एउटा मात्रै बिक्यो अनुदानको चुलो, ३ हजारमा पाइने चुलो ११ हजार नौ सय भएकोले विकेन
काठमाडौं । चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटा मात्रै बिक्री भएको छ । भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो । नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्न लाग्दा एउटा मात्रै बिक्री हुन सकेको छ । ट्रेडिङका महाप्रबन्धक लवराज जोशीले महँगो भएकाले बिक्री नभएको बताए । ‘बजारमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमै इन्डक्सन चुलो पाइन्छ, तर अनुदानको चुलोको मूल्य ११ हजार ९ सय ९५ रुपैयाँ छ,’ उनले भने । नाकाबन्दीका कारण ग्यास अभाव भएका बेला त्यसको फाइदा उठाउँदै निजी व्यवसायीले इन्डक्सन चुलोको मूल्य मनोमानी असुलेका थिए । अभावलाई केही व्यवस्थापन गर्न चीनले अनुदान दिएको थियो । चिनियाँ सरकारले केरुङ नाकाबाट १३ सय र हवाई मार्गबाट १० हजार चुलो उपलब्ध गराएको हो । अनुदानको चुलो आउने हल्लाले बजार भाउ नियन्त्रण गर्न धेरै सहयोग पुगेको थियो । ‘अनुदानबाट सर्वसाधारणले राहत पाउने महसुस गरेका थिए,’ ट्रेडिङका उपत्यका बिक्रीवितरण व्यवस्था कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले भने, ‘तर आयातित इन्डक्सन चुलोको उचित व्यवस्थापन हुन सकेन, गोदाममै थन्किएको छ ।’ कान्तिपुर दैनिकबाट ।
वायुप्रदूषण मापद यन्त्र एक सातामै विग्रियो, अध्यधिक प्रदूषणका कारण यन्त्रले कामै गरेन
काठमाडौं । यही चैत १ गते मात्र औपचारिक उद्घाटन गरिएको रत्नपार्कस्थित वायु गुणस्तरमापन यन्त्रले आइतबारदेखि काम गर्न छोड्यो । वातावरण विभागका प्राविधिक कर्मचारीको दिनभरिको प्रयास सफल हुन नसकेपछि आइतबार रातिसम्म पनि यो यन्त्र फेरि सञ्चालन हुन सकेन । एक हप्ताअघि उद्घाटन गरिएको वायुगुणस्तर मापनयन्त्र बिग्रनुको कारण एउटै थियो, उपत्यकाको अधिक प्रदूषणयुक्त वायु । उपत्यकाभित्रको वायु यति बढी मात्रामा प्रदूषित रहेछ कि जसले मापन गर्ने यन्त्रको फिल्टर नै बिग्रयो । मापन गर्ने फिल्टरमा ठूलठूला धूलो, माटोका कणहरू छिरेर फिल्टर नै काम गर्न नसक्ने भएपछि आइतबारदेखि यन्त्रले काम गर्न छोडेको हो । दिनभर वायु गुणस्तर मापन यन्त्रको मर्मत सम्भारमा खटिएका विभागका सिनियर डिभिजनल केमिस्ट पौडेलले भने, ‘मेसिनको फिल्टर फेर्नुपर्ने देखिएको छ, प्रदूषित वायुका बाक्ला कणहरू फिल्टरभित्र छिरेर फिल्टरले काम गर्न नसक्ने भएको छ, सञ्चालनमा आउन केही दिन लाग्छ ।’ विभागले उपत्यकाभित्र रत्नपार्क र पुल्चोक, कपिलवस्तु र चितवनको सौराहामा वायु गुणस्तर मापन यन्त्र जडान गरी नियमित वायु प्रदूषणको अनुगमन गर्दै आएको छ । जथाभावी सडक खन्नु, मेलम्ची खानेपानीको पाइप लाइन बिछ्याउने कार्य महिनौँ दिनसम्म पनि पूरा नहुनु, २० वर्ष पुराना सवारी साधनको प्रयोग, बस्ती नजिक चिम्नी ईँट्टा उद्योग सञ्चालन हुनु लगायतका कारणले उपत्यकाका वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषित भएको पाइएको छ । विभागले गत जनवरी ६ देखि ८ सम्म दुई दिनसम्म गरेको अनुगमनमा उपत्यकाको वायुमा १० पीएमका कण मिश्रित २७३ माइक्रोग्राम घनमिटर पाइएको छ । औसत मापदण्ड १२० माइक्रो घनमिटर मात्र हुनुपर्ने हो । यो गुणस्तरको वायुमा मिसिएका कणहरू घाँटीसम्म सजिलैसँग पुग्न सक्छन् । त्यसैगरी २.