विकासन्युज

सिमेन्टको मूल्य घटाउन उद्योग मन्त्रीको निर्देशन, उद्योगीले भने-हामी छलफल गर्छाै

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सिमेन्टको मूल्य घटाउन निर्देशन दिएका छन् । मुलुक भूकम्पपछिको पुनर्निर्माणको चरणमा रहेका बेला गरिएको मूल्य वृद्धिले गम्भिर असर गर्ने भन्दै उनले मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल सिमेन्ट उत्पादक संघलाई निर्देशन दिएका हुन् । नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको थियो । मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न भनेका हुन् । भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएकाले मूल्य पनि बढाएको बताएक थिए । उनले उत्पादन लागत बढेपछि आफुहरुले पनि सिमेन्टको मूल्य वृद्धि गरेको बताउँदै उद्योगीहरुसँग आवश्यक छलफल गरेर अघि बढ्ने बताएका थिए । अध्यक्ष थापाले उद्योगीसँग आवश्यक छलफल गरेर कति मूल्य समायोजन गर्न सकिन्छ भन्ने एकिन गरेर आइतबार फेरी छलफलमा जुट्ने आश्वासन मन्त्री जोशीलाई दिएका थिए ।

वाईवाईको ‘बनौं आदर्श नागरिक’ अभियान

काठमाडौं । चौधरी ग्रुपको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले बनौं आदर्श नागरिक अभियान आरम्भ गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत जनचेतना मुलक अभियान सुरु गरेको जनाएको छ । अभियानमा सडक दुर्घटना न्यूनिकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग लगायतका काम गरिनेछ । यी कामका लागि चौधरी ग्रुपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य गर्नेछ । दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानेलाई ग्रुपले ११ सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ । सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना बढाउन वाइवाइ मार्फत अभियान सुरु गरेको बताए । सीजीले आफ्नो प्रोमोसनका लागि पनि वाईवाई ब्राण्डलाई अघि सार्दै आएको छ । अभियान संचालनको लागि सामाजिक सञ्जालमा ह्यासट्याग बनौ आदर्श नागरिक मार्फत सुझबव समेत मागेको छ ।

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४१ करोडको सेयर कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक ५ दशमलब ९८ अंकले ओरालो लागेर १६५१ अंकमा झरेको छ । सो दिन एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ । बजारमा कुल १४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो । बजारमा बीमा, अन्य र उत्पादनमूलक समूहको परिसूचक बाहेक कारोबार भएका सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ५१ अंकले ओरालो लागेको छ । बीमा समूहको परिसूचक १५ अंकले उकालो लागेको छ भने अन्य र उत्पादनमूलक समूह स्थिर रहेका छन् ।

नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता एफपीओ आउँदै

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले वैशाखभित्र ९ लाख ७५ हजार कित्ता साधारण शेयर अर्थात फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकका रुपमा एनआईर्बील नियुक्त गरेको बैंकका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल ग्रामीण विकास बैंक र एनआएबीएल क्यापिटल मार्केटबीच सम्झौता भएको छ । बैंकले आफ्नो चुक्त पूँजी बढाउन एक सय दरको एफपीओ जारी गर्न लागेको हो । हाल बैंकको ५५ करोड ७५ लाख चुक्ता पुँजी राखेका छ । एफपीओले बैंकको साढे ६५ करोड पुँजी बृद्धि गर्ने छ । चालु आवको अन्त्यसम्म बैंकले एक अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ । बैंकमा हाल ४० हजार जनाको सेयर ५५ लाख ७५ हजार कित्ता सेयर रहेको छ । हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई उक्त बैंक बनेको हो । मर्जर पछि यस बैंकले २०७१ साउन ३० गते देखि आफ्नो एकिकृत कारोबार शुरु गरेको हो ।

सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुला, कहाँ कहाँबाट दिने आवेदन ?

काठमाडौं । सिटिजन्स बैैंकले आज(चैत २४ गतेदेखि) प्रतिसेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधरणले चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । गत फागुन २४ गतेसम्म सेयर खरिद गरेको सेयरधनीले मात्रै हकप्रद लिन पाउने बैंकले जनाएको छ । साथै, इच्छुक सर्वसाधरणले सानिमा क्यापिटल लिमिटेड नारायण चौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखा कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।

संसारकै सबैभन्दा महंगा लिपस्टिक

नयाँ दिल्ली ।  सबैभन्दा महंगो र सस्तो वस्तुमा हाम्रो चासो रहने गरेको छ । धेरैलाई संसारका सबैभन्दा महंगो लिपस्टिकको बारेमा थाहा नहुनपनि सक्छ । यस्ता लिपस्टिकहरु विशेषगरि गूणस्तर र मूल्यका आधारमा चिनिन्छन् ।   एच. कोटर ब्युटी डायमण्ड लिपस्टिक   भन्ने गरिन्छ यो लिपस्टिक किन्ने चाहना धेरैको हुन्छ तर यसको मूल्य सुनेपछि कतिको मुड परिवर्तन भएको छ । यो लिपस्टिक आउने बाकस नै पूर्णरुपमा हिराले बनेको हुन्छ । यसमा १२०० पिंक डायमण्ड लगाइएको हुन्छ । यो लिपस्टिकको मूल्य करिब एक लाख ४० हजार भारतिय रुपैयाँ पर्न आउछ । अब कुरा आउनसक्छ – यसलाई किन्ने कसले ?   गार्लियन किसकिस गोल्ड एण्ड डायमण्ड लिपस्टिक यो लिपस्टिक सानदार बाकसमा करीब १५ सेड्समा आउछ । यसको बाकस शुद्ध सुनले बनेको हुन्छ र यसमा हिरा जडान गरिएको हुन्छ । यो बाकसको डिजाइनमा ११० ग्रामको १८ क्यारेट सुन र १९९ क्यारेट हिराको प्रयोगभएको पाइन्छ । यसको मूल्य करीब ४० लाख (भारु) छ ।         सिस्ले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक  निकै गुणवान, सानदार रङ  र टेक्सचरको साथ आउने यो लिपस्टिकमा भिटामिन सी, ई र कैलेन्डुला युक्त हुन्छ ।। यसको मूल्य तीन हजार नौ सय भारु रहेको छ ।   ला प्रेरी सेलुलर लक्स लिपस्टिक यो ननस्टिकी (चिपचिपाहट रहित) र लङलास्टिङ लिपस्टक हो । यो लिमिटिड एडिसन रङमा पाइन्छ । यसको कभर सुनले बनेको हुन्छ । यसको मूल्य तीन हजार पाँच सय ८० भारु रहेको छ । गार्लियन रग जी जेवेल लिपस्टिक कम्प्याक्ट यो लक्जरी लिपस्टिक सुर्ख रातो रङमा पाइन्छ । यसलाई स्वस्थ र सुरक्षित ओठका लागि प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार तीन सय २० भारु रहेको छ । कानेबो सेन्साइ इन्टेन्स लास्टिङ लिपस्टिक महंगो लिपस्टिकमा यसको नाम पनि प्रख्यात छ । यसमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सौम्यतालाई कायम राख्न मद्दत गर्छ । यसको मूल्य दुई हजार ६ सय भारु रहेको छ । गिभेन्सी ले रोज रोज ड्रेसिङ लिपस्टिक उच्च गूणस्तरको यो लिपस्टिक छालाको खोलमा प्याक गरिएको छ । यो जस्तो रातो रंगको लिपस्टिक सायद नै पाइन्छ । यसको मूल्य दुई हजार तीन सय ४३ भारु रहेको छ । क्रस्टियन डायर रोज नम्बर ९९९ लिपस्टिक यो लिपस्टिकको सानदार प्याकेजिङले यसलाई सबैभन्दा महंगो लिपस्टिकको रुपमा परिचित बनाएको छ । यो ३२ सेड्समा आउनेगरेको छ । यसको मूल्य दुई हजार दुई सय १३ भारु रहेको छ । डोल्स एण्ड गब्बाना मोनिका भोल्युप्टस लिपस्टिक इटालियन ब्राण्डको यो लिपस्टिक तमाम आकर्षक फिचरका साथ आउने गरेको छ । बजारमा यो ब्राण्ड खासमा कस्मेटिक प्रडक्ट्सको रुपमा परिचित छ । यसको मूल्य करीब दुई हजार दुई सय भारु रहेको छ । इस्टि लाउडर प्योर कलर इन्भी स्कल्पटिङ लिपस्टिक भिटामिनयुक्त यो लिपस्टिकमा मुड बदल्नसम्मको क्षमता रहेको कम्पनीको दाबी छ । यसको मूल्य एक हजार नौसय भारु रहेको छ । नभभारतटाइम्सको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।  

महासंघमा पूर्व अध्यक्षको परिवारबाट पाँच जना उम्मेदवार, कसको पावर कति ?

