विकासन्युज

‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ’ बचतकर्ताको लागि लगानीको राम्रो अवसर, ऋण लिनेलाई कम फाइदा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालकाे थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ । यस बैंकमा ५० प्रतिशत शेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिआई (अस्ट्रेलिया) र २५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड बैंक (बेलायत)को रहेको छ । नेपालीको २५ प्रतिशत सेयर छ । एफपीओ निष्काशनपछि संस्थापक विदेशीको सेयर ७०.२१ प्रतिशत हुनेछ भने नेपाली सर्बसाधारणको सेयर २९.७९ प्रतिशत हुनेछ । एफपीओपछि पनि ७० प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहने भएकोले यो बैंक मुलभुत रुपमा सोही ग्रुपले सञ्चालन गर्छ । हाल यस बैंकको चुक्ता पुँजी  ३ अर्ब ७४ करोड रुपैयाँ छ भने एफपीओ बाँडफाँडपछि ४ अर्ब ५७ लाख रुपैयाँ हुने छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष २०७४ असार मसान्तसम्ममा ८ अर्ब ४ करोड चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ । त्यसको लागि बैंकले आगामी वर्ष १०० प्रतिशत बोनस सेयर दिने पुँजी वृद्धि योजना छ । त्यसको लागि एफपीओबाट ३ अर्ब ४ करोड रुपैयाँ प्रिमियम आर्जन हुनेछ भने चालु आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा हुने बैंकको प्रक्षेपण छ । प्रिमियम रकम र नाफाबाट बैंकले १०० प्रतिशत बोनस सेयर दिने याेजना बनाएकाे छ । राष्ट्र बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति लिएपछि यस बैंकले पुँजी वृद्धि सम्बन्धि निर्णय ढिलागरी लियो । तर सुस्पष्ट र स्थीर नीति लियो । यो बैंक अलि परम्पराबादी छ र आक्रामक छैन तर दीगो देखिन्छ । ‘अन्तर्राष्ट्रिय बैंक हो, उसको निर्णय प्रक्रिया अलि लामो छ र कम्प्लाइन्स ज्यादै राम्रो छ’ चार्टर्ड एकाउन्टेन्ट अनुप श्रेष्ठले भने । ‘हाल प्रतिकित्ता २ हजार रुपैयाँमा किनबेच भईरहेको सेयर साधारण सेयरधनीले १२९० रुपैयाँमा पाउँछन् । आफ्नो बचतबाट लगानी गर्नेहरुको लागि यो सेयर राम्रो हो’ नेपाल हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल भन्छन्–‘चर्को व्याज तिरेर लगानी गर्नेको लागि भने धेरै फाइदा छैन ।’ उनी भन्छन–यस बैंकको सेयरमा पनि १० गुणा भन्दा बढी आवेदन पर्न सक्छ । बाँडफाँड गर्दा धेरै आवेदन गर्नेले ५/६ प्रतिशत मात्र सेयर पाउने अवस्था आउन सक्छ । ऋण लिएर सेयर आवदेन गर्नेको लागत उच्च हुनेछ ।’ पछिल्ला वर्षहरुमा बैंकको प्रतिसेयर आम्दानी भने घट्दै गएको छ । विगत ५ वर्षमा बैंकको प्रतिसेयर आम्दानी ७२, ६५, ६५, ५८ हुँदै गत आर्थिक वर्षमा ४५ रुपैयाँमा झरेको छ । आगामी तीन वर्षमा प्रतिसेयर आम्दानी क्रमशः ३६, २२ र २७ रुपैयाँ हुने बैंकले प्रक्षेपण गरेको छ । पछिल्लो वर्ष यस बैंकको विजनेश विस्तार उच्चदरको छैन तर पुँजी वृद्धिपछि बैंकले व्यवसाय विस्तार गर्ला भन्ने अपेक्षा गर्न सकिने पौडेल बताउँछन् । निकट भविष्यमा नेपालमा विदेशी लगानी उल्लेख्य रुपमा वृद्धि हुने देखिन्छ । त्यसको लाभ सबैले लिनेछन् र तर सबैभन्दा पहिला र बढी लाभ स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिने जानकारहरु बताउँछन् । ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा बैंकसँग जगेडा तथा संचित कोषमा करिव पौनै ५ अर्ब रुपैयाँ हुनेछ । पुस मसान्तसम्ममा यो कोषमा करिव ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जतिबेला बैंकले १३० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छ । हाल बैंकको कुल कर्जा लगानी जम्मा ५५ अर्ब रुपैयाँ मात्र छ । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेश सानो तर क्रिम विजनेश गरिरहेको छ । ठूला संकटको बेलामा पनि यो बैंकको व्यापार र नाफामा ठूलो असर पर्दैन’ एक जना इन्भेष्टर भन्छन्–‘ब्राण्डको लागि पनि यो बैंकको सेयरमा मान्छेले बढी मूल्य तिर्छत ।’ केही वर्षअघि यस बैंकको सेयर प्रतिकित्ता ९ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो । यस बैंकको नेपालभित्रको नेटवर्क सानो छ । जम्मा १२ वटा शाखाबाट कारोबार गर्दै आएको छ । तर यस बैंकको अन्तराष्ट्रिय नेटवर्क सबैभन्दा राम्रो छ र नेपालमा भएका अरु बैंकको लिडर बैंक हो यो । ठूला बैदेशिक व्यापारी, विदेशी मुद्राको कारोबारी, नेपालका विकासका साझेदार, आइएनजीओहरुले कारोबार गर्दा यसै बैंकलाई रोज्ने गरेका छन् ।

विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङले दिइन् १४ लाख रूपैयाँ सहयोग

काठमाडाैं । आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गरेकी छिन् । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उनले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गरेकी हुन् । सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन् । उनले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।

दूरसञ्चार कम्पनीले लाभांश सेयरधनीकाे खातामा नहाल्ने, पुर्जी बोकेर पैसा लिन आउन एनएमबी बैंकको उर्दी

काठमाडौं । नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न सेयर प्रमाणापत्रकाे पूर्जी लिएर लिएर आफै उपस्थिति हुन उर्दी जारी गरेको छ । नेपाल धितोपत्र बोर्डले एक वर्षअघि नै सूचिकृत कम्पनीहरु सबैले सेयरधनीलाई दिने लाभांश सेयरधनीको खातामा जम्मा गर्न निर्देशन दिएको थियो । नेपाल धितोपत्र बोर्ड नेपाल स्टक एक्स्चेञ्ज कम्पनीमा सूचिकृत सबै कम्पनीहरुको नियामक निकाय हो । नियामक निकायको निर्देशनको उल्लंघन आफ्नो सुविधा अनुसार कम्पनीहरुले काम गरेको छन् । उनीहरुले विकसित प्रविधिको प्रयोग गर्नुको साटो सयौं वर्ष पुरानो उर्दी मोडलमा सूचना जारी गरे लाभांश दिन आउन लगानीकर्तालाई आदेश दिएका छन् ।   नेपाल टेलिकमको ७ अर्ब ६५ करोड रुपैयाँ बोनस रकम पास, सेयरधनीले चैत १ गतेदेखि पाउने

सिंगल इन्जिनमा अर्बको लगानी डुब्दै, मल्टि इन्जिनमा जाने वायुसेवाकाे पनि सिंगल इन्जिन थन्कीयाे

