विकासन्युज

यातायात व्यवस्था कार्यालय सतुङगलको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबारदेखि यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ९४ शाखा, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजश्व संकलन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

ज्योति बिकास बैंकले शतप्रतिशत निष्काशन गर्दै, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । ज्योति बिकास बैंकले शतप्रतिशत(१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ । बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बिहीबार ज्योति विकास बैंक लि. र सिद्धार्थ क्यापिटल लि. बीच हकप्रद शेयर निष्काशन गर्ने सम्वन्धमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । बैंकले चालु आ.व. को दोस्रो त्रैमाससम्ममा ८ अर्ब १ करोड कर्जा प्रवाह र ९ अर्ब १२ करोड निक्षेप संकलन गर्न सफल भएको छ । सो अवधिमा बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘हुन्डाई फेसटिभ डिलाइट’ को को विजेताहरु घोषित, जसले पाए गाडी खरिदमा ६ लाख नगद

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक(एक थान)) हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अनुरुप, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ११०१ कारकी क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौं ले हुन्डाई इलाईट ई२० प्राप्त गरेका छन् । साथै यस अफर अन्तर्गत, धरानका कुपन नम्बर १७६८ का नेत्रबहादुर खड्काले हुन्डाई क्रेटा प्राप्त गरेका छन् । सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गतेसम्म लागु गरिएको थियो ।

बैशाखदेखि वैदेशिक रोजगारमा जानेले कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्न सक्ने, ५६ अर्ब लागतमा जलविद्युत् निर्माण गर्ने तयारी

कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारमा गएका जनशक्तिको पनि रकम सञ्चित गर्ने भएको छ । वैदेशिक रोजगारमा गएकाहरूको रकम सञ्चित गर्नका लागि कोषले नियमावली तयार पर्दैछ । उक्त नियमावली पास भएपछि यही आउँदो वैशाखदेखि वैदेशिक रोजगारमा गएकाहरूको पनि स्वदेशका रोजगारहरूको जस्तै मासिक निश्चित रकम सञ्चित गर्ने व्यवस्था कोषले गर्न लागेको हो । नयाँ सञ्चय कोष ऐन पास भएपछि स्वदेश तथा विदेशमा रहेका सबै स्वरोगार व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था भएसँगै यस्तो सुविधा विस्तार गर्न लागिएको कोषका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले बताए । ‘उक्त व्यवस्थाको लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘वैशाखसम्म नियमाली पास गरेर सेवा शुरु गर्छौ ।’ कति रकम सञ्चित गर्ने भन्ने सम्बन्धमा सीमा तोकिन भने बाँकी छ । वैदेशिक रोजगारमा गएका व्यक्तिले नियमावलीले व्यवस्था गरेको निश्चित सीमा भित्र रहेर आफ्नो कमाइको जति रकम सञ्चित गर्न मन लाग्यो उत्तिनै सञ्चित गर्न सक्ने कोषले जानकारी दिएको छ ।  कोषले केही महिना बढी नेपाली जाने देश कतार, दुबई, मलेलियालगायतका देशमा गएर उनीहरूको राय तथा प्रतिक्रिया बुझेर थियो । कोष द्वारा गरिएको उक्त सर्वेषणमा  कोषमा रकम जम्मा गर्ने प्रतिक्रिया आएसँगै नियमावली निर्माण कार्य शुरु गरेको हो । हाल कोषमा ५ लाख २५ हजार सञ्चयकर्ताहरू रहेका छन् । कोषमा उनीबाट सञ्चित भएको रकम दुई खर्ब १७ अर्ब पुगेको छ । सो रकममध्ये एक खर्ब १८ अर्ब रकम विभिन्न परियोजनामा लगानी गरेको छ भने करिब ५६ अर्ब रूपैयाँ जलविद्युत्मा लगानी गर्ने प्रस्ताव ऊर्जा मन्त्रालयमा पेश गरेको छ ।

सूचना प्रविधिकाे क्षेत्रमा पौने तीन अर्ब लगानी गर्ने चौधरी ग्रुपकाे घोषणा

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सूचना प्रविधिको क्षेत्रमा करिव पौने तीन अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको क्षेत्रमा २५ मिलियन डलर (२ अर्ब ७५ करोड  रुपैयाँ) लगानी गर्ने घोषणा गरेका हुन् । चौधरी ग्रुपले निकट भविष्यमै मोवाइल वालेट सार्वजानिक गर्ने उनले जानकारी दिए । ‘अबको युग सूचना प्रविधिको युग हो, चौधरी समूहले यो क्षेत्रमा ठूलो लगानीको तयारी गरिरहेको छ,’ चौधरीले भने ।

सांसदको प्रश्नः अख्तियार सोलेको गब्बर सिंह हो कि मुसा ?

विकास समिति बैठकमा कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यात र अन्य तीन आयुक्तहरु काठमाडौं । ‘माननिय सभापतिज्यु, भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी पाएको अख्तियार हिन्दी फिल्म सोलेको गब्बर सिंह हो की मुसा हो बुझ्नै सकिएन, कहिले अख्तियार गब्बर सिंह बन्छ कहिले मुसा जस्तै, यो ठिक भएन, अख्तियारले आफ्नो भूमिका बिर्सिनु हुन्न’, कास्कीका सांसद यज्ञ बहादुर थापाले व्यवस्थापिका संसदको विकास समितिमा भने । धादिङका सांसद गुरु बुर्लाकोटीले भने–‘म सानो छँदा गाउँमा भुरा लाने जोगीको नाममा केटाकेटीलाई तर्साइन्थ्यो, अहिले कर्मचारी अख्तियारका नाममा तर्सिन्छन, के भुरा लाने जोगी र अख्तियार उस्तै हो ?’ अर्का सांसद ललितजंग शाहीले अख्तियारको बल्छि सानो भएको आरोप लगाउँदै ठुला माछा समात्ने गरि बल्छिको विकास गर्न आग्रह गरे । सांसद शिवजी यादवले भ्रष्टाचार भएपनि अख्तियार, काम नभएपनि अख्तियार गुहार्ने कुरा गलत भएको धारणा राखेका थिए । सांसद राजेन्द्र पाण्डेले आफ्नो क्षेत्राधिकार नाघेर अख्तियारले स्थानिय विकासमा अवरोध खडा गरेका आरोप लगाए । ‘अख्तियार समानान्तर सरकार होइन, यो सरकारको संबैधानिक अंग मात्रै हो, आफ्नो अधिकार क्षेत्र बुझेर मात्रै काम गर्नु पर्छ, विकास निर्माणमा अवरोध गर्न पाइँदैन’, सांसद पाण्डेले भने । सांसदहरु रामचन्द्र पोखरेल, तुलसा राना, रामकृष्ण घिमिरे र हरिचरण शाह लगायतले अख्तियार विकासको बाधका रुपमा खडा भएको आरोप लगाएका थिए । अख्तियारको त्रासले कर्मचारीले काम गर्न छोडेको बताउँदै त्यस्तो अवस्था चिर्न आयोगले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । अख्तियारको स्पष्टिकरण बैठकमा कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यात, डा. गणेशराज जोशी, नविनकुमार घिमिरे र सावित्रा गुरुङ उपस्थित थिए ।  आयुक्त डा. पोखरेलले आयोग विगतमा गब्बर सिंहको भूमिकामा देखा परेको संकेत दिँदै अहिले भुसा भने नभएको स्पष्ट पारेका थिए ।‘आयोगबाट विगतमा केहि त्यस्ता घट्नाहरु पनि भएका थिए होलान तर अहिले त्यस्तो अवस्था छैन, हामी सुतेका पनि छैनौं र विकास बिरोधी पनि भएका छैनौं’, डा. जोशीले भने । अर्का आयुक्त नविन कुमार घिमिरले पनि आयोग विकास विरोधी नभएको तर विकास निर्माणमा कानुन सम्बत हुनुपर्ने र गुणस्तर कायम हुनुपर्नेमा जोड दिए । कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले संसद बनाएको कानुन अनुसार आयोगले काम गरिरहेको बताउँदै भ्रष्टाचार निवारणमा कुनै कसर बाँकी नराख्ने र विकास निर्माणमा अवरोध नगर्ने प्रष्ट पारेका थिए ।

