विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंक ३१ वर्षमा प्रवेश, पाँच पटक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक आइतबारदेखि स्थापना कालको ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गरेको छ । सो अवधिसम्म बैंकले पाँचौँ पटक “बैंक अफ द इयर“को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । बैंकले फाइनान्सियल टाइम्स लण्डनबाट उक्त पुरस्कार पाएको हो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगाडि नै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो वाणिज्य बैक बन्न सफल भएको छ । बैंकले आफ्नो तीन दशकको सेवा अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तिुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । गत आ.व.२०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमासीक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१०-११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोकमा, धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग

काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ । १७ बर्षदेखि राजधानिमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडी तर्फको खुल्ला भागमा आकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ । ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यम वर्गदेखि उच्च घरानिया सम्मका लागि लक्षितगर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने । सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथभारतको मुम्बइमाचार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७बर्षदेखि यो व्यवसायमाआबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडिया कर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौनदर्य तथाकपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’ महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेका छन् । फाउण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागतगर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे । व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।

पशु बिमाबाट करिब ९ करोड राजस्व सङ्कलन

दोलखा । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम एक करोड १५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा शुरु भएको थियो । आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् । रासस

बुढीगण्डकी निर्माणको लागि ७ अर्ब कर उठ्यो, आयोजना सम्पन्न लागत २ खर्ब ६४ अर्ब रुपैयाँ लाग्ने

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि चालू आर्थिक वर्षको सात महिनामा करिब ७ अर्ब कर उठाएको छ । केपी ओली सरकारले स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले पूर्वाधार कर लिने घोषणा गरेको थियो । उक्त करवापत मसिक एक अर्बको हाराहारीमा राजस्व उठ्ने गरेको हो । चालु आवको बजेटमार्फत सरकारले पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक) र हवाई इन्धन (अन्तर्रा्ष्ट्रिय) आयात गर्दा पाँच÷पाँच रुपैयाँका दरले भन्सार बिन्दुमै बूढीगण्डकीको नाममा कर असुल्दै आएको छ । बुढी गण्डकी निर्माणको स्रोत खोजिरहेको सरकारले इन्धनबाटै उठाइएको करले आयोजना सम्पन्न गर्न अहिलेकै तथ्याङ्क अनुसार करिब २६ वर्ष लाग्ने देखिएको छ । इन्धन आयात गरेबापत नेपाल आयल निगमले उक्त आयोजनाको नाममा मासिक करिब एक अर्ब रुपैयाँको हाराहारीमा सरकारलाई कर छुट्ट्याउँदै आएको छ । यस वर्षको सात महिनामा मात्रै उक्त आयोजनाको नाममा अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँ भन्सार बिन्दुबाट संकलन गरेको हो । सरकारले एक वर्षमा सात अर्ब जम्मा हुने प्रक्षेपण गरे पनि सात महिनामै सात अर्ब रुपैयाँ इन्धन आयात गरेबापत संकलन अर्थ स्रोतले बताएको छ । नेपालमा वार्षिक एक खर्ब रुपैयाँको हाराहारीमा इन्धन आयात हुने गरेको छ । बूढीगण्डकीको नाममा इन्धनबाट मासिक एक अर्ब हाराहारीमा रकम असुली भइरहेको निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए । ‘इन्धनको मागअनुसार आयात हुँदै जाने हो भने बूढीगण्डकी पूर्वाधार निर्माण बापतको रकम पनि वृद्धि हुँदै जान्छ,’ खड्काले भने, ‘पूर्वाधारबापत रकमको सदुपयोग हुने हो भने यही रकमबाट पनि ठूलो आयोजना निर्माण गर्न सम्भव छ ।’ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न कुल लागत दुई खर्ब ६४ अर्ब रुपैयाँ लाग्ने भएको छ । हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई मुआबजा वितरणको कार्य भइरहेको छ । जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण कार्य सम्पन्न भएको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्न करिब ६० अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई मुआब्जा वितरण कार्य शुरु गरेको छ । हालसम्म सरकारबाट मुआब्जाका लागि २ अर्ब रुपैयाँ निकासा भएपनि पौने पाँच करोड रुपैयाँ वितरण गरिएको मुआब्जा वितरण समितिले बताएको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २ सय मेगावाट क्षमताकोे जलाशययुक्त यस आयोजनाले गति लिन थालेको छ । उक्त आयोजनामा दुुई सय ६३ मिटर उचाइ र सात सय मिटर चौडाइ भएको बाँध निर्माण गर्ने योजना तयार भएको छ । गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसबीचमा पर्ने चुल्ठेभीरमा बाँध बनाएने कार्ययोजना तयार भएको छ । आयोजनाका लागि करिब आठ हजार वासिन्दाको जग्गा अधिग्रहण गर्नुपर्छ । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करीब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छन् । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण शुरू भएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७ सय २० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करीब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले चार करोड ७२ लाख ७ सय २१ रुपैयाँ मुआब्जा रकम वितरण गरिएको बताएको छ । मुआब्जा पाएका प्रभावितले थोरैमा एक लाख रुपैयाँ देखि ८० लाख रुपैयाँसम्म रकम पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । पहिलो चरणमा धादिङका तीन गाविसमा मुआब्जा वितरणका लागि दुई अर्ब ५० करोड रकम निकासा भए पनि उक्त रकम वितरण गर्न कर्मचारीको अभाव भएको छ ।