काठमाडौं । पाइलट अभावले दुईवटा उडान योग्य जहाज भएर पनि गोमा एयरको सिंगल इन्जिनको उडान करिब चार महिनादेखि बन्द छ । काष्टमण्डपको एउटा जहाज गत वर्षको फागुनमा दुर्घटना भएपछि यसको उडान अवस्था कमजोर रहेको भन्दै अर्को पनि प्रतिवन्ध लाग्यो । गत कात्तिक अन्तिम साता मकालु एयरको जहाज कर्णालीमा दुर्घटना भएको थियो । त्यसपछि एउटा मात्रै बाँकी रहेको मकालु एयरको जहाज पनि एक सातादेखि विग्रिएर उडान बन्द भएको छ । भएका जहाज बन्द हुँदै जाने, नयाँ थप नहुने भएका कारण नेपालमा अहिले दुर्गम क्षेत्रको सेवाको आधार मानिएको सिंगल इन्जिनको जहाज उडान ठप्प नै छ । पाइलट अभाव भएकैकारण गोमा एयरको २ वटा जहाजले उडान गर्न सकेको छैन । पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रोत्साहन नगरेका कारण भएको जहाजलाई पनि टिक्नै धौधौ परिरहेको छ । सिंगल इन्जिनका जहाज प्रयोग गर्न नसक्दा, भएकै जहाज थन्कदा र थप लगानी गर्ने नपाउँदा करोडौ लगानीको जहाज खेर त गयो, मल्टि इन्जिनमा जान नसक्ने कम्पनीको संचरना र व्यवस्थापन पनि खेर गएको छ । एक सिंगल इन्जिन वायुसेवा कम्पनीका अनुसार मूल्यमा हिसाव गर्दा अहिले तीन वटा सिंगल इन्जिन जहाज कम्पनी, यसमा भएको लगानीको हिसाव गर्ने हो भने एक अर्ब रुपैयाँ डुवेको छ । गोमा एयरका एक इन्जिनियर राकेश कोइरालाका अनुसार गोमाको २ जहाज नेपालगन्जमै थन्किएको छ । उनका अनुसार यो कम्पनीले सिंगल इन्जिनको विकल्प मल्टि इन्जिन खोजिसकेको छ । यसका अन्य चार वटा मल्टि इन्जिनका जहाज भने नियमित उडानमा छन् । उनका अनुसार प्राविधिक कारणले सिंगल इन्जिन सकिदै जानु, भएको जहाजले पनि उडान गर्न नक्सनु र थप ल्याउने आधार नहुुनले पनि सिंगल इन्जिन नेपालबाट विस्थापन हुन लागेको हो । गोमा एयरको दुई वटा सिंगल इन्जिनका जहाज पाइलट नै नपाएकोका कारण थन्किएको हो । गोमाले जहाज उडानको लागि पाइलटको खोजि गरिरहेको बताएको छ । पाइलट पाउँनासाथ दुईवटै सिंगल इन्जिनको उडान गर्ने यो कम्पनीको भनाइ छ । गोमाले हाल चार वटा मल्टि इन्जिनको १९ सिट क्षमताको लेट उडाइरहेको छ । मल्टि इन्जिनको जहाजका लागि भने पाइलट अभाव नभएको कम्पनीको भनाइ छ । सिंगल इन्जिन हट्दै मल्टि इन्जिन थपिँदै सिंगल इन्जिनबाट सेवा सुरु गरेको गोमा एयरले हाल ४ वटा मल्टि इन्जिनका जहाज पुराइसकेको छ । यसले सन् २०१० मा २ वटा सिंगल इन्जिनबाट सेवा सुरु गरेको थियो । मकालु र एयर काष्टमण्डपसँग भएका सिंगल इन्जिनका जहाज सकिएका छन् । थप ल्याउन नपाउँने व्यवस्था नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणका एक अधिकारीका अनृुसार अब काष्टमण्डप र मकालुलेपनि मल्टि इन्जिनमा नगए यो वायुसेवा सधैलाई बन्द हुने भएको छ । प्राधिकरणका अनुसार थप सिंगल इन्जिन ल्याउन पाइदैन, मल्टि इन्जिनमा प्रतिस्पर्धा गर्न नसक्ने टिक्न सक्दैनन् । मल्टि इन्जिनकै सेवा दिइरहेको सौर्य एयरले पनि भर्खरै एउटा जहाज थप गरेको छ । यो वायुसेवाले ५० सिट क्षमताको सीआरजे २०० नामक जहाज थप गरेको हो । यो वायुसेवासँग यही प्रकृतिको एउटा जहाज उडानमा रहेको छ । एउटा थप भएपछि यसका पनि दुई वटा जहाज भएका छन् । एउटा मात्रै जहाज भएका कारण चार्टर उडान गरिरहेको यो वायुसेवाले अब भने नियमित सेड्युल उडान गर्न पाउने भएको छ । यो वायुसेवाले नयाँ जहाज एक अर्ब रुपैयाँ खर्च गरेर थप गरेको जानकारी दिएको छ । अब जहाज थप गर्ने तयारीमा रहेको श्री एयरलाइन्सले पनि छिट्टै २ वटा मल्टिइन्जिनका जहाज ल्याउने भएको छ । यो वायुसेवाले उडान अनुमतिको लागि प्रक्रिया अगाडि बढाइरहेकोले छिट्टै २ वटा जहाज ल्याएर नियमित उडान गर्ने जानकारी दिएको छ ।

ड्रोनको प्रयोगबारे आइडिया हन्ट, उत्कृष्ट हुनेलाई साढे आठ लाख दिइने

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले ड्रोनको प्रयोग कार्यान्वयन र्ग सकिने आइडियोको खोजी सुरु गरेको छ । एसोसिएसनले उत्कृष्ट आइडिया दिनेलाई व्यवासायीक वातावरण सिर्जनका लागि ८ हजार डलर अर्थात करिब साढे आठ लाख रुपैयाँ पुरस्कारस्वरुप दिने भएको छ । ड्रोनको प्रयोग र यसबाट गर्न सकिने नयाँ कामको लागि एक महिनाको समय लगाएर गरिएको प्रस्तावमागमा विभन्नि १७ वटा टोलि रहेका छन् । यी टोलीले आगामी शनिबार आआफ्नो आइडियाको प्रस्तुतीकरण गर्ने छन् । यसमध्येबाट उत्कृष्ट आइडिया छनोट हुने रोवर्स एसोसिएसन अफ नेपालका संयोजक उत्तम पुडासैनिले बताए । यो आइडिया हन्ट इन्जिनियर्स एसोसिएशन, रोवर्स एसोसिएशन, रोबोटिक्स एसोसिएसन र नेपाल फ्लाइङ ल्यावले संयुक्त रुपमा आयोजना गरेका छन् । पछिल्लाे समय ड्रोनको प्रयोग फाेटाे खिच्न, सामान बाेक्न, अनुसन्धानसहितका काममा हुन थालेकाे छ । ड्रोनको प्रयोग बढाउने र दैनिकी सहज बनाउने उदेश्यले नै याे हन्टकाे अायाेजना गर्न लागिएकाे उल्ल्ख छ ।

दैनिक १६ किलो सुन आयात, ८ महिनामा ३ हजार ८५० किलो सुन आयात

काठमाडौं । बैधानिक तरिकाले ८ महिनामा तनि हजार ८५० किलो सुन नेपाल भित्र्यिएको छ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि गत शुक्रबारसम्ममा उक्त परिणामको सुन आयात गरेका हुन । चालू आर्थिक वर्षमा विभिन्न बाणिज्य बैंकले ३ हाजर ६२४ किलो सुन विक्रिी गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक केशव अधिकारीले बताए । साउनदेखि गत शुक्रबारसम्म वाणिज्य बैंकहरुले तीन हजार ८५० किले सुन ल्याइसेका छन्, उनले भने । त्यसमध्ये एक सय ७६ कलिो बिक्री हुन बाँकी छ । ५० किलो बाटोमा छ । टुक्रे सुनको माग बढेकोले बैंकहरुले सय ग्राम, ५ सय ग्रामका टुक्रा पारि ल्याउन थालेका छन्् । सेन्चुरी बैंकले पहिलोपटक टुक्रे सुन ल्याएको संघका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । नागरिक दैनिकबाट ।

नयाँ संरचनाले स्थानीय तहका कर्मचारीलाई भ्याइनभ्याई, थप २७० शाखा अधिकृत र ६० उपसचिव खटिए

