विकासन्युज

सिभिल बैंकलको शुन्य मौज्दातमा साढे ८ प्रतिशत ब्याज योजना

काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो । यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।

६ प्रतिशत ब्याज दिने गरी सिटिजन बैंकले ल्यायो गोल्डेन वचत योजना

काठमाडौं । सिटिजन बैंकले गोल्डेन वचत योजना ल्याएको छ । बैंकले ६ प्रतिशत ब्याज दर दिने गरी वचत योजना ल्याएको हो । मासिक ६ प्रतिशत ब्याज भुत्तानी गर्ने बैंकले जनाएको छ । न्युनतम् ५ सय रुपैयाँमा खाता खोल्न, मोवाइल बैकिङलगायत सबै सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

जलविद्युत र सडक बनाउन अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग दिदै, बिहीबार अमेरिकामा सम्झौता हुने

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गर्ने भएको हो । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ । अमेरिकी कंग्रेसमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विष्लेषण गर्दे यो रकम स्वीकृति गरेको हो । यो सहयोग रकम मध्ये १५ अर्ब रुपैयाँ भन्दा बढी ३ सय किलोमिटर लामो ४ सय केभी उच्च भोल्टेजको प्रसारणलाइन निर्माणमा खर्च हुने नेपालस्थित एमसीसीको कार्यलयले जनाएको छ । यसका लागि आयोजना छनौट भइसकेका छन् । यस्तै सडक निर्माण र पुराना सडक र पुल मर्मतका लागि पनि रकम खर्च हुने छ । सडक आयोजना छनौट भइसकेको एमसीसी कार्यलयले जनाएको छ । सहयोग सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अर्थका अधिकारी अमेरिका पुगिसकेका छन् । सहयोग सम्बन्धि सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थमन्त्री कार्की र अमेरिकाका उपविदेशमन्त्री जोहन जे सुल्भियानले हस्ताइक्षर गर्ने कार्यक्रम तय भएको एमसीसीले जनाएको छ । अमेरिकाले दिएपछि अपुग रकम नेपालले थप्ने सहमति भएको छ । नेपालले करिव १३ अर्ब रुपैयाँ थप्ने संभावना छ । सम्झौता भएको ५ वर्षभित्र आयोजनाको काम सम्पन्न हुनुपर्ने छ । नत्र रकम फिर्ता जाने छ ।

टाइम फर्मास्युटिकलको औषधी न्युन गुणस्तर, फिर्ता लैजान विभागको निर्देशन

काठमाडौं । नवलपरासीको मुकुन्दपुरमा रहेको टाइम फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तर पाइएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधीको नमुना परीक्षण गर्दा टाइमले उत्पादन गरेको जिलिपाइड २ जिलिम्प्राइड ट्यावेलेट न्युन गुणस्तरको भएको विभागले जानकारी दिएको छ । विभागले औषधी बिक्री रोक्का गरी तुरुन्त फिर्ता लैजान टाइमलाई भनेको छ । औषधी पसललाई सो कम्पनीको औषधी बिक्री वितरण नगर्न विभागले भनेको छ । न्युन गुणस्तर हुनुको विवरण एक साताभित्र पेश गर्न विभागले टाइमलाई निर्देशन दिएको छ । टाइमले उत्पादन गरेको सो औषधीको डिजुलुसन परीक्षण असफल भएको विभागले जानकारी दिएको छ ।

दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म पाइने, ४० अर्ब वितरण हुने

काठमाडौं । दशैलाई लिक्षित गरेर नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न थालेको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएको नोट व्यवस्थापन विभागले जानकारी दिएको छ । राष्ट्र बैंकको सटही काउन्टरबाट ५, १०, २० ५० र १०० का नयाँ नोट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नोट सटही हुने छ । दशैलाई ४० अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् । यस्तै उपत्यका बाहिर जिल्लास्थित राष्ट्र बैंकको शाखा कार्यलबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।  

एनआईबीएल समृद्धि फन्डले लाभाँश लिन बोलायो, १८ प्रतिशत वितरण गर्ने

काठमाडौं । एनआईबीएल समृद्धि फन्ड १ ले लाभाँश लिन लगानीकर्तालाई बोलाएको छ । फन्डले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत प्रतिफल दिने भएको छ । फन्डको प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । प्रतिफल लिन एनआईबीएलको लाजिम्पाटबाट हरेक दिन बिहान साढे ९ देखि दिउसो ३ बजेसम्म वितरण गर्ने जनाएको छ ।

गोर्खाज फाइनान्सले ४ लाख कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्दै, असोज २२ भित्र आवेदन दिनुपर्ने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले बिक्री नभएको ४ लाख २४ हजार ४२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न बुधबार बोलपत्र आब्हान गरेको छ । फाइनान्सले जेठ १ गतेदेखि असार ११ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि फाइनान्सले लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । असोज २२ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडमा दरखास्त दिन फाइनान्सले भनेको छ ।

कैलाश विकास बैंकले ल्यायो व्यत्तिगत कर्जा योजना, तुरुन्त पाइने

काठमाडौं । कैलाश विकास बैंकले व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको छ । चाडवाडको अवसर पारेर बैंकले छोटो अवधिका व्यक्तिगत कर्जा दिने योजना ल्याएको हो । बैंकले लगानी विविधिकरण योजनाअन्र्तगत व्यक्तिगत कर्जा योजना ल्याएको जानकारी दिएको छ । अविश्वसियन ब्याजदरमा पर्सनल लोन योजना ल्याएको छ । छिट्टो पाउने र छोटो अवधिका लागि ल्याएको बैंकले जनाएको छ ।