एचएच बजाजको नयाँ शोरुम पाल्पाको रामपुरमा सञ्चालनमा
पाल्पा । नेपालको एक अटो मोबाइल ब्राण्ड एचएच बजाजले आफ्नोे नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुरमा संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने र कँहिकतै बाट पनि छिटो सुविधा पुर्याउने उद्देश्यले सो स्थानमा नयाँ शोरुमको सञ्चालन गरेको हो । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी पाल्पामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’ नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
चितवनकाे क्लब र सहकारीलाई ५१ करोड ७१ लाख बाँडियाे, करिब ३ अर्ब रूपैयाँ रकमान्तर
काठमाडौं । सरकारले बजेटमा उल्लेख नगरिएकाे ३ अर्ब रुपैंयाँ भन्दा बढी रकम रकमान्तर गरि खर्च गरेकाे छ । यसरी रकमान्तर गरिएको रकममा अधिकांश हिस्सा भने रोल्पा, गोरखा र चितवन जिल्लामा पुगेको छ । चितवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला हो भने रोल्पा अर्थमन्त्री महराको जिल्ला हो र गोरखा स्थानीय विकास मन्त्री हितराज पाण्डेको गृह जिल्ला हो । प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवनका कतिपय एनजिओलाई समेत रकमान्तर गरि बजेट उपलब्ध गराइएको छ । मानव अधिकारवादी दलित समाजलाई गैर बजेटरी रकमान्तर गरेर ३५ लाख दिईएको छ भने मिलिजुली युवा क्लब पदमपुरलाई पनि ३५ लाख रुपैंयाँ दिईएको छ । संस्कृति विकास समिति पदमपुरलाई पनि ३५ लाख नै दिइएको छ । थारु कल्याण्कारी समाज चितवनले भने ५५ लाख हात पारेको छ । जनजागृति सहकारी संस्थाले २५ लाख पाएको छ भने जन एकता उपभोक्ता सहकारीले १५ लाख प्राप्त गरेको छ । यी संस्थाले सो रकम कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने समेत खुलाइएको छैन् । पिठुवा सामुदायीक भवन निर्माणका लागि भन्दै ५५ लाख दिईएको छ । स्थानीय शिप विकास तथा कार्यक्रम, पशुपालनसम्बन्धी तालिम, बाख्रापालन, कुखुरा पालन, माछापालन तालिमका लागि भन्दै ५५ करोड दिईएको छ । महिला शसक्तिकरण तथा परिवर्तनशिल नेपाल तथा शहिद स्मृति प्रतिष्ठान नेपालले ३० लाख रुपैंयाँ पाएका छन् । प्रचण्डले बजेटमै नपरेको ६९ वटा साना कार्यक्रमका लागि चितवनमा ५१ करोड ७१ लाख रुपैंयाँ गैर बजेटरी रकमान्तर गरेका छन् । ४८ वटा आयोजनाका लागि दिइएको रकम उपभोक्ता समिति मार्फत खर्च हुनेछन । त्यस्तै, २१ वटा आयोजनाका लागि रकमान्तर गरिएको बजेटको खर्च ठेक्का पट्टा मार्फत गरिनेछ । अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा ६५ करोड ३९ लाख रुपैंयाँ गैर बजेटरी रकमान्तर गरेका छन् । उनले ११३ वटा आयोजनाका लागि ४२ करोड ४१ लाख रकम पठाएका छन् । तीमध्ये ३ वटा कार्यक्रम एक करोड माथिका छन भने बाँकी सबैको कार्यान्वयन उपभोक्ता समिति मार्फत हुनेछ । स्थानिय विकास मन्त्री हितराज पाण्डेले पनि गोरखा जिल्लाका खुद्रे आयोजनाहरुका लागि ५२ करोड ३० लाख रुपैंयाँ गैर बजेटरी रकमान्तर गरेका छन् । गोरखामा गरिएको रकमान्तर पनि अधिकांश ६० लाख भन्दा साना छन् । त्यस्ता आयोजनाहरुको कार्यान्वयन उपभोक्ता समिति मार्फत गर्न पाउने व्यवस्था रहेको छ । एक हप्ता भित्रै रिपोर्ट बुझाउनुः अर्थ समिति व्यवस्थापिका संसदको अर्थ समितिले गैर बजेटरी रकमान्तरको विवरण एक हप्ता भित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले एक हप्ता भित्रै रकमान्तरको विवरण पेश गर्न निर्देशन दिएको हो । ‘गैर बजेटरी रकमान्तर प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, एक हप्ताभित्रै विवरण बुझाउन निर्देश गरिन्छ’, समितिका सभापति प्रकाश ज्वालाले भने । समितिमा पूर्व अर्थमन्त्री डा. रामशरण महत, सुरेन्द्र पाण्डे लगायतले गैर बजेटरी रकमान्तरले अर्थतन्त्रलाई जोखिममा पुर्याउने भन्दै अर्थमन्त्री कृष्ण बहादुर महराको ध्यानाकर्षण गराएका थिए । मन्त्री महराले भने वित्तीय अनुशासन भित्रै रहेर थोरै रकमान्तर गरेको दावी गरेका थिए ।
सिप्रदियन सहायताद्वारा २ जना राष्ट्रिय क्रिकेट खेलाडिलाई खेल सामग्री हस्तान्तरण
काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । बिहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रा. लि. का निर्देशक शम्भु प्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलीयाले खेलाडीलाई एक एक थान व्याट, प्याड , हेल्मेट र अन्य जरुरी सामाग्री संयूक्त रुपमा प्रदान गरेका छन् । सिप्रदीयन सहायता संस्थाले यी दुई खेलाडीहरुलाई विगत छ महिना देखि प्रायोजन गर्दे आएको छ । सिप्रदिले समाजको हितको लागी काम गर्दै आएको छ । उक्त संस्थाले शैक्षिक क्षेत्रमा जेहेन्दार र गरिब बालबालिकाको लागी छात्रवृत्ति प्रदान गर्नुका साथै शिपमुलक तालिम प्रदान गर्दै आएको छ । यस संस्थाले प्राकृतिक बिपत्ति र प्रकोपका लागी आपत्कालीन राहत र पुर्नःस्थापनाका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको कम्पनीले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको आठौँ शाखा बाराको जितपुरमा
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो आठौँ शाखा बाराको जितपुरमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बाराका उद्योग वाणिज्य महासंघका अध्यक्ष घनश्याम गिरी र संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठले गरेका छन् । बैंकले बैंकिङ सेवा अन्तर्गत एटिएम सेवा, एसएमएस सेवा सुविधा, इन्टरनेट सेवा,विभिन्न विप्रेशन काउन्टरको सुविधा र डीपी सेवा तथा आस्बा सेवा समेत दिँदै आएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ रहेको छ । जुन रकम ५० प्रतिशत हकप्रद सेयर र सो सेयर पश्चातको पूँजीमा हुने १२ प्रतिशत बोनस सेयर पछिको रकम रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ निक्षेप तथा १ अर्ब ९६ करोड रुपैयाँ प्रवाह गरी ४ करोड ७७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल रहेको छ । साथै, कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा काठमाडौंको महाराजगञ्जमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंको महाराजगञ्जमा आफ्नो ४४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सो कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैँकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकले महिला कर्मचारीहरुको नेतृत्व विकास तथा प्रतिस्पर्धी अवसरको लागि महिला कर्मचारीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो शाखालाई पूर्णरुपमा महिला शाखाको रुपमा विस्तार गरेको जनाएको छ । उक्त उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । उक्त समारोहमा बैंकका वरिष्ठ संचालक श्री माधव प्रसाद न्यौपानेले सोही शाखामा जडान गरिएको एटिएमको पनि शुभारम्भ गरेका थिए । महाराजगञ्ज शाखा सहित बैंकले हालसम्म ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४१ वटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । बैंकको आ.व. २०७३/७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१ अर्ब ०३ करोड रुपैयाँ र कुल कर्जा ३६ अर्ब २० करोड रुपैयाँ रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद मुनाफा ५४ करोड ०६ लाख रुपैयाँ रहेको छ ।
दोस्रो किस्ताको पर्खाइमा भूकम्पपीडित, जिविसको खातामा दुई अर्ब थन्कियो
गोरखा । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहनुभएको छ । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएर घर निर्माण शुरु गरेका गुरुङले तालिम प्राप्त कामदार लगाएर भूकम्प प्रतिरोधी बलियो घर बनाइरहेका हुन् । “काठको अभाव झेल्नु नपरेको भए अहिलेसम्म घर बनिसक्थ्यो”, सामुदायिक वन समूहले घर बनाउने काठ उपलब्ध नगराएको गुनासो गर्दै गुरुङले भने, “जेनतेन भत्किएको घरकै काठले धान्यो । नयाँ घरमा पुरानै काठ प्रयोग गर्नुपर्दा मन खिन्न भएको छ ।” एकतले दुईकोठे घरको धुरी मार्ने बेला भइसके पनि दोस्रो किस्ताको रकम नपाएको गुरुङको दुःखेसो छ । “डिपिसी गरेपछि दोस्रो किस्ताको दाबी गरेको हुँ । इन्जिनियरसापहरु बेलाबेला आएर हाम्रो घर बनाएको मापदण्डअनुसार छ/छैन हेरिराख्नुभएकै छ । तर दोस्रो किस्ता आएन”, उनले भने, “ऋण खोजेको पैसा पनि सकियो । जस्ता किन्नुछ । खेतलालाई ज्याला दिनुपर्नेछ ।” मापदण्डअनुसार घर बनाइरहे पनि दोस्रो, तेस्रो किस्ता लिने प्रक्रिया झन्झटिलो भएको भन्दै उनले घर बनाइरहेकालाई छिटो अनुदान रकम दिनुपर्नेमा जोड दिए । गैरीगाउँकै गोरे गुरुङको घर पनि धुरी मार्न बाँकी छ । उनले दोस्रो किस्ता माग गरेका भए पनि एक महिना भइसकेको छ । अनुदान दिन सरकारले ढिलाइ गरेकोप्रति आक्रोशित उनले भन, “घर बनोऊँ पैसा दिन्छु भन्ने अनि नदिने रु ढिला गर्ने रु घर बनाएकालाई खुरुखुरु पैसा दिए सकारको के जान्छ रु आखिर पैसा दिनुनै छ भने छिटो दिनुपर्यो ।” कामदारलाई ज्याला दिन ढिलाइ भएको उनको भनाइ छ । गोरखाका ७० हजार भूकम्पपीडितमध्ये अनुदान पाउने सूचीमा पहिलो चरणमा ५८ हजारको नाम प्रकाशित भएको थियो । तीमध्ये ५४ हजारले ५० हजार रुपैयाँका दरले रकम लगिसकेका छन् । अनुदान रकम पाउनुअघि नै बारपाकलगायत गाउँमा पूरानै शैलीमा घर बनिसकेका थिए । ऋण खोजेर घर बनाएका ती भूकम्पपीडितले अनुदान रकम पाउने हो वा होइन भन्ने अन्यौल कायमै छ । अनुदान बुझेका अधिकांश लाभग्राहीले घर बनाउन सुरु नगर्दा अनुदान वितरणमा ढिलाइ भएको स्थानीय विकास अधिकारी नारायण आचार्यको भनाइ छ । जिविसको खातामा करिब दुई अर्ब रुपैयाँ अनुदान रकम थन्किएको भए पनि घर बनाइरहेका तथा दोस्रो किस्ता दाबी गरिरहेकाले अनुदान रकम पाएका छैनन् । आचार्यले भने, “अहिलेसम्म एक सय ५० जनाले मात्रै दोस्रो किस्ता पाएका छन् ।” पहिलो किस्ताकै २२ करोड रुपैयाँ वितरण गर्न बाँकी छ । लाभग्राहीको सूचीमा नाम भए पनि घर बनाउन आफ्नो नाउँमा जग्गा नभएका सुकुम्वासी, भूमिहीनले अनुदान रकम पाएका छैनन् । उत्तरी भेगका सात गाविसका बासिन्दाको बैंक खातामा रकम पठाए पनि उनीहरुले झिकेका छैनन् । रासस
सल्यानमा ३० करोडको सुन्तला उत्पादन, गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि
सल्यान । सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । एक हजार १२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट आठ हजार आठ सय ७३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । सुन्तला खेतीको पकेट क्षेत्रका कृषकले सहकारी समूह बनाएर काम गरिरहेका छन् । अन्य गाविसमा पनि केही कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । उत्पादित सुन्तलाले सोचेभन्दा पनि राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषको मोह बढेको हो । कार्यालयले कोटमौला, कोटबारा दमाचौर, पिपलनेटा, थारमारे, सिद्धेश्वरी, फलाबाङ, मार्के र घाजरीपिपल गाविसलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । रासस
प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, चैत ६ गते बुक क्लोज
काठमाडौं । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्नेे निर्णय गरेको छ । उक्त निर्णय फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । सो प्रयोजनको लागि चैत ६ गते कम्पनीको बुक क्लोज हुने सोही बैठकले निर्णय गरेको छ । कम्पनीको सो मात्राको हकप्रद निष्कासन गर्ने प्रस्तावलाई गत फागुन १२ गते नै धितापत्र बोर्डले अनुमति दिएको हो ।