फाइल तस्बिर काठमाडौं । जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकका कर्मचारीहरूलाई सोमबार भ्याइनभ्याइ थियो । केही कर्मचारी नयाँ लेटर प्याड छाप्न दगुरिरहेका थिए भने कोही बोर्ड फेर्न, छाप बनाउन भन्दै प्रेसमा धाइरहेका थिए । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही पुनःसंरचनाअनुसार स्थानीय तहमा नयाँ कर्मचारीहरू खटाइएको पत्रमा हस्ताक्षर गरिरहेका थिए । संविधानले व्यवस्था गरेबमोजिम पुराना स्थानीय संरचना स्वतः रद्द भई नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको व्यवस्था गरेपछि गाविस र नगरपालिकाका कर्मचारीहरू अन्योलमा देखिन्थे । जिल्ला समन्वय समितिको कार्यालय (तत्कालीन जिल्ला विकास समिति) ले जिल्लाका यसअघिका पुरानो संरचनाका सबै गाउँ विकास समिति र नगरपालिकाका कर्मचारीहरूलाई कार्यालयमा बोलाई अब नयाँ संरचनाअनुसार काम गर्नका लागि निर्देशन दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय निकायका अस्थायी कर्मचारीहरू आफ्नो भविष्यबारे अन्योलमा देखिन्थे । स्थानीय विकास मन्त्रालयले तत्कालै कर्मचारीहरू व्यवस्थापन गरी स्थानीय तहको शासन सञ्चालनका लागि निर्देशन दिएपछि जिल्ला समन्वय समितिको कार्यालयले सोमबार नै जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा प्रमुखहरूको व्यवस्था गरी कर्मचारी खटाएको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिए । तत्कालीन गाविस सचिवमध्येबाट ज्येष्ठताका आधारमा प्रमुखको जिम्मेवारी दिइएको शाहीले जानकारी दिए । ‘केन्द्रबाट कर्मचारी नपठाउँदासम्म उहाँहरूले मंगलबारदेखि नै कामकाज सुरु गर्नुहुन्छ,’ शाहीले भने, ‘केही अन्योल छ, तर यो बिस्तारै ठीक हुन्छ ।’ यसअघिका गाविस स्वतः वडा कार्यालयमा परिणत भएको छ भने दुई वडा भएको यसअघिको गाविसमा संयुक्त वडा कार्यालय स्थापना हुने स्थानीय विकास अधिकारी शाहीले बताए । गाविसबाट यसअघि हुने सबै कार्यहरू अब वडाबाट हुने उनले बताए । गाउँपालिका र नगरपालिकामा अब कर्मचारी व्यवस्थापन गर्दा सबै स्थायी र अन्य सेवा समूहबाट पनि हुने भएपछि यसअघि स्थानीय तहमा कार्यरत कर्मचारीहरू कता व्यवस्थापन हुने हो अन्योलमा नै रहेको गाविस कर्मचारी संघका केन्द्रीय सदस्यमिमबहादुर योञ्जनले बताए ।यसअघि जिविस, गाविस र नगरपालिकाहरूले असारसम्मको योजना सम्झौता गरेकाले अब भुक्तानीलगायत अन्य प्रक्रियामा पनि समस्या देखिएको छ । राजधानि दैनिकबाट । सामान्यप्रशासनले खटायो २७० शाखा अधिकृत र ६० उपसचिव सात सय ४४ वटै स्थानीय तहमा तत्काल कार्यकारी अधिकृत पठाउने अन्तिम तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ। निर्वाचन आयोगले चैत ३ भित्र सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइसक्नुपर्ने निर्देशन दिएपछि मन्त्रालयले उनीहरूलाई पठाउन लागेको हो। मन्त्रालयमा नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेकामा सामान्य प्रशासनले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिलाएको छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा पठाउने गरी २ सय ७० जना शाखा अधिकृत र ६० उपसचिवको व्यवस्थापन भइसकेको बताए। ‘उहाँहरूलाई पत्र दिने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि साताभित्रै व्यवस्थापन भइसक्नेछ।’ स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन्। लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो। ६ महिने तालिममा रहका उनीहरू ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए। अब मात्रै उनीहरूलाई जिम्मेवारीसहित खटाइन लागेको हो। सामान्यले स्थानीय तहमा पठाउन लागेका उपसचिवहरू पनि भर्खरै बढुवा भएका हुन्। फाइल बढुवा भएका तर नियुक्ति नपाएका ६० उपसचिवलाई स्थानीयमा खटाउने निर्णय भएको न्यौपानेले बताए। स्थानीय मन्त्रालयले २ सय ७० जना शाखा अधिकृत, १ सय ८० जना उपसचिव र ३ सहसचिव माग गरेको छ। ‘मागअनुसार शाखा अधिकृत पुगेको छ, सहसचिव पठाउन समस्या छैन,’ न्यौपानेले भने, ‘आवश्यक बाँकी उपसचिव विभिन्न मन्त्रालयबाट लिनेछौं।’ सामान्यले बढी उपसचिवको दरबन्दी भएका गृह, भूमिसुुधार र सञ्चार मन्त्रालयसँग विवरण मागेको छ। शिक्षा मन्त्रालयले पनि आफूसँग भएका उपसचिवलाई खटाउन सकिने प्रस्ताव गरेको छ। सकेसम्म मिल्दो सेवा समूहबाटै कर्मचारीको खोजीमा सामान्य प्रशासन मन्त्रालय जुटेको छ। ‘स्थानीय तहमा जाने कर्मचारी सामान्य प्रशासन समूहका हुन्, पहिलो विकल्प मिल्दो समूहबाटै कर्मचारी खोज्दै छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘नियमित काममा प्रभावित नहुने गरी कुन–कुन मन्त्रालयबाट उपसचिव झिक्न सकिन्छ भन्ने गृहकार्यमा छौं।’ कान्तिपुर दैनिकबाट ।

स्वास्थ्यमन्त्री गगनलाई फिर्ता बोलाएर गच्छदार भित्र्याउने तयारी, गगनको गति रोक्न खोजिदैँ

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको छ । फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो । मन्त्री थापाले नीतिसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लो पटक मात्रै करिब डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन् । गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको छ । गच्छदारले पार्टीभित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलाई रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य रोजेको जानकारी प्रधानमन्त्रीलाई गराइसकेका छन् । नागरिक दैनिकबाट ।