नेपालको बैंकिङ क्षेत्र सुधारका लागि विश्व बैंकको १० अर्ब ७० करोड सहयोग
काठमाडौं । नेपालको वित्तिय क्षेत्र स्थायित्व विकास नीतिका लागि विश्व बैंकले १० अर्ब ७० करोड रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । विश्व बैंकले मध्यकालिन वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब ७० करोड नेपाली रुपैंयाँ बराबरको सहयोग दिएको हो । सो सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव शन्तराज सुवेदी र विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले हस्ताक्षर गरेका हुन् । विश्व बैंकले उपलब्ध गराउने सो रकम आगामी आर्थिक बर्षको बजेट प्रणालीमै प्राप्त हुनेछ । त्यस्तो रकम नेपाल सरकारले आफुले पहिचान गरेको क्षेत्रमा खर्च गर्न सक्नेछ । मुलतः वित्तिय क्षेत्रको विकास, वित्तिय प्रणालीको सुधार तथा पुनसंरचना, कानुनी तथा नियमनकारी क्षमताको अभिवृद्धि र बैंकिङ क्षेत्रको पारदर्शीता तथा सुशासनमा सो रकम खर्च गरिने अर्थ सचिव शन्तराज सुवेदीले बताए । सो रकमको सदुपयोगद्धारा नेपालको बैंकिङ क्षेत्रमा कानुनी दायरा फराकिलो हुने, वित्तिय अपराध नियन्त्रण हुने, बैंकिङ क्षेत्रको जोखिम न्युनिकरण हुने विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानले बताए । नेपालले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकले तेश्रो पटक सहयोग गरेको हो । यस अघि सन २०१३ र २०१५ मा विश्व बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको थियो । विश्व बैंक समुहको इन्टरनेशनल डेभलपमेन्ट एसोसियसन(आइडिए)ले सो सहयोग उपलब्ध गराएको हो ।
जनता बैंकको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र काठमाडौं क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । जनता बैकले त्रिवेणी बिकास बैंक लिमिटेडसँग मर्जर सम्पन्न गरेको र अर्को राष्टियस्तरको “ख”वर्गको ईजाजत प्राप्त सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्विजिशन (प्राप्ति) गर्ने सम्झौता गरेको छ । जनता बैंकले यस अगाडी आफ्नो सेयर रजिष्ट्रार सम्बन्धी कार्य आफैले गर्दै आई रहेकोमा त्रिवेणी बिकास बैंकसँगको मर्जर संगै सेयर रजिष्टारमा काठमाडौं क्यापिटललाई नियुक्त गरेको हो । बैकको हाल करिब ५५ हजार शेयरधनी रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले १० दिनमै दियो १ करोड ८६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गरेका हुन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए । साथै, उनले छिटो छरितो मृत्युदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताएका छन् । चुक्ता पूँजी ३ अर्ब ०९ करोड रुपैयाँ रहेको कम्पनीले फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड रुपैयाँ मृत्यूदावी भूक्तानी गरिसकेको छ । साथै, कम्पनीको जीवन बीमा कोष करिब ३७ अर्ब र कुल लगानी करिब ४४ अर्ब रुपैयाँ रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
पञ्चेश्वर परियोजना सहितका सम्झौताको कार्यान्वयनले गति लिने विश्वास
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरेका छन् । सोमबार नेपाल निवासमा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच नेपाल-भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्थासहित विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री नेपालका प्रेस सहयोगी मोहन गौतमले जानकारी दिए । सो अवसरमा राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उनीसँग भएको भेटको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन उनले खेलेका भूमिकाको प्रशंसा गरे । राजदूत पुरीले सबैका भावना समेटेर स्थानीय तहको निर्वाचनसहित संविधान कार्यान्वयन गर्न नेकपा (एमाले) र नेपालका राजनीतिक दल सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले नेपाल र भारतका बीच भएका सम्झौता एवम् सहमतिको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । रासस
तीन दिनदेखि विद्युत् अवरुद्ध, बिग्रिएको ठाउँ नै पत्ता लागेन
खोटाङ। खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल-गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार/व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ । जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् । रासस
एक वर्षभित्रमा प्रत्येक गाउँ पालिकामा वाणिज्य बैंकको शाखा स्थापना गरिने
काठमाडौं । स्थानीय तहका प्रत्यक गाउँ पालिका, नगरपालिकामा कम्तिमा एउटा बैंकको शाखा स्थापना हुने भएको छ । राज्य पुर्नसंरचना अनुसार गठन भएको ७४४ वटा स्थानीय तहमध्ये सबैमा बैंक शाखा खोल्ने व्यवस्था गर्न अर्थभन्त्री कृष्णबहादुर महराले निर्देशन दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका महराले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखालाई निर्देशन दिदै आगामी बजेट, मौद्रिक नीति मार्फत एक वर्षभित्र सबै क्षेत्रमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन भनेको अर्थमन्त्रालयले जनाएको छ ।
नेपाल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २३.७४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७३ रुपैयाँ रहने छ ।
यी हुन् लाईसेन्सको पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयरधनी
काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था गर्नु भन्दा पहिले नै २४ वटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भैसकेका थिए । तीमध्ये ८ वटा निर्जीवन बीमा कम्पनी छन् । यी कम्पनीका लगानीकर्ता को को हुन भन्ने खुल्दुली बजारमा छाएको छ । यी कम्पनीमा चन्द्र ढकालदेखि देवीप्रकाश भट्टचन, मोतिलाल दुगड, रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, आजाद श्रेष्ठ, कुशकुमार जोशी, अञ्जन श्रेष्ठ लगायतको लगानी रहेको देखिन्छ । यी कम्पनीहरुले बीमा समितिले निर्जिवन बीमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी तोक्नु भन्दा अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका हुन् । यी कम्पनीहरुले प्रारम्भमा चुक्ता पुँजी २० करोड वा सो भन्दा पनि कम राखेर कम्पनी दर्ता गरेका छन् । अब यी कम्पनीले लाइसेन्स पाउन एक अर्ब चुक्ता पुँजी पुर्याउनु आवश्यक छ । यी हुन लाईसेन्सका पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयर धनी १) सानिमा इस्योरेन्स कम्पनी हरेन्द्र प्रसाद जैसवाल, सुरेन्द्र महतो, वीरेन्द्र महतो, साम्बा लामा, विवेक दुगद, जीवनाथ लामिछाने, मोतिलाल दुगड, खेमराज लामिछाने, सानिमा प्रा. लि., मालचन्द्र दुगड, तेन्जींङ दोङडु नेपाली, साङ्ग दोर्जे लामा, नामखाङ्ग लामा, सोनाम ग्याछो, जुगल भुर्तेल, रंग नाथ पैडेल, कुमार कोइराला, दिलिप श्रेष्ठ, दुर्गा भण्डारी, बद्री प्रसाद ओझा, पङ्कज अधिकारी २) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल नगेन्द्र प्रसाद ढकाल, सागर मणि ढकाल, रुपेश श्रेष्ठ, जोत्सना देबि केडिया, ध्रुव प्रसाद रैला, राकेश प्रधानाङ्ग, अन्जलि सरावगी, ३) काठमाडौं बीमा कम्पनी रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, भुवनेश्वर प्रसाद शाह, बलराम न्यौपाने, दिनेश राज भट्टराइ, दिप प्रकास पाण्डे, महाविर गोयल, मधुसुदन अग्रवाल, गोपी कृष्ण सिकरिया, किरण शेखर अमात्य, वोदनाथ अधिकारी, नन्द किशोर घिरैया, प्रकाश शर्मा, रत्न लाल संघइ, सतिश न्यौपाने, सत्य नारायण मानन्धर, सुरेन्द्र बहादुर सिंह ४) बीन्नी इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, हिमालयन सेक्युरिटिज एण्ड फाइनान्स लि, हिमालयन एक्जीम प्रा. लि, शम्भु प्रसाद वास्कोटा मनोज कुमार सुबेदी, विपल प्रधान, डिल्ली प्रसाद उप्रेती, डम्बर बहादुर वम, सौरभ नाबालक अमात्य ५) कान्तिपुर बीमा कम्पनी इन्द्र कुमार मास्के, शैलेश कोइराला, राजेन्द्र सिँह थापा, दमन ब.अमात्य, गोपाल सुन्दर लाल कक्षपती, आनन्द कृष्ण गोर्खाली, दशरथ लाल श्रेष्ठ, सुरेश बहादुर मल्ल, सुरेश बहादुर मल्ल, प्रकास श्रेष्ठ ६) जनरल इस्योरेन्स कम्पनी नेपाल -मालिका विकास बैंकका प्रतिनिधि झपट बहादूर वोहरा -वागेश्वरी विकास बैंकका प्रतिनधि राजेन्द्र प्रसाद पौडेल -सगरमाथा मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि मन बहादूर राई -कूवेर मर्चेण्ट वित्तीय संस्थाका प्रतिनिधि गोपाल घिमिरे -रोयल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि मधूवन लाल श्रेष्ठ -वल्र्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि विनितमणि उपाध्याय -सिद्धार्थ विकास बैंकका प्रतिनिधि दिपेन्द्र कार्की -साङ्ग्रिला विकास बैंकका प्रतिनिधि हरि प्रसाद गूरुङ्ग -सामूहिक इन्भेष्टमेण्ट कम्पनी प्रालिका प्रतिनिधि सप्तमान बज्राचार्य -आई. एम. ई. फाइनान्सियल इन्स्टिच्युसनका. प्रतिनिधि योगेश्वर ढकाल -नेपाल मर्चेण्ट बैंकिङ्ग एण्ड फाईनान्स लि. वित्तिय संस्था प्रतिनिधि उपेन्द्र पौडेल -एस डेभलपमेण्ट बैंकका प्रतिनिधि सिद्धान्तराज पाण्डेय -आई. सि. एफ. सि. वित्तीय संस्थाका प्रतिनिधि सूनिल पन्त -नेपाल डेभलपमेण्ट एण्ड इम्प्लाइमेण्ट प्रमोशन बैंकका प्रतिनिधि राजेन्द्रलाल बज्राचार्य -शूभेच्छा विकास बैंकका प्रतिनिधि दक्ष प्रसाद श्रेष्ठ -सहयोगी विकास बैंकका प्रतिनिधि रजनिश कूमार सिंह -सेवा विकास बैंकका प्रतिनिधि भिम प्रसाद तूलाचन -अन्नपूर्ण विकास बैंकका प्रतिनिधि प्रेमनिधि ज्ञवाली -अरनिको डेभलपमेण्ट बैंकका प्रतिनिधि प्रमोद प्रसाद नेपाल -गौरीशंकर वित्तीय संस्थाका प्रतिनिधि वेदनिधि हमाल -प्रभू फाइनान्स कम्पनीका प्रतिनिधि अशोक शेरचन -तिनाउ विकास बैंकका प्रतिनिधि रविन्द्रमानन्द बज्राचार्य -विजनेश डेभलपमेन्ट बैंकका प्रतिनिधि कृष्णराज पराजूली -रिलायवल इन्भेष्टमेण्ट वित्तीय संस्थाका प्रतिनिधि नारायण बाबू लोहनी -मूक्तिनाथ विकास बैंकका प्रतिनिधि भरतलाल ढकाल -पश्चिमाञ्चल डेभलपमेण्ट बैंकका प्रतिनिधि लक्ष्मण ज्ञवाली -हिमचूली विकास बैकका प्रतिनिधि मनिराम पोखरेल -वेस्टर्न डेभलपमेण्ट बैंकका प्रतिनिधि कमल बहादूर के.सि. -त्रिवेणी विकास बैंकका प्रतिनिधि सागर घिमिरे -गैंडाकोट विकास बैंकका प्रतिनिधि चन्द्रेश्वर भट्टराई -पशूपति विकास बैंकका प्रतिनिधि विनोद कार्की -गोर्खा विकास बैंकका प्रतिनिधि राजेन्द्रदाश श्रेष्ठ झपट बहादूर बोहरा, प्रेमनिधि ज्ञवाली, विश्वनाथ कंडेल, सि.वि. तामाङ्ग, लक्ष्मण ज्ञवाली, दिपेन्द्र कार्कि, रजनिश कूमार सिंह, भिम प्रसाद तूलाचन, कमल बहादूर के.सि, भरतराज ढकाल, चन्द्रेश्वर भट्टराई, कृष्णराज पराजूली, नरेश शंकर पालिखे, जिवन गौचन, यदूनाथ अधिकारी, मिलन कुमार वैद्य, भूवन बस्नेत, जनक बहादुर अधिकारी, रमण नेपाल, दिनेश शंखर पालिखे, ज्योती गौचन, बसन्त मल्ल, मधूवनलाल श्रेष्ठ, गोपाल घिमिरे, रिता रिमाल, मन बहादूर राई, दूर्गा प्रसाद घिमिरे, गोकर्ण राई, कविन्द्र लाल अमात्य, संजिव प्रधान, स्वरुप मरासिनी, विनोद कूमार श्रेष्ठ, विनितमणी उपाध्याय, उपेन्द्र पौडेल, खिलानाथ घिमिरे, राजेन्द्रदाश श्रेष्ठ, धन प्रसाद राई, कूमारी तामाङ्ग, लोक बहादुर श्रेष्ठ, गणेशभक्त साख:, दिनेश बज्र, डा. सूवर्णलाल बज्राचार्य, मनमोहनकृष्ण श्रेष्ठ, मिन बहादूर गूरुङ्ग, कैलाश भक्त कारंजित, भरतलाल बज्राचार्य, राजेन्द्रलाल बज्राचार्य, नविनमूनि बज्राचार्य, नरेश गिरि, वेनूराम प्रधान, गोविन्दराज कोइराला, गोविन्द प्रसाद जोशी, विरगंज फाइनान्सका प्रतिनिधि पूष्पराज भण्डारी ७) अजोड इन्स्योरेन्स उर्बशी देबी श्रेष्ठ, किशोर सुन्दर श्रेष्ठ, उदय सुन्दर श्रेष्ठ, अनिता जोशी, विमला लामिछाने, शिला भुषाल, जेविन मान श्रेष्ठ, महेश्वर मान डंगोल, कुल बहादुर गुरुङ्ग, दामोदर प्रसाद शर्मा पाण्डे, विनोद प्रसाद विष्ट, गोविन्द देव पन्त, दिलिप कार्की, निरजंग विष्ट, काजि गुरुङ्ग, रजनी विष्ट उपाध्याय, विन्दिया प्रधानाङ्ग, मधुसुधन प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, रोडसो इन्भेष्टमेन्ट, विजय देव पन्त, योगेन्द्र रत्न बज्राचार्य, सिता पौडेल, मन्जु रायमाझी प्रसाई, सविता श्रेष्ठ, मोहनलाल सराफ, मिन मान श्रेष्ठ, रोशन श्रेष्ठ, सुभाष श्रेष्ठ, रचना गौचन, शरद कुमार नेउपाने, राजेन्द्र प्रसाद कायस्थ, सुनीता श्रेष्ठ, प्रनाथ के.सी, वुद्धि नारायण श्रेष्ठ, सज्जन राम भण्डरी, स्वरुप गुरुङ्ग कोने, दिपेन्द्र मल्ल, अनिता शिवाकोटी प्रसाई, राजेन्द्र कसजु, दिलिप कुमार प्रधान, लिलामणी न्यौपाने, भेष राज लोहनी, रमेश चन्द्र दाहाल, सुरेन्द्र कुमार कार्की, श्याम शुन्दर खेतान, निशा शर्मा, विक्रम प्रसाद श्रेष्ठ, सरित समशेर ज.व.रा, राजेन्द्र शाक्य, सविना मानन्धर, इच्छा बहादुर वाग्ले, भोला प्रसाद पाठक, वृहत इन्भेष्टमेन्ट, रामकाजी गुरुङ्ग कोने, कर्मा वांगेल गुरुङ्ग, सुदर्शन नारायण जोशी, तेनजिन सोपा लामा, आजाद श्रेष्ठ, अञ्जन श्रेष्ठ, बैकुण्ठलाल रंजितकार, भिम राज रेग्मी, चन्द्र बहादुर राजभण्डारी, गणेश बहादुर श्रेष्ठ, हरि बाबु पन्त, कृष्ण बहादुर श्रेष्ठ, नारायण प्रसाद शर्मा, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ, सुनिल कुमार गोशली, सुनिल श्रेष्ठ, टेकमान प्रधानाङ्ग, लालकाजी गुरुङ्ग, चन्द्र प्रसाद ढकाल, गणेश बहादुर गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, महेन्द्र प्रसाद श्रेष्ठ, रविन्द्र प्रसाद कसजु, मनोज पुन, दोर्जे ग्याल्छेन लामा, सुवास चन्द्र राई, राजेन्द्र कुमार वाटाजु, प्रकाश आचार्य, मनोज कुमार श्रेष्ठ, प्रकाश के.सी, किरण के.सी, रोशन के.सी, कैलाश चन्द्र गोयल, महेन्द्र कुमार गोयल, श्रवण कुमार गोयल, सुशिला गोयल, रामेश्वर खत्री, मिन बहादुर गुरुङ्ग ८) मनकामना इन्स्योरेन्स कम्पनी कामना गुरुङ्ग, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर, माछापुच्छ्रे व्रिक फयाक्ट्री, लक्षमण वाबु श्रेष्ठ, सुरेश प्रसाद आचार्य, राजु बाबु श्रेष्ठ, प्रकाश काजी तुलाधर, राजेन्द्र अर्याल, राजीव उपाध्याय, डा. लुना शर्मा, ध्रुव कुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, कैलाश चन्द्र गोयल, मनिष कुमार अग्रवाल, संजय कुमार अग्रवाल, श्रवण कुमार गोयल, देव राज राजभण्डारी, विरेन्द्र शाही, सुकुन्तलाल हिराचन, धन्जय आचार्य, मोहन आचार्य, कमल प्रसाद ज्ञवाली, अमर बहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, पू्र्णलाल हिराचन, चतुरानन्द बैद्य, चित्रलाल हिराचन, भिम राज रेग्मी, रमेश शर्मा, लोक हर्ष शाक्य, जीप छिरिङ्ग लामा, प्रविण कुमार ढुंगाना, ओम प्रकाश श्रेष्ठ, जयराम लामिछाने, अम्बिका श्रेष्ठ, भोला बिक्रम थापा, टाशी घले, विप्लव पौडेल, कान्छा गुरुङ्ग, रोनेश दाश श्रेष्ठ, सुनिल बहादुर मल्ल, दुर्गा प्रसाद आचार्य, राजेश बाबु श्रेष्ठ, अरुण श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, सुधिर खत्री, यादव राज पाण्डे, परशुराम कुवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा, शतीस प्रसाद प्रधान, बनबारी लाल मित्तल, कुस कुमार जोशी, ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रसाद ढकाल, किरण प्रकाश साखः, महेन्द्र बहादुर कार्की, किष्ट मेडिकल कलेज, गणेश बहादुर श्रेष्ठ, उद्धव पौडेल, राज बहादुर शाह, अर्जुन प्रसाद शर्मा, मनोजप्रसाद धिताल, कृष्ण मान रन्जितकार, शेखर राणा