विकासन्युज

यूनिभर्सल इलेक्ट्रोकमद्धारा हिट्याची ब्राण्डको शुरुवात, घरायसी उपकरणमा ख्याति प्राप्त

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुप अन्तर्गत हिट्याची ब्राण्डको शुभारम्भ भएको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमद्धारा उक्त ब्राण्डको शुभारम्भ भएको हो । हिट्याची जापानको एक नं. घरायसी उपकरणमा ख्यातिप्राप्त बिभिन्न व्यक्तित्व सेलिब्रेटी तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । हिट्याची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकोमसँग व्यापारीक साझेदारी रहेको खुलासा गर्नुका साथै आगन्तुकलाई प्रडक्टको बारेमा समेत जानकारी दिईएको थियो । हिट्याची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टि.भि., एयर कन्डिस्नर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्र्याएको छ । यूनिभर्सल इलेक्ट्रोकोमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिट्याचीको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्ने छ र नेपाली उपभोक्ताको मन जित्नेछ । साथै, यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनले बताए ।

हुन्डाईको खुला गल्फ टुर्नामेन्टको विजेता घोषित, शाहले जिते नगद पुरस्कारका साथै स्मार्टफोन

काठमाडौं । गोकर्ण फोरेस्ट रेसोर्टमा सम्पन्न सातौँ हुन्डाई खुला गल्फ टुर्नामेन्टको विजेता घोषित भएको छ । उक्त प्रतियोगितामा कर्णेल विकास शाहले ३९ अंकका साथ आङ्ग नोर्बु शेर्पालाई १ अंकले जित्दै प्रथम स्थान हासिल गरेका छन् । शाहले पुरस्कार स्वरुप १ लाख रुपैयाँ बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । त्यस्तै, ३८ अंकका साथ आङ्ग नोर्बु शेर्पाले दोश्रो स्थान हासिल गरेका छन् । उनले ४ बर्डिजका साथ सर्वाधिक बर्डिज र १० हजार बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । मेजर निश्चल जङ्ग रायमाझीले तेश्रो स्थान हासिल गरेका छन् । साथै निर्मल दाहाल र ध्रुव थापालाई टाईमा जितेर उनले ३६ अंकका साथ सो स्थान जितेका हुन् । दाहालले दोश्रो हाफमा १६ अंक, थापाले १५ अनि रायमाझीले १७ अंक हात पारेका छन् । वाङ्गचेन ढोन्डुपले ३३ अंक जितेर ग्रस ट्रोफीका साथै ५० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । हुन्डाई वनरतर्फ जाम्लिङ घले पहिलो भएका छन् भने उनले ३४ अंक हात पारेकी थिइन् । साथै, उनले २० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेकी छन् । लंगेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जितेका छन् । प्रतियोगितामा एक सय १५ एमेच्योर गल्फरले भाग लिएका थिए । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे र क्याप्टेन जोशेफ न्याथनले उक्त प्रतियोगितको विजेताहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

नेप्सेले पार गर्यो १४०० विन्दु, एक अर्ब २६ करोडको सेयर कारोबार, बीमा ५६६ अंक माथी

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले १४०० विन्दु पार गरेको छ । सो दिन परिसूचक ४२ दशमलब १९ अंकले उकालो लागेर १४२४ दशमलब ३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ४२ अंकले बढेको छ । आइतबार नेप्से २४ अंकले बढेर १३८२ अंकमा रहेको अडेको थियो । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । सो दिन मात्र एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबारको बजारमा १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार उत्पादन मूलक समूह बाहेक कारोबार भएका अन्य समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो, विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ७६, ४४, ३९, २९ र १८ अंकले बढेका छन् । उत्पादन मूलक समूहको परिसूचक भने ५ दशमलब १२ अंकले घटेको छ ।

स्वदेशी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृति

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय अंकित दरका ३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

नेको इन्स्योरेन्सको विशेष साधारणसभा चैत २७ गते, बुक क्लोज कहिले?

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी चैत २७ गते विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १३ गते कम्पनीको बुक क्लोज रहने छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भइरहेको छ ।

सौरभ ज्योतिकाे उम्मेदवारी स्वतन्त्र कि रणनीतिक ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाले नेतृत्व गरेको समूह र किशोर प्रधानले नेतृत्व गरेको समूहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको तीन वर्षपछि स्वात अध्यक्ष बन्ने व्यवस्था भएपछि पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा प्रधानबीच प्रतिस्प्रर्धा हुँदैछ । गोल्छाको समूहले आइतबार भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने बस्तुगततर्फ शंकर पाण्डे उपाध्यक्षको उम्मेदवार बनेका छन् । प्रधान समूहले अहिलेसम्म एशोसिएट तर्फको उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार घोषणा गर्न सकेको छैन । एशोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिलाई उम्मेदवार बनाउने भनिए पनि यो अझै टुङ्गो लागेको छैन । ज्योतिले आफू एशोसिएटतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । उनले आफू कुनै प्यानलमा आवद्ध नभएको र स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् । प्यानल–प्यानलबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन । तर प्रधानको प्यानलमा ज्योति जोडिएनन भने प्रधान समूहले एशोसिएटतर्फको उपाध्यक्ष पदको लागि उम्मेदवार पाउनै नसक्ने अवस्था छ । गोल्छा प्यानलबाट एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । महासंघमा करिव ९०० एशोसिएट कम्पनीहरु छन् । एक कम्पनीले एक भोट हाल्न पाउँछ । एउटै व्यक्ति वा समूहको दर्जनौ कम्पनी महासंघमा एशोसिएट सदस्य छन् र प्रोक्सी (प्रतिनिधि) मार्फत भोटिङ हुने अभ्यास छ । करिव ९०० एशोसिएट कम्पनीहरु मध्ये करिव ६०० कम्पनीको प्रोक्सी चन्द्रप्रसाद ढकाल अर्थात गोल्छा प्यानलले संकलन गरिसकेको बताईएको छ । प्रचार गरिएजस्तै गोल्छा समूहले ६०० प्रोक्सी संकलन गरिसकेको हो भने ढकालसँग प्रतिस्पर्धामा आउने जो कोहीको हार सुनिश्चित छ । यहि कारण अहिलेसम्म किशोर प्रधान समूहले उम्मेदवार तय गर्न नसकेको बताइएको छ । एशोसिएट उपाध्यक्षबारे गृहकार्य भईरहेको प्रधानले बताए । ‘हाम्रो टिममा एशोसिएट तर्फ उपाध्यक्षको उम्मेदवार देखिने गरि पनि हुन सक्छ, नदेखिने गरि रणनीतिक उम्मेदवार पनि हुन सक्छ’ प्रधानले भने । ज्योतिको उम्मेदवारी स्वतन्त्र हुनेछ वा रणनीति हुनेछ वा उनी अर्को निर्वाचनको लागि सिट सुरक्षित गर्न चाहान्छन् ? महासंघको निर्वाचनमा चासो राख्ने धेरैको मनमा खुल्दुली चलेको छ ।

नागरिक लगानी कोषको ८० अर्ब लगानीमा २ अर्बमात्र उत्पादन मूलक क्षेत्रमा

काठमाडौं । समाजिक कल्याणका बचत तथा सामुहिक कोष कार्यक्रम सञ्चालन, संकलिन कोषको लगानी गरी आम सहभागिलाई उचित प्रतिफल दिने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषले संकलित रकमलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन । स्थापनाको २७ वर्षको अवधिमा कोषले उत्पादनमूलक क्षेत्रमा गरेको लगानी भनेको तामाकोशी जलविद्युत आयोजनको लागि २ अर्ब रुपैयाँमात्र हो । कुल ५ लाख ७० हजार सेवाग्राहीबाट संकलित ८५ अर्ब २६ करोड १२ लाख रकम मध्ये अन्य सबै रकम उत्पादन मूलक क्षेत्रमा लगानी गर्न नगरी सेयर , मुद्दती खातामै राखेर बसेको छ । सेयर बजारदेखि ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न एकमुष्ठ रकम जुटाउने हैसियत भएका यस्ता कोषको रकम सामान्य बैकको सेयर तथा मु्द्दती खातामा थन्किएको छ । २१ करोड रुपैयाँ शेयरमा लगानी गरेको छ । यसबाहेक कोषको करीब रू. ५६ अर्ब विभिन्न २४ ओटा कमर्शियल बैंकको मुद्दती निक्षेपमा खातामा राखेको छ । यति ठूलो रकम बैंकको खातामा राखेर कोष भने आम नागरिकको पैसामा मोजमस्ती सहित सेवाग्राहीको दायित्व भुलेर बसिरहेको छ । ३ वर्ष अघिनै लगानीका लागि विभिन्न ठूला परियोजना लगानी प्रस्तावका लागि नागरिक लगानी कोषमा पुगेपनि अहिलेसम्म उत्पादनमूलक ठूला आयोजनामा लगानी गर्ने सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन । जनताले सञ्चित गरेको रकमको ब्याजबाट कर्मचारीलाई १८ महिनासम्मको तलव खुवाएर बसिरहेको छ । यसका साथै कोषले जनकशिक्षा सामग्री केन्द्रलाई २९ करोड रुपैयाँ समयकालीन कर्जा प्रवाह गरेको छ । देशमा निर्माणाधिन परियोजना भने रकम पाउन सकिरहेका छन् । बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी नभएपछि यस्ता आयोजनाले पहिला सम्झौता भएका ऋण समेत पाउन सकेको छैन । लगानी कोषले सञ्चित रकमलाई यस्ता परियोजनामा खर्च गर्न सकेको भए आर्थिक समृद्धि तथा विकासमा केही भएपनि टेवा पुग्ने देखिएको छ । यसो गर्न नसक्नुमा कोषको उचित भिजन नहुनु तथा समय सापेक्ष पहल गर्न नसक्नु नै पहिलो कमजोरी हो । कोषका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्न नसकेपछि सेवाग्राहीका लागि दुई महिना अघि शैक्षिक कर्जा र सरल कर्जा कार्यक्रम शुरू गरेको छ । कोषले सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले सरल ब्याजदरमा करीब २ महीनादेखि उक्त कर्जा कार्यक्रम शुरू गरेको हो । यसअघि कोषले सेवाग्राहीको लागि घर बनाउन मात्रै आवास कर्जा दिने व्यवस्थालाई भने परिमार्जन गर्दै फ्ल्याट किन्नसमेत ऋण लिन पाउने व्यवस्था गरेको छ । कोषले फ्ल्याट किन्नका लागि ४० लाखसम्मको आवास कर्जा लिन पाउने नयाँ व्यवस्था हो । कोषले स्वैच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजनाका सहभागीहरूको परिवारलाई शिक्षाको माध्यमबाट समुन्नत भविष्य निर्माण गर्न सघाउ पुर्याउनुको साथै लगानी विविधिकरण गर्ने उद्देश्यले शैक्षिक कर्जा कार्यक्रम २०७३ सञ्चालनमा ल्याएको हो । नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट एमबीबीएस, एमडी, एमबीए, एक्जीक्युटिभ एमबीए, वी फार्मेसी, एम फार्मेसी, पाइलट, इञ्जिनीयरिङमा स्नातक वा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर गर्नेलाई उपलब्ध गराउँदै आएको छ । चार्टर्ड एकाउण्टेन्सी, नर्सिङमा स्नातक वा स्नातकोत्तर, फूड टेक्नोलोजीमा स्नातक वा स्नातकोत्तर गर्न कर्जा लिन सकिने व्यवस्था कोषले गरेको छ । त्यस्तै, होटल एण्ड हस्पिट्यालिटी म्यानेजमेण्टमा स्नातक वा स्नातकोत्तर, सूचना प्रविधिमा स्नातक वा स्नातकोत्तर, कृषि र वन विषयमा स्नातक वा स्नातकोत्तर र पशु चिकित्सा विषयमा स्नातकमध्ये कुनै एक शैक्षिक उपाधि लिन नागरिक लगानी कोषबाट शैक्षिक कर्जा लिन सक्छन् । यो कर्जा प्राप्त गर्न अवकाश कोष वा बीमा कोषमा कोषकट्टी गरेको २ वर्ष पूरा भएको र नोकरी गर्ने सेवा अवधि न्यूनतम ५ वर्ष बाँकी भएको हुनुपर्ने कोषको भनाइ छ । यसबाहेक कोषले शैक्षिक कर्जा लिने सेवाग्राहीका लागि विभिन्न सीमा तोकेको छ । जसअन्तर्गत सहभागीको हाल कार्यरत तहको शुरू तलबमानको १२ वर्ष बराबरको तलब वा रू. ३५ लाखमा जुन कम हुन्छ त्यति रकमसम्म कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस कर्जाको न्यूनतम स्वीकृत सीमा रू. ५ लाख हुनेछ । एक पटकमा न्यूनतम १ लाख रुपैयाँसम्म भुक्तानी गरिने बताइएको छ । कोषका अनुसार शैक्षिक कर्जाको ब्याजदर हाल वार्षिक ९ प्रतिशत रहेको छ ।

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद खुला, कहाँ कहाँबाट दिने आवेदन?

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले सर्वसाधारणको लागि शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित दरका २५ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले नारायणचौरको नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकका सम्पूर्ण कार्यालय तथा शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् । हाल कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।