विकासन्युज

गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा निवेदन

काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद दिन फागुन २४ गते बोर्डमा निवेदन दिएको छ । फाइनान्सले २८ करोड ९३ लाख ३१ हजार ३ सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । फाइनान्सले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

चौधरी फाउण्डेसनद्धारा निर्मित शाश्वत धाम राष्ट्रपतिद्धारा उद्घाटन, धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य

चौधरी फाउण्डेसनले नवलपरासीको देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा निर्माण गरेको ‘शाश्वत धाम’को औपचारिक उद्घाटन राष्ट्रपति विद्यदेवि मंगलबार भण्डारी गरेकी छन् । उद्घाटनको अवसरमा पूर्व राजा ज्ञानेन्द्र, भूमिससधार मन्त्री बिक्रम पाण्डे, उपप्रधानमन्त्री कमल थापा, भारतीय धर्म गुरु रविशंकर लगायतको सहभागिता थियो । १७ वर्षअघि शङ्कराचार्यले शाश्वत धामको सिल्यानास गरेको थिए । औपचारिक उद्घाटनका कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यदेवि भण्डारीले शाश्वत धाम पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य बन्न सक्ने बताईन । निजी क्षेत्रको पहलमा आकर्षक र भव्य धार्मिक स्थाल बनेकोमा खुशी व्यक्त गरिन् । चौधरी ग्रुपले प्रवद्र्धन गरेको सामाजिक संस्था चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान सीजी पार्क परिसरमा शाश्वत धाम निर्माण गरेको हो । चौधरी ग्रुपका अध्यक्ष चौधरीले एउटा फरक सपना पुरा हुन लागेकोमा आफुलाई सन्तोष मिलेको बताए । ‘शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आर्शिवचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको’ उनले बताएका छन् । “धर्मो रक्षति रक्षितः” अर्थात धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै देवचुली र वर्चुली पहाडको काखमा अवस्थित नवलपरासीको सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहनेछ । सनातन धर्मप्रति आस्थावान सवैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा आम मानिसले आध्यात्मिक उर्जा एवं शान्तिपूर्ण तथा उर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्नसक्ने विश्वास गरिएको छ । शंकराचार्य जयेन्द्र सरस्वतीजीबाट चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धारणाको विकास गराउन शिवमन्दिर र ऋषिआश्रमको रुपमा गुरुकुल सहितको धाम निर्माण गर्न आशिर्वाद भएबमोजिम उनका छोरा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शाश्वतधाम निर्माणमार्फत पिताको सपना पूरा भएको बताएका छन् । पूर्वीय सनातन धर्मको संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफा नकमाउने उद्देश्यका साथ यो धामको स्थापना गरिएको हो । उद्घाटन पश्चात सर्वसाधारणको लागि औपचारिक पुजा आजा, दर्शन तथा अवलोकन खुला गरिएकाे छ । करिव ७ विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । मन्दिरको अलावा यस धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि  आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् । शाश्वतधामको अर्को विशेषताको रुपमा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्ने छन् । त्यसै गरी ओझेलमा परेका नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरुको पनि प्रचारप्रसार यहाँबाट गरिने व्यवस्था मिलाइएको छ । शाश्वतधाम भित्र धार्मिक सूचना केन्द्र रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर रहेको छ जहाँ आगन्तुकहरुले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् । धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ । त्यस्तै, सोमबारको तुलनामा मंगलबारको करोबार रकममा करिब ३३ करोड रुपैयाँ बराबरको गिरावट भएको छ । सोमबार ७४ करोडको कारोबार भएको थियो भने मंगलबार जम्मा ४१ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ४२, १९ र १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी                                              नाफा कमाउने १० उत्कृष्ट कम्पनी

एनआईसी एसिया बैंकले पायो १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति

काठमाडौं । एनआईसी एसिया बैंकले सेयरधनीलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले ८७ लाख २९ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ८७ करोड २९ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३१ रुपैयाँ रहेको छ ।

लक्ष्मी लघुवित्त र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम लक्ष्मी लघुवित्त वित्तीय संस्था लिका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न पाउने छन् । उक्त सम्झौतापत्रमा लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि एजेन्टहरु छन् । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको बुमका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको पन्तले जनाए ।

नेपालको जलविद्युत् क्षमता ८५ हजार मेगावाट, ५० वर्षअघिको रिपोर्टमा १९०० मेगावाट थपियो

काठमाडौं । नेपालको जलविद्युत् उत्पादन क्षमता ८४ हजार ९ सय मेगावाट रहेको देखाएको छ ।  जल तथा ऊर्जा आयोग सचिवालयले गरेको पछिल्लो अध्ययनले सो देखाएको हो । सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरी गरिएको अध्ययनले नेपालको उत्पादन क्षमता ८५ हजार मेगावाट रहेको देखाएको हो । ५० वर्षअघि गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट उत्पादन क्षमता रहेको उल्लेख ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी बताए ।  यसैलाई आधिकारिक मानिंदै आएको छ । त्यसयता यस बारेमा विस्तृत अध्ययन हालसम्म भएको थिएन । परामर्शदाताले उपलब्ध गराएको अन्तरिम प्रतिवेदनमा ‘क्यू ४०’ प्रणालीका आधारमा ८४ हजार ९ सय मेगावाट देखिएको आयोगले जानकारी दिएको छ । यसअघि प्राज्ञिक आधारमा विश्लेषण गर्दै नेपालको जलविद्युत् क्षमता १ लाख ५० हजार मेगावाटभन्दा बढी हुनसक्ने प्रारम्भिक प्रतिवेदन यही परामर्शदाताले दिएको थियो । परामर्शदाताले अन्तरिम प्रतिवेदन दिएको छ । उत्पादन क्षमता नदी वेसिन                    क्षमता (मेगावाट) कोशी                          २८८१० गण्डकी                       २४१३५ कर्णाली                       २५४६६ महाकाली                    ३०२१ वागमती                       १०४३ राप्ती                           ९९९ बबई                            ४४६ कन्काई                        ४११ कमला                          २५५ तिनाउ                          १५८ बर्कैया                          ९४ मेची                             ६२ स्रोतः जल तथा ऊर्जा आयोग सचिवालयल कुल पानीको क्षमताको आधारमा यो तथ्यांक दिए पनि त्यसलाई वास्तविक उत्पादन क्षमताको आधारमा विश्लेषण गर्दा फरक पनि पर्न सक्ने आयोगले बताएको छ ।  दश नदी वेसिनलाई आधार मानेर तयार पारिएको प्रतिवेदनमा सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशीमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ६२ मेगावाट रहेको छ । यस्तै, गण्डकीमा २४ हजार १ सय ३५, कर्णालीमा २५ हजार ४ सय ६६, महाकालीमा ३ हजार २१, वागमतीमा १ हजार ४३, राप्तीमा ९ सय ९९, बबईमा ४ सय ४६, कन्काईमा ४ सय ११, कमलामा २ सय ५५, तिनाउमा १ सय ५८ र बर्कैयामा ९४ मेगावाट उत्पादन क्षमता देखिएको छ । नेपाल र भारत दुवै देशका साझा आयोजनाको रुपमा अघि बढेका कर्णाली चिसापानी, पञ्चेश्वर लगायतका आयोजनाको भने आधा क्षमतालाई मात्र प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल जलविद्युत् उत्पादन क्षमता अघिल्लो मिल्दोजुल्दो देखिए पनि व्यावसायिक रुपमा उत्पादन क्षमता भने ५० हजार मेगावाट नाघ्ने प्रारम्भिक अध्ययनले देखाएको छ । २०७४ असारसम्ममा नेपालको कुल र व्यावसायिक क्षमताबारे स्पष्ट प्रतिवेदन आउने आयोगले जनाएको छ ।

एनएमबि माइक्रोफाइनान्स र युके एडबीच सहकार्य, सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सहकार्य भएको छ । दुई संस्थाले दुर्गम जिल्लाका सदस्यहरुलाई वित्तीय पहुँच पुर्याउने उद्धेश्यले उक्त सहकार्य गरेका हुन् । उक्त सहमतीपत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र सक्षम एक्सेस टु फाइनान्सको तर्फबाट टोली प्रमुख वलजित वोहोराले हस्ताक्षर गरेका छन् । कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोनाजोले सक्षम सँगको सहकार्यले दुर्गम भेगका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न सहज हुने कुरा बताए । उनले साना वयवसायलाई लक्षित गरी सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने बताए । त्यस्तै युके एड सक्षमका टोली प्रमुख वोहोराले एनएमबिमाइक्रो फाइनान्स वित्तीय संस्थालाई देशका पाँच वटा दुर्गम जिल्लाहरु मनाङ्ग , मुस्ताङ्ग , रुकुम, म्याग्दी र इलाम जिल्लामा कार्यक्रम विस्तारकालागि आवश्यक सहयोग गर्ने बताए । समझदारी बमोजिम एनएमबिमाइक्रोफाइनान्सले आगामीदुई वर्षभित्र ५ वटा जिल्लामा शाखा/उपशाखाहरु खोली७ हजार ५ सय २९ घरपरिवारलाई आयआर्जन गर्नका लागि ऋण प्रदान गर्ने र सो ऋणबाट महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा जोड दिनेछ ।

सानिमा बैंकको ४५ औं शाखा टिमुरेमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा ४५ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले यूकेआइडीद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेसि टु फाइनान्स)को सहकार्यमा सो सेवाको विस्तार गरेको हो । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पुर्याइरहेको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गरेका छन् । उद्घाटन  समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने विचार व्यक्त गरेका छन् । साथै आगामी दिनहरुमा पनि यस बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेतसम्म ४५ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेका छन ।