विकासन्युज

सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनस दिने, पूँजी ३ अर्ब ३० करोड रुपैयाँ नाघ्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ । सभाबाट पारित भएपछि मात्र शेयरधनीले सो मात्रामा बोनस पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३ अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०६ रुपैयाँ रहेको छ ।

लामो समय पछि कारोबार खुलेको एनसीसी बैंकको कति भयो सेयर कारोबार ?

काठमाडौं । विगत केही वर्षदेखि बन्द रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर कारोबार सोमबारबाट खुलेको छ । लामो समय पछि पहिलो दिन खुलेको कारोबार भएको बैंकको एकै दिन ९ करोड २३ लाख कित्ता सेयर करोबार भएको छ । एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर भएपछि एनसीसी बैंकको दोश्रो बजारमा यो पहिलो कारोबार हो । बैंकको पहिलो कारोबार ३१० रुपैयाँमा शुरु भएको थियो भने बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । बाघबजारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले बढ्दा ७४ करोडको कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार बन्द हुँदा ४ अंकले बढेर १३५८ दशमलब ४१ अंकमा अडेको छ । बजार खुलेको करिब एक घण्टामा १३७१ अंकमा पुगेको परिसूचक त्यसपछिको करिब एक घण्टामै घटेर १३५४ अंकमा झरेको थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिएको छ । सामान्य अंकले बढेको बजारमा ७४ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६६२ रुपैयाँ रहेको छ । सो दिन बीमा र फाइनान्स समुहको परिसूचक राता देखिएका छन् भने अन्य बाँकी समूहको परिसूचक हरिया देखिएका छन् । बीमा र फाइनान्स समुहको परिसूचक क्रमशः ३.५२ र २.१८ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९.४४ अंकले उकालो लागेको छ ।

यसरी सम्भव हुन्छ धितोपत्र बजारमा दैनिक २ अर्बको कारोबार

काठमाडौं । सरकारले धितोपत्र बजारलाई बढाएर दैनिक दुई अर्बको पुर्याउने रणनीति बनाएको छ । अहिले दैनिक २०/२५ लाखको कारोबार भैरहेको धितोपत्र बजारलाई सो अवस्थामा पुर्याउन सबैभन्दा पहिला अनलाइन व्यापार शुरु गरिनु पर्ने सम्बन्ध क्षेत्रका विज्ञहरूले बताएका छन् । अनलाइन व्यापारका लागि नेपाल स्टक एक्स्चेञ्जले कार्य सम्पादन अघि बढाएको छ । तर, अहिलेसम्म त्यस्तो प्रकारको व्यापार भने शुरु हुन सकिरहेको छैन । अहिले भइरहेको ट्रेडिङ प्रणालीलाई विकास गरेर अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार अब आप्रवासी नेपालीहरूले पनि यस क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । जतिसक्दो चाँडो एनआरएनको लगानीलाई भित्र्याउन सरकारले पहल कदमी चाल्नु पर्ने नेपाल ब्रोकर संघका पूर्व अध्यक्ष अञ्जनराज पौडेलले बताए । यस साथै विभिन्न क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गर्न दवाव दिनुपर्ने उनको सल्लाह छ । अहिलेनै अनलाइन ट्रेडिङ गर्न नसकेपनि इमेलबाट आएको अडरलाई ट्रेडिङसम्म ट्रासफर गर्ने प्रणाली लागू गर्न सकेमात्र पनि बजार बढ्ने तथा विस्तार हुने गर्दछ । देशमा ठूला लगानीका अस्पतालहरु, सिमेण्ट उद्योगलगायत हिमालय डिष्टिलरी, सूर्य नेपाल जस्ता ठूला कम्पनी सबै ठूला होटल अन्य कम्पनीलाई सेयर बजार ल्याउन सके अहिले भइरहेको कारोबार बढ्ने उनको भनाइ छ । ठूला औद्योगिक घरानाहरू सेयर बजारमा प्रवेश नै नगरेका धेरै उदाहरण हामीसँग छन् । ‘डिम्याट प्रणाली आइसकेपछि देशभरि व्यवसाय विस्तार गर्न सहज र सरल भएको छ ,’ उनले भने ‘शाखा पुगेपछि व्यवसाय गरिरहेकोले पनि यसमा लगानी गर्न सकिने भएकोले यसको आकर्षण अझ बढ्छ ।’ यो व्यवसायमा हात राख्नको लागि अन्य गरिरहेको व्यवसायलाई छाड्नु पर्दैन, सँगसँगै लैजान सकिन्छ ’ उनले भने । साथै बजारलाई विस्तार तथा आकार ठूला बनाउन मार्केट मेकरका रुपमा संस्थागत लगानी आउनु पर्ने उनको भनाइ छ । ‘कम्तिमा पनि बजारको आँकार बढाउनका लागि दुई/तीन वटा मार्केट मेकर थपिनु पर्छ, बजारको आकार त्यतिकै बढ्दै जान्छ,’ पौडेलले भने । बजारको आँकार बढाउने उपाय: व्यवसायलाई विस्तार गरेर देशभरि पुर्याउनु पर्ने अनलाइन व्यापार बजारलाई एकिकृत गर्ने सफ्टवेयरको नेपाल भित्र्याउनु पर्ने आप्रवासीलाई लगानी गर्ने वातावरण तयार पारिदिनु पर्ने मार्केट मेकरको रुपमा संस्थागत लगानी ल्याउनु पर्ने सबै उद्योग तथा व्यवसायलाई धितोपत्र बजारमा समावेश गराउनु पर्ने

