बेनी–जोमसोम सडक स्तरवृद्धि,०७६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य
बाबियाचौर । म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको स्तरवृद्धि हुन थालेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडकमा कालोपत्र गर्न थालेको हो । आगामी २०७६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेली ब्रिजलाई विस्थापित गरेर मोटर चल्ने पुल निर्माण गरिने भएको छ । बेनी–घाँसा खण्डका दुईवटा खण्ड र घाँसा–जोमसोमको एउटा खण्डको ठेक्का शर्मायुनाइटेड जेभीले लिएको छ । घाँसा–जोमसोम एउटा खण्ड र अर्को एउटा खण्डको काम गर्ने ठेक्का पप्पुतामाङकोशीन्यौपाने जेभीले लिएको छ । चारवटै खण्डमा प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने काम शुरु गभएको आयोजनाका इञ्जिनियर प्रदीप निरौलाले बताउनुभयो । उहाँका अनुसार नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गतको म्याग्दी र मुस्ताङ क्षेत्रमा काम गर्न सञ्चालित आयोजनामार्फत गत पुसदेखि शुरु भएको ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि योजनाको हालसम्म ३५ प्रतिशत काम सकिएको छ । जोमसोमदेखि कोरलासम्मको सडकलाई सातवटा प्याकेजमा बाँडेर ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने काम तीव्र बनाइएको छ । यो सडकलाई प्रदेश नं ४ को ‘भाग्यरेखा’ मानिएको छ । सडकका कारण पूर्वाधार विकासका साथै आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए । कोरला नाका सञ्चालनबाट आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस
कलर्र होम एप्लाईन्सको दशैं अफर, एउटा समान किन्दा अर्को सित्तैमा
काठमाडौं । कलर्र होम एप्लाईन्सले दशैं र तिहार लक्षित गर्दै “खुशीको प्रारम्भ कलर्ससगँ” योजना बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रत्येक कलर्स ब्राण्डका रेफ्रिजेनेरेटर र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा कलर्स ड्राई आईरन र चेष्ट फिजर, अटोमेटिक वासिङ मेसिनको खरिदमा कलर्स स्टीम आईरन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि ग्राहकहरुले ४२इन्चको स्मार्ट लिड टीभीको खरिदमा कलर्स १.८ लिटरको राईज कुकर, ३२ इन्चको खरिदमा कलर्स बार फोन र २४ इन्च लिड टीभीको खरिदमा ८ जीबी पेन्न ड्राईभ उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कलर्स एक यस्तो इलेक्ट्रोनिक्स ब्राण्ड हो जसको उत्पादनहरु घरायसी प्रायोजनका लागि उपयुक्त हुने वाईड प्रडक्ट रेन्जमा उपलब्ध छन् । कलर्स अत्याधुनिक प्रविधि युक्त र छोटो समयमा नै लोकप्रिय ब्राण्ड भएको यूनिभर्सल इलेक्ट्रोकमका प्रमुख कार्यकारी अधिकृत ललित मिश्रले बताए । “हाम्रो लक्ष्य भनेको अन्र्तराष्ट्रिय स्तरको ब्राण्ड स्थापना गर्नु हो जसले ग्राहकवर्गको पैसाको सहि मूल्य प्रदान गर्दछ’’ उनले भने ।
काठमाडौं-हेटौँडा सुरुङमार्गः चिनियाँ कम्पनीसँग लगानी सम्झौता अन्तिम चरणमा, इआईए प्रतिवेदन माथी सुझाव मागियो
काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लाइसेन्स खारेज हुने चर्चा सुरु भएसँगै जनसंख्या मन्त्रालयले भने वातावरिणय प्रभाव मूल्यांकन प्रतिवेदन(इआईए) माथी राय सुझाव मागेको छ । मन्त्रालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इआईए प्रतिवेदन माथी ३० दिन भित्र राय सुझाव उपलब्ध गराउन आव्हान गरेको हो । ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा जोडिने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लम्बाई ५७.३७५ किलोमिटरको हुनेछ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । चिनियाँ कम्पनीसँग लगानी सम्झौता अन्तिम चरणमा नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष लालकृष्ण केसीले चाइना रेल वे ग्रुप र पावर चाइना कम्पनीसँँग लगानी सम्झौता अन्तिम चरणमा पुगेको दावी गरे । उनले ३० बर्षका लागि लाइसेन्स लिएको दवी गर्दै सरकारले खारेज गर्न नसक्ने बताए । ‘हामीले ३० बर्षका लागि लाइसेन्स लिएका हौं, फाइनान्सियल क्लोजर गर्न केहि ढिला भएकै हो । मन्त्रालयले कार्यतालिका पुनरावलोकन गर्न मात्रै लागेको हो’, अध्यक्ष केसीले विकासन्युजसँग भने । उनले तीनवटा चिनियाँ कम्पनीसँग काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा लगानी गर्ने सम्बन्धी दुई चरणका सम्झौतामा हस्ताक्षर समेत भैसकेको जानकारी दिए । कम्पनीको डिडिए सम्पन्न भएको र अब फाइनान्सियल क्लोजरका लागि नयाँ मिति तोकेर नयाँ कार्यतालिकामा मन्त्रालयसँग सहमति नजिक पुगिएको दावी पनि गरे । उता, कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले पनि अन्तराष्ट्रिय लगानी सम्मेलनमा प्राथमिकता प्राप्त ८ आयोजनामध्ये दोश्रो नम्बरमा राखिएको सडक आयोजनाको लाइसेन्स खारेज गर्नेबारे मन्त्रालयले सोच्नै नसक्ने दावी समेत गरे । ‘हामी लगानी जुटाउने अन्तिम चरणमा पुगिसकेका छौं, एक्कासी लाइसेन्स खारेजीको सवाल कहाँबाट उठ्यो, बुझ्न सकिएको छैन’, मकवानपुरका सांसद समेत रहेको सञ्चालक ठकुरीले भने ।
चिलिमे–त्रिशुली प्रसारणलाइनको जिम्मा चीनको पिङगाओ ग्रुपले पायो, डेढ वर्षमा सम्पन्न हुने
काठमाडौं । चिलिमेदेखि त्रिशुलीसम्म २२० केभी क्षमताको प्रसारणलाइनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । सबैभन्दा कम दर प्रस्ताव गर्ने पिङगाओ ग्रुप कम्पनी लिमिटेडले पाएको छ । उसले १ अर्ब ६ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो । जसअनुसार ४४ करोड ३६ लाख ५० हजार रुपैयाँ र ५९ लाख ३१ हजार अमेरिकी डलरमा भुत्तानी हुने छ । पहिलो प्याकेजअनुसार चिलिमे हवदेखि त्रिशुली ३ बी हवसम्म २२० केभी प्रसारणलाइन निर्माणको हुने छ । यो प्रसारणलाइन बनेपछि १११ मेगावाटको रसुवागढी र ५७ मेगावाट क्षमताको सान्जेनलगायत एक दर्जन साना ठुला आयोजनाको बिजुली त्रिशुली ३ बी हवमा जोडिएर राजधानीमा आपूर्ति हुनेछ । प्रसारणलाइन निर्माणका लागि भारतको कलपतरु ट्रान्सिमिसन लाईन लिमिटेड र केईसी इन्टरनेसनल लिमिटेडले भाग लिएका थिए । यी दुई कम्पनीभन्दा चिनियाँले सस्तो प्रस्ताव गरेपछि विद्युत प्राधिकरणले उसलाई जिम्मेबारी दिएको हो । ठेक्का सम्झौता भएको डेढ वर्षमा पिङाओले सो प्रसारणलाइनको काम सम्पन्न गर्नुपर्ने छ । प्रसारणलाइनको काम सुरु नहुदा रसुवागढी र सान्जेनलगायत अन्य निर्माणधिन आयोजनाको बिजुली खेर जाने अवस्था आएको थियो । प्रसारणलाइन आउदो सन् २०१९ मा सम्पन्न हुने छ ।
हिमालय फाइनान्स सञ्चालनमा ल्याउन आन्तरिक तयारी, असोज ३ गते साहुको भेला बोलाइयो
काठमाडौं । खारेजीको प्रक्रियामा रहेको हिमालयन फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन विषयमा आन्तरिक तयारी सुरु भएको छ । लिक्विडेटरको कार्यलयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनरसंरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै त्यसका लागि असोज ३ गते ठुला लगानीकर्ता (साहु) को भेला बोलाएको छ । यसअघि कार्यलयले लगानीकर्ता र निक्षेपकर्तासंग सुझाव मागिसकेको छ । राष्ट्र बैंकसंग छलफलपछि लिक्वडेटरको कार्यलयले फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो । राष्ट्र बैंकले पुँजीवृद्धि र सञ्चालन योजना ल्याउन भनेपछि कार्यलयले अहिले यसका लागि आन्तरिक तयारी गरिरहेको छ । सञ्चालन गर्न सकिने पर्याप्त आधार भएपछि कार्यलयले प्रक्रिया थालेको हो । राष्ट्र बैंकले समस्याग्रस्तबाट मुक्त भएर पुनः वित्तीय कारोबार गरेका वित्तीय संस्थाले चुक्तापुँजी पुर्याउन २ वर्ष थप समय दिएको छ । केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गरी समस्याग्रस्तबाट मुत्त भई पुनः सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले आगामी वि.सं २०७६ असारसम्म चुक्तापुँजी पुर्याउन पर्ने व्यवस्था गरेको छ । यस्तै कर्जा, पुंजी र निक्षेप अनुपात (सीसीडी रेसियो) को विषयमा र प्राथमिकता प्राप्त र विपन्न क्षेत्रमा प्रवाह गर्न तोकिएको न्युनतम अनुपातमा औचित्य र आवश्यकताका आधार छुट दिने राष्ट्र बैंकले जनाएको छ । यस्तै केन्द्रीय बैंकले संकटग्रस्तबाट मुक्तभई सुधार गरेर पुनः सञ्चालनमा आउने तयारी भएको बैंक तथा वित्तीय संस्थाले तोकिएको चुत्तापुँजीको न्युनतम् २५ प्रतिशत कल इन एडभान्स समेत पुरा र न्युनतम् पुँजीकोषको अनुपात समेत पुरा गरी समस्याग्रस्तबाट मुक्त भएको मितिबाट २ वर्षभित्र चुक्तापुंजी पुर्याउन समय दिएको छ । हाल हिमालयको निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको निक्षेप रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो । ५० करोड रुपैयाँ अहिले पुँजी छ । निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यलयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ । वित्तीय संस्थाको अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो । उसको निवेदनको सुनुवाई गर्दे पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यलयले खारेजीको काम गरिरहेको छ । वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्तिलगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो । हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन. १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । ११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । समस्याग्रस्त वित्तीय संस्थाको अझै ५ अर्ब ६७ करोड १६ लाख रुपैयाँ कर्जा असुली हुन बाँकी छ । यस्तै साढे २ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । तरलताको अवस्था ५४ करोड २९ लाख रुपैयाँ छ । यी वित्तीय संस्थाको खराब कर्जा ९७.५९ प्रतिशत छ । चुक्तापुँजी २ अर्ब १४ करोड ९६ लाख रुपैयाँ छ ।
लक्ष्मी लघुवित्तले २६ प्रतिशत लाभांश दिने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ । लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।
एप्पल इभेन्टको मूख्य आकर्षण बन्यो आईफोन एक्स, फिचर्स र मूल्य सहित
काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर तीनवटा नयाँ मोडलका आईफोन सार्वजनिक गरेको छ- आइफोन ८, ८प्लस र आइफोन एक्स । यसै अवसरमा एप्पल टिभी र एप्पल स्मार्ट वाच पनि सार्वजनिक भएको छ । यो सबै उत्पादन आगामी सेप्टेम्बर २२ देखि बजारमा उपलब्ध हुनेछन् । नेपाली समय अनुसार मंगलबार राती पौने एघारे बजे सुरु भएको यो इभेन्टमा आइफोन सार्वजनिक गर्दै १० औं वार्षिकोत्सव मनाइएको थियो । सन् २००७ जनवरी नौ मा पहिलो आइफोन सार्वजनिक गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पनीका संस्थापक स्टिभ जब्सलाई स्मरण गर्दै भने, ‘हामीले सधै स्टिभ जब्सलाई सम्झिएका छौं ।’ कम्पनीले यसको सबैभन्दा विशेष उत्पादन आईफोन एक्स अन्तिममा लन्च गरिएको थियो। कुकले यी उत्पादनलाई क्यालिफोर्नियाको हेडक्वार्टर एप्पल पार्कमा ‘स्टिभ जब्स थियटर’मा सार्वजनिक गरेका थिए । यो समारोहको विशेष पाटो रहेको छ । यो भूमिगत थियटरमा एक हजार वटा सिट छन् । आईफोन एक्स आईफोन एक्स यो इभेन्टको आकर्षणको केन्द्रबिन्दु बन्न सफल रह्यो । यसको शानदार लुक्स नै यसलाई अन्य आईफोनको तुलनामा पृथक राख्न सक्यो । यसमा हझम बटन छैन । यसको स्क्रीनमा तलदेखि माथीसम्म स्वाइप गरेर होममा जान सकिन्छ । यसमा फेस रिकग्निशन अनलक सिस्टम छ । साथमा यसमा पासकोडको पनि सुविधा छ। यसको टपमा इन्फ्रारेड क्यामरा छ जसले अध्यारोमा पनि प्रयोगकर्ताको फेस डिटेक्ट गर्न सक्छ। बिल्ट-इन न्यूरो इञ्जिनको साथ यसमा ट्रु डेप्थ क्यामरा सिस्टम पनि छ। यसमा थ्रीडी टच फीचर तथा वायरलेस चार्जिंगको पनि सुविधा छ। यो माइक्रो स्कोपिक लेभलमा पानी तथा धुलो प्रतिरोधात्मक छ। यसमा वाइड एंगल १२ मेगापिक्सल क्यामरा छ। यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । आईफोन ८ र ८ प्लस यो दुवै फोन आईफोन ७ र ७ प्लस भन्दा खासै फरक छैन । आईफोन ८ को सुरुवाती मूल्य ६९९ रहेको छ । आईफोन ८ प्लसको मूल्य ७९९ अमेरिकी डलर रहेको छ । यो दुवै फोन ग्लास फ्रन्ट तथा ब्याकका साथमा सिल्भर, स्पेस ग्रे, न्यू गोल्ड कलरमा सार्वजनिक भएका छन् । नयाँ आईफोनको ग्लास अहिलेसम्मकै टिकाउ मानिएको छ । यो पनि एक्स जस्तै पानी र धुलो प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । वायरलेस चार्जिंगको साथमा यसमा पनि थ्रीडी टच तथा ट्रू टोन डिस्प्ले रहेको छ । सात हजार सिरिज आल्मुनियम, लेजर वेल्डेड स्टील तथा कपर स्ट्रक्चरको साथमा आईफोन ८को स्क्रीन साइज ४.७ इञ्चको छ । आईफोन ८ प्लसको डिस्प्ले ५.५ ईञ्चको छ । दुवै फोनमा १२ मेगा पिक्सलको क्यामरा रहेको छ ।
सुर्या लाइफको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर पारित भएको छ । बिराटनगरमा मंगलबार सम्पन्न कम्पनीको ९ औं बार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको हो । कम्पनीका लगानी कर्ताले १० प्रतिशत बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर पाउनेछन् । कम्पनीले आव २०७२।७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर जारी गरेको थियो ।