तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध
रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताउनुभयो । चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ । रासस
४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ । जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ । उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ । सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ । श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ । आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।
विनोद चौधरी लेख्छन्-यसकारण मैले नेपाल उद्योग वाणिज्य महासंघ छोडेँ
म नेपाल उद्योग वाणिज्य महासंघमा खोजिखोजी आफैं पसेको होइन । यो संस्थाको कार्यशैली र पृष्ठभूमिप्रति मेरो मनमा थुप्रै प्रश्न थिए । हाम्रा कम्पनीहरु महासंघका सदस्य रहेपनि म व्यक्तिगत रुपमा त्यसको वार्षिक साधारणसभामा समेत जाने गरेको थिइँन । २०४४ को चुनावका क्रममा महेशलाल प्रधान चुनाबमा तान्न मलाई खोजीखोजी आउनुभयो । उहाँ मणिहर्ष ज्योतिसँग अध्यक्षमा भिड्दै हुनुहुन्थ्यो । मणिहर्षजीलाई गोल्छा, दुगड र मदनलाल चिरञ्जीबीलाल लगायत प्रमुख घरानाहरुको समर्थन थियो । यसको टक्करमा युवा जमान खडा गर्न महेसलाल हामीसँग निकट हुन खोज्नुभएको थियो । उहाँले यो संस्था रुपान्तरणको दूरगामी सोच राखेर चालेको कदम होइन । चुनावी रणनीति तयार पार्दा हामीलाई रोजेर जितको बाटो पहिल्याउनु भएको थियो । मैले आफ्ना हितैसीहरु विजय शाह, किशोर खनाल, डा. गोपाल श्रेष्ठ लगायतसँग छलफल बढाएँ । हाम्रो निष्शर्क रह्यो– यो संस्थासँग टाढा बस्दैमा हाम्रो व्यवसायिक हकहित सम्वद्र्धन हुनेवाला छैन । हामीले संस्थाभित्रै गएर परिवर्तन ल्याउनुपर्छ । महासंघमा वर्चस्व राख्दै आएका घरानाहरु अर्कै पक्षमा लागेकाले पनि महेसलालसँग गन्तव्य मिलेको थियो । हामी उहाँको पक्षमा होमियौं । देशका विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुमा गएर भोट माग्यौं । महेशलाल बलियो हुँदै गएको देखेपछि मणिहर्षजीले उमेद्वारी फिर्ता लिनुभयो । महासंघका एसोसिएट क्षेत्रका सिट ठूला र व्यापारिक घरानाबीच भागबण्डा हुन्थ्यो । उनीहरुलाई माग पुर्याउँदा पुर्याउँदै नयाँ मान्छेले कहिल्यै ठाउँ नपाउने । महेशलालाको नेतृत्वमा मैले कार्यकारिणी समितिको सदस्य पाउनुपर्थ्यो । त्यो हामीबीचको भद्र सम्झौता थियो । तर उहाँले ठूला व्यापारिक घरानासामू बोल्ने सहास देखाउनु भएन । अध्यक्ष बनेपछि त्यही प्रवृत्ति पछाडि लाग्नुभयो । जस विरुद्ध बैचारिक लडाईं छेड्ने संकल्प लिएर हामी युवा पुस्ता महासंघको राजनीतिमा होमिएका थियौं । महेशलालले मलाई अझै साथ दिनुभएन । मलाई उहाँको व्यवहार चित्त बुझेन । म महासंघको राजनीतिमा पहिलो पटक प्रवेस गरेको मान्छे, त्यो पनि उहाँले ल्याएको मान्छे । म कुनै जोड घटाउमा नलागी उहाँलाई अध्यक्ष बनाउन लागेको थिएँ । ‘एसोसिएटको सदस्यमा म कुनै हालतमा चुनाव छाड्दिन, एक भोट आए पनि चुनाब लड्छु’ त्यसबेला मैले भनेको थिएँ । त्यो बेला एसोसिएटबाट महासंघको कार्यकारीणी सदस्यमा १० जना छानिन्थे । उम्मेद्वार ११ जना भयौं । मलाई उम्मेद्वारी फिर्ता लिन ठूलै दबाब पर्यो । मदनलाल अग्रवालले महाशक्ति स्वपको महेश अग्रवालको उम्मेद्वारी फिर्ता लिए । त्यसपछि एसोसिएटका सबै कार्यकारीणी सदस्य निर्विरोध भयौं । त्यही वर्ष मैले एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेद्वारी दिन्छु भनेपछि महासंघमा ठूलै भुइँचालो गयो । उपाध्यक्ष पदमा हुलासचन्द्र गोल्छा उम्मेद्वार बन्न लाग्नुभएको थियो । मेरो बुबाको समकक्षी हुलासचन्द्रसँग मैले चुनाव लड्नु सहज भने थिएन । म उपाध्यक्षमा चुनाब लड्ने भएपछि तत्कालीन निवर्तमान अध्यक्ष पशुपति गिरी महासंघकै कार्यालयमा धर्ना बस्नुभयो । म विरुद्ध ठूलै क्याम्पेन भयो । महासंघको इतिहासमा संभवत पहिलोचोटी अध्यक्ष पदले भन्दा एसोसिएटतर्फको उपाध्यक्ष पदले सबैलाई आकर्षित गरेको थियो । सबैले मलाई उम्मेद्वारी फिर्ता लिन दबाब दिए । त्यसपछि मैले सोचेँ चुनाव त जितिएला तर साथीभाईको मन जितिँदैन । र, अन्त्यमा मैले उद्योग समितिको सभापति पद लिएर उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएँ । राजनीति भनेकै यही हो, दुई कदम अघि बढ्ने र एक कदम पछि हट्ने । ०४७ मा फेरि महेशलाल प्रधान चुनाब उठ्नुभयो । उहाँको प्रतिद्वन्द्धी साल्ट ट्रेडिङका लक्ष्मीदाश मानन्धर हुनुहुन्थ्यो । त्यो वर्ष मैले सीधै प्रथम उपाध्यक्षमा उम्मेद्वारी दिएँ । मोहन गोपाल खेतान म विरुद्ध चुनाब लड्न आउनुभयो । महेशलालले आग्रह गरेपछि मैले आफ्नो उम्मेद्वारी फिर्ता लिइहाल्छु भन्ने उहाँलाई लागेको रहेछ । तर म टेरिन र उहाँ आफैं पछि हट्नुभयो । ०५० सालमा स्वभाविकरुपमा म अध्यक्षको दाबेदार थिएँ । तर म निर्विरोध प्रथम उपाध्यक्ष छानिएकोमा धेरैलाई सह्य भएको थिएन । पदम ज्योतिलाई अध्यक्षको उम्मेद्वारकोरुपमा अघि सारिए पनि उहाँका बुबा मणिहर्षको केही समय अघि निधन भएकाले उहाँ उम्मेद्वार बन्न चाहनु भएन । त्यसपछि हुलासचन्द्रलाई म विरुद्ध चुनाव उठाउन लागियो । अन्तिममा उहाँले स्वास्थ्यको कारण देखाउँदै चुनाव नउठ्ने घोषणा गर्नुभयो । र, म निर्विरोध अध्यक्षमा चुनिएँ । ०५२ सालमा मैले दोस्रो कार्यकालको लागि फेरि अध्यक्षमा उम्मेदवारी दिएँ । मेरा प्रतिद्धन्द्धी हुनुहुन्थ्यो पदम ज्योति । त्यो चुनावमा म विरुद्ध नयाँ समिकरण बन्यो । मैले अति निकट र विश्वास गरेका साथीहरु नीर शाह। बिजय शाह, किशोर खनाल मेरो विरोधी खेमामा लागे । ज्योतिको चुनावी तयारीको जिम्मा सुरज बैद्यले लिएका थिए । महेशलालले कोठाभित्र बसेर रणनीति बनाउनु भयो । त्यो वर्ष मिडिया, राजनीतिक दल सबैलाई महासंघको चुनाब लाग्यो । नेकपा एमालेले सार्वजानिकरुपमै ज्योतिलाई समर्थन गर्यो । कांग्रेसमा भने विभाजन देखियो । अर्जुननरसिंह केसी मेरो पक्षमा हुनुहुन्थ्यो । केही पिछडिएका जिल्लाका प्रतिनिधिको भोट किनबेच सुरु भयो । निजी क्षेत्रमा पहिलो चोटी जातीय र राजनीति देखा पर्यो । महेशलाल र मेरो कार्यकालमा उद्योमी/व्यवसायीको जुन गोलवद्ध आकार बनेको थियो, त्यो नराम्ररी भत्कियो । तीब्र प्रतिस्पर्धाका बीच मेरो टिमका अधिकांस साथीहरुले चुनाब जित्नुभयो । तर मैले हारेँ । ०५४ सालको चुनावमा म यस्तो व्यक्तिको खोजिमा थिएँ । जसले जित्दा मेरो हार जितमा बदलियोस् । ठूला व्यापारिक घरानाको पकड रहेको महासंघमा पोखराका आनन्दराज मुल्मीलाई मैले अध्यक्षम समर्थन गरेँ । मुल्मीविरुद्ध चिरञ्जीबी तिरावी उठ्नुभयो । तिवारीलाई पदम ज्योति, महेशलाल प्रधान, प्रदिपकमाुर श्रेष्ठ, गोल्छा, सुरज बैद्य, मदनलाल, चिरञ्जीबीलाललगायतको समर्थन थियो । अघिल्लो निर्वाचनमा म विरुद्ध लागेका मेरा साथीहरु मेरो समर्थनमा फर्किए । उम्मेद्वारको रुपमा मुल्मी अगाडि हुनुहुन्थ्यो । म पछाडि थिएँ । अन्तत मुल्मीको जित भयो । यो जितसँगै म आफूलाई निजी क्षेत्रका प्रतिनिधिमुल संस्थाहरुको राजनीतिबाट अलग राख्न चाहन्थेँ । तर, म महासंघको राजनीतिबाट टाढा भाग्न खोजेपनि महासंघको राजनीति म बाट टाढा भाग्न मानेन । नेपाल उद्योग परिसंघ (सीएनआइ) गठन यसकै निरन्तरता हो । कतिपयले महासंघमा चुनाब हारेको तुस लिएर सीएनआइ गठन गरेको आरोप लगाए । तत्कालीन अध्यक्ष रविभिक्त श्रेष्ठले सीएनआइ गठन हुन नदिन धेरै नै लाग्नुभयो । अहिले उहाँ मेरो व्यवसायीक साझेदार हुनुहुन्छ । ०६३ सालमा दरबारमार्गको बुडल्याण्ड होटलका सञ्चालक हरि श्रेष्ठलाई माओवादीले कुटेपछि महासंघ र सीएनआइ एकजुट भएर विरोधमा उत्रिए । तत्कालीन अध्यक्ष चण्डीराज ढकाल र मैले यसको नेतृत्व गरेका थियौं । तर, उत्पतिको प्रमाणपत्रको विषयलाई लिएर महासंघ र सीएनआइको लडाइँले उग्र रुप लियो । सीएनआइले पहिलोपटक उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार माग्दा महेशलाल प्रधान नै वाणिज्य मन्त्री हुनुहुन्थ्यो । उहाँले सीएनआइलाई यो अधिकार दिने कुरै भएन । उत्पतिको प्रमाणपत्र ठुलै विवाद पनि भयो । तर, अन्तिममा सरकारले उत्पातिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघसँगै सीएनआइ, चेम्बर र निकासी प्रवद्र्धन केन्द्रलाई दियो । महासंघसँगको हैसियत र अधिकारको लडाइँमा यो हामो ठूलो जित हो । (बिनोद चौधरीको आत्मकथाबाट साभार)
महुली लघुवित्तको ३० प्रतिशत साधारण सेयर निष्कासन, ६०० कित्तासम्म मात्रै पाइने
काठमााडौं । सप्तरीमा केन्द्रीय कार्यालय रहेकाे महुली सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत साधारण सेयर निष्कासन गरेको छ । यो संस्थाले ४ करोड पुँजीमा ३० प्रतिशत थप गर्ने उद्देश्यले १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर मध्ये ४८ सय कित्ता अर्थात ४ प्रतिशत कर्मचारीलाई र ६ हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लािग सुरक्षित राखेको छ । बाँकी १ लाख ९ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरेको वित्तीय संस्थाले जानकारी दिएको छ । यो संस्थाको सेयर खुला आगामी बैशाख ७ गतेबाट छिटोमा ११ गतेसम्म हुने छ । ढिलोमा २१ गतेसम्मलाई खुला हुन सक्ने पनि उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेण्ड बैंकिङ लिमिटेड हो । यसको आवेदन दिन सनराइज बैंक, एनसीएम मर्चेण्ड बैंकिङ र महुलीकै विभिन्न शाखाबाट आवेदन दिन सकिने पनि उल्लेख छ ।
१२ वर्षयताकै कम मूल्यवृद्धि: राष्ट्र बैंक, तथ्यांकमा घट्यो व्यवहारमा देखिदैन
काठमाडौं । करिब १२ वर्षपछि नेपालको मुद्रास्फीति (औसत मूल्यवृद्धि)को दर ३ प्रतिशतभन्दा तल झरेको छ । गत फागुनमा उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशतमा ओर्लिएको राष्ट्र बैंकले बताएको छ । यो आर्थिक वर्षको अन्त्यमा मुद्रास्फीति दर साढे ७ प्रतिशतमा राख्ने लक्ष्य राष्ट्र बैंकले गरेको थियो । तर, केन्द्रीय बैंकको लक्ष्यभन्दा निकै तल्लो तहमा मूल्यवृद्धिको दर कायम रहन सक्ने संकेत देखिएको छ । राष्ट्र बैंकका अनुसार दाल, गेडागुडी, घिउ, तेल, तरकारीलगायत अधिकांश खाद्यान्नको भाउ पोहोरभन्दा सस्तिएको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बजारमा वस्तु अभाव भएको र ठूलो मात्रामा विदेशी सहायता परिचालन भएकाले मूल्यवृद्धिमा बढी चाप परेको थियो । हरेक घरमा राहत वितरण गर्नुपर्ने भएपछि राष्ट्र बैंकले अघिल्ला वर्षहरूको तुलनामा निकै बढी बैंक नोट बजारमा प्रवाह गर्नुपरेको थियो । तर, अहिले त्यस्तो नोटमा हुने कारोबार पोहोरको तुलनामा घटेको केन्द्रीय बैंकले बताएको छ । विकास बजेट पर्याप्त मात्रामा खर्च हुन सकेको छैन । कर्मचारीको बढेको तलब सेयर बजार र घरजग्गा कारोबारजस्ता सट्टेबजारमा प्रवाह हुँदा उपभोगमा ठूलो प्रभाव राख्न नसकेको विज्ञहरूले बताएका छन् । चुलिएको आयातले उपभोग खर्च बढेको आँकडा प्रस्तुत गरे पनि भुक्तानी प्रणालीलाई औपचारिक बैंकिङ प्रणालीको प्रयोग बढाउन सकिएकाले मूल्य वृद्धिमा त्यसले पनि ठूलो भूमिका खेल्न नसकेको हो । ‘हाम्रो बजार समष्टिगत मागका आधारमा तय हुने होइन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर, यो वर्ष पोहोरजस्तो अत्यधिक माग बढेको अवस्था रहेन ।’ उपभोगमा पनि टिकाउयुक्त वस्तुमा मानिसहरूको आकर्षण बढेकाले पनि खुद्रा उपभोगको मूल्य वृद्धिमा चाप कम परेको हो । गत वर्ष उच्च दरको मूल्य वृद्धि भएकाले त्यसको तुलनामा अहिले कम देखिनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।
नयाँ पुस्तक र भर्नाको सास्ती, कक्षा चढेकाे भन्दा पनि आर्थिक भार परेकोमा चिन्ता
काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई आफ्ना नानीबाबु भर्ना गर्ने र किताब किन्ने विषयले सास्ती दिइरहेको छ । छोराछोरी नानी भर्ना गराउने र विभिन्न थरीका शुक्लको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यतिबेला पुस्तक जुटाउने समस्याले पिरलेको छ। ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्यो, ललितपुरस्थित लिटिल एन्जल्स स्कूलका एक अभिभावकले भने । दुई छोराछोरीको किताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्यो। त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झण्झटले वाक्कै बनायो। आखिरमा स्कूलले भनेकै पसलबाट किताब किन्न बाध्य भएँ। यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा भर्ना भएका छन्। स्कूल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ। सोही स्कूलकी अर्की अभिभावकले ट्याक्सी नै बोलाएर नानीहरुको किताब घर ल्याउनु परेको गुनासो गरिन्। स्कूलले गेटबाहिरै पसल चलाएको रहेछ। त्यहीँबाट किताब किन्नुपर्यो, उनले भनिन्। पछिल्ला केही वर्षयता विद्यालयबाट पुस्तक वितरण गर्न नपाउने नियम सरकारले बनाएपछि निजी स्कूलहरुले नजिकै सटर केही समयका लागि भाडामा लिएर पुस्तक बेच्दै आएका छन्। केही निजी विद्यालयले आफूले तोकेको पसलमै गएर किन्न अभिभावकलाई बाध्य पार्ने गरेका छन्। नागरिक दैनिकबाट ।
टोखादेखि थानसिंहसम्म सुरुङमार्गको प्रतिवेदन अर्थ पुग्यो, थानसिंह फाँटमा स्याटलाइट सिटि पनि बन्ने
सुुरुङमार्गको फाइल स्केच काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी भइरहेको छ। सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार काठमाडौँं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भइरहेको छ। सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिए। उनका अनुसार अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव रहेको देखाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो। सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी उनले दिए। अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सो सुरुङमार्गको निर्माण गरिनेकछ। टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म जम्मा चार किलोमिटर रहेको सो सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी)लाई प्रस्ताव पेस गरिसकेको छ। प्रस्ताव अनुसार कुल रकम २७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। सरकारले आफ्नै लगानीमा सो सुरुङमार्गको निर्माण गर्ने हो कि भन्ने विषयमा समेत अहिले मन्त्रालयस्तरीय छलफल भइरहेको जानकारीसमेत वैदेशिक महाशाखा प्रमुख श्रेष्ठले दिए। सो सुरुङमार्गको निर्माणपछि साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुग्न सकिनेछ। उनका अनुसार यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादेले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कले सो सुरुङमार्ग निर्माणका लागि ऋण सहयोग गर्न तयार भएमा छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए। सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२२) अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिरहेको छ। बीसवर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ । गोरखापत्र दैनिकबाट ।
५ करोड भन्सार र भाडा तिरिरहेको अनुदानको चुलोको आम्दानी १२ हजार मात्रै
काठमाडौं । भारतको नाकाबन्दीको बेला चीनले अनुदानमा दिएका साढे ११ हजार थान इन्डक्सन चुलो थन्किएका छन् । विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपभोक्ता हित सम्बन्ध उपसमितिले अर्थ मन्त्रालयका कारण चिनियाँ अनुदानका चुलो थन्किएको निष्कर्ष निकालेको छ । अनुदानका सामग्रीमा कर उठाउने प्रणालीप्रति सांसद्ले आपत्तिसमेत जनाएको छ। चीनले अनुदानमा दिएको ११ हजार तीन सय इन्डक्सन चुलोमध्ये नेसनल ट्रेडिङले अहिलेसम्म एउटा मात्र बिक्री गरेको छ । बजारभाउभन्दा महँगो मूल्य राखेपछि चुलो बिक्री नभएको हो । नयाँ पत्रिका दैनिकबाट ।