साओमीको मि मिक्स् मोबाइल नेपाली बजारमा, शुक्रबारसम्म किन्नेलाई विशेष छुट

काठमाडौं । साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै प्रविधियूक्त मि मिक्स् मोबाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारसम्म मोबाइल खरिद गर्नेलाई विशेष छुट दिने भएको छ, जसमा ५ हजार रुपैयाँ छुट गरेको छ । उक्त मोबाइलमा मल्टिटाक्सिङ र साधारण स्मार्ट फोनको तुलनामा ५ गुणा बढी क्षमता रहेको यस फोनमा ६जिबी र्याम, २५६ जिबी रोम रहेको छ । साथै, कम्पनीका अनुसार यसमा केरामिक बडी १८ के गोल्ड रिम्स् अराउन्ड क्यामेरार फिंगर प्रिन्ट सेन्सरले प्रमियमको अनुभव गराउँछ । फोर के भिडियो प्रमुखता रहेको यस फोनमा १६ एमपी/५ एमपी क्यामेरा, ४४०० एमएएच ब्याट्री रहेको छ । कम्पनीका अनुसार बजारमा यसको मूल्य सोमबार देखि शुक्रबार सम्म ८९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, शनिबारदेखि भने यस मोबाइलको मूल्य ९४ हजार ९९९ रुपैयाँ रहने छ । शारदा गुप्र अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रा.लि चिनिया“ मोबाईल कम्पनी साओमीको आधिकारिक बिक्रेता रहेको छ ।

सोमबार मात्रै ४८ लाख ७३ हजार कित्ता बोनस र ११ लाख कित्ता हकप्रद सूचिकृत

काठमाडौं । सोमबार मात्रै ४८ लाख ७३ हजार ७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ । सोमबार ५ वटा कम्पनीको गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सिर्जना फाइनान्सको १० लाख ८ हजार, छिमेक लघुवित्त विकास बैंकको २३ लाख ८३ हजार र यूनाइटेड इन्स्योरेन्सको ५ लाख ४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको क्रमशः ७ लाख ४७ हजार ५०७ कित्ता र २ लाख ३१ हजार कित्ता बोनस सूचिकृत भएको छ । त्यस्तै, सोमबार नै यूनाइटेड फाइनान्सको ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद सूचिकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल एसबिआई बैंकको ६७ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल एसबिआई बैंकको ६७ हजार ७६७ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । सोमबार मात्र बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हात्तिसारमा केन्द्रिय कार्यलय रहेको यस बैंकको चुक्ता पूँजी ४ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता १०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नयाँ वायुसेवालाई उडान अनुमति पाउँनै कठीन, नियमक निकायमै वर्षोसम्म अड्किन्छ फाइल

काठमाडौं । नयाँ वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयका वायुसेवा संचालनको इजाजत (लाइसेन्स) पाएको वर्षोसम्म पनि उडान अनुमति पाउन सकेका छैन । तीन वर्षअगाडि नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले सूरक्षा सूची (कालोसूचि)मा राखेपछि नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै निकै कठीन भएको छ । उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ वायुसेवालाई एओसी दिन निकै झन्झटिलो व्यवस्था गरेको छ भने समयमा काम नै नगरिदिने सरकारी निकायको ढिलासुस्तीले कम्पनीका व्यवसायीक योजना नै प्रभावित हुने गरेका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकायमै अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको छ । यो वायुसेवाले ६ महिना अगाडि नै पर्यटन मन्त्रालयबाट इजाजत लिइसकेको छ । यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको ६ महिना भैसकेको भएपनि अझै दुईतीन महिना लाग्नसक्ने अवस्था देखिएको छ । इयुको कालोसूचिपछि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको तथा नियमक निकायको ढिलासुस्ती हुने गरेको पनि सम्वन्धित वायुुसेवा कम्पनीको बुझाई छ । प्राधिकरणका लाइसेन्सिङ विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अनुसार प्रक्रिया पूरा गरेर आउने वायुसेलाई हामीले रोक्दैनौ । सबै प्रक्रिया पूरा नगरे तथा कागजाता नमिलाएसम्म अनुमति दिन पनि सक्दैनौ, उनले भने ।  प्राधिकरणको हवाई उडान सुरक्षा विभागका अनुसार श्री एयरलाइन्सको प्रक्रिया तेस्रो चरणमा पुगेको छ । यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको छ । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ । नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो । पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो । अहिले नियमित आन्तरिक उडानको अनुमति लिने तयारी गरिरहेको श्री एयरलान्यसले पनि करीब ६ महिनादेखि दौडधूप थालिरहेको छ । यो वायुसेवाले भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो । समयमा नै एसोसी पाएको भए ६ महिना भित्रमै जहाज उडान गरिसक्ने योजना रहेको पनि श्री एयरलाइन्सले जानकारी दिएको छ । श्री एयरलायन्सका अनुसार प्राधिरकणका कर्मचारीले समयमा काम नगर्ने, कागजपत्रमा नै अल्झाइरहने । एकैदिनमा हुने कामलाई पनि महिनौ झुलाउने गरेको कारण समयमा नै सेवा विस्तार गर्न नसकिएको गुनासो एयरलाइन्सको छ । पर्यटन मन्त्रालयबाट ६ अगाडि नै इजाजत पाएलगत्तै श्री एयरलाइन्सले एओसीको प्रकृयासुरू गरेको भएपनि यसको काम भर्खरै तेस्रो चरणमै रहेको एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार अझै चौथाे र पाँचौ प्रक्रिया बाँकी नै छ । नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले इयुको कालोसूचीमा परेपछि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई दोष दिने गरेको छ । १७ वर्षको हेलिकोप्टर उडानपछि फिक्स विंग्समा जाँदै नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ ।