विकासन्युज

नेपालमा एम्बुलेन्स निर्देशिका लागू हुँदै, के के छन् निर्देशिकामा?

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्याङ्क नभएकाले निर्देशिका ल्याई चालु आर्थिक वर्षमा अहिले सञ्चालन रहेका सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । “मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी सङ्घसङ्गठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ल्याइएको हो”, स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने । निर्देशिकामा एम्बुलेन्सको पहिचान हुनेगरी आवाज र नीलो रङको सङ्केत बत्ती जडान गरिएको हुनुपर्ने, एम्बुलेन्समा फोर ह्विल ड्राइभ, सस्पेन्सन, को-चेन सिस्टम हुनुपर्ने, शब्द र सम्पर्क फोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘एम्बुलेन्सलाइ ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा छुट्याइएको छ । एम्बुलेन्सले कुन वर्गको हो स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ । त्यसैगरी, सरकारबाट राजस्व छुट सुविधामा प्राप्त एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रस्ट देखिने गरी लेखेको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकाले एम्बुलेन्सको चिह्न, चालकको योग्यता, पालन गर्नुपर्ने आचारसंहिता र एम्बुलेन्सको प्रकार पनि छुट्याएको छ । निर्देशिकामा एम्बुलेन्समा रातो, हरियो र पहेँलो रङको सम्मिश्रण हुनुपर्नेछ । ‘क’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो रङ हुनुपर्छ भनिएको छ । त्यसबाहेक दायाँ–बायाँ भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ‘ख’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो रङ हुनेछ । त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ग’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग हरियो हुनेछ । त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । एम्बुलेन्सको अगाडि-पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा एम्बुलेन्स लेख्नुपर्नेछ । एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका साथै वर्गअनुसार आवश्यक औजार राखेको हुनुपर्नेछ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन । एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेछ । एम्बलुेन्स नीलो रङको कम्तीमा ३० से.मी. लम्बाइको ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न हुनुपर्ने र यस्तो चिह्न दायाँ–बायाँ र पछाडि तीनतर्फ हुनुपर्ने, यसबाहेक सम्बन्धित संस्थाको चिह्न राख्न सकिने पनि उल्लेख छ । अन्य वाहनमा ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न राख्न नपाइने निर्देशिकामा उल्लेख छ । हाल सेवा दिइरहेका वाहनको हकमा भने निर्देशिका जारी भएको आर्थिक वर्षभित्र सेवा अनुमति लिनुपर्नेछ । यसरी अनुमति लिएको एम्बुलेन्सले सेवाग्राही बिरामीको अभिलेख राखी प्रत्येक चौमासिक सकिएको ३० दिनभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत चौमासिक प्रतिवेदन पेस गर्नुपर्नेछ । त्यसैगरी चालक प्रमाणपत्र तह पास भएको, पाँच वर्षको सवारी चालकको अनुभव प्राप्त गरेको, २५ वर्ष पूरा भएको र प्राथमिक उपचार तालिम प्राप्त गरेको हुनुपर्ने पनि निर्देशिकाले व्यवस्था गरेको छ । रासस

वायसुेवा निगमको टिकेटमा अझै सिन्डिकेट, ग्रुप होल्डिङले टिकेट पाइदैन, उड्ने बेलामा रित्तै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले आफ्नो छवि सुधार गर्न जहाज थप्नमा मात्रै ध्यान केन्द्रित गरिरहको छ । तर, निगमले जहाज उडान व्यवस्थित गर्न नसक्दा, आन्तरिक व्यवस्थापन कमजोर हुँदा र टिकेटिङका कमी कमजोरी सुधार गर्न नसक्दा टिकट नपाइने तर जहाज भने खाली उड्ने गरेको तथ्य फेला परेको छ । निगमकाे जहाजकाे फाइल तस्बिर   निगमको जहाजको टिकेटमा अझै सिन्डिकेट कायमै रहेको पाइएको छ । निगमको जहाजको टिकेट ठूला र धेरै विक्री गर्ने तथा निगमका नजिकका एजेन्सी तथा कर्मचारीको मिलेमतोमा ग्रुप होल्डिङ हुने गरेको छ । जसका कारण त्यो ग्रुपका यात्रु नआउँदा अरुले टिकेट नपाउने र जहाज खाली उड्नुपर्ने वाध्यता रहेको छ । नेपालमा उडान गरिरहेका विभिन्न २९ वटा अन्तराष्ट्रिय वायुसेवा मध्येकै एक्लो प्रतिस्पर्धी कम्पनी निगमको ग्रुप होल्डिङ र अनलाइन टिकेट नहुनाकै कारण अहिलेसम्म बचेको शाखा पनि गुम्न सक्ने देखिएको छ । निगमले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने, विदेशी वायुसेवोको तुलनामा स्तरीय सेवा दिनुपर्ने र सहज तथा सरल सेवा सुविधा हुनुपर्नेमा उल्टै निगमको छवि कमजोर पार्ने सेवामा नै अल्झिरहेको छ । निगमको जहाजको टिकट पहिले नै ठूला कम्पनी तथा ग्रुपले होल्ड गर्ने र अन्तिम समयमा मात्रै रद्द गर्ने गरेका कारण यस्तो समस्या आउने गरेको हो । यात्रुले खोजेको बेलामा टिकेट नपाउने तर जहाज भने खाली हुनुको मुख्य कारण नै टिकेल ब्लकमा (एजेन्सीलाई संख्या तोकेर टिकेट दिन) वा होल्डिङ नै भएको पर्यटन व्यवसायीको बुझाई छ । निगमको जहाजले अझै ग्रुप होल्डिङ हुने गरेको र टिकट नपाउने समस्या रहेको गुनासो गर्दै सुधारको अपिल गर्दै पर्यटन व्यवसायी यमबहादुर खड्काले आफ्नो फेसबुक स्टाटस नै राखेका छन् । उनका अनुसार निगमको टिकट जो पहिले आउँछ उसैले पाउने हुनुपर्छ । अहिले होल्डिङ हुने गरेकै कारण पैसा लिएर टिकेट चाहियो भन्दै आउनेले पाउँदैन, होल्डमा रहेको टिकेट रद्द हुन पुग्ने र अन्तमा जहाज खाली हुने गरेको बुझाई पनि उनको छ । निगमको जहाज उडानका आ–आफ्ना सेक्टर हेर्ने एजेन्सीले गर्ने ठूलो ग्रुप होल्डिङ नै अहिलेको मुख्य समस्या हो । जसको कारण त्यो ग्रुपले क्यान्सिल गर्नासाथ जहाज खाली हुन्छ । एउटाको नाममा टिकट होल्ड गर्ने र पछि आफ्ना मान्छे राख्ने गरेकोले यो समस्या भएको हो । सिस्टममा हेर्दा जहाजको सिट प्याक छ, तर टिकट भने पाइदैन । आएका यात्रुले चाहेको बेलैमा नपाएको टिकेट भोली पाउला, पर्सि पाउला, जहाज उड्ने बेलामा खाली होला, लास्ट आवरमा टिकट दिउँला भन्न मिलेन । आएका ग्राहकले मागेको टिकट नपाए जस्को खाली देखिन्छ त्यसैको टिकट दिनुपर्ने टिकेटिङ व्यवसायीको भनाइ छ । निगमको जहाजमा हुने गु्रप होल्डिङ सिस्टम हटाउनुपर्छ र अनलाइन टिकेटिङ गर्नुपर्छ भनेर ट्राभल व्यवसायीको संस्थाले पटकपटक निगमसमक्ष माग राख्ने गरेका छन् । व्यवसायीले आफ्नो हितको लागि मात्रै नभएर निगमकै फाइदाको लागि उठाएको मागप्रतिको वेवास्थाकै कारण निगमले चाहेर पनि सन्तोषजनक सेवा दिन सकेको छैन । वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले यो विषयमा आफूलाई थाहै नभएको प्रतिकृया दिए । उनका अनुसार के भएको छ भनेर मैले पनि बुझ्नुपर्छ । बुझेर मात्रै भन्न सक्छु, उनले भने । निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीका अनुसार पहिले ग्रुप होल्डिङको समस्या थियो तर आजकाल त्यस्तो समस्या छैन । उनका अुनसार अहिर्ले निश्चित समयको अवधि दिइएको हुन्छ त्यो समयमा नआए उसले टिकेट नपाउने गरी दिने गरेको बताए । कालाखेतीका अनुसार ग्रुप ल्याउनेले एक साता अगाडि टिकेट बनाइसक्नुपर्ने व्यवस्था गरेर यसलाई सुधार गरिसकेको दाबी गरे । उनका उनुसार न्युनतम १० जनाको ग्रुपले मात्रै होल्डिङ गर्न पाउँछन्, त्यसमा पनि न्युनतम २० देखि २५ प्रतिशत टिकेटको पैसा अग्रिम रुपमा लिने गरिएको छ । यदि सो ग्रुपले रद्द गरेमा उसको २५ प्रतिशतसम्मको पैसा पनि जफत हुने कालाखेतीले बताए । ‘अहिले पीक आवरका लागि यस्तो व्यवस्था गरिएको छैन । हाम्रो जहाज उड्नुपर्यो र पैसा पनि कमाउनुपर्यो भन्ने नै हाम्रो मान्यता छ । कहिलेकाँही यात्रु नै नभएपछि सिट खाली त हुन्छ;- उनले भने  । होल्ड गरेर सिट छैन भन्ने काम अहिले हटिसकेको दाबी उनको छ । ग्रुप होल्डिङको विरुद्ध प्रहरीमा उजुरीसम्म निमगको टिकेट नपाएको भन्दै ग्राहकले नै प्रहरीसमक्ष उजुरी नै गर्न पुगेको भएपनि निगमले अझै ध्यान पुर्याउँन भने सकेको छैन । नेपाल एसोसिएसन अफ टुर एण्ड एजेन्ट्स (नाट्टा)को गत वार्षिक साधारण सभामा निगमको टिकेट नभएको विषयमा एक जना ट्राभल एजेन्सीले खुलेरै गुनासो गरेका थिए । रस्मिता ट्राभलबाट निगमको टिकेट माग्ने राजु नायकले टिकेट नपाएको र भोलीपल्ट अर्को व्यक्तिले पाएको विषयमा उनले प्रहरीमा उजूरी नै दिन पुगेको पनि एक पर्यटन व्यवसायीले जानकारी दिए । यसरी निगमको बारेमा गुनासो गर्दा पनि अवस्था सुध्रन भने नसकेको व्यवसायीको भनाइ छ । अनलाइन टिकेटिङ नहुँदा समस्या निगमले उडान सुरु गरेको ६ दशक पुग्न लागिसकेको भएपनि अझै अनलाइन टिकेटिङ हुन सकेको छैन । कालाखेतीका अनुसार ई टिकेटिङको व्यवस्थामा नै अहिलेको सेवा चलिरहेको छ । उनका अनुसार निगमले अनलाइनको पनि व्यवस्था गर्न लागेको छ । अहिले परीक्षणको फेजमा छ । उनका अनुसार आगमी जुनदेखि जुलाईसम्ममा अनलाइन टिकेटिङको व्यवस्था भैसक्छ । ट्राभल व्यवसायीले भने पटक पटक अनलाइन टिकेटिङको माग गर्दै निगमसमक्ष ज्ञापनपत्र नै बुझाउने गरेका छन् । तर, निगमले सधै हुन्छ र गर्छौ भनेर टार्ने गरेको उल्लेख छ ।

अास्वा प्रणाली लागू भएपछि सेयर अावदेनमा नब्बर दाेहाेरिने समस्या देखियाे, हितग्राही खाता नम्बर मात्र अाधिकारीक

निरज गिरी काठमाडाैं । अास्वा प्रणाली लागू भएपछि सेयर अावदेनमा नब्बर दाेहाेरिने समस्या देखिएकाे छ । याे समस्या देखिएपछि अाश्वा प्रणाली निर्देशिका संशाेधन गर्ने र  हितग्राही परिचयपत्र नम्बरलार्इ मात्र अाधिकारीक नम्बरकाे रूपमा स्वीकार गर्ने तयारी भएकाे छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान अनियमितता भएको भन्दै छानबिनका लागि नेपाल धितोपत्र बोर्डमा उजुरी पछि बाेर्डले अावेदन नम्बर दाेहाेरिएकाे विषयलार्इ गम्भीर रूपमा लिएकाे प्रबक्ता निरज गरीले बताए । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान एउटै आवेदन नम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रकृयामा भएका गल्ती ढाक छोपको प्रयास भएको भन्दै आफू र आफूजस्तै साना लगानी कर्ताहरुलाई न्याय दिलाउन उजुरी मार्फत बोर्ड समक्ष आग्रह गरिएको पीडितकाे भनार्इ छ । फरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफूले पनि पाउनु पर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदनबाट माइक्रो फाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगले कसरी एउटै आवेदन नम्बर राखेर एकभन्दा बढी आवेदन फारम लगानीकर्तालाई बितरण गर्यो  र किन एक जनालाई मात्र सेयर बितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागि आग्रह गरिएको निवेदक सञ्जय भण्डारीले बताए । प्रविन रमण पराजुली मंगलबार साँझ गुनासाे दर्ता भएकाे र लगानीकर्ताकाे गुनासाेलार्इ बाेर्डले गम्भिर रूपमा लिएकाे गिरीले बताए । ‘अाश्वा प्रणाली लागू भएपछि धिताेपत्र बाेर्डले बनाएकाे नमूना फारम जुनसुकै बैंक तथा वित्तीय संस्थाले प्रयाेग गर्न सक्छन् । त्यसैले अावेदन नम्बरमा डुब्लिकेशन हुने ठाउँ देखियाे’ प्रबक्ता गिरीले भने-‘हामी मर्चेन्ट बैकर्ससँग बसेर समस्या समाधान गर्छाै, अाश्वा प्रणाली सम्बन्धि निर्देशिकामा अावश्यक सुधार गरेर हितग्राही परिचयपत्र नम्बर (विअाेअार्इडी) लार्इ मुख्य अाधार बनाउन सकिन्छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे सेयर अावेदन नम्बरमा डुब्लिकेशन देखिएपछि विअाेअार्इडीलार्इ अाधार मानेर सेयर वितरण भएकाे नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले बताए । ‘आवेदन नम्बरमा आधार नमानी हितग्राही खाताका आधारमा मात्र नतिजा हेर्ने व्यवस्था मिलाएकाे जनाएकाे छ, सेयर पनि हितग्राही खातामा जानेछ’ उनले भने । अाश्वा प्रणाली लागु भएपछि निश्काशन तथा बिक्री प्रबन्धकले छापेकाे फारम मात्र भर्नु पर्छ भन्ने व्यवस्था नभएकाे र खाता रहेकाे जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट धिताेपत्र बाेर्डले बनाएकाे नमुना अनुसार फारम बुझाउन पाउने व्यवस्था भएकाेले अावेदन नम्बर डुब्लिकेशन भएकाे उनले बताए । यस्ताे देखियाे समस्या सञ्जय भण्डारी ‘फरवार्ड कम्युनिटीको सेयरमा मैले भाउजुहरु लक्ष्मी भट्राई, यसोदा न्यौपाने र म स्वयम् सञ्जय भण्डारीले आवेदन गरेको तीन वटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई सेयर परेको देखे । यो कसरी भयो ?  मेरो आवेदन नम्बरमा सेयर परेको भए मैले पाउनुपर्छ, धितोपत्र बोर्डले यसमा छानबिन गर्ने अपेक्षा सहित हामीले निवेदन दिएका हौं’ आवेदक भण्डारीले भने । उनले सामान्य लगानीकर्ता यस्ता किसिमका समस्यामा पर्दा चुप लागेर बस्ने गरेको उनले बताए । फरवार्ड कम्युनिटीको सेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यसोदा न्यौपानेले सेयर आवेदन गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा पहिलो पटक राखेको सेयर बाँडफाँडको नतिजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिएको थियो । यस सम्बन्धमा समाचार सार्वजनिक भए पछि उनले उक्त नतिजा वेबसाइटबाट हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकने बनाउँदै कमजोरी लुकाउने प्रयास गरेको उनीहरूकाे भनार्इ छ ।  

सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स मर्जको लागि राष्ट्र बैंकको स्वीकृति, एकिकृत कारोबार चैत १० गतेबाट

काठमाडौं । भक्तपुरको भक्तपुर फाइनान्स अब ललितपुरको सेन्ट्रल फाइनान्समा मर्ज हुने भएको छ । सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सबीच मर्ज हुनको लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अन्तिम स्वीकृति दिएका छन् । मर्जको लागि राष्ट्र बैंकले फागुन ११ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २२ गते स्वीकृति दिएको हो । मर्जपछिको एकिकृत कारोबार चैत १० गतेबाट गरिने भएको छ । भक्तपुर फाइनान्स चैत ८ गतेसम्म मात्र खुल्ने छ । एकाउन्ट मर्जको लागि ९ गते सो फाइनान्सको सबै कारोबार बन्द हुने छ भने १० गतेदेखि सेन्ट्रल फाइनान्सको नामबाट कारोबार हुनेछ ।

हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन विश्वका बहु–धर्म गुरुसहित ५०० अतिथि नेपालमा

काठमाडौं । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन विश्वभरबाट पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु नेपाल आएका छन् । सो जन्मोत्सव मनाउन नेपाल र भारतभरबाट धर्मगुरुहरु तथा अमेरिकी अधिकारीहरुसहित विश्वभरका करिव ५०० जना आमन्त्रित अतिथिहरु संयुक्त रुपमा काठमाडौंमा फागुन २२ गते भेला भएका छन् । प्रमुख अतिथिको रुपमा आएका द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवा प्रतिको लगावको बारेमा विचारहरु व्यक्त गरे । उनको दयालु नेतृत्व र आफ्नो मानवीय तथा वातावरणीय पहिचानको सम्मान सबैले गर्नु पर्ने उनले बताए । यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्य डा. लोकेश मुनी तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यान केन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेना पनि हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आएका छन् । कार्यक्रमको अवसरमा हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेस उमनका साथमा प्रस्तुती दिएका थिए । ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उनको संकल्प समर्पित गरिएको थियो । त्यसैगरी वि.सं.२०७२ मा नेपालमा गएको विकासकारी भूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गरेकोमा प्रशंसा गरिएको थियो । उनको वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गरिएकोमा तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गरेकोमा सम्मान व्यक्त गरिएको थियो । अन्य अमेरिकी प्रशासनिक अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । हिज होलिनेस्को जन्मोत्सवको अवसरमा आयोजित यो महोत्सव फागुन २५ गतेसम्म निरन्तर जारी रहनेछ ।

प्रभु बैंकको नयाँ एटिएम सेवा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहकाबीच गरेका हुन् । मंगलबार सञ्चालित बैंकको उक्त एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास रहेको छ ।

नारी दिबसको अवसरमा यती बैंकद्धारा सम्मान कार्यक्रम आयोजना

काठमाडौं । यती डेभलपमेण्ट बैंकले १०७ औं अन्तराष्ट्रिय नारी दिबसको अवसरमा नारीहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलबार विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नारीहरुको सम्मान कार्यक्रमको आयोजना गरेको हो । बिगत लामो समय देखि कला क्षेत्रमा तथा रेडियो प्रस्तोताको रुपमा समाजमा गहिरो छाप छोड्न सफल लक्ष्मी भुषाल, लामो समय देखि संचार क्षेत्रमा योगदान पुर्याएकी कृष्णा ताम्राकार र आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरी आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गर्नु हुने ननिता महर्जनलाई बैंकले सम्मान गरेको छ । यी तीन नारीहरुलाई नगद तथा सम्मान–पत्र सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मान गरेका हुन् । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ्य रहेकाले उनको सम्मान उनीको छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको बैंकले जनाएको छ । बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि सामाजीक कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकको योजना रहेको छ ।

नारी दिवसका अवसरमा टेलिकमले ल्यायो तीन महिने अफर, फागुन २५ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ ।