलाउँदै क्रमशः नेपालमा रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने युवाको संख्या घटाउँदै लैजाने नीति मार्गचित्रमा उल्लेख छ । रासस
तीन कम्पनीको सेयर मूल्य समायोेजन
काठमाडौं । सोमबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एक संस्थाको बोनस र दुई कम्पनीको हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन गराएको हो । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३६० रुपैयाँ रहेको थियो । त्यस्तै, सोमबार नै गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद सेयर जारी पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पनि हकप्रद सेयर निष्काशन पश्चात नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गराएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ । यस कम्पनीले २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।
काँग्रेस सरकारलाई पत्याएन सेयर बजारले, ६ महिनामा ८५ अंकले ओरालो
काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको छ । संसारभरका कम्युनिष्ट सरकारहरु सेयर बजार प्रति नकारात्मक हुने र बजार ओरालो लाग्ने परिस्थिती बन्दै आएको छ । तर नेपालमा भने खुल्ला बजार अर्थतन्त्रको हिमायती मानिएकै काँग्रेस नेतृत्वको सरकारका पालामा बजार निरन्तर ओरालो लागेको देखिन्छ । अर्काे संयोग के पनि छ भने नेपालको सेयर बजारमा हालसम्मकै उच्च बिन्दु भने कम्युनिष्ट सरकारकै पालामा कायम भएको देखिन्छ । काँग्रेसले सेयर बजारको स्वभाविक विकासक्रमका विरुद्ध कुनै निती नल्याए पनि बजार विस्तारका लागि पनि चासो नदेखाएको लगानी कर्ताहरुले बताउँदै आएका छन् । नागरिक दैनिकबाट
विहे मात्र होइन ‘डिभोर्स’को पनि हुन्छ सिजन, साउन र फागुनमा तोडिन्छन् धेरै सम्बन्ध
काठमाडौं । परम्पराअनुसार नेपालमा ६ वटा महिना(बैशाख, जेठ, असार, मंसिर, माघ र फागुन )लाई विवाहको सिजन मानिन्छ । यद्यपी सम्बन्धविच्छेदको लागि त्यस्तो सिजन तोकिएको छैन । सामान्यतया श्रीमान-श्रीमतीबीच मनमुटाव बढ्दै जाँदा सम्बन्धविच्छेद गरिएको पाइन्छ । तर एक अध्ययनले निश्चित समयमा सम्बन्धविच्छेद हुनेगरेको पत्ता लगाएको छ । अधिकांश विवाहित दम्पतीले मार्च (साउन) र अगस्ट (फागुन)मा सम्बन्धविच्छेद गर्ने गरेको वाशिंगटन समाजशास्त्री विश्वविद्यालयले गरेको अध्ययनले सम्बन्धविच्छेद यी दुई महिनामा हुनेगरेको निश्कर्ष निकालेको छ । समाजशास्त्रका सहायक प्राध्यापक जुली ब्राइन्स र ब्रायन सेराफिनीले वर्षको दुई महिनामा सबैभन्दा बढी ‘डिभोर्स’ हुने गरेको पत्ता लगाएका छन् । सन् २००१ देखि २०१५ सम्म वाशिंगटनमा भएका डिभोर्सका लागि आवेदन हेर्दा लगातार मार्च र अगस्टमा बढी आवेदन परेको अनुसन्धानको विश्लेषण छ । यो कुरा धेरै दम्पतीका लागि सामाजिकरुपमा अमान्य हुनसक्छ । जाडो र गर्मीको छुट्टीमा त झन् एकअर्काको सम्बन्ध सुधार्नलाई ठुलो अवसरको रुपमा लिन सक्छन् । उक्त अध्ययन अनुसार पारिवारिक व्यवहारमा प्रभाव पार्न परम्परागत क्यालेण्डरले ठुलो भुमिका खेलेको छ । ‘सामान्यतया गर्मी र जाडोको छुट्टीमा बढी समय परिवारसँग बिताइन्छ’, ब्राइनले भनिन्, ‘छुट्टीमा सम्बन्ध सुधार्ने र नयाँ जिन्दगी सुरु गर्ने अठोट हुन्छ । यसले मानिसको आकांक्षालाई बढावा दिन्छ ।’ यद्यपी छुट्टीमा आकांक्षाले सोचेजस्तो स्थान नपाएपछि अधिकांश दम्पती दुखित बन्छन् । समाजशास्त्रीको भनाईमा उनिहरुको सोच ‘वाचा तोडिएको’ जस्तो चिसो बन्दै जान्छ । जसका कारण उनीहरुले डिभोर्समा पुग्ने सम्भावना बढेको उनले बताइन् । ब्राइन्सका अनुसार नयाँ वर्षको छुट्टीपछि दम्पतीलाई डिभोर्सका लागि हिम्मत बटुल्न, आर्थिक स्रोत जुटाउन र वकिलको रायसुझाव लिन केही महिना लाग्छ । र मार्चको महिनामा अधिकांशको डिभोर्स हुनेगरेको उनको अनुमान छ । त्यस्तै गर्मीको छुट्टीको मनमुटावपछि उनीहरुलाई बाकी समय बालबच्चाको स्कुल समयले रोक्ने गरेको उनी बताउछन् । अन्तत अगस्टमा दम्पतीहरु डिभोर्सका लागि आवेदन दिन्छन् । त्यस्तै तनावमा वसन्त ऋतुको समयमा आत्महत्या समेत हुने गरेको उनले बताइन् । तनावकाबीच दम्पतीले अनाहकमा यस्तो निर्णय लिनसक्ने सम्भावा बढी छ ।
एक्सेल डेभलपमेन्ट बैंकको ३१.७१ प्रतिशत लाभांश पारित, सञ्चालकमा पुरुषोत्तम लम्साल
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३१.७१ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(आज) सम्पन्न कम्पनीको १२ वार्षिक साधारण सभाले कम्पनीको ३०.१२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.५९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । उक्त सभाको उद्घाटन बैंकका अध्यक्ष हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले संयुक्त रुपमा गरेका हुन् । साथै, उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट पुरुषोत्तम लम्साललाई संचालक निर्वाचित गरेको छ । आ.व. २०७३।०७४मा खुद मुनाफा १५ करोड ०४ लाख रुपैयाँ आर्जन गर्न सफल रहेको छ । बैंकले हालसम्म ३ अर्ब ९३ करोड रुपैयाँ कर्जा र ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सभाबाट पारित बोनस शेयर तथा चालु आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ नाघ्ने छ ।
मेची महाकाली रेलमार्गः ६१९ किलोमिटर डिपिआर फाइनल, ४२१ किलोमिटर धमाधम
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ ।‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनिे ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।
बैंकको गल्तीले छात्राले पाइन् ३५ लाख डलर, मुद्दा अघि नबढ्ने
बिबिसी । अस्ट्रेलियाली अभियोजन पक्षले एक मलेशियाली महिलाविरुद्ध लगाएको आरोप फिर्ता लिएको छ । यी महिलाले बैंकको गडबढीका कारण करिब ३५ लाख अमेरिकी डलर निकालेकी थिइन् । २२ वर्षीय क्रिस्टीन लीले यो रकमको ठुलो परिमाणलाई गरगहना तथा ब्यागमा खर्च गरेकी थिइन् । वेस्टप्याक बैंकको गलतीका कारण यो रकम उनले पाएकी थिइन् । सन् २०१४/१५ मा धोखा मार्फत उक्त रकम निकालिएको प्रहरीले बताएको थियो । अभियोजन पक्षले आरोपलाई फिर्ता लिनुको कारण खुलाएको छैन । वकील ह्यूगो एस्टनले अभियोजन पक्षको यो कदमले लीलाई राहत मिलेको बताए । एस्टनले भने, “किनेका कतिपय सामानलाई जफत गरी फिर्ता दिइएको छ ।” खास कुरा के थियो? सिडनी विश्वविद्यालयकी पूर्व छात्राले सन् २०१२मा बैंक एकाउण्ट खोलेकी थिइन् । तर गल्तीले उनलाई असीमित ओभरड्राफ्टको सुविधा दिइयो । २०१५ मा बैंकले आफ्नो ग़लतीको महसुस नभएसम्म ११ महिनामा लगातार रकम निकालिन् । लीलाई २०१६ मा सिड्नी एयरपोर्टमा गिरफ्तार गरियो र बैंकलाई धोखा दिएर वित्तीय लाभ उठाएको आरोप लगाइयो । उनको वकीलले सिडनीमा अदालतलाई ली ईमानदार नभएपनि बैंकको गलतीका कारण यस्तो भएको बताए । पाँच वर्षसम्म अस्ट्रेलियाको केमिकल इन्जिनियरिङकी विद्यार्थी लीलाई बैंकरप्ट घोषित गर्यो । वेस्टप्याकका एक प्रवक्ताले बैंकले पैसा उसुल्न सम्भव भएसम्मका प्रयास गर्यो । सिडनी मर्निंङ हेराल्डका अनुसार पछिल्लो वर्ष न्यायधिसले अभियोजहरुलाई यो खर्च गैरकानुनी नभएको बताएका थिए । न्यायधिस लिसा स्ट्यापलेटनले भने, “यो अपराधको कमाई होइन, यत्रो रकम पाउनु सबैको सपना हुन्छ ।”