विकासन्युज

यी हुन खानेपानीको पैसा नतिर्ने १८ मन्त्रालय

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको पैसा नतिर्ने १९ मन्त्रालय तथा सरकारी निकायलाई पत्राचार गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले आफ्नो फेसबुक मार्फत खानेपानीको महशुल नतिर्ने मन्त्रालयहरुको नाम सार्वजनिक गरेका हुन् । सचिव  उपाध्यायका अनुसार अर्थ मन्त्रालय, रक्षा मन्त्रालय लगायत १८ वटा मन्त्रालयले खानेपानीको पैसा तिरेका छैनन् । बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कृषि मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, विज्ञान तथा प्रबिधी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लोकसेवा आयोगलाई खानेपानीको महशुल तिर्न पत्र काटेको हो । केयुकेएलले यस अघि नै रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, वन मन्त्रालय, भूमि सुधार मन्त्रालय, परराष्ट्र मन्त्रालय, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र आपुर्ति मन्त्रालयलाई पानीको महशुल तिर्न पत्र काटिसकेको थियो ।

सहयोगी विकास बैंकको ११ लाख कित्ता हकप्रद सेयर जेठ १ गतेदेखि

काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रति १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सहयोगी विकास बैंकले एनसीएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आफ्ना सम्पुर्ण शाखा र एनसीएमको कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने बताएको छ ।

गरिमा विकास बैंकको ९० करोडको हकप्रद सेयर आजबाट

काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत २९ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर किन्न सक्नेछन् । एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको गरिमाले आफ्ना देशभरका शाखा, महालक्ष्मी विकास बैंकका केहि शाखा र एस डेभलपमेन्ट बैंक लगायतकाहरुबाट आवेदन दिन सकिने उल्लेख गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नाफा ४३ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई करिव २७ करोड

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २६ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ४३ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा १८ करोड ७९ लाख रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा ४१ करोड रुपैयाँ गरेको छ । बैंकले चैत मसान्तसम्ममा ९ अर्ब २६ करोड निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा २ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ८ अर्ब ३६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ४ करोड लगानी गरेको छ । बैंकको क्यापिटल एडेक्वसी १२.१८ प्रतिशत छ । खराव कर्जा ०.२६ प्रतिशतमा झरेको छ । खराब कर्जा जति कम भयो त्यति बैंक त्यति धेरै राम्रो मानिन्छ । बैंकको सीडी रेसियो ७७ प्रतिशत छ भने कष्ट अफ फण्ड ५.४८ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ भने संचित कोषमा ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रभु बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई १ अर्ब ४४ करोड

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ४४ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ९२ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा ७५ करोड रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा १ अर्ब १७ करोड गरेको छ भने राईट व्याकबाट १ अर्ब ४० करोड रुपैयाँ प्राप्त छ । कर र बोनसअघि बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले स्टाफ बोनस २० करोड ९६ लाख र कर ६५ करोड छुट्टाएको छ । डिफरड ट्याक्समा ४४ करोड प्रोफिजन गरेकोले यस बैंकको ट्याक्स भार बढी देखिएको छ । बैंकले चैत मसान्तसम्ममा ७१ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा १७ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ५९ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ६ अर्ब लगानी गरेको छ । एक वर्षमा बैंकको कर्जा विस्तार १५ अर्ब रुपैयाँले भएको छ । बैंकको क्यापिटल एडेक्वसी ११ प्रतिशत छ । खराव कर्जा ४.३२ प्रतिशतमा झरेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराव कर्जा १० प्रतिशत थियो । बैंकको सीडी रेसियो ७१ प्रतिशत छ भने स्प्रेडदर ३.७३ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भईरहेको छ ।

माथिल्लो तामाकोशीको साधारणसभा जेठ ३ गते, सेयर निष्काशनको प्रस्ताव आएन, चन्दा वितरण अनुमोदन विशेष प्रस्ताव

काठमाडौं । माथिल्लो तापाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन । कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न नसकिरहेको सन्दर्भमा हुन लागेको साधारणसभामा यस सम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरिने भएको छ । अध्यक्षको भाषण र वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगायत समान्य र नियमित प्रक्रियाअनुसारको प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने कम्पनीका कार्यकारी प्रमुख विज्ञान श्रेष्ठले बताए ।

गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, आवेदन गर्ने अन्तिम म्याद असार ४ गतेसम्म

काठमाडौं । गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल, गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार, शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यविनाएक, धरान, इटहरी, दमक, विर्तामोड, नारायणगढ जनागलबाट सेयर आवेदन गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ हुनेछ । यस कम्पनीको प्रतिसेयर नेटवर्थ करिव १५० रपैयाँ छ भने प्रतिकित्ता करिब २९० रुपैयाँमा नेप्सेमा सेयर कारोबार भईरहेको हुन्छ ।

काठमाडौं मेयर र उपमेयरमा एमालेबाट श्रीमान र श्रीमतीकाे नाम सिफारिश

काठमाडौं । नेकपा एमालेले काठमाडौं मेयर–उपमेयरमा बुधबार पाँच–पाँच जनाको नाम सिफारिश गरेको छ। जिल्ला कमिटीले प्रदेशलाई पठाएका ती नाम बुधबार प्रदेश तीन नम्बर प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ। काठमाडौंको मेयरमा एमालेले सिफारिशमध्ये पाँचमध्ये एक जना हुन्– बसन्त मानन्धर। अनेरास्ववियूका पूर्व महासचिव उनी पार्टी पंक्तिमा जुझारु नेताका रुपमा परिचित छन्।  केन्द्रिय प्रतिनिधि परिषद सदस्य उनले यसअघि पार्टीको तर्फबाट महानगरपालिकामा प्रतिनिधित्व गरिसकेका छन्। संयोग कस्तो जुरेको छ भने कुनै बेला एमाले अखिलको राजनीति गरेकी ईन्दिरा पन्त काठमाडौंको उपमेयरमा सिफारिश भएकी छिन्। उनी सुरेन्द्र पाण्डे संयोजक रहेको एमालेको अर्थ तथा योजना विभाग सदस्य हुन्। अखिलको राजनीति हुँदै पार्टी राजनीति अघि बढाएकी उनी काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन्। पार्टीको तल्लो निकायले मेयरमा सिफारिश गरेका मानन्धर र उपमेयर सिफारिशमा परेकी पन्त नाताले पतिपत्नी हुन्। ‘उम्मेदवार सिफारिशमा श्रीमान्–श्रीमती पर्नु संयोग मात्रै हो’, नागरिकन्युजसँग कुरा गर्दै ईन्दिराले भनिन्, ‘पार्टीका लागि मेरो योगदान कम छैन।’ अखिलको राजनीतिमा सक्रिय रहेकै बेला २०५७ सालमा बसन्त र ईन्दिराको विवाह भएको थियो। ‘हाम्रो भेट पनि संगठनकै कामको सिलसिलामा भएको हो।’ बसन्त अनेरास्ववियूको महासचिव हुँदा इन्दिरा लुम्बिनी अञ्चल कमिटीमा थिइन्। यो जोडीकै नाम संविधान सभा निर्वाचनमा पनि सभासदको उम्मेदवारमा सिफारिशमा परेको थियो। त्यतिबेला दुवै जनाले टिकट पाएनन्। यो पटक के होला त? ‘पार्टीको निर्णय अन्तिम निर्णय हुन्छ। अहिलै धेरै भन्न सकिँदैन’, ईन्दिराले नागरिकन्युजसँग भनिन्। महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय एमाले स्थायी कमिटीले गर्नेछ। सिफारिशमा नपरेकाहरुलाई पनि स्थायी समितिले उम्मेदवार बनाउन सक्नेछ। (नागरिकबाट)