राजधानीमा ‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन सुरु, नेपालले हाइड्रोपावरको विकासका माध्यमबाट फाइदा लिन सक्ने – जेट्ली
काठमाडौं। ‘हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल’ नारा सहित सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका नेपालीसहित एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन्। विदेशी कम्पनी तथा फोरमहरुले लगानीका लागि पैसा लिएर आए बाँकी सबै प्रकृया सरकारले सहज बनाइदिने उनले प्रतिबद्धता जनाए। नेपालको कुनै पनि राजनीतिक दल या संगठन विकासको विरोधि नभएको हुँदा लगानी सुरक्षाप्रति निश्चिन्त रहन उनले आग्रह समेत गरे। उनले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पिपिपी’ मोडेल सबैभन्दा उत्कृष्ट रहेको भन्दै सरकारले पूर्वाधार निर्माण लगायमा नीजि क्षेत्र र बैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्ने जानकारी दिए। अर्थमन्त्री कृष्णबहादुर महाराले नेपालमा लागनीका लागि धेरै क्षेत्र रहेको र त्यसको सुरुवातका रुपमा भर्खरै सरकारले २४ सै घण्टा विजुलीको उपलब्ध गराउन थालेको बताए। उनले लगानीका लागि सेज ऐन तथा अन्य नियम/कानुन समयानुकुल परिवर्तन गर्न सरकार तत्पर रहेको भन्दै बैदेशीक लगानी र नाफावापतको रकम फर्काउनका कुनै समस्या नहुने जानकारी दिए। उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले दोस्रो ‘जेनेरेसन’को लगानी सम्मेलन आयोजना गरि स्वदेशी बजारलाई विश्वस्तरमा अझ फराकिलो बनाउन चाहेको बताए। सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लि क्विननले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए। त्यसका लागि नेपाली नीजिक्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ। उनले ठूला आयोजनामा काम गर्न चाहेको भन्दै लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि ठूलो लिन चाहेको बताए। एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे। लगानी सम्मेलनमा तत्काल बनाउन सकिने ८ वटा परियोजना प्रस्तुत गरिएको छ। सम्मेलनमा लगानी बोर्डले पूर्व–पश्चिम रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो, तामाकोसी तेस्रो हाइड्रोपावर, काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग, काठमाडौ–पोखरा रेलमार्ग, रासायनिक मल कारखाना, पूर्वपश्चिम विद्युतीय रेलमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीयोग्य आयोजनाका रुपमा प्रस्तुत गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवसर शीर्षकको सत्रमा ८ वटा परियोजना तत्काल सुरु गर्न सकिने खालका भएको बताए । सम्मेलनका विशेष अतिथि भारतीय वित्तमन्त्री अरुण जेट्लीले के भने लगानी सम्मेलका लागि विशेष तथा प्रमुख अतिथि रहेका भारतका कन्दीय वित्तमन्त्री अरुण जेट्लीले अर्थतन्त्रले गति लिने कुराको प्रारम्भिक बिन्दु लगानी रहेको बताएका छन्। उनले लगानीका कारण आर्थिक गतिविधिहरु सुरु हुन्छन् त्यसले रोजगारी सिर्जना गर्ने बताए। उनले लगानीले आर्जन गर्ने नाफा अर्थतन्त्रका लागि ‘इन्सेन्टिभ’ हुने बताए। कुनै एउटा लगानीले नाफा कमाएको देखेपछि अरु लगानीकर्ता पनि आकर्षित हुने र त्यसैले लगानीले थप लगानीको अवसर सिर्जना गर्ने बताए। नाफायुक्त लगानीले अझै बृहत्तर लगानीको ढोका खुला गर्ने र त्यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने बताए। जेट्लीले भारत नेपालको आर्थिक विकासमा सघाउन अत्यन्त प्रतिबद्ध रहेको बताए। ‘यहाँको हाइड्रो प्रोजेक्ट देखि ट्रान्समिसन लाइनसम्म, सडक देखि रेल्वे लिंकसम्ममा हामीले गरेको सहकार्य त्यसैको परिणाम हो’ उनले भने ‘शैक्षिक संस्था, मेडिकल कलेज, स्वास्थ्य संस्था देखि सिञ्चाइ आयोजनासम्म हाम्रो हातेमालो रहँदै आएको छ।’
एशियाली पूर्वाधार बैंक ठूला पूर्वाधारका योजनामा लगानी गर्न इच्छुक
काठमाडौंः ठूला पूर्वाधारमा लगानी गर्न एसियाली पूर्वाधार बैंकले रुची देखाएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग एसियाली पूर्वाधार बैंकका अध्यक्ष जिन लिक्कुनले बिहीबार अर्थ मन्त्रालयमा भटेर नेपालका ठूला पूर्वाधार निर्माण परियोजनामा लगानी गर्न रुची देखाएको हो । । भेटमा महराले नेपालले अगाडि बढाउन खोजेका विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न आग्रह गरे । अध्यक्ष जिनले नेपालबाट प्रस्ताव हुने ठूला आयोजनामा लगानी गर्न बैंक तत्पर रहेको जानकारी दिँदै समयमै आयोजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । ‘नेपाल लगानी सम्मेलन’मा भाग लिन बैंकको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष जिन बुधबार काठमाडौँ आएका थिए ।
ललितपुर मलमा “होलीको बहार, स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार” योजना शुरु
काठमाडौं । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड होली (फागु)को अवसर पारेर मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत १५ गतेसम्म लागू हुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो । ललितपुर मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर होलीको बहार,स्मार्टफोन खरिदमास्मार्ट टिभी उपहारयोजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट पनि दिईएको छ । योजना अवधिमा ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट सामसंगको स्मार्ट टेलिभिजन सेट उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकले खरिद गरेको मोबाइलको बिल नम्बरको आधारमा लक्की ड्रमार्फत बिजेताहरुको नाम घोषणा गर्नेछ । कम्पनीले हाल बजारमा विश्वको चर्चित मोबाइल ब्राण्ड साओमीको विभिन्न स्मार्टफोनहरुसहित एमआई फोर ए तथा सन् २०१७ का चर्चित स्मार्टफोनहरु ह्वावेको जिआर फाइभ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस स्मार्टफोनहरु सूपथ मूल्यमा किन्न सकिन्छ । मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टि ब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले होलीको रंगिन खुशीयालीमा नयाँ अफर लागू गरेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “रंगहरुको उत्सव होलीमा ग्राहकहरुलाई अझ रंगिन बनाउन नयाँ योजना ल्याएका हौं,” उनले भने ।