५ पीएमका कण मिश्रित २०९ माइक्रो घनमिटर पाइएको छ । औसत मापदण्ड ४० माइक्रो घनमिटरमा सीमित हुने पर्ने हो । यस्तो किसिमको वायुसँग मिसिएका कण सोझै मानिसको फोक्सोसम्म पुग्नसक्ने र स्वास प्रश्वाससम्बन्धी रोग लाग्ने बढी सम्भावना रहन्छ । विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला केही वर्षयता उपत्यकाका अस्पतालमा उपचार गर्न आउने श्वास प्रश्वाससम्बन्धी रोगीको सङ्ख्या निकै वृद्धि भइरहेको भन्दै वायु स्वच्छतासम्बन्धी नीति अविलम्ब प्रभावकारी रूपमा अवलम्न गर्न आग्रह गर्दै आएको छ । त्यसैगरी विभागको सो अनुगमनमा हावामा के र कति कणहरूको समिश्रण भएको छ भनेर गरिएको अध्ययन (टीएसपी) ५६८ माइक्रो घनमिटर देखिएको छ । औसत मापदण्ड २३० माइक्रोघन मिटर मानिन्छ । वातावरणविद् दिनेश भण्डारीले भने, “वायु गुणस्तर मापन यन्त्रको फिल्टरलाई बिगार्न सक्ने हाम्रो वायुको प्रदूषणको मात्रा छ भने मानिसको स्वास्थ्य कति बिग्रेला र बिग्रिरहेको होला, यो कुराप्रति सम्बन्धित निकाय सचेत हुनु जरुरी छ । ” वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले भने, “यो समाजका सबै वर्ग र तप्कालाई असर पर्ने कुरा हो । वातावरण प्रदूषणलाई सुधार गर्ने कुरा एउटा विभागको मात्र हो भन्ने होइन, विभागले सक्दो अनुगमन गर्दै रहेको छ तर सबै जिम्मेवार नहुँदाको परिणति यस अवस्थामा पुगेका छौँ । हाल विभागसँग १६ जना वातावरण निरीक्षक मात्र छन् । ती निरीक्षकले देशभरको वातावरण प्रदूषणको अनुगमन गर्नुपर्ने जिम्मेवारी छ । ‘साधन स्रोतको कमी हुनु त हाम्रो साझा समस्या हो तर पनि रातविरात अनुगमन गरिरहेका छौँ’, विभागका महानिर्देशक दवाडीले भने । आइतबार राति पनि विभाग र काठमाडौँ महानगरपालिकाका कर्मचारीले उपत्यकाका विभिन्न स्थानका संयुक्त अनुगमन गरेको छ । विभागका अधिकारीका भनाइमा सडक खन्ने निकाय, यातायातका साधन व्यवस्थित गर्ने निकायले आफ्ना कार्यशैली कानुनसम्मत ढङ्गले कार्यान्वयन नगरुन्जेल अझै उपत्यकाका वायु प्रदूषण हुने क्रम रोकिने छाँटकाँट छैन ।गोरखाप दैनिकबाट ।
उपत्यका भित्रिने १० नयाँ नाका धमाधम खुल्दै, काठमाडौं वरपर सहरिकण बढ्ने
काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ । सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन् । त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाडौँ–निजगढ दु्रतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ । सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए । त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ । ‘उपत्यका भत्रिने १० वटा नाका विस्तार हुँदै छन् । त्यसमध्ये पाँचवटा नयाँ खोलिँदै छ भने कतिपय भएकै नाकालाई व्यवस्थित गरिँदै छ । यसका लागि बजेट विनियोजन भइसकेको छ ।’ यहाँ खुल्दै छन् नयाँ नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग स् सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अबको चार वर्षभित्र निर्माण भइसक्नेछ । २।४५ किमि लम्बाइको यो सुरुङमार्ग निर्माणको लागत १६ अर्ब रुपैयाँ रहेको छ । यसका लागि विभागले जापानी दातृनिकाय जाइकासँग सम्झौता गरिसकेको छ । अहिले सुरुङमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर सम्झौताको काम भइरहेको छ । टोखा–छहरे–विदुर सुरुङ स् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकार उपत्यकाको उत्तरतर्फको टोखा–शिवपुरी–थानसिङ फा“ट जोड्ने नया“ सुरुङमार्ग निर्माणको तयारीमा जुटेको छ । यसका लागि मन्त्रालयले चीनको बेइजिङस्थित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक ९एआइआइबी०मा असारको पहिलो साता प्रस्तावनापत्र पेस गरिसकेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा टोखा–शिवपुरी–थानसिङ फाँटसम्म मात्रै सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङमार्ग ४।५ किमिको हुनेछ । यसको लम्बाइ बढीमा ६ किमिसम्मको हुनेछ । चार लेनको सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी—त्रिशूली—बेत्रावती—मैलुङ ९४८ किमि० सडकखण्डमा जोडिनेछ । सडक विभागले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । अब दुई वर्षभित्र उक्त सडक निर्माण सक्ने विभागको योजना छ । सोही सडक सुरुङमार्गमा जोडिनेछ । यसले केरुङ नाका र काठमाडौंको दूरीलाई घटाउनेछ । सूर्यविनायक–धुलिखेल सडक स् विभागका अनुसार सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । अध्ययन प्रतिवेदनअनुसार सडकको कुल लागत पाँच अर्ब रुपैयाँ हुनेछ । सडक पाँच वर्षभित्र निर्माण भइसक्नेछ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको कुल लम्बाइ १६ किमि हुनेछ । सडकको चौडाइ २५ मिटरको हुनेछ । सडकको बीचभागमा दुई मिटर चौडा बगैँचा हुनेछ । त्यसले डिभाइडरको काम गर्नेछ । बगैँचाको दुवैतर्फ दुई–दुई लेनको सडक निर्माण हुनेछ । त्यसपछि सडकको दुवैतर्फ एक–एक मिटरको अर्को डिभाइडर हुनेछ । त्यसलगत्तै सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक हुनेछ । बाँकी भाग भने फुटपाथ हुनेछ । भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा भञ्ज्याङमा तीन सय मिटरको दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ । लामो दूरीमा चल्ने सवारीसाधन विनाअवरोध सुरुङमार्गबाट आउजाउ गर्नेछन् । छोटो दूरीमा चल्ने सवारीसाधन भने साबिकको सडकमा चल्नेछन् । योजनाअन्तर्गत साबिकको सडक फराकिलो पारिने र घुम्ती घटाइनेछ । फास्ट ट्र्याक स् आगामी पाँच वर्षभित्र काठमाडौं–निजगढ दु्रतमार्ग ९फास्ट ट्र्याक० निर्माण हुनेछ । यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । दु्रतमार्गको ७६।४ किमि सडकमध्ये ७० किमि क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्न लागेको यो मार्गले उपत्यकालाई तराईसँग जोड्नेछ । यो मार्ग भएर ५९ मिनेटमै तराई पुग्न सकिनेछ । हेटौँडा सुरुङमार्ग स् निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ । अध्ययनअनुसार सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु भएर कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । यसको कुल लम्बाइ ५८ किमि हुनेछ । यसमध्ये ४।५ किमि सुरुङ हुनेछ । यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन् । दुई–दुई लेनका दुईवटा सुरुङ हुनेछन् । क्रसओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन् । दुर्घटना या अन्य कुनै प्राविधिक समस्या परे ‘क्रस सेक्सन’ प्रयोग गरी समस्या समाधान गर्न सकिनेछ । समयमा लगानी जुटाउन सकिए अबको केही वर्षभित्रै यो सडक मार्ग निर्माण हुनेछ । यी हुन् व्यवस्थित बनाइँदै गरेका नाका —सडक विभागका अनुसार हेटौँडाबाट उपत्यका भित्रिने कान्ति लोकपथ निर्माणाधीन अवस्थामा छ । ६० वर्षदेखि लोकपथ निर्माण जारी रहे पनि अबको दुई वर्षभित्र निर्माण कार्य सकिनेछ । दुई लेनको यो सडक निर्माण भइरहेकाले यस नाकाबाट उपत्यका भित्रन निकै सजिलो हुनेछ । हेटौँडाबाट छैमले–दक्षिणकाली हुँदै उपत्यका भित्रिने सडक पनि दुई लेनमा विस्तार हुँदै छ । यसका लागि विभागले टेन्डरसमेत आह्वान गरिसकेको छ । सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने साँखु–मेलम्ची सडकखण्ड लगभग निर्माण पूरा भइसेकेको छ । दुई लेनमा निर्माण गरिएको यो सडकबाट सजिलै उपत्यका भित्रिन सकिन्छ । —रसुवाबाट नुवाकोट हुँदै उपत्यका प्रवेश गर्ने रानीपौवा–बालाजु सडक पनि दुई लेनमा चौडा गरिँदै छ । ७० किमिको यस सडक निर्माण चाँडै पूरा हुने अवस्थामा छ । यस्तै, धादिङको धार्के हुँदै उपत्यका भित्रिने धार्के–सीतापाइला सडकखण्डको ट्र्याक खुलिसकेको छ । दुई लेनमा विस्तार गरिने सडकका लागि विभागले १५ करोड रुपैयाँ बजेट निकासा गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
त्रिविको फारम अब अनलाइनबाट, त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । ‘उपत्यका बाहिरका विद्यार्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छौं,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने। कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित ९वेब बेस्ड० सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो। ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँचवटा आङ्गिक क्याम्पसबाट गर्दैछौँ। यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यमा जोड्ने प्रक्रिया अगाडि बढेको छ’, उनले भने। परीक्षा नियन्त्रक बास्तोलाका अनुसार २०५४ सालअघिको विद्यार्थीका सबै तथ्याङ्क पुरानो सफ्टवेयरमा रहेकाले नयाँ सफ्टवेयरमा ती विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ। अनलाइन फाराम भरेको एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन्। पहिलो चरणमा इलाम, सिराहा, भरतपुर, बुटवल, धनगढीमा रहेका त्रिविका पाँचवटा आङ्गिक क्याम्पसमा परीक्षणको रूपमा अनलाइन फाराम भर्ने प्रविधि सञ्चालन गर्ने तयारीमा परीक्षा नियन्त्रक कार्यलय जुटेको छ । ‘हामीले उपत्यकाबाहिरका विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइन फाराम सञ्चालनमा ल्याउन लागेका हौँ, अनलाइनबाट फाराम भर्ने प्रणाली सुरु भएपछि विद्यार्थीले आफ्नो ठाँउबाट अनलाइनमा फाराम भरेर सिधै केन्द्रीय कार्यालयमा आएर ट्रान्सक्रिप्ट लिन पाउँछन्’, नियन्त्रक बास्तोलाले भने । त्यसो त केही वर्षयता त्रिविले निजी अनलाइनबाट सबै नतिजा प्रकाशन गदैँ आएकोमा अनलाइन फाराम सञ्चालनसँगै सबै नतिजा त्रिविकै वेब साइटमार्फत प्रकाशन गर्ने जनाएको छ। गोरखापत्र दैनिकबाट ।
दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय
काठमाडौं । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ । जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्युदन्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा – १३ बहराइनमा – ६ ओमानमा – ३ कोरियामा – २ इजरायलमा – १ अन्नपूर्ण पोस्टबाट ।
पाँचखालमा सैन्य अभ्यास गर्न २८ देशका एक हजार २४ सैनिक नेपालमा
काठमाडौं । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । नेपालमा तेस्रोपटक हुँदै सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो । उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन् । ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकी आए, श्रीलंकाली फर्किए ‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे । ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन् । उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि अभ्यासमा स् राष्ट्रसंघमातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ । विश्वसनीयता र व्यावसायिकताका आधारमा नेपालको आग्रहमा यस्तो बहुपक्षीय अभ्यास हुन लागेको हो । हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका चार हजार ६ सय ६० जना खटिएका छन् । राणाका अनुसार स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, रिजनल सेमिनार र क्रिटिकल इन्याबलर, क्यापासिटी इन्याब्लर गरी चारवटा विषयमा अभ्यास केन्द्रित हुनेछ । काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँचखालमा सेमिनारबाहेक सबै अभ्यास सञ्चालन हुनेछन् । यसपटक उक्त अभ्यासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको महासेनानी राणाले बताए । उनीहरू पहिलोपटक सहभागी हुन लागेका हुन् । स्टाफ ट्रेनिङमा २६ देशका सेना सहभागी हुनेछन् भने फिल्ड ट्रेनिङका लागि २८ देशका सेना सहभागी हुनेछन् । महिला सैनिकको बेग्लै टिम यसमा सहभागी हुनेछ । कुन–कुन देश सहभागी हुँदै छन् नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत । नयाँ पत्रिका दैनिकबाट ।
ऋणीसँग सम्मानजनक व्यवहार गर्न र बजार मूल्यअनुसार धितो लिलाम गर्न निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, तिनको परिवार र सम्बन्धित नातेदारसँग सम्मानजनक व्यवहार गर्न, धितोमा उनीहरुको सम्पत्तिको सहि मूल्याङकन गर्न र बजार मूल्यअनुसार लिलाम तथा सकार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै कर्जा लिँदाका बखतमा गरिएको वाचा विपरित बारम्बार व्याजदरमा वृद्धि नगर्न/नगराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देएन दिएको छ । २०७३ कात्तिक ८मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्याङ्कन हुने बातावरणको सुनिश्चितता गर्ने, धितोमा रहेको सम्पत्ति लिलाम गर्दाको बखतको प्रचलिन बजार मोल अनुसार लिलाम बिक्री तथा सकार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘प्रत्येक ऋणीले ठगी गर्ने नियतवश नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने हुनाले ऋणी र निजका परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तवरले कर्जा असुली गर्ने प्रक्रिया थाल्न उपयुक्त हुने हुँदा सो को सुनिश्चितता हुने गरी व्यवस्था मिलाउने’ राष्ट्र बैंकले दिएको निर्देशमा उल्लेख गरिएको छ–‘ऋण असुली प्रक्रिया प्रारम्भ भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यहरुको सामाजिक प्रतिष्ठ, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने ।’
स्ट्याण्डर्ड चार्टर्ड बैंककाे एफपीअाेमा ३८ अर्बकाे अावेदन, शुक्रबार म्याद सकियाे तर अाइतबार १० अर्ब अावेदन थपियाे
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर एफपिओमा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका प्रवक्ता निरज गिरीका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे । गिरीका अनुसार आश्वा प्रणालीमार्फत ८४ हजार ९१६ वटा आवेदक मार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६८०रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, नगद तथा चेक फारम मार्फत १ लाख ३८ हजार ३९२ आवेदकले १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार ८६० रुपैयाँ बराबरको सेयर माग भएकाे छ । याे अार्इतबार साँझसम्म धिताेपत्र बाेर्डलार्इ प्राप्त विवरण हाे । शुक्रबार रातीसम्म २८ अर्ब ४९ कराेड रूपैयाँकाे अावेदन परेकाे विवरण एनएमवी क्यापिटलले दिएकाे थियाे । अाइतबार मात्र थप १० अर्ब अावेदन परेकाे विवरण बाेर्डले दिएकाे छ । यस एफपीअाेकाे अावेदन गर्ने समय शुत्रबार नै सकिएकाे थियाे । नियम अनुसार अावेदन बुझाउने अवधि सकिएकै दिन साँझ सबै विवरण बिक्री प्रबन्धक र धिताेपत्र बाेर्डलार्इ जानकारी दिनुपर्छ ।