कुमारी बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, फागुन २० गते बुक क्लोज

काठमाडौं । कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि फागुन २० गते कम्पनीको बुक क्लाज गर्ने निर्णय गरेको छ । उक्त निणर्य आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले आगामी चैत ९ गते कम्पनीको वार्षिक साधारणसभा हुने बताएको छ ।

१११२३ रुखले रोक्यो पूर्व पश्चिम रेलको काम, एक किलोमिटर रेल बनाउन ४० करोड

काठमाडौं । सागरनाथ वन विकास परियोजनाको १११२३ वटा रुख काट्ने अनुमति नपाउँदा पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले रोकिएको छ । रेल विभागले रुख काट्ने अनुमति मागेको लामो समय वितिसक्दा पनि सरकारले अनुमति दिएको छैन् । विभागले रेल मार्गमा पर्ने रुख काटेर सट्टा भर्नमा रुख रोपिदिने प्रतिवद्धता गर्दै ६ करोड बजेट समेत विनियोजन गरिसकेको छ ।‘हामीले रुख काटेर रोप्नका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेका छौं, तर सरकारले रुख काट्ने अनुमति दिएको छैन, जसले पुर्व पश्चिम रेल मार्ग निर्माणको काममा रोकावट आएको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । हाल विभागले बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरट रेल मार्ग निर्माणको काम अघि बढाएको छ । तर वन भएको क्षेत्रमा काम गर्नपाएको छैन् । ‘हामी वन नभएको क्षेत्रमा मात्रै काम गरिरहेका छौं’, उपाध्यायले भने । ९४५ किलोमिटर लम्बाईको मेची महाकाली रेल मार्ग प्रति घण्टा २०० किलोमिटर स्पिडमा दौडनेछ । यसले नेपाललाई ट्रान्स एसियन रेल वे नेटवर्कमा जोड्नेछ । यो रेल मार्ग बनाउन प्रति किलोमिटर ३५ देखि ४० करोड अनुमान गरिएको छ ।

सुदूरपश्चिम पुगेर गभर्नरले भने-पैसाको महत्व नबुझ्दा नेपालीले दुःख पाए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाको महत्व नबुझेकाले नेपालीहरुले दुःख पाएको बताएका छन् । सुुदरपश्चिमको कैलालीमा आयोजीत वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने-पैसाको महत्व र यसको परिचालनबारे थाहा नपाएकाले नेपालीहरुले दुःख पाएका हुन, अब त्यस्तो दिनको अन्त्य गर्नु पर्छ ।’ उनले आफ्ना सन्तानलाई सानैदेखि पैसाको बारेमा जानकारी गराउने संस्कृतिको विकास गर्न आम नागरिकलाई आग्रह पनि गरेका छन् । गभर्नर डा. नेपालले युवाहरुलाई विदेश जान छाडेर स्वदेशी माटोमै पैसा खोज्न पनि आव्हान गरे । ‘यहाँ केही छैन भन्दै तपाईहरु विदेशिएपछि तपाईको ठाउँचाहिँ कसले बनाइदिन्छ ?’, डा नेपालले युवाहरुलाई भने । उनले भावी पुस्ताले विदेशीनु नपरोस भनेर अहिलेको पुस्ताले देश बनाउने अभियानमा लाग्नुपर्नेमा पनि जोड दिए । ‘तपाई त विदेश जानुहोला र आफ्नो दूनो सोझ्याउनुहोला तर तपाईका सन्तानलाई फेरी भोलि विदेश जान नपर्ने वातावरण बनाउनको लागि तपाईले यही माटोमा पैसा खोज्नुपर्छ, यहीँ छ प्रशस्त सम्भावना र अवसर’, डा. नेपालले भने । उनले सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामिण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेकोतर्फ इंगित गर्दै उनले भने, ‘तपाईहरु त्यस्ता ग्रामिण क्षेत्रमा जानुस्, त्यसो गर्दा वित्तीय साक्षरता पनि बढ्छ ।’ बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक काम गर्न पैसा दिइरहेकाले त्यसको सदुपयोग गर्न गभर्नर नेपालले सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले वित्तीय साक्षरता बढाउनु अहिलेको अवश्यकता भएकाले वित्तीय जागरण अभियानको विशेष अर्थ हुने बताए । हाल सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको जानकारी दिँदै उनले ती संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम संचालन गर्न सुझाव पनि दिए ।

विश्वकै उत्कृष्ट थान्कामा गाइडले खान्छन ९० प्रतिशतसम्म कमिसन, उत्पादक भन्छन् -व्यवसाय धरापमा पर्याे

काठमाडौं । नेपालका थान्का व्यवसाय कमिशनले नै धरासायी हुँदै जान थालेको पाइएको छ । -पाइने नेपालमा गाइडले माग्ने अधिक कमिसनको कारण यो व्यवसाय विस्तारै धरासायी हुँदै गएको तथ्य खुलेको छ । कमिसन विना व्यपार नहुने र कमिसन पनि अधिक माग्ने गरिएकोले पनि यो क्षेत्रलाई टिकाउन गाह्रो भएको नेपालका थान्का व्यवासायी बताउँछन । थान्का व्यवासयाीले गाइडलाई अत्यधिक मात्रामा कमिसन तिनुपर्ने बाध्यतका कारण थान्का व्यवसायको चाम विस्तारे घट्नै गएको छ भने यो क्षेत्रको प्रवद्र्धन हुन नसक्दे व्यवासायीक भविष्य सकिनेमा व्यवसायी चिन्तित हुन थालेका छन् । नेपालमा बिक्री हुने थन्काका ग्राहक ९० प्रतिशत विदेशी पर्यटक हुन । तिनलाई टुर गाइडको माध्यमबाट सामान खरिद गराउँदा गाइडले लिने कमिसन ज्यादा र अस्वस्थ्य प्रतिस्पर्धा भएको काराण थान्का व्यवसाय नै धरासायी हुँदै जान थालेको व्यवसायीले गुनासो छ । कुनै पनि व्यवसायमा कमिसन त संसार भरी नै चल्छ तर अधिक हुन थालेपछि भने समस्या भएको थान्का व्यवसायी संघका महासचवि अनिल घिसिङले बताए । उनका अनुसार गाइडले पहिल्यै ४०/ ५० प्रतिशत कमिसन माग गर्छन्, त्यसो हुँदा सामानको मूल्य सोही अनुपातमा बढाएर भन्नुपर्छ । गाइडसँग जाँदा महंगो पर्ने र गाइडले ठगी गर्ने विषय विस्तारै पर्यटकले थाहा पाउन थालेपनि यो पेशाको चाम कम हुन थालेको उल्लेख छ । थान्का एउटा कला के हो गाइडले पनि त्यही अनुसार व्रिफिङ गर्दै ल्याउँछन । पहिले विमास्थलदेखि गाइडले डिल गर्दै आउने र सोही अनुसार पर्यटकले पनि खरिद गर्ने गर्थे, कमिसशन पनि पहिल्यै तय गर्नु भन्थे । अहिले पर्यटक न गाइले व्रिफिङ गर्छन त त पर्यटकले भनेजति पैसा नै तिर्छन, घिसिङले भने । गाइलडे माग्ने कमिशत उसको मेहनत अनुसार सामान्य भएपनि अधिक माग्न थालेपछि भने यो पेशालाई नै नकारात्मक दिशातर्फ थकेलेको उनको बुझाई छ । पर्यटकले व्यक्तिगत रूपमा गएर थान्का किन्नुभन्दा पनि बढि गाइडसँग गएर खरिद गर्छन । टुर गाइडले पर्यटक विमानस्थलमा भित्रिएदेखि नै नेपाल र यहाँका सामग्रीको बारेमा बुझाउने भएकोले पर्यटकले खरिद गरेको सामानमा कमिसन त दिनु पर्छ तर अस्वस्थ प्रतिस्पर्धा र ज्यादाँ माग्ने गरेकोले समस्या परेको नेपाल थान्का व्यवसायी संघको भनाइ छ । गाइडले कति कमिसन पाउने र कति दिने भन्नेमा व्यवसायीबीच एकता एवं स्पष्ट व्यवस्था नहुदाँ अप्रत्यक्ष रूपमा ६० प्रतिशतसम्म कमिसन गाईडले माग्ने गरेको लामाले बताए । बीस—पच्चिस देखी पचास प्रतिशतसम्म त गाइडले प्रत्यक्ष रूपमै लिने गरेको पनि लामाको भनाइ छ । कुनै पनि काम गरेपछिको कमिसन त संसारमै चल्छ तर व्यवसाय चलाइ बस्नेलाइ भन्दा पनि बढि गाईडलाई दिएर कति समय सम्म चलाउन सकिन्छ र ? संघका महासचिव अनिल घिसिङले भने । कति प्रतिशत कमिसन दिने भन्ने नीति–नियम नभएकोले पनि गाइडले लिने कमिसनमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ । नेपालमा गुणस्तरीय पर्यटक नआउनु र आएकाले पनि बार्गेनिङ गरि समान खरिद गरेको अवस्थामा पनि गाइडलाई कमिसन दिनुपर्दा व्यवसायीलाई मर्का पर्ने गरेको पनि उनको भनाइ छ । लाखौंको लगानी गरेर व्यवसाय संचालन गर्नेले भन्दा बढि कसिसन दिनेको व्यवसाय टिकाउ नहुने र त्यसले बजार विगारेकोले कमिसन निश्चित र रिजनेवल बनाई व्यावसायीक सहजता बनाउन संघले पहल गरिरहेको पनि उनले बताए । ठमेलमा पर्यटक स्वयम पुग्ने भएकोले अन्यको तुलनमा यहाँ गाइडले धोरै कमिसन मै काम गर्न गर्छन भने बौद्ध, पाटन, भक्तपुरमा बढि कमिसन माग गर्ने गरेको पनि व्यवसायीको भनाई छ । पर्यटक पुगेर कुनै पनि सामान खरिदमा १५ देखि ३० प्रतिशतसम्म र थान्कामा यसको दोव्बरसम्म कमिसन बुझउन परेको ठमेल थान्का हाउसका रामकृष्ण तण्डुकारले बताए । पर्यटन व्यवसायलाई मर्यादित बनाउन कमिसन लिनु र दिनु दुबै अवैधानिक भएकोले यस्तो कार्य कुनै पनि गाइडले नगरेको टुरिष्ट गाइड एसोसिएसनको छ । कुनै व्यवसायबाट पनि कमिसन माग्ने नगरेको र टुर्गान संबद्ध गाईडले पनि कमिसन नलिनको दाबी एसोसिएनका पूर्व अध्यक्ष हरेराम बरालको भनाइ छ । स्वस्थ प्रतिस्पर्धा गरि काम गर्न सबैले पाउनुपर्ने मान्यतामा आफूमा भएकोले कसैले कमिसन लिने गरेकोे भएपनि त्यसकाे जानकारी आफुसँग नभएको उहाँको भनाई छ । कुनै पनि ट्राभल एजेन्सी मार्फत आउने गाईड घुमाइबापत पारिश्रमीक लिने गरेका कारण कमिसनतिर नलागेको र कसैले लिने–दिने गरेमा कुनै पनि गाइडलाई सामान बिक्री बापतको कमिसन नदिन उनको चुनौति दिए । पर्यटकले किन मन पराउँछन थान्का ? थान्कामा हुने विभिन्न धार्मिक मान्यताले पर्यटकले मन पराउने गरेका छन् । थान्कामा मण्डला हुन्छ । ह्वील अफ लाइफ, लाइफ अफ बुद्ध, गणेशेश्वर लगायतका धार्मिक मान्यतासँग जोडिएको हुन्छ । थान्कालाई शान्तिपूर्वक देवता र क्रोदीपूर्वका देवता गरी दुई समूहमा राखेर बनाइएको हुन्छ । शान्तिपूर्वकका देवतामा मन्जुश्री, शाक्यमुनी बुद्धसहितका देशवता हुन्छन भने महांकाल, कालभैरवसहितका देवता क्रोदीपूर्णका रुपमा हुन्छन । यी देवता सबैको आआफ्नो विशेषता हुने र पर्यटकले धार्मिक विश्वासले लिने गरेका छन् । विशेषगरी थान्का धार्मिक मान्यता अनुसार ध्यान गर्दा आवश्यक हुन्छ । बनाउनै चारपाँचवर्ष थान्कालाई दक्ष र नयाँ जनशक्ति कसले बनायो भन्नेमा त्यसको मूल्य निर्धारण हुन्छ । भर्खर बनाउनेले छिटो बनाउँछन । यसलाई सस्तो एक डेड सय डलरमै पनि खरिद गर्न सकिन्छ । लामो समय लगाएर बनाएर र बढी मेहनत गरेको थान्काको महत्व पनि बढी हुन्छ । नेपालमै करीब १५ देखि २० हजार थान्का बनाउने जनशक्ति छन् । तर, यसको चाप पहिलेको जस्तो भने छैन, घिसिङले भने । उनका अनुसार नेपाल नै थान्काको पहिलो र आकर्षक गन्तव्य हो । नबौ शताव्दीदेखि नेपालमा यसको प्रयोग हुन थालेको हो । पछिल्लो सयम चाइनाले यसको मार्केट बढाउन खोजेपछि स्थापित हुन भने नसकेको उल्लेख छ । एउटै मूल्य २५ लाखसम्म सामान्यताय एकडेढ सय डलरदेखि नै थान्का पाइने भएपनि अर्डरमा आउने र धार्मिक रुची भएका तथा आफूले भनेजस्तै थान्कालको लागि विदेशी २० देखि २५ लाख तिर्नसमेत तयार हुन्छन् । विदेशीले थान्का मन पराएपछि भाउको कुनै मतलव नै नराख्ने पनि व्यवासायीको छ । विदेशी पर्यटकले धानेको नेपालको थान्का व्यवसायमा टुर गाईडले माग्ने कमिसनकै कारण थान्काको मूल्य अन्याधिक महङ्गो हुने भएकाे उल्लेख छ । थान्का पसलमा कुनै पनि गाइडसँग गएका पर्यटकले खरिद गर्ने सामानको मूल्य नै चर्काे लगाउनुपर्ने र गाइडले माग्ने कमिसन पनि मनलाग्दी भएका कारण थान्का व्यवसायको संचालन खर्च बढेकाे ठमेलका एक व्यवसायीले बताए ।