लगानीका लागि नेपाल उपयुक्त–भारतीय अर्थमन्त्री जेट्ली
काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेका भएको बताएका छन् । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि शुरु भएको दुई दिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताएका छन् । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै अर्थमन्त्री जेट्लीले ऊर्जा, कृषि, पर्यटन, सिचाईँका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए । नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाई क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए । शैक्षिक क्षेत्रहरु मेडिकल, इन्जीनेरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिने भन्दै उनले आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगडि बढीने बताए । लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहजरुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने अर्थमन्त्रीको जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने सुझाव उनको थियो । नेपाल र भारतबीच महमहत्वपूर्ण सम्बन्ध रहेको बताउँदै उनले दुई देशबीचको व्यापारिक, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध रहेको उल्लेख गरेका छन् । अर्थ मन्त्री जेट्लीले नेपाल र भारतको सम्बन्ध आर्थिक मात्र नभइ विविध क्षेत्रसँग गाँसिएको बताए । उनले लगानीले लगानी विस्तार गर्ने उल्लेख गर्दै ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अर्थ मन्त्री जेट्लीले पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ भने । सम्मेलनमा सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्राउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।
नेपाल लाइफको एफपीओ र फरवार्डको आइपिओ बाडफाँट शुक्रबार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ र फरवार्ड कम्युनीटी डेभलपमेन्ट बैंकको आइपीओ शुक्रबार बाडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई २२ गते र फरवार्डलाई २० गतेभित्र बाडफाँट गरिसक्न निर्देशन दिएको थियो । नेपाल लाइफको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले शुक्रबार बिहान सढे ८ बजे एफपिओ बाडफाँट हुने जानकारी दिए । उता, फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको आइपिओको बाँडफाड पनि शुक्रबारै हुनेछ । फरवार्डको बिक्रि प्रबन्धक नविल इन्भेष्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शुक्रबार बाडफाँट गर्ने तयार सकिएको जानकारी दिए । नेपाल लाइफको एफपिओ र फरवार्ड कम्युनीटीको आइपिओ बाँडफाड हुँदा ३ लाख ७० हजार लगानी कर्ताको ५५ अर्ब रुपैंयाँ बजारमा आउने छ ।
यस्ता छन् कोका-कोला मोस्मोत्सव झल्काउने दुई तस्विर
कोका-कोला मोस्मोत्सव अन्तर्गत बिसाल श्रेष्ठ र रबि पेसवान आर.सी.टि क्लबका टिम म्यानेजर अशोक मानन्धर संग मोमो र कोक खादै नेपाल फुटबलको वर्तमान अवस्था र भविष्य बारे गम्भीर छलफल गर्दै । कोका-कोला मो:मोत्सव अन्तर्गत राष्ट्रिय फुटबल खिलाडी अनन्त तामांग र हेमन गुरुङ कोक र मोमो कम्बोको आनन्द लिदै ।
रकमान्तर काण्डमा अख्तियार तानिँदै अर्थमन्त्री कृष्ण बहादुर महरा
काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पा जिल्लामा गरेको करोडौं रकमान्तर प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अर्थमन्त्री महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेपछि आयोगले छानविन थालेको हो । ‘बजेटमा नभएका कार्यक्रममा भएको रकमान्तर प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ, हामी अनुसन्धान गरिरहेका छौं, गैर बजेटरी रकमान्तरलाई छाड्दैनौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले भने । व्यवस्थापिका संसदको विकास समितिमा स्थानिय तथा राष्ट्रिय विकासको कार्यप्रगति समिक्षामा उपस्थित कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले नियम मिचेर भैरहेको रकमान्तरलाई टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका हुन् । ‘बर्षेनी बजेट आउँछ, त्यसमा कार्यक्रमहरु राखिन्छन, त्यसमा पनि पैसा पुगेन रकमान्तर गर्ने कानुन सम्बत व्यवस्था नै छ, तर यहाँ त बजेटमै नभएका कार्यक्रममा करोडौं रकम पठाइएको छ जुन गम्भिर कुरा हो’, कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले भने । अर्थमन्त्री महराले रोल्पामा ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेका छन् । अर्थमन्त्री महराले निर्णय नम्बर १ मार्फत रोल्पा जिल्लामा उपभोक्ता समितिले निर्माण गर्ने २५ वटा सडकका लागि २० लाख देखि ५९ लाख रुपैंयाँसम्म रकमान्तर गरेका छन् । त्यस्तै, ठेक्का मार्फत निर्माण गर्नुपर्ने ११ वटा सडकका लागि एक एक करोड रुपैंयाँ रकमान्तर गरेका छन् । बजेटमै नभएका कार्यक्रम खडा गरेर रकमान्तर गरेपछि अख्तियारले छानविन थालेको हो ।
आरएसडिसीले १५% बोनस र २००% हकप्रद दिँदै, चैत १ गतेदेखि १२ दिन बुक क्लोज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।