नेपाल लाईफको एफपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

काठमाडौं, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले करिव २ महिनाअघि निश्काशन गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १६० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ भने अन्यले कम्तिमा १० कित्ता पाएका छन् । १० कित्ता शेयर एक लाख २५ हजार ५ जनाले पाएका छन् । साना लगानीकर्ताले २३.२२ प्रतिशत शेयर पाएका छन् । १७० देखि १८० कित्ता आबेदन गर्नेले अनिबार्य रुपमा १० कित्ता पाउँदा १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ता पाएका छन् । सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ सय ४१ कित्ता पाएका छन् । ठूला लगानीकर्तालाई ५.७३ प्रतिशतको दरले सेयर बाँडफाँड गरिएको छ । आबेदकहरुमा १० कित्तावाला २३ हजार १४८ रहेकोमा पाँच हजार ५०३ जनाले, २० कित्तावाला ९ हजार ३७८ रहेकोमा चार हजार ३७७ जना र ३० कित्तावाला एक लाख ६३ हजार ८०१ रहेकोमा एक लाख १४ हजार १२५ जनाले सेयर पाएका छन् । कम्पनीको शेयरमा अधिकतम कित्ताका लागि १७३ जनाले आवेदन दिएका थिए। उनीहरुले ३० हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए । उनीहरुले १७ सय ४१ कित्ता शेयर पाएका छन् । एफपीओमा ५४ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ बराबरको आबेदन परेको थियो । सेयर नपरेकाहरुलाई पाँच कार्य दिनपछि रकम फिर्ता भुक्तानी गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

हेलिकोप्टरमा आधा अर्बको लगानी थप्दै फिस्टेल एयर, एक साताभित्रै १५ कराेडकाे हेलिकोप्टर काठमाडौंमा

फिस्टेलले खरीद गर्ने हेलिकाेप्टरकाे फाइल तस्बीर काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेका अनुसार पहिलो हेलिकोप्टर आज वा भोलीमै कलकत्ता आउँदै छन् । क्यानेडियन एक वायुसेवाले उडान गरेको यो हेलिकोप्टर फिस्टेलले खरिद गरेको हो । फिस्टेलले करीब १५ करोड रुपैयाँका किनेको यो हेलिकोप्टर काठमाडौं ल्याउन भने एक साताको समय लाग्ने उनले बताए । उनका अनुसार फिस्टेलले एयरवस हेलिकोप्टर कम्पनीको एसएस ३५० बी ३ प्लस नामक ६ सिटर हेलिकोप्टर ल्याउँदै छ । यसपछि यो वायुसेवाले सन् २०१८ भित्रमै अर्को दुई वटा हेलिकोप्टरको लागि ३० करोड रुपैयाँसम्म खर्च गर्ने भएको छ । पाण्डेका अनुसार फिस्टेलले यस अघि अमेरिकी कम्पनी वेल हेलिकोप्टर ल्याउने सम्झौता गरिसकेकोले सोही कम्पनीको दुईवटा जहाज ल्याउने भएको छ । उनका अनुसार वेलको जहाज ल्याउदाँ कम्तिमा २५ करोड रुपैयाँ खर्च हुने छ । फिस्टेलसँग अहिले नै २ वटा हेलिकोप्टर उडानमा रहेको छ । एक सातामा ३ वटा पुग्ने भएको छ । यो वायुसेवाले अर्को २ वटा हेलिकोप्टर ल्याउने टुङ्गो समेत लगाइसकेकोले आगामी एक वर्षभित्रै यसका हेलिकोप्टर संख्या ५ वटा पुग्ने पाण्डलेको भनाइ छ । हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको छ । गोमा एयरमार्फत नियमति उडानमा र फिस्टेल एयरमार्फट हेलिकोप्टर सेवामा यसले आफ्नो बजार विस्तार गरिरहेको छ । गोमाले भर्खरै ७० करोड रुपैयाँ खर्च गरेर दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेको छ । यो वायुसेवासँग २ वटा लेटका जहाज नियमति उडानमै थिए । हाल यसका नियमित उडान रहेका मल्टि इन्जिनका जहाज चार वटा र २ वटा सिंगल इन्जिनको जहाज रहेको छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउन थालेको पाण्डेले बताए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको हो । हाल नेपाली आकासमा १० वटा हेलिकाेप्टरले उडान सेवा दिइरहेका छन् । यी वायुसेवाको हेलिकोप्टर संख्या २ दजर्नन रहेको छ । पछिल्लाे समय हेलिकाेप्टरकाे बजार नेपालमा निकै बढेकाे छ । नेपालीकाे पनि हेलिकाेप्टर चढ्न सक्ने क्षमता बढेकाे, उद्धार र पर्यटकीय गतीविधिमा यसकाे उपयाेग बढेकाे उल्लेख छ ।