मनिषलाल प्रधान काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा महासंघको पूर्व अध्यक्षहरुको परिवारबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । पूर्व अध्यक्ष महेशलाल प्रधानको छोरा मनिषलाल प्रधानले जिल्ला तथा नगर क्षेत्रको खुला सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले ललितपुर उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका छन् । यसअघि उनी वाग्मती अञ्चलबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । किशोर प्रधानको टिमले उनलाई आफ्नो पक्षको उम्मेदवार घोषणा गरेको छ । यद्यपी उनले आफू शेखर गोल्छाको टिममा रहेको बताउँदै आएका छन् । उनले चुनावमा राम्रै प्रतिस्पर्धा गर्नुपर्ने तर चुनाव जित्ने अनुमान धेरैले गरेका छन् ।   सौरभ ज्योति पूर्व अध्यक्ष पद्म ज्योतिको छोराले एशोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । उनीले एशोसिएटतर्फको उपाध्यक्षको दावी गर्दै आएका थिए । अन्तिम समयमा उनले उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरे । नेपालका ठूला व्यवसायिक घराना मध्ये एक ज्योति समूहको प्रतिनिधि, पूर्व अध्यक्षको छोरा, उपाध्यक्षको दावेदारी छोडेर अन्तिममा सदस्यमा उम्मेदवारी दिएकाले उनले पपुलर भोट ल्याएर चुनाव जित्ने सम्भावना छ । महासंघमा तीन कार्यकाल कार्यसमिति सदस्य भई सकेको, राम्रो भूमिका खेल्दै आएको र क्षमतावान व्यक्तिको रुपमा धेरैले उनलाई हेर्ने गर्छन । तर एउटा पक्षले उनलार्इ टार्गेट बनाएकाेले पपुलर भाेट नअाउने अाशंका एक थरीकाे छ । उदीप श्रेष्ठ पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठका छोरा उदीप श्रेष्ठले पनि एशोसिएट तर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी महासंघको राजनीतिमा पहिलो पटक प्रवेश गर्दैछन् । पूर्व अध्यक्षका छोरा र ठूलोे औद्योगिक समूह पञ्चकन्या ग्रुपको प्रतिनिधि हुनु उनको स्ट्रेन्थ हो । तर मंगलबार अन्नपूर्ण होटलमा आयोजित गोल्छा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षको हैसियतमा मञ्चमा शुभकामना दिन गएका प्रदीप कुमारले आफ्नो छोरालाई मञ्चबाट उम्मेदवारको परिचय गराउँदा धेरैले निको मानेका थिएनन् । ‘एशोसिएटतर्फ १९ पदमा ३१ जना प्रतिस्पर्धा गर्दैछन्, पदाधिकारीको उम्मेदवारी घोषणा सभामा किन उदीपको मात्र उम्मेदवारी घोषणा गरियो ?’ एशोएियटतर्फबाट उम्मेदवारी दिएका अधिकांशले यहि प्रश्न गरिरहेका छन् । प्रदीपकुमार श्रेष्ठ पहिला किशोर प्रधानको समूहको समर्थक रहेको र गोल्छा समूह बलियो भएको निष्कर्षमा अन्तिममा गोल्छा समूहमा प्रवेश गरेको, पदाधिकारीका उम्मेदवार घोषणा सभामा पुत्र मोह प्रदर्शन गरेको भन्दै उनको आलोचना भईरहेको छ । हेमराज ढकाल त्यस्तै, पूर्व अध्यक्ष चण्डिराज ढकालका भाई हेमराज ढकालले बस्तुगत समूह तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । ढकालले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएका हुन । महासंघको निर्वाचनमा किङ मेकरको भूमिकामा सफल देखिएका पूर्व अध्यक्षको भाई हुनुको नाताले र आफैमा सफल उद्यमी भएको नाताले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न केही सहज छ । प्रबलजंग पाण्डे यसअघिका अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे एशोसिएटतर्फको सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । उनी पहिलो पटक महासंघ कार्यसमितिको निर्वाचनमा उम्मेदवार बनेपछि यसअघि आफ्ना बुबालाई चुनाव जिताउँदाको अनुभवले अहिलेको चुनावी प्रतिस्पर्धा सजिलो भएको छ । उनी अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा, एशोसिएटतर्फबाट सर्वसहमत भएका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको दरिलो समर्थन चुनावमा आएकाले उनको जित पक्का छ ।

वाचिम्ले लघु जलविद्युुतको सेयर खुला, स्थानीयले १० देखि १००० कित्तासम्म किन्न पाउने

भोजपुर। भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजार रुपैयाँमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ । सